गायिका उमा श्रेष्ठको गीतमा अभिनेता सिमान्त उदास (भिडियो)

काठमाडौँ। गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ।
कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ।
भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।

भिडियो सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक कविता शर्मा र कृष्ण थापा मगरले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिराले बाल्यकालको सम्झना गरिन्। गायिका उमा र इन्दिरा बाल्यकालका साथी हुन्। भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १२, मंगलवार १५:५०वीरगञ्जका ६८ चिकित्सकको सामूहिक राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १२, मंगलवार १४:३३साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य









