‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा

काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । अभिनेता सौगात मल्लको ‘बोतल राजा’ को गेटअपसमेत देख्न सकिन्छ ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









