‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला फिल्मको अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको हो।
निर्माण पक्षका अनुसार अस्ट्रेलियामा नमस्ते इन्टरटेन्मेन्टले आगामी ४ सेप्टेम्बरदेखि फिल्म प्रदर्शन गर्नेछ। त्यसको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल युएसएले अमेरिकाका विभिन्न सहरका सिनेमा हलमा ‘पार्वती’ प्रदर्शन गर्नेछ।
सार्वजनिक गीत, टिजर तथा प्रचार सामग्रीले विदेशमा रहेका नेपाली दर्शकमाझ चासो बढाएपछि वितरकहरूले फिल्मको अधिकार खरिदमा रुचि देखाएको निर्माण पक्षले जनाएको छ।
निर्माता हरिहर अधिकारीले अमेरिका र अस्ट्रेलियाको प्रदर्शन अधिकार आकर्षक रकममा बिक्री भएको जानकारी दिए।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अभियानमा विदेशी प्रदर्शनले थप उत्साह दिएको उनले बताए। प्रदर्शन हुने सहर तथा हलहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने उनको भनाइ छ।
नीता ढुंगाना स्वयं मुख्य भूमिकामा रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन तथा टिजर–ट्रेलर कट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर र हरिहर अधिकारी निर्माता हुन्।
नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले फिल्म वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
फिल्ममा समावेश ‘नौ तुनाको रेल’ र ‘दिदीभाइ’ गीत पछिल्लो समय चर्चामा छन्। नेपालमा भने ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ७, बुधबार ०७:०९अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी
समाचार२०८३ आश्विन ७, बुधबार ०६:०२आजका लागि विदेशी मुद्राको विनिमयदर
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार २२:३८‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ६, मंगलवार २१:५८स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन









