Breaking News
बढी भाडा लिएको गुनासोपछि तोकिएको दर पालना गर्न आग्रह

धादिङ, २ मङ्सिर  : सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिएको गुनासो आएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले यातायात व्यवसायीलाई निर्धारित भाडादर पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले मङ्सिर १ गते जारी गरेको सूचनामा पालिकाभित्र सञ्चालन हुने बस, जिप, माइक्रो र हाइसले बढी भाडा लिएर यात्रुलाई दुःख दिएको गुनासो प्राप्त भएको उल्लेख छ । सोही आधारमा सबै यातायात व्यवसायीलाई प्रचलित भाडादरअनुसार मात्र रकम लिन भनिएको हो ।

सूचनामा यातायात व्यवस्था विभागले तोकेको वा समायोजन गरेको भाडादर तथा मापदण्ड पालना गर्न आग्रह गरिएको छ । सम्बन्धित यातायात समिति तथा कम्पनीहरूले सरोकारवालाको सहभागितामा निर्धारण गरेको दरभन्दा बढी भाडा नलिन र नदिन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

तोकिएभन्दा बढी भाडा मागे वा लिएमा प्रमाणसहित गाउँ कार्यपालिकाको कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न यात्रुलाई आग्रह गरिएको छ । बढी भाडा लिएको प्रमाणित भए कानुनबमोजिम कारबाही वा कारबाहीका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

गाउँपालिकाले उक्त सूचनाको बोधार्थ यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, धादिङ र इलाका प्रहरी कार्यालय सल्यानटारलाई समेत पठाएको छ ।

महानिर्देशक भट्टराई « रिपोर्टर्स नेपाल

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण गर्न सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२६ को अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै भट्टराईले यस्ताे बताएका हुन् । उनले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा कम प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।

एन्टिबायोटिकको प्रभावकारिता जोगाउन यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा उनले जाेड दिए । उनले भविष्यमा उपचारका लागि आवश्यक पर्ने ‘रिजर्भ एन्टिबायोटिक’ औषधिको जथाभावी प्रयोग रोक्नुपर्ने बताए ।

प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै भट्टराईले पशु स्वास्थ्य र वातावरणसँग समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको बताए । यस समस्याको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य तथा वातावरण क्षेत्रलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

उनले प्रतिजैविक प्रतिरोधबारे सर्वसाधारणलाई सचेत गराउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको सप्ताहको उद्देश्य एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौतीलाई न्यूनीकरण गर्नु रहेको भट्टराईले बताए । औषधिको जिम्मेवार प्रयोग, जनचेतना र मानव, पशु तथा वातावरण स्वास्थ्यसँग सम्बन्धित निकायबीच सहकार्यबाट मात्रै यस समस्याको प्रभावकारी समाधान सम्भव हुने उनले उल्लेख गरे ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो ।

एनपीएलमा आज : चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज चितवन राइनोज र काठमाण्डू गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् । 

खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । 

चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

टोलीले सात खेलबाट समान तीन जित र हारसहित सात अंक जोडेको थियो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

यी दुईबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ- हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

धादिङ, १ मंसिर । आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राजस्वमा योगदान पु¥याउने तीन करदातालाई आज सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा गल्छी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा करदाता सम्मान गरिएको हो ।

सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाईटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच.एस.मल्टी एग्रो प्रा.लि.का संचालक शिवहरि आचार्य रहेका छन् ।

सम्मानपत्रमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको उल्लेख छ । सम्मानित करदाताबाट अन्य करदातालाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा धादिङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कर दिवसकै अवसरमा बिहान गल्छी र बैरेनी बजारमा प्रभातफेरीसमेत गरिएको थियो । कार्यक्रममा करदाता, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विद्यार्थी सहभागी भएका थिए ।
राष्ट्रिय कर दिवसका अवसरमा आज देखि ७ गतेसम्म धादिङमा करसम्बन्धी अन्तरक्रिया तथा अन्य कार्यक्रम सञ्चालन गरिने आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले जानकारी दिनुभयो ।

धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा निरोसन डिकवेल्लाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५९ रन बनाए । उनले ३७ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । उनले डिकवेल्लासँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । रोहित २८ बलमा एक चौका प्रहार गर्दै थरिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए । दिलीप नाथ १० रनमा अविजित रहे ।

लुम्बिनीका ओपनर डार्सी सर्ट खाता नखोल्दै स्कट कुग्लेजिनको बलमा बोल्ड भए भने आशिफ शेख चार रनमा आउट भए ।

सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुग्लेजिन र हेमन्त धामीले समान एक विकेट हात पारे ।

दीपेन्द्रको अर्धशतकले जोगायो सुदूरपश्चिमको इनिङ्स

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले २७ रन जोड्दै कप्तानसँग चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।

तर, सुरुवातमै कमजोर बनेको सुदूरपश्चिमको इनिङ्स सम्हालिन सकेन । टोलीले ३.१ ओभरमा आठ रन जोड्दा तीन महत्वपूर्ण विकेट गुमाइसकेको थियो ।

इशान १४.१ ओभरमा २७ रन बनाएर रनआउट भए । दीपेन्द्र र इशानबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर जर्ज मुन्से पहिलो बलमै आउट भए । आरिफ शेख चार रनमा पेभेलियन फर्किए भने विनोद भण्डारी र थनुका दबारेले समान तीन रन बनाए । थरिन्दु रत्नायके एक रनमा शेर मल्लको बलमा बोल्ड भए ।

लुम्बिनीका बलरमध्ये रुवेन ट्रम्पलमेनले दुई विकेट लिए । उनले चार ओभरमा १४ रन मात्रै खर्चिए । शेर मल्लले २७ रन दिएर दुई विकेट हात पारे । अविशेष गौतमले चार ओभरमा ११ रन खर्चेर एक विकेट लिए भने किशोर महतोले पनि एक विकेट आफ्नो नाममा गरे ।

सुदूरपश्चिमलाई फाइनल पुग्ने अर्को अवसर

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना समाप्त भएको छैन । उसले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल बुधबार हुनेछ ।

यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो ।

धादिङमा फरार दुई प्रतिवादी पक्राउ

धादिङ, १ मङ्सिर  । अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ ।

पक्राउ पर्नेमा बहुविवाह मुद्दाका जीवन मिजार र भवितव्य ज्यान मुद्दाका कालीबहादुर भन्ने कृष्णबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मिजारलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तथा तामाङलाई छ महिना कैद र रु पाँच सय जरिवाना तोकिएको थियो ।

धादिङ जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलापछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई आज धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट कैद भुक्तानका लागि उनीहरूलाई कारागार कार्यालय धादिङ पठाइएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

लुम्बिनी लायन्स सुदूरपश्चिमलाई हराउँदै एनपीएलको फाइनलमा

काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको हो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको सुदूरले पूरै ओभर खेलरेर १०५  रनको सामान्य योगफल बनाएको थियो । १०६ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्य भेट्याएको हो ।

लुम्बिनी एनपीएल दोश्रो संस्करणको विजेता टीम हो । सुदूरपश्चिम भने अघिल्ला दुबै संस्करणमा पहिलो रनर अफ बनेको थियो ।।

 

राष्ट्रिय कर दिवस मनाउन पोखरामा कर सप्ताहका विभिन्न कार्यक्रम शुरु

पोखरा । आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।


“कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस २०८३ मनाइने भएको छ ।राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम आयोजना गरेको छ । कर सप्ताहका रूपमा मनाइने कार्यक्रममा प्रभातफेरी, वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र करदाता सम्मान लगायतका कार्यक्रम समावेश गरिएको छ ।


कार्यक्रम अन्तर्गत मंसिर १ गते मंगलवार बिहान ७ बजे पोखरा सभागृहदेखि रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रमा सहभागिहरुले विभिन्न प्लेकार्ड सहित सहभागिता जनाएका थिए । प्रभातफेरी सभागृहदेखि, सृजनाचोक, जनप्रिय स्कुल, रत्नचोक, राष्ट्रबैंक चोक हुदै शहिदचोकबाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयमा पुगेर समापन भएको थियो ।


कार्यक्रममा पोखरामा रहेका विभिन्न संघ-सस्थाहरुको सहभागिता रहेको थियो । सहभागिता जनाउने संस्थाहरुमा पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उद्योग बाणिज्य संघ, पोखरा पर्यटन परिषद्, नेपाल निर्माण ब्यवसायी संघ कास्की, महिला उद्यमी संघ नेपाल कास्की लगायतका संस्थाहरुको सहभागिता रहेको थियो ।


त्यसैगरी, मंसिर २ देखि ६ गतेसम्म विभिन्न स्थानमा वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । मंसिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुनेछ।
कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा करदाता सम्मानसहित विशेष कार्यक्रम आयोजना गरिनेछ ।


कर प्रणालीप्रति नागरिकको सचेतना अभिवृद्धि गर्ने, करदातालाई करसम्बन्धी जानकारी प्रदान गर्ने, कर सहभागिता बढाउने तथा कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।


पोखरा कार्यालयमा आयोजित करदाता सम्मान कार्यक्रममा तीन जनालाई सम्मान गरिने कार्यलयले जनाएको छ ।

जापानमा ६ महिना जीवनसँग संघर्ष गरेकी विष्णुलाई स्वदेशमा डा. सुनिल शर्माको मानवीय साथ

काठमाडौँ । परदेशमा उज्ज्वल भविष्यको सपना बोकेर जापान पुगेकी २२ वर्षीया विष्णु कुँवरका लागि पछिल्ला ६ महिना निकै कष्टकर बने । रोजगारी गर्दै आफ्नो भविष्य निर्माण गर्ने उद्देश्यसहित जापान पुगेकी उनी अचानक मस्तिष्कघातको सिकार भइन् । त्यसपछि उनको जीवनको यात्रा सपनाबाट संघर्षतर्फ मोडियो । स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा उपचारको चुनौती थपियो भने आर्थिक अभावले उनलाई झनै असहज परिस्थितिमा पुर्‍यायो ।

विदेशी भूमिमा बिरामी परेकी विष्णुका लागि उपचारलाई निरन्तरता दिनु मात्रै होइन, आफ्नै देश फर्किनु पनि सहज थिएन । तर, कठिन परिस्थितिमा सहयोगी हात अघि बढेपछि उनी अन्ततः स्वदेश फर्किन सफल भएकी छन् ।

सोमबार नेपाल आइपुगेकी विष्णुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा निःशुल्क उपचार सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई जापानबाट नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी विष्णुलाई लिन डा. शर्मा केएमसीका विशेषज्ञ चिकित्सक र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए । विमानस्थलबाट उनलाई सिधै अस्पताल पुर्‍याएर भर्ना गरिएको छ । अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार अघि बढाएको जनाएको छ ।

स्वदेश फर्किएपछि विष्णुले डा. शर्मालाई आफू कहाँ रहेको भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा डा. शर्माले ‘तपाईं आफ्नै देशको काठमाडौँ मेडिकल कलेजमा हुनुहुन्छ’ भनेपछि उनी भावुक बनेकी थिइन् । लामो समय विदेशी भूमिमा स्वास्थ्य र आर्थिक संकटसँग जुधेकी युवतीका लागि आफ्नै देश फर्किनु र उपचारको सुनिश्चितता पाउनु आफैँमा ठूलो राहत बनेको छ ।

उपचार खर्चको जिम्मेवारी डा. शर्माले लिए

विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले बेहोर्ने डा. शर्माले घोषणा गरेका छन् । चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराइने उनको प्रतिबद्धता छ ।

‘आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन,’ डा. शर्माको भनाइ छ ।

स्वास्थ्य सेवामा डा. शर्माको निरन्तर योगदान

डा. सुनिलकुमार शर्मा स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत उनले स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गर्दै आएका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, उपचार खर्च जुटाउन नसक्ने तथा विपन्न समुदायका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने अभियानमा उनको संलग्नता रहँदै आएको छ ।

उनको पहल केवल अस्पतालमा उपचार गराउने कार्यमा मात्र सीमित छैन । विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने कार्यमा समेत उनी सक्रिय छन् । आर्थिक अभावका कारण चिकित्सा शिक्षा हासिल गर्ने सपना अधुरो नहोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

केएमसी र नोबेल मेडिकल कलेजमार्फत विभिन्न स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा तथा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग पुर्‍याउने कामले पनि उनको सामाजिक सक्रियतालाई जोडेको छ ।