गीतकार कल्पनाको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।
‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने








