गीतकार कल्पनाको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।
‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३१, मंगलवार २०:२९राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
समाचार२०८२ भाद्र ३१, मंगलवार २०:२०राष्ट्रिय शोक मनाउन बुधबार मुलुकभर सार्वजनिक बिदा
समाचार२०८२ भाद्र ३१, मंगलवार १९:५३अव निर्वाचन केन्द्रित अभियानमा जुटौँ : पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३१, मंगलवार १८:४८ब्लकबस्टर ‘जारी’ को सिक्वेल कार्तिक ६ गते रिलिज हुने