Breaking News
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको निवासबाट पक्राउ गरिसकेकाे छ । जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हाे।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21144, citypokhara.com

मेयरदेखि प्रधानमन्त्रीसम्म बालेनको ‘ऐतिहासिक छलाङ’, शीतल निवासमा लिए शपथ

काठमाडौं । बालेन्द्र शाहले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यसअघि राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक भएको जनाइएको छ।

३६ वर्षीय शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका थिए। पहिलोपटक संघीय संसदमा प्रवेश गरेलगत्तै उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन्।

झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै शाह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21141, citypokhara.com

सुधन गुरुङ गृहमन्त्री, नयाँ मन्त्रिपरिषद् फाइनल चरणमा

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीच नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरिएको छ। उच्च स्रोतका अनुसार सुधन गुरुङलाई गृहमन्त्री बनाउने सहमति दुबै पक्षबीच लगभग पक्का भएको जनाइएको छ।

स्रोतका अनुसार बिहानैदेखि शाह र लामिछाने काठमाण्डौको एक होटलमा निरन्तर छलफलमा थिए। यसअघि उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउने प्रयास भएको थियो, तर बालेनले आफू र लामिछानेबीच मिलाउनका लागि सूत्रधारको भूमिका खेलेका सुधनलाई प्रमुख विकल्प बनाएका थिए।

प्रधानमन्त्रीले सपथ लिएलगत्तै कानूनमन्त्रीको रूपमा सोविता गौतमले पनि सपथ लिने तयारी गरेको छ। स्रोतका अनुसार गौतमलाई पहिला स्वास्थ्य मन्त्री वा सभामुख बनाउने सम्भावना छलफलमा रहेको थियो।

गृहमन्त्री नपाएका उपसभापति डीपी अर्याललाई सभामुख बनाउने सहमति पनि स्रोतले जनाएका छन्। अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनाललाई पठाउने विषयमा सहमति भएको छ।

हिजोको छलफलमा बालेनले अर्थमन्त्रीको रूपमा डा. कृष्णहरि बुढाथोकीको नाम अगाडि राखेका थिए। तर स्वर्णिमलाई भावी अर्थमन्त्री घोषणा भइसकेको भएकाले अन्तिम निर्णयमा डा. स्वर्णिमलाई अर्थमन्त्री बनाउने सहमति जुटेको स्रोतले दाबी गरेको छ।

अरु मन्त्रीहरूको नाम पनि अन्तिम फाइनल चरणमा रहेको बताइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21137, citypokhara.com

एकै छलाङमा बालेन प्रधानमन्त्री, शक्ति समीकरण उल्टियाे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। उनले आज नै सपथ ग्रहण गर्नेछन् ।  उनको नियुक्तिसँगै देशको राजनीतिक शक्ति समीकरणमा अप्रत्याशित परिवर्तन आएको छ।

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाह प्रधानमन्त्री बनेका हुन्। परम्परागत दलहरूको प्रभावबीच नयाँ शक्ति उदाउँदै सरकारको नेतृत्वमा पुगेपछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत पहिलोपटक संघीय संसदमा प्रवेश गरेका शाह छोटो समयमै देशको कार्यकारी नेतृत्वमा पुग्न सफल भएका छन्। उनको यो यात्रा नेपाली राजनीतिमा असामान्य उथलपुथलको संकेतका रूपमा हेरिएको छ।

शाहको नियुक्तिसँगै पुराना दलहरूबीचको शक्ति सन्तुलन फेरिएको विश्लेषण गरिएको छ। नयाँ समीकरण निर्माण, गठबन्धनको पुनर्संरचना तथा नीतिगत प्राथमिकतामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहले छिट्टै मन्त्रिपरिषद् गठन गर्ने र सरकारका प्राथमिकता सार्वजनिक गर्ने तयारी गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21133, citypokhara.com

बालमैत्री सञ्चार अभ्यास सम्बन्धी ‘पोखरा घोषणापत्र–२०८२’ जारी

पोखरा । बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राख्दै ‘बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र–२०८२’ जारी गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा पोखरामा बिहिबार सम्पन्न प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममार्फत उक्त घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा सञ्चारकर्मीहरूले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिने, गोपनीयता र आत्मसम्मानको संरक्षण गर्ने तथा जिम्मेवार पत्रकारिता अभ्यासलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।

बालबालिकासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा पहिचान गोप्य राख्ने, संवेदनशील घटनामा मर्यादित भाषा प्रयोग गर्ने र सनसनीपूर्ण सामग्री प्रकाशन नगर्ने सहमति गरिएको छ ।

अन्तर्वार्ता वा तस्बिर प्रयोग गर्दा अभिभावकको पूर्वस्वीकृति लिनुपर्ने, बालमैत्री शब्दावली प्रयोग गर्ने तथा बालबालिकाका सकारात्मक गतिविधिलाई प्राथमिकता दिने विषय घोषणापत्रमा समेटिएका छन् ।

यसैबीच, कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये हालसम्म ४ वटा पालिका मात्रै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएका छन् ।

नवलपरासीको देवचुली, स्याङ्जाको भीरकोट, बागलुङको गलकोट र बागलुङ नगरपालिका बालमैत्री घोषणा भएका हुन् ।

परिषद्का गण्डकी समन्वय अधिकृत बद्री वाग्लेले अन्य पालिकामा प्रक्रिया अगाडि बढे पनि पूर्ण सफलता हासिल हुन बाँकी रहेकाे बताए ।

प्रदेशका ८५ स्थानीय तहमध्ये ४३ वटाले मात्रै बाल अधिकारसम्बन्धी एकीकृत कार्यविधि बनाएका छन् भने ४७ वटामा स्थानीय बाल अधिकार समिति गठन भएको छ र ३० वटामा बाल कोष स्थापना गरिएको छ ।

त्यसैगरी ६८ वटा पालिकाले बालकल्याण अधिकारी तोके पनि मोदी र महाशिला गाउँपालिकामा मात्रै अधिकारी नियुक्त भएका छन् । प्रदेशका ५ स्थानीय तह बालश्रममुक्त घोषणा भएका छन् भने २० पालिका सडक बालबालिका मुक्त घोषणा गरिएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने र पत्रकार सुरेश रानाभाटले बालमैत्री पत्रकारिता निर्देशिका र आचारसंहिताबारे प्रस्तुतीकरण गरेका थिए ।

सहभागी सञ्चारकर्मीहरूले बालमैत्री सञ्चार निर्देशिका पत्रकारहरुले पालना गर्दै आएको तर राज्यका अरु निकाय र अन्य सरोकारवालालाई बुझाउन जरुरी रहेको औंल्याएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21130, citypokhara.com

नवनिर्वाचित सांसदहरूको शपथ सम्पन्न, ६३ जनाले मातृभाषामा लिए शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। स्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ले सांसदहरूलाई शपथ गराएका थिए। का अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् ।

शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नै सांस्कृतिक तथा परम्परागत भेषभूषामा उपस्थित भएका थिए, जसले कार्यक्रममा विविधताको झल्को दिएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21127, citypokhara.com

काठमाडौंमा घर फाेरेर चोरी गर्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं जिल्लाको –१५ तिनथाना स्थित एक घरमा भएको चोरी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

यहि फागुन २८ गते उक्त घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का १ जोर, आधा तोलाको माईली तिलहरी, दुई थान मोबाइल र नगद रु. ५,००० चोरी भएको भन्दै निवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धान तथा खोजतलासको क्रममा चोरीमा संलग्न समूहले सुनका गरगहना पगाली स्वरूप परिवर्तन गरेको पाइएको प्रहरीले जनाएको छ। सोही क्रममा चोरी गरिएका दुई थान मोबाइल, करिब २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग गरिएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूलाई यहि मंगलबार  काठमाण्डाै – २६ गल्कोपाखा, बागमती ड्राइभिङ सेन्टर अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि बाट ५ दिनको म्याद थप अनुमति लिई बाट थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्तिहरूमा धादिङ गंगाजमुना गाउँपालिका–७ स्थायी घर भई हाल तारकेश्वर–१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व) कावासोती–१७ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ म्हेपी बस्ने २८ वर्षीय प्रदिप गुरुङ, ओखलढुंगा खिजीदेम्बा–९ घर भई हाल सामाखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवा नौकुण्ड–५ घर भई हाल म्हेपी बस्ने २८ वर्षीय सागर कामी र भारत महाराष्ट्र, सोलापुर जिल्ला तान्दुलवाडी थाना अन्तर्गत घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएकाे छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21122, citypokhara.com

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

पोखरा। गण्डकी प्रदेशमा सन् २०२५ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष पीडितको संख्या उल्लेख्य रूपमा बढेको छ।

इन्सेकका अनुसार वर्ष २०२५ मा गण्डकी प्रदेशमा कुल ७ सय जना मानवअधिकार उल्लंघनबाट पीडित भएका छन्। तीमध्ये राज्य पक्षबाट ५६ जना र अन्य पक्षबाट ६ सय ४४ जना पीडित भएका हुन्। अघिल्लो वर्षको तुलनामा यो संख्या १ सय ९६ जनाले बढी हो।

इन्सेकले यस वर्ष पीडित संख्या बढ्नुको मुख्य कारण नवयुवाहरूले सञ्चालन गरेको आन्दोलन रहेको जनाएको छ। उक्त आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीमा परी ३ जनाको मृत्यु भएको थियो भने १ सय ३१ जना घाइते भएका छन्। घाइतेमध्ये २७ जना प्रहरीको गोली, गोलीका छर्रा र लाठीचार्जबाट घाइते भएका थिए।

आन्दोलनका क्रममा कारागार तथा सुधार गृहबाट कैदी बन्दी फरार हुने घटनासमेत देखिएको छ। विभिन्न कारागारबाट ९ हजार ६४ जना फरार भएको विवरणमा उल्लेख छ, जसमध्ये अझै २ सय १७ जना फरार रहेका छन्। बालसुधार गृहबाट पनि ९८ जना फरार भएकोमा ११ जना अझै सम्पर्कविहीन छन्।

यस अवधिमा १ सय ७१ जना घाइते, ४ सय १६ जना महिला अधिकार उल्लंघनबाट पीडित, १२ कुटपिट र ७ धम्कीका घटना अभिलेख गरिएको छ। साथै एक जनाको कारागारमा मृत्यु भएको तथा जातीय विभेदको एक घटना समेत दर्ता गरिएको छ।

महिला हिंसाका घटनामा घरेलु हिंसा प्रमुख रूपमा देखिएको छ। तथ्याङ्क अनुसार ३ सय ७२ जना महिला घरेलु हिंसाबाट पीडित भएका छन् भने ३१ जना बलात्कारका घटनामा र ३ जना यौन दुव्र्यवहारमा परेका छन्। परिवारजनबाट ८ जनाको हत्या तथा बोक्सी आरोपसम्बन्धी एक घटना पनि अभिलेख गरिएको छ।

बालअधिकार उल्लंघनका घटनामा पनि वृद्धि देखिएको छ। यस वर्ष ७३ जना बालबालिका पीडित भएका छन्। तीमध्ये ५० जना बलात्कारका घटनामा, १८ जना यौन दुव्र्यवहारमा तथा ५ जना विद्यालयमा दिइएको दण्ड सजायबाट पीडित भएका छन्।

त्यस्तै, आन्दोलनका क्रममा गण्डकी प्रदेशमा ठूलो भौतिक क्षति समेत पुगेको छ। सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड हुँदा ५ सय ८६ वटा संरचनामा क्षति पुगेको इन्सेकले जनाएको छ।

मानवअधिकारको अवस्था सुधार गर्न राज्य र सरोकारवाला निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

मानवाधिकार प्रत्याभुत गराउन प्रदेश सरकार दृढ : स्वास्थ्य मन्त्री पाठक

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जनतामा मानवाधिकार प्रत्याभुत गराउन प्रदेश सरकार दृढ रहेको बताएका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पाठकले मानव अधिकार प्रत्येक नागरिकको नैर्सगिक अधिकार भएको बताउँदै यसको हननका घटनाहरुको न्यायिक छानबिन गर्न, दोषीलाई कारवाही गर्न र पिडितलाई न्याय दिने विषयमा प्रदेश सरकार दृढ रहेको वताए ।

मन्त्री पाठकले नागरिक समाज, मानव अधिकारकर्मी एवं ईन्सेक जस्ता संस्थाहरुले निगरानी र खबरदारी कायम गर्दै सरकारलाई घचघच्याईरहेका कारण मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना न्यूनिकरणमा उल्लेख्य टेवा पुगेको दावी गरेका थिए ।

उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्तौलाले मानव अधिकार हननका घटनामा पिडितलाई न्याय दिने र पिडकलाई कारवाही गर्ने सवालमा न्याय प्रशासन चुनौतिपुर्ण रहेको बताईन ।

उनले कतिपय घटनामा वास्तविक अनुसन्धान हुनुपर्नेमा आफु अनुकुलको अनुसन्धानका लागी दवाब र प्रभाव पार्ने प्रवृति देखीएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, जिल्ला समन्वय समिति प्रमुख नवराज बराल, मानव अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष ध्रुव खड्का, गैरसरकारी संस्था महासंघकी अध्यक्ष ईन्दिरा पौडेल, मानवधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष डा. बुद्धि ब. थापा, मानवधिकार दलित सशक्तिकरण नेपालका अध्यक्ष ईश्वरी बि.क, उच्च बार महिला समिति सदस्य इश्वरी पौडेल, फेडो गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुंगाना, मानव अधिकारका लागि एकल महिला समूह कास्कीका उपाध्यक्ष जुना केसी लगायतले बोलेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21119, citypokhara.com

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँले मूल्यवृद्धि गरिएको हो।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गका लागि १८६ रुपैयाँ तथा तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखेको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21113, citypokhara.com

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको निःशुल्क रुपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।

साथै, विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरुको आँखा परिक्षण गरी आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ ।

हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्‍याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ— हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।”

उहाँले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइटले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौति दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताउनुभयो ।

उहाँले आफूहरुले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबिचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताउनुभयो ।

हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गैर नाफामुलक संस्थाको रुपमा सन् १९९२ मा दर्ता भई आँखा स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवा, इन्ट्रा ओकुलर लेन्स उत्पादन, आँखा सम्बन्धि महत्वपूर्ण अनुसन्धानहरु, आँखा स्वास्थ्य सम्बन्धि शिक्षण, समुदाय आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत् नेपाल तथा विश्वस्तरमा विश्वसनीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्था हो ।