Breaking News
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

काठमाडौँमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरु राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो ।

उहाँले १९ वर्ष पहिले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताउनुभयो ।

उहाँले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशिलताको उत्तिकै महत्व हुने बताउदै सम्पूर्ण कर्मचारीहरुलाई अझ लगनशिल भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद समेत प्रकट गर्नुभयो ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।

बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज

पोखरा । आज पाेखरा सभागृहमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रम दिउँसाे ३ वजेदेखि शुरु हुनेछ  । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यक्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो ।

अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको थियाे । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो ।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’
त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ ।
अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ ।
त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20470, citypokhara.com

लक्ष्मी मावि मा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लेखनाथ/।
पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ ।

लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।

भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशेढुंगा सावित हुने उल्लेख गरे ।

वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायीक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बबताए । उनले पूर्व विद्यार्थीहरु जो जहाँ भएपनि आफु पढेको विद्यालयले आफुलाई दिएको शिक्षाको स्मरण गरेमात्र ठुलो सहयोग मिल्ने उल्लेख गरे ।

पुस्तकालय निर्माणपछि त्यसमा आवश्यक पाठ्य तथा सूचना प्रविधिका सामाग्रीका लागि सहयोग गर्न पूर्व विद्यार्थीहरुलाई आब्हान गरे ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आईका निर्वतमान गर्भर विनोद ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा लायन्स क्लव मार्फत जोडिन पाउँदा खुसी लागेको बताए । उनले आफु डिस्ट्रीक गर्भनर हुँदा परिकल्पना गरेको कार्यक्रम लायन्सको अन्तराष्ट्रिय फण्ड मार्फत संभव भएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गुरुडको अध्यक्षतामा भएको भवन सिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र निर्माण व्यवसायी भक्त बहादुर बानियाले निर्धारित समयमा काम सकिनेमा विश्वस्त रहन आग्रह गरे ।

लायन्स क्लव इन्टनरनेशनल ३२५आई मार्फत प्राप्त परियोजनाको लागत एक करोड ९७ लाख रुपैया रहेको छ । भवन निर्माणका लागि लायन्स फाउण्डेसनबाट एकलाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताले जुटाउने विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

भवन टिम वान कन्स्ट्रक्सन कम्पनीले आठ महिनामा सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । भवन निर्माणका लागि लायन्स क्लव अफ पोखरा अर्घौले समन्वय गरेको निर्वतमान गर्भनर ढुंगानाले जानकारी दिए ।

भवन सिलन्यास कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ आई का लिडर, विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो  ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20466, citypokhara.com

पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्यूटर र ल्यापटप सहयोग

पोखरा। पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्यूटर सेटसहित २ वटा प्रिन्टर र एउटा ल्यापटप सहयोग गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघका  अध्यक्ष गोकर्ण कार्कीले  आइततबार उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमितिका सदस्यहरु जीवन श्रेष्ठ,दूधमान गुरुङ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानालाई ५ लाख ३१ हजार ८ सय ७१ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष कार्कीले ती सामग्री सहयोगपछि आन्तरिक राजश्व कार्यालयबाट प्रवाह हुने सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

जेन–जी आन्दोलनको दोस्रो दिन गएको भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट भएपछि आन्तरिक राजश्व कार्यालय पोखराले दैनिक सेवा प्रवाहका निम्ति अत्यावश्यक पर्ने ती सामग्रीहरुको अभाव झेल्दै आएको थियो ।

उद्योगी/व्यवसायीहरुसँग सम्बन्धित रहेको सो आन्तरिक राजश्व कार्यालयको सेवा प्रवाहमा कुनै कमी नहोस् भन्ने उद्देश्यले ती सामग्री सहयोग गरिएको संघकी महासचिव शोभा गौतमले बताइ

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20459, citypokhara.com

मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज


मुस्ताङ,२०, पुस ।
यहाँ स्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आईतबारदेखि एकिृत सेवा कार्यालय रहने गरी एक आपसमा मर्ज भएका छन् । गण्डकी प्रदेश सरकारको गत साउनमा भएको निर्णय अनुसार यहाँ स्थित पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय एक आपसमा मर्ज भएको हो ।
यसअघि गण्डकी प्रदेश सरकारले एउँटै प्रकृतिका सेवा दिने कार्यालयहरुलाई एउटै कार्यालयको रुपमा स्थापना गरी एकिकृत सेवा प्रवाह गर्ने तथा प्रदेशको आर्थिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले प्रदेशका ७ वटा निर्देशनालय खारेज गरेको थियो । सोही बेला प्रदेशले यहाँका एघार जिल्लामा रहेका मातहतका ३२ वटा कार्यालयलाई घटाएर १७ वटा कार्यालयमा सीमित गर्ने निर्णय गरिएको थियो ।
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार यहाँ स्थित उद्योग तथा पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको सामाजिक विकास कार्यालय एकिकृत सेवा कार्यालयको रुपमा मर्ज भई सेवा संञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।
यसअघि यहा स्थित सामाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको भवनबाट सेवा संञ्चालनमा थियो । यसैगरी पर्यटन तथा उद्योग कार्यालय आफ्नै भवनबाट सेवा संञ्चालनमा थियो ।
यहाँ पर्यटन तथा उद्योग कार्यालयलाईनै एकिकृत सेवा कार्यालय रुपमा सेवा प्रवाह गरिएको छ । यहाँ दुबै कार्यालयहरु एक आपसमा मर्ज भएसंगै पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट एकिकृत सेवा कायालयको सेवा संञ्चालनमा ल्याईएको प्रमुख निरपति दर्जीको भनाई छ ।
प्रदेशको निर्णय अनुसार यहाँ स्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय मंसिर २६ गते प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार अनौपचारिक रुपमा भईसकेका थिए ।

यहाँ दुई कार्यालय मर्ज भएर एकिकृत सेवा कार्यालय स्थापना गरिएपछि आयोजित औपचारिक कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा लगायतले शुभ—कामना व्यक्त गर्नुभएको थियो । प्रजिअ शर्माले दुई कार्यालय गाँभिएपछिको एकिकृत सेवा कार्यालयले आफ्नो कार्यसम्पादनलाई चुस्त,भरपर्दाे र पारदर्शी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले नयाँ कार्यालयको रुपमा यहाँ प्रदेशले १० जनाको दरबन्दी सृजना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा एक जना स्थायी र चार जना करार सेवाका कर्मचारी कार्यरत रहेको बताउँनुभयो ।
दुई कार्यालय मर्जपछि एकिकृत सेवा कार्यालयको बैठकले कार्यालयको सेवालाई प्रभावकारी बनाउँन विभिन्न १० बुँदे निर्णय गरेको छ ।
यसअघि सामाजिक विकास कार्यालयले यहाँ लक्षित बर्गका लागि सेवा प्रवाह गर्दैआईरहेको थियो भने पर्यटन तथा उद्योग कार्यालयले उद्योग दर्ता तथा नविकरणका सार्थ पर्यटन प्रर्वद्धनात्मक कार्य गर्दैआईरहेको थियो ।

खेलसँगै साहित्यमा हेमजा युनाइटेड, अन्तर विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

पोखरा । खेल गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हेमजा युनाइटेडले साहित्य क्षेत्रमा पनि याेगदान दिन थालेकाे छ । वार्षिक क्यालेन्डर नै बनाएर काम गर्ने यस संस्थाले विद्यालय स्तरीय आधारभूत तहगत निबन्ध लेखन प्रतियोगिता शनिबार सम्पन्न गरेको हाे।

“शान्तिको खोजीमा बुद्ध” विषयमा आयोजित प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी याङसी अधिकारी प्रथम भएकी छन्। त्यस्तै, धवलागिरि बोर्डिङ स्कुलकै माधवी पौडेल दोस्रो, हेमजा बोर्डिङ स्कुलकी एली शर्मा तेस्रो तथा हेमजा युनाइटेडकी सौरभि साही सान्त्वना भएकी हुन्।

विजेताहरूलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार तथा सान्त्वनालाई ५०० रुपैयाँ, गौतम बुद्धको चित्र अंकित मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

साथै प्रतियोगितामा सहभागी अन्य विद्यालयका विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा युनाइटेडका कार्यसमिति सदस्य मनोज त्रिपाठीले जानकारी दिए।

प्रतियोगिताको निर्णयक भूमिकामा साहित्यकार तथा प्राध्यापक शिव त्रिपाठी रहेका थिए। कार्यक्रममा शुभकामना दिँदै विभिन्न विद्यालयका प्राचार्य तथा शिक्षाकर्मीहरूले खेलसँगै वार्षिक कार्यक्रमको क्यालेन्डर बनाएर सामाजिक क्षेत्रमा सक्रिय हेमजा युनाइटेड पोखरा–२५, हेमजाका संस्थामध्ये एक उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।

कार्यक्रममा गौरीशङ्कर माविका प्राचार्य अम्बर कुँवर, हेमजा बोर्डिङ स्कुलका सञ्चालक एवं प्रबन्ध निर्देशक माधव सरण पौडेल, ज्ञान सागर एकेडेमीका प्राचार्य शंकरमणि त्रिपाठी, धवलागिरि बोर्डिङकाका शिक्षक विनोद रेग्मी, दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठी  लगायतले बालेका थिए ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20453, citypokhara.com

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल

पोखरा ।

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।

एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उम्मेदवार भनिएका राजु केसीको उम्मेदवारी एशोसियसनको विधान अनुसार नभएकोले मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको हाे ।

केसीकाे उम्मेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार पाैडेललाई उपाध्यक्षमा चयन गरिएकाे एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् ।

पौडेल त्रिलोकेश्वर शिव मन्दिर पोखरा २८ को अध्यक्ष ,सुर्केमैदान सृजनशिल क्लव कालिकाको संस्थापक अध्यक्ष,पत्रकार महासघं कास्कीको प्रदेश परिषद सदस्य रहेका पौडेल नेपालय न्युज डटकमका सह सम्पादक समेत रहेका छन् ।

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा चयन भए पछि पौडेलले भने ’आफू नियम कानुनलाई सधैव मान्ने बताउदै एशोसियसनको निर्वाचनमा निर्वाचन समितिका संयोजकले आफुलाई पुर्वाग्रहपुर्ण रूपले अन्याय गरेको भएता पनि एशोसियसनको विधान अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले आफुलाई न्याय दिएकोमा आभार व्यक्त गरे ।

पौडेलले आफू एशोसियसनको उपाध्यक्ष पदमा रहदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि सधैंव काम गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् ।

हालै सम्पन्न भएको बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरुमा कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ,ईन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरीसकेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20448, citypokhara.com

संस्कृत युवा मञ्च नेपालको अध्यक्षमा महेन्द्र पौडेल निर्वाचित

पोखरा । संस्कृत युवा मञ्च नेपालको आठौँ साधारण सभा तथा चौथो अधिवेशन बुधबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भवानी शंकर शर्मा, सचिवमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा हरि प्रसाद कोइराला र सह–सचिवमा अर्जुन पौडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गोपाल पराजुली, शुभेच्छित चापागाईं, गोकर्ण अधिकारी, सुवास निरौला, सोमनाथ शर्मा र राम प्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गिरिधर आचार्यले जानकारी दिनुभयो।

अधिवेशन युवा मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता तथा विन्ध्यवासिनी संस्कृत क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डिल्लीराम पौडेल (दिवाकर) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. रेग्मीले सनातन हिन्दु धर्ममाथि विभिन्न कोणबाट आक्रमण भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसको संरक्षण र संवर्द्धनका लागि संस्कृत युवा मञ्चले अझ सशक्त रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। युवा मञ्चको नामअनुसार आचार, विचार, आहार–विहार र संस्कारलाई आत्मसात गर्दै संस्कृतिको संरक्षणमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै यस्ता अभियानमा आफूले सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार डा. भोलानारायण रेग्मी, तलबाराही आरती सेवा समितिका उपाध्यक्ष जुना अधिकारी, संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद सिग्देल, निवर्तमान अध्यक्ष रामकृष्ण अर्याललगायत वक्ताहरूले आ–आफ्नो मन्तव्य राख्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

साधारण सभामा अध्यक्ष, सचिव तथा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

काउन्सिल र आयोगबिच सहकार्य गर्न सहमति

काठमाडौँ, पुस १७ गते । पत्रकार आचारसंहिता र सूचनाको हक सम्बन्धमा संयुक्त रूपमा अभिमुखीकरण गर्न आज राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबिच सहमति भएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोलीबिच राष्ट्रिय सूचना आयोगमा भएको छलफलका क्रममा यसरी अघि बढ्न दुई बुँदे सहमति भएको हो ।

उक्त सहमतिपत्रमा राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबिच पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना अभिवृद्धि गर्न एकअर्काका कार्यक्रमहरूमा सहकार्य गरी दुवै निकायका विषयवस्तु प्रस्तुत गर्ने सम्बन्धमा समन्वय गरी प्रबद्र्धनात्मक कार्य सञ्चालन गर्ने तथा सूचनाको हक प्रबद्र्धन र पत्रकार तथा सञ्चारकर्मी आचारसंहिता कार्यान्वयन गर्ने सम्बन्धमा दीर्घकालीन रूपमा सहकार्र्य गरी समझदारी गर्न आवश्यक मस्यौदा तयार गरी दुवै निकायबिच आदानप्रदान गर्ने” उल्लेख छ ।

काउन्सिल र आयोगबिच सहकार्य गर्न सहमति

उक्त छलफलमा सहमतिका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, प्रमुख सूचना आयुुक्त डा. सुरेश आचार्य, आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारी पौडेल, काउन्सिलका सदस्य बालकृष्ण अधिकारी, आयोगका सचिव दीर्घराज मैनाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक छबीन्द्र पराजुली, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत(प्रवक्ता) दीपक खनाल, आयोगका उपसचिवहरू सन्तोष कुमार दाहाल, देवेन्द्र कार्की र प्रेमचन्द अर्याल उपस्थिति हुनुहुन्थ्यो । तस्बिर ः सुजन महर्जन

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/01/11356/, www.presscouncilnepal.gov.np

काउन्सिल र पि.एस.बी.एन.बिच छलफल/अन्तरक्रिया

काठमाडौँ, पुस १७ गते । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पि.एस.बी.एन.) बिच आज पत्रकार आचारसंहिता, समाचार सम्प्रेषण तथा पत्रकारिताको अभ्यासमा देखिएका चुनौतीलगायतका विषयमा छलफल/अन्तरक्रिया भयो ।

काउन्सिल र पि.एस.बी.एन.बिच छलफल/अन्तरक्रिया

पि.एस.बी.एन.को निमन्त्रणामा काउन्सिल अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र पि.एस.बी.एन.का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टसहितको टोलीबिच उक्त छलफल/अन्तरक्रिया भएको हो ।

छलफल/अन्तरक्रियाका क्रममा काउन्सिल अध्यक्ष डा. आचार्यले आफू काउन्सिलमा नयाँ सोच र कार्यशैली लिएर आएको बताउँदै काउन्सिललाई यही रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

‘म काउन्सिलमा अधिकार प्रयोग गर्न आएको होइन, कर्तव्य पालना गर्न आएको हुँ, त्यही गर्छु’ अध्यक्ष डा. आचार्यले भन्नुभयो– ‘नयाँ परिस्थितिमा प्रत्येक पत्रकार र सञ्चार माध्यमले आफ्नो मनस्थिति बदल्नुपर्छ । दृष्टिकोण नबदली दृश्य बदलिँदैन ।” उहाँले आफूले पत्रकार/सञ्चार माध्यमलाई दण्डनात्मक नभइ सुधारात्मक दृष्टिकोण अपनाएर अघि बढाउने धारणा राख्नुभयो ।

पि.एस.बी.एन.का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पि.एस.बी.एन. पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउँदै काउन्सिललाई अझै स्वतन्त्र, स्वायत्त बनाउनमै जोड दिनुपर्छ भन्नुभयो ।

काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले पत्र मात्रै काट्ने नभइ पत्रकारलाई कर्तव्यबोध गराउन सञ्चार माध्यममा स्थलगत अनुगमन गर्न थालेको जानकारी दिनुभयो ।

काउन्सिल अध्यक्ष डा. आचार्यलाई विशेष स्वागत गरिएको उक्त कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, पि.एस.बी.एन.का प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, एन.टि.भी.का समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र रेडियोका समाचार प्रमुख पवन प्याकुरेल, नेपाल पत्रकार महासंघ रेडियो शाखाका अध्यक्ष भूषण पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ एन.टि.भी. शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित पि.एस.बी.एन. का वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो । तस्बिर ः सुजन महर्जन

 

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/01/11345/, www.presscouncilnepal.gov.np