Breaking News
साढे तीन करोड नाघ्यो परान’को कमाइ ‘सोल्टिनी’ हरिविजोग

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो फिल्मले ९ दिनमा साढे तीन करोडको आँकडा नघाएको छ । गत शनिबारसम्म फिल्मको कुल कमाइ ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । 

बोर्डले तिहारको अवसरमा प्रदर्शन भएका चार फिल्म ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’को पनि कात्तिक २२ गतेसम्मको कुल आम्दानी सार्वजनिक गरेको छ । जसमा ‘जेरी अन टप’ ११ करोड ७१ लाख ४१ हजार कमाउँदै शीर्षस्थानमा छ । योसँगै फिल्मले यस वर्ष सर्वाधिक कमाइको कीर्तिमान बनाएको ‘ऊनको स्वीटर’को रेकर्ड तोडेको छ । 

त्यस्तै, ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । ‘मैझारो’ले १ करोड ४ लाख कमाएको छ । बक्स अफिसमा सबैभन्दा हरिविजोग ‘सोल्टिनी’को भएको छ । यसको कमाइ २९ लाख मात्र छ । यसरी हेर्दा तिहारको अवसरमा चार फिल्मले साढे १५ करोडभन्दा बढीको व्यापार गरेको देखिन्छ । 

बोर्डले गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’को भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन । बुझिए अनुसार अर्को साताको सोमबार यी दुवै फिल्मको व्यापार सार्वजनिक गरिनेछ । दशैंदेखि बोर्डले हरेक सोमबार नेपाली फिल्मको व्यापार सार्वजनिक गर्दै आएको छ, जसले फिल्म क्षेत्रमा पारदर्शिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

पाेखरा ।

नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो ।

अर्वाड कार्यक्रमको लागि  १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नवौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो ।

नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका थिए । त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको थियो । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् ।

यता उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बनेका थिए  । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गरेको थियोभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाएका थिए ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19996, citypokhara.com

संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न

संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न

२३ कार्तिक, काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको आयोजना र जीवन विज्ञानको सहकर्यमा आइतबार ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रम सम्पन्न भएको छ । सञ्चारग्राममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने बताउनुभयो । “दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ । त्यसैले दुःखमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मनमा शान्ति र खुसी हुनु नै जीवनको सुख हो ।” मन्त्री खरेलले भन्नुभयो । उहाँले जीवनमा आउने कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्नसके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले हरेक राजनीतिक एजेण्डा शान्ति र समृद्धिको भएको उल्लेख गर्दै आफूभित्रको शान्ति खोज्नु आवश्यक रहेको औँल्याउनुभयो । “खुसी कुनै बाहिरी तत्व होइन, त्यो हाम्रो मनभित्र लुकेको छ । आफूभित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।” उहाँले भन्नुभयो । उहाँले प्रत्येक राजनीतिक आन्दोलन वा विद्रोहको आध्यात्मिक लक्ष्य सदाचार र सुशासन रहेको बताउँदै राज्य सञ्चालक र प्रशासकले योग र ध्यानमार्फत सदाचार र सुशासन कायम गर्नसक्ने उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रम काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफूभित्रको खुसी महसुस गर्न सिक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव उदय बहादुर रानामगर काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल लगायत कर्मचारी, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, जीवन विज्ञानका अभ्यासकर्ता सहभागिता हुनुहुन्थ्यो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/09/11222/, www.presscouncilnepal.gov.np

माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

कास्की ।
कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो ।अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् ।

यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो ।

त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए ।दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो ।

विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19992, citypokhara.com

संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी 

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानको रक्षाका लागि संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताएका छन्।

उनले बर्तमान सरकार संविधानभन्दा बाहिरबाट निर्माण भएको बताउदैं संविधानको रक्षाका लागि संसद पुर्नस्थापना आवश्यक रहेको बताए ।

नेकपा (एमाले) पोखरा महानगर कमिटी -३० को वडा भेलालाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा निर्वाचन हुन सम्भव नरहेको बताए ।

‘ठुलो सङ्ख्यामा हातहतियार लुटिएका छन् , त्यसको दुरुपयोग हुने खतरा छ , निर्वाचन शान्तिपुर्ण हुने देखिदैंन त्यसकारण निर्वाचन हुने सम्भावना छैन’, उनले भने ।

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिर रोक लगाउने काम सहि नभएको बताए ।

पार्टीको तर्फबाट समीक्षा गर्नुपर्ने बिषयलाई आन्तरिक रुपमा छलफल र बिचार बिमर्शबाट निकास निकाल्ने उनको भनाई छ ।

‘हामी हाम्रा कमजोरी सच्चाउन सक्छौं तर देशलाई वर्वाद हुन दिदैनौ , प्रतिक्रान्तीलाई पराजित गर्छौं ‘, उनले भने ।

व्यबहारिक , शैलीगत कमजोरीलाई सच्चाउदै देशलाई सहि दिशामा लैजान नेता नेतृत्व र कार्यकर्ताहरु तयार रहनुपर्ने उनको भनाई थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19989, citypokhara.com

आयोगको आग्रह : मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका हुन् ।

‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताउनुभएको छ ।

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ । त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ ।

अध्यक्ष ढकालले वैदिक सनातन धार्मका हिसाबले महत्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तिब्रता दिई बागलुङ जिल्ला सहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरुपमा यसलाई चिनाउन आवश्यक छ ।

मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ । मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुनेछु ।

विश्वका हिन्दु धर्मावलम्बीहरुका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थल र यिनको महत्वको प्रचार गर्न आफूहरु पर्यटन पूर्वाधारमा लाग्ने बताउँदै उहाँले यसका लागि सबै जिल्लाबासी लाग्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले मानव जातीको सेवाका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताउनुभएकोमा धन्यवाद दिनुभयो ।

उहाँले मानव सेवा आश्रममा लाग्नुभएका मानव जीवनका प्रेरणाका स्रोत तथा मानव सेवाका अभियान्तालाई यसैगरी मानवीय भावनामा लाग्ने प्रेरणा जागोस भन्ने चाहेको पनि बताउनुभयो ।

जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन

अघिल्लो साताको फिल्म ‘परान’ले हलमा बलियो पकड बनाइरहेको बेला शुक्रबारबाट फरक स्वादका दुई फिल्म दर्शकमाझ आएका छन् । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै फिल्मप्रति दर्शकको उच्च चासो देखिएकाले बक्स अफिसमा सुखद् व्यापार हुने अनुमान गरिएको छ ।

दुई फिल्ममध्ये शो संख्याको आधारमा ‘जारी २’ अग्रस्थानमा रहेको छ । यसले देशव्यापी २ सयभन्दा बढी शो पाएको छ । ‘मन बिनाको धन’को शो संख्या एक सय हाराहारी छ । दुवै फिल्मको उपलब्ध शोहरूमा देशभर टिकट बिक्री सन्तोषजनक देखिएको छ । अब दर्शकबाट प्राप्त हुने प्रतिक्रिया नै दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्ने मुख्य आधार बन्नेछ ।

लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

गायक अशोक दर्जीको जीवनकथामा आधारित ‘मन बिनाको धन’मा अशोकसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छयसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् । 

प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित

पाेखरा । पोखरा ३, नदीपुरमा रहेकाे प्रतिभा माध्यमिक विद्यालयले लावण्य इन्टरनेशनल प्रा.लिको सहकार्यमा गरेकाे Complete pre-school system (CPS)  कार्यान्वयन पूरा गरेकाे छ । नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यान्वनकाे दुई वर्ष पूरा भएपछि विहिवार १४ जना शिक्षिकहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको हाे ।

विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले लावण्य इन्टरनेशनलको सहकार्यमा सञ्चालित सिपिएस/सिपिआरएस कार्यक्रमले विद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षाको वातावरण स्थापना गर्न ठूलो सहयोग पुर्‍याएको बताए । ‘याे पद्वतीले शिक्षकहरूले केवल पाठ सुनाउने नभई विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र आफ्नै अनुभवबाट सिक्न प्रेरित गरिरहेकाे छ।’ उनले भने-‘यसले कक्षा कोठालाई पुस्तक मात्रमा सीमित नराखी, विद्यार्थीहरूलाई विभिन्न गतिविधि, परियोजना र अनुभवमार्फत सिक्ने अवसर दिएको छ।’ यसले विद्यार्थीहरुकाे आत्मविश्वास र जिज्ञासा दुवै बढाएको उनकाे भनाई छ ।प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित

‘हामीले देखेका छौं जब शिक्षकले बच्चाको सोच र क्षमताको कदर गर्छन्, तब सिकाइ अझ प्रभावकारी र रमाइलो बन्छ। सिपिएस मोडलले यही कुरा सिकाएको छ।’ सापकाेटाले भने । उनले आगामी सत्रदेखि यो कार्यक्रमलाई अझ सशक्त रूपमा लागू गर्ने प्रतिबद्धता जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबीचको सहकार्यले विद्यालयको गुणस्तर अझ उचो स्तरमा पुग्ने विश्वास व्यक्त गरे ।

लावण्य इन्टरनेशनल पोखरा इन्चार्ज सम्झना रेग्मीले कार्यक्रमले शिक्षिकाहरूलाई नयाँ सीप सिक्न र प्रभावकारी शिक्षण अभ्यास अपनाउन ठूलो सहयोग पूगेकाे विश्वास व्यक्त गरिन् ।

मन्टेश्वरी ब्लक कोअर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माविमा नर्सरीदेखि कक्षा १ सम्म शिक्षकहरूले सिपिएस/सिपिआरएस कार्यान्वयनमार्फत प्रत्यक्ष अनुभवमा आधारित शिक्षण अभ्यास गरेकाे बताईन् । यसले शिक्षक पेशामा रचनात्मकता र सक्रियता थपेको उनकाे भनाई छ । नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यक्रम पूरा भएकाे र  कक्षा एकमा जारी रहेकाे सिपिआरएस कार्यक्रम अर्काे वर्ष पूरा हुने जानकारी दिईन् ।

सहप्राध्यापक प्रदिप खनालले स्वागत गर्दै सिपिएस/सिपिआरएस कार्यक्रम सफल बनाउन संलग्न सबै शिक्षक र प्रशिक्षकहरूको योगदानको प्रशंसा गरेकाे कार्यक्रम लावण्य इन्टरनेशनलकी प्रशिक्षक अमृता पोख्रेल र शिक्षिका शैली ताम्रकार द्वयले सञ्चालन गरेका थिए ।

सिपिएस कार्यक्रम देशका १५० विद्यालयमा फैलिएको छ र पोखरामा ४० भन्दा बढी विद्यालयमा सिपिएस अभ्यास भइरहेको छ।

सिपिएस/सिपिआरएस मोडलले परम्परागत “पाठ सुनाउने” पद्धतिलाई बदल्दै अनुभवमूलक र सक्रिय सिकाइलाई प्राथमिकता दिन्छ। शिक्षकहरू सिकाइका सहायक (facilitator) हुन्छन् र विद्यार्थीहरूले प्रश्न सोध्ने, समूहगत गतिविधि गर्ने तथा आफ्नै अनुभवबाट सिक्ने अवसर पाउँछन्। पोखरा र अन्य शहरका विद्यालयहरूले सिपिएस लागू गरेपछि शिक्षक र विद्यार्थी दुवै अझ सक्रिय, आत्मविश्वासी र रचनात्मक बनेको अनुभव गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19982, citypokhara.com

अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट

निजी क्षेत्रका मागप्रति दुवै मन्त्री सकारात्मक
पोखरा। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ ।

अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेन–जी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो ।

‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी पलायनको चिन्ता,अर्थतन्त्र सुधारका उपायहरुबारे आफ्नोतर्फबाट सुझाव दियौँ,’अध्यक्ष कार्कीले भने,‘मन्त्रीज्यूहरु हाम्रो कुरामा सकारात्मक हुनुभयो र सरकार व्यावसायिक वातावरण निर्माणको दिशामा अगाडि बढेको जानकारी गराउनु भयो ।’

यस्तै प्रतिनिधिमण्डलले कोरोला नाकाको दीगो संचालनका निम्ति भौतिक पूर्वाधार निर्माण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति सार्थक पहल,पोखरामा नयाँ औद्योगिक क्षेत्रको स्थापना तथा अहिलेको औद्योगिक क्षेत्रमा देखिएका समस्याको समाधानको विषयमा पनि ध्यानाकर्षण गराएको थियो ।

‘औद्योगिक क्षेत्र व्यवस्थापनमा भएको अति राजनीतिकरण र नियुक्तिबाट सिर्जित समस्याबारे पनि हामीले कुरा राख्यौँ,’अध्यक्ष कार्कीले भने,‘यस्तै न्यून बिजीकीकरण भन्सार छली,अवैध व्यापार भन्सार बिन्दुमै नियन्त्रणको कुरा पनि हामीले उठायौँ ।’

प्रतिनिधिमण्डलले कर्जा र चल्ती खाताको प्रावधानले कर्जा उपयोगमा परेको समस्याबारे पनि अवगत गराइएको थियो ।
संघकी महासचिव शोभा गौतमका अनुसार सिद्धार्थ राजमार्गको स्तरोन्नति र पोखरामा सुख्खा बन्दरगाह निर्माणबारे पनि दुवै मन्त्रीको ध्यानाकर्षण गराइएको थियो । प्रतिनिधिमण्डलमा पोखराका विभिन्न व्यावसायिक संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिनिधिमण्डलमा रहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले यो सरकारसँग जनताले ठूलो अपेक्षा राखेको बताउँदै सुशासन र व्यावसायिक वातावरण निर्माणका निम्ति निजी क्षेत्रले सरकारलाई सदा सहयोग गर्ने धारणा राखे ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19979, citypokhara.com