सिरोसा बनिन् मिसेस नोबेल नेपाल २०२४

काठमाडौं। मिसेस नोबेल नेपाल २०२४ को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यहि चैतमा इजिप्टमा हुने एन.एफ.इ.ए. अवार्ड २०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आईतबार राजधानीको म्यूजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फ्स्ट रनर अप र जुना भण्डारी सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा “जती हेर्यो उती राम्रो” बोलको गीतमा ओपनिङ्ग नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफिमा दुई साताको प्रशिक्षण पश्चात् स्टेजमा आफूलाई पारङ्गत रुपमा परिचय चरण, प्रश्नोक्तर र क्राउनिङ्ग चरणमा उतारेका थिए । कार्यक्रममा विविध सव–टाईटलहरू समेत वितरण गरिएको थियो जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट,मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल २०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल २०२३ अनुषा केसी रहेका थिए । कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेज सम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









