सौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’

काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए ।
चलचित्रमा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । चलचित्रका लागि सौगातले कपाल पनि लामो पालेका थिए । ‘फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ । मेरो गेटअप पनि भिन्न छ,’ सौगातले भने ।
कुराकानीको क्रममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि चलचित्र आफ्नो अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र भएको बताइन् । चलचित्रले दर्शकलाई २ घण्टा बाँधेर राख्ने क्षमता राख्ने उनको भनाइ थियो । ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ दाइ र सौगात दाइ भएपछि फिल्म यसै रमाइलो भइहाल्छ,’ ठकुरीले थपिन्, ‘फिल्मले भूकम्पको कथा पनि भनेको छ ।’
‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र उपासनाको अलावा दयाहाङ राईको पनि मुख्य भूमिका छ । यी तीनै कलाकार फिल्म ‘२ नम्बरी’मा पनि देखिएका थिए । चलचित्रका निर्देशक सिमोस सुनुवार हुन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको टिजरले दर्शकको माया पाइसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
खेलकुद२०८३ भाद्र ७, आईतवार ०८:४५ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ६, शनिबार २१:३२‘पार्वती’को अन्तर्राष्ट्रिय अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा सेप्टेम्बरमा रिलिज









