सरकारले युवालाई निःशुल्क एआई तालिम दिने, २ हजार जनाले अवसर पाउने
काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम दिन लागेको हो।
तालिम चार सत्रमा सञ्चालन हुनेछ। बिहान १० देखि १२ र साँझ ६ देखि ८ बजेसम्म हुने तालिममा प्रतिसत्र ५०० जनाका दरले कुल २ हजार युवाले सहभागिता जनाउन पाउनेछन्।
तालिममा ChatGPT र Claude लगायतका एआई उपकरण प्रयोग गर्ने, प्रभावकारी प्रम्प्ट लेख्ने, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र भिडियो बनाउने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने सीप सिकाइनेछ।
मन्त्रालयका अनुसार युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो।
तालिममा सहभागी हुन इच्छुक युवाले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीलाई तालिमको सत्रबारे जानकारी गराइने प्रतिष्ठानले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर १३, शनिबार १९:५९भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
कला, विचार/मनोरञ्जन२०८३ मंसिर १३, शनिबार १२:०५लमजुङबाट सुरु भयो चलचित्र ‘लुसु’को छायांकन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १३, शनिबार १०:५३सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १३, शनिबार १०:५०नेपाल नेत्रज्योति सङ्घद्वारा ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन « रिपोर्टर्स नेपाल




