लमजुङबाट सुरु भयो चलचित्र ‘लुसु’को छायांकन » Celebrity Nepal
सेलिब्रेटी नेपाल । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी–प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको नेपाली चलचित्र ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ ।
चलचित्र निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् । साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको चलचित्रले जातीय विभेदका कारण प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ । वर्तमान सामाजिक परिस्थितिलाई यथार्थपरक ढंगले पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्माण भइरहेको निर्माता शेखर लामाले बताए ।
जातकै कारण प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता लामाको भनाइ छ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ ।
फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन् । चलचित्रमा मन्जिल कुमार, अश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाल लगायत कलाकारको अभिनय रहनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ मंसिर १३, शनिबार १२:०५लमजुङबाट सुरु भयो चलचित्र ‘लुसु’को छायांकन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १३, शनिबार १०:५३सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित « रिपोर्टर्स नेपाल
समाचार२०८३ मंसिर १३, शनिबार ०५:५८खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाचार२०८३ मंसिर १२, शुक्रबार २०:२६विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ




