जावलाखेल यूथ क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई हराएर आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार जावलाखेलका गोल रक्षक युनेष चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भयो । ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए ।
लगत्तै मनाङका रक्षक जियारथ शेखले प्रहार गरेर ६–६ को स्थितिमा पुर्याए । अनि आए, जावलाखेलका प्रदीप बुढाथोकी । उनको प्रहार ७–६ को स्थितिमा आउँदा मनाङका रणदीपको नवौं पेनाल्टी प्रहार गोल रक्षक युनेषले रोकिदिए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल नभएपछि टाई ब्रेकरमा पुग्यो ।
९० मिनेटको खेलमा जावलाखेलले ५५ औँ मिनेटमा सुदीप श्रेष्ठको गोल मार्फत अग्रता लियो । मनाङका राजेश परियारले ८९ औँ मिनेट गोल फर्काएर बराबरीमा पुर्याए ।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथको सिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग भेट सुनिश्चित गरेको हो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ कार्तिक १२, सोमबार २०:२०तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ, कृषिमन्त्री श्रेष्ठ
- समाचार२०८१ कार्तिक ११, आईतवार १४:३७पोखरा म.न.पा. वडा नं. १७ तल्लो बिरौटाकोआयोजनामा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन सप्पन्न
- समाचार२०८१ आश्विन ३०, बुधबार १२:५१स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
- खेलकुद२०८१ आश्विन १९, शनिबार १८:४९बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान