इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिनुुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुुभयो । नयाँ वर्षका अवसरमा होटेल लेक सोरमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको बताउनुुभयो । पोखरा पर्यटन परिषद्का साथै पर्यटन सम्बद्ध संघ संस्थाका पर्यटन प्रवद्र्धनका कार्यक्रममा संस्थाको निरन्तर रुपमा सकृय सहभागिता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकहरूको आकर्षणले उत्साह थपेको बताउँदै २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गर्नुुभयो । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुुभयो । एगा पोखराका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले नयाँ वर्ष २०८१ ले पर्यटन व्यवसायीमा थप उमङ्ग र उत्साह ल्याउने बताउँदै सबैमा व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल (पौडेल)ले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गर्नुभएको थियो । कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो ।
कलश बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम गरेको छ । शुक्रबार दिब्यश्री बैन्क्युट नागढुंगामा भएको कार्यक्रममा संस्थाका शेयर सदस्य तथा पोखरा महानगर पालिका वडा नम्बर २४ का सदस्य कृष्ण प्रसाद सुवेदी, संस्थाका अध्यक्ष सुदिप अधिकारी, लेखा समिती संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागाई, होमराज भट्टराई, नवराज सुबेदीले संयुक्त रुपमा क्यालेण्डरको लोकार्पण गरेका हुन् ।
शुभकामना तथा लोकार्पण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य जनप्रतिनिधी कृष्ण प्रसाद सुबेदीले सहकारीका आर्थिक सुशासन र अनुशासनको आवश्यकता भएको बताउनुभयो । उहाँले सहकारीको नीति र नियमसंगत रुपमा सञ्चालित संस्थामा कहिल्यै पनि समस्या नआएको जिकिर गर्नुभयो । संस्थाका अध्यक्ष सुदिप अधिकारीले विश्व बैंक र एशियाली बैंकले नेपालको सन्दर्भमा आगामी बर्षका लागि गरेको आर्थिक प्रक्षेपणले केही सुखद संकेत गरेको बताउनुभयो । उहाँले २०८० सहकारीका लागि चुनौतीको बर्ष रहेपनि कारोबारमा सफा र अनुशासित संस्था दिर्घकाल सम्म रहिरहने दावी गर्नुभयो ।
शुभकामना आदाप्रदान कार्यक्रममा संस्थाका शेयर सदस्य गणेश भारती, शिक्षा उपसमिती सदस्य प्रभा राजभाट, ऋण उपसमिती संयोजक रामु पाध्याय, लेखा समिती संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागाई, होमराज भट्टराई, नवराज सुवेदी, कोषाध्यक्ष एकराज गिरी, ऋण उपसमिती सदस्य हुमबहादुर खत्री ‘अर्जुन’ लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष सुदिप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उपसमिती संयोजक सन्जय मल्ल, सञ्चालन रुपकराज मिश्रले गरेका थिए ।
संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८१ सालको भित्ते-पात्रो बिमोचन , शुभकामना आदान-प्रदान तथा सोमबारे औंशी बिशेष सेतीगण्डकी दिव्य माहाआरती एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पोखरा ९ शान्तिघाटस्थित आरती स्थलमा भएको उक्त कार्यक्रमा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो
प्रमुख अतिथिको मन्तव्य राख्दै मरासिनीले संकृत युवा मञ्चले सामाजिक काममा लागेर गरेको सहयोगको प्रशंसा गर्दै यो पञ्चाङ्ग सहितको भित्ते -पात्रो प्रकाशन गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले सोमबारे औंसी जस्तो पवित्र दिन पारेर सेतीगणडकी दिब्य महाआरती गरेकोमा आफूलाई गर्व लागेको कुरा बताउनुभयो । अझै राम्रो कामहरूको अपेक्षा राख्दै यस्ता सामाजिक तथा धार्मिक कार्यहरुमा आफूले सक्दो सहयोग तथा साथ दिने भन्दै संस्थाको उज्वल भविष्यको कामना समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष विस्वराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव डिल्लीराम पौडेल (दिवाकर) ले कार्यक्रम संचालन तथा संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य रख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासीनि संस्कृत विद्यापीठ पोखराका सह-प्रध्यापक डा. भोलानारायण
रेग्मी ,पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य नन्द गिरी तथा लक्ष्मी पहारी,बिश्व हिन्दु माहासंघ नेपालका सह- अध्यक्ष शंकर खराल, भित्तेपात्रो प्रकासन उप समिति संयोजक लक्ष्मण पौडेल , निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक रामकृष्ण अर्याल लगायतले आ-आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा युवा पण्डित गुरुहरु क्रमस: शुभेच्छित चापागाईं अरविन्द , विकाश पौडेल , सहदेव न्यौपाने, आनन्द गौतम र निश्चल उपाध्यायले महाआरति गर्नुभएको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी दिनुभयो।
स्वास्थ्यको पहुँच बाट टाढा रहेको अति विकट क्षेत्र दुधपाेखरी गाँउ पालीका,२, लम्जुङमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एवं सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक , आयाेजना तथा दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखरा, गण्डकी मेडिकल कलेज कास्की र नेपाल आखाँअस्पताल त्रिपुरेश्वर
काठमाडौकाे प्राविधिक सहयाेग तथा दुधपोखरी सामुदायिक होमस्टे भुम्लीचोक स्थानिय व्यवस्थापन सहयोगमा श्री कमल बहादुर श्रेष्ठ ज्यु को अध्यक्षता तथा गण्डकी प्रदेशका माननिय श्री पार्बति तामाङ ज्युको प्रमुख आतिथ्यतामा तथा दुधपोखरी गाँउ पालीका का अध्यक्ष ज्यु, उपाध्यक्ष ज्युइ,वडा अध्यक्ष ज्यु, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था का कार्यकारी अधिकृत ज्यु, उपस्थिति मा लमजुङ जिल्ला दुधपोखरी गाँउपालिका वडा नं.-२, स्थित भुम्लीचोक स्थीत आमा समुहको भवनमा, कोषाध्यक्ष तिर्थ शर्मा ढकालको संयोजकत्वमा , सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा
कार्यसमिति सदस्यहरु ,स्वास्थ्य सेवा का प्रविधिक टोलि, स्वयंसेविका , जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था संस्थाका कर्मचारीहरु साथीहरु,आमा समुहहरू, टोल बिकास संस्थाहरू, स्थानिय बासिन्दाहरुको सहयोगमा स्थानिय महिला पुरुष गरी ५०० जना सेवाग्राहीहरुलाई जनरल मेडिसिन, सुगर जाँच, स्त्री रोग जाँच, दन्त्त सम्बन्धी जाँच, बालरोग जाँच, ECG, पाठेघर मुखको क्यानसर (VIA) जाँच लगायतका निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गण्डकी मेडिकल कलेजबाट खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरू द्वारा सम्पन्न गरियो ।
न्यायिक समिति गठन प्रकिया, अधिकार क्षेत्र, न्याय निरुपणका प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उदेश्यले पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा श्री नवदुुर्गा सेवा टोल विकास संस्थाको आयोजनामा नागरिकसंग न्यायिक समिति प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उदेश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको जानकारी गराउँर्दै यसको महत्व, आवश्यकता र औचिय तथा यसले निरुपण गर्ने विवादका विषयमा सम्पूर्ण नागरिकले जानकारी पाउनुपर्ने बताउनुुभयो । न्यायिक समिति के हो, यसको काम, कर्तब्य र अधिकार क्षेत्रका बारेमा जानकारी दिने उद्देश्यले न्यायिक समितिसंग विद्यार्थी, ज्येष्ठ नागरिक, श्रमिक र नागरिकसंग कार्यक्रम आयोजना गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो । संविधानमै न्यायिक समितिको ब्यवस्था गरेको बताउदै यसको बारेमा नागरिकले जानकारी गराउँदा सहज र सरल रुपमा न्याय पाउने उल्लेख गर्नुभयो । उहाँले न्यायिक समितिले १३ वटा विषयमा मेलमिलाप र ११ वटा विषयमा निर्णय गर्न पाउने उल्लेख गर्दै पोखरा महानगरको न्यायिक समिति कार्यसम्पादनमा अब्बल र उत्कृष्ट भएका कारण अध्ययन केन्द्रका रुपमा विकास भैरहेको बताउनुुभयो । कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, रजनी परियार र न्यायिक समितिका अभिलेख संरक्षक सोम लम्सालले गठन प्रक्रिया र समितिको अधिकार क्षेत्र, न्याय सम्पादन र असल अभ्यासका बारेमा प्रशिक्षण दिनुभएको थियो । नवदुुर्गा टोल विकास संस्थाका अध्यक्ष डम्बरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवदुुर्गा टोल विकास संस्थाका उपाध्यक्ष श्रीधर अधिकारी,भद्रकालि माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनी, नवदुुर्गा आमा समुहका डिलमाया गुुरुङ र नवदुुर्गा टोल विकास संस्थाका सचिव संगीता विकले बोल्नुुभएको थियो ।
नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न: १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ । शिवपुरी गाउपालिका वडा न १ को छुली डाँडामा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँ, पुरानोगाउ, बिनडाडा, डाडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौ समुदायहरुले यहाँ रहेको भगवान माङ्चेभुमेलाइ पुज्ने गर्दछ ।
यस भगवानको थानमा खडेरीको समयमा बाजागाजा सहित पानी माग्दा पानी पार्ने विश्वास अझै पनि रहेको पाइन्छ । परापुर्वकालमा कुनै पनि कार्ज्य गर्नुपर्दा अघिल्लो दिनै भाडाकुडा माग्दा भाडाकुडादिने किम्बदन्ती रहेको छ । पछी जुठै भाडा लगेर बुझाएपछी दिन छाडेको भनाइ छ । यहाँ पाप र धर्म द्वार पनि रहेको बताइन्छ । करिव १०० मिटर लामो सुरुङ अहिलेपनी रहेको र धर्मात्मी मान्छे मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछ । सुरुङ भित्र मादल सहितको धेरै बाजागाजा अझै पनि रहेको भन्ने गर्दछ ।
अन्य समयमा व्यक्तिगत रुपमा सयौँ पुजाआजा हुने गरेपेनी आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नया बर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष इश्वर गुरुङले बताए । पहिलो वर्ष नै २ दर्जन भन्दा धेरै झाक्री समूह र १ हजार भन्दा धेरैले जात्रा अवलोकन गरेको पनि बताए ।
काठमाडौंको सुन्दरीजलबाट जम्मा ४४ किमी दुरीमा अवस्थित यस जात्रामा २०८० को जात्रामा काठमाडौंबाट पनी हजारौँ भक्तालुजनहरु उपस्थित भएको बताउदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको व्यवस्थापन समितीले जानकारी गराए । जात्रामा स्थानिय परिकार र सांस्कृतिक झाकीहरु पनि भक्तालुजनहरुले देख्न पाउने छन। भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा ब्यवस्थापन समितीले उक्त दिन जात्रामा सहभाही भै भगवानको दर्शन गरिदिनहुन निमन्त्रणा गर्नुभएको छ। जात्रामा आउने भक्तालुजनलाइ सिस्नु, लसुन नखाइदिनुहुन तथा छालाको पेटी, जुत्ता नलगाइ उपस्थित भइदिनको लागि पनि जानकारी गराए । जात्रा अघिल्लो दिनदेखी सुरु हुनेछ।
लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् । यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।
क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए
विनासकारी भूकम्पले क्षतिग्रस्त लमजुङ जिल्लाको दुधपोखरी गाँउ पालीका यातायातको दृष्टिले अत्यन्त ग्रामीण भेगमा रहेको पुर्वी भागमा अवस्थित यस दुधपोखरी सामुदायिक होमस्टे पर्यटकको गन्तब्य स्थल बनेको छ। लमजुङ जिल्लाको दुधपोखरी गाँउ पालीका भुम्लिचोक गाँउको २५घरमा होमस्टे व्यवस्थापन गरियको छ। दैनिक १५ जना को हाराहारीमा स्वदेशी तथा विदेशी घुम्न आउने गरेको होमस्टे सन्चालीका तथा समाजसेवी तुलसी गुरुङले बताउनुभयो।एक दिनमा २५ जना सम्म ब्यबस्थापन गर्न सकिने क्षमता रहेको गुरुङले बताउनुभयो। होमस्टे मा अर्गानिक खानाको परिकारको साथै स्थानीय खसी, कुखुराको मासु , सिस्नोको खोले,कोदाको ढिडो खुवाउने गरियको छ। पछिल्ला दिनहरूमा होमस्टेमा बस्न आन्तरिक तथा बाह्य पर्यटक हरू आउन थालेका छन्। त्यस्तै यस ठाउँको प्रचार प्रसारका साथै आया आर्जन को माध्यम बन्न पुग्दा स्थानीय बासी आकर्षित भयका छन्। गुरुङ जातिको बस्ती रहेको उक्त ठाउँ मा स्थानीयको कला संस्कृति परम्परा संस्कृति लाई जोगाउने प्रवधन गर्ने खालका कला संस्कृति देख्न सकिन्छ
साथ साथै माले खोला साततले झरना, करिब १९००मिटर अग्लो देउराली डाँडा बाट सुर्यदय उदायको हिमाली दृश्यावलोकनका साथै गोरखा जिल्लाका विभिन्न भागहरू एकसाथ अबलोकन गर्न सकिने भयकोले यो नै पर्यटकको लागि प्रमुख आकर्षण बन्न पुगेको छ।
बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवामा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।
सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । रु एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । एउटा गाडीको मूल्य रु ५५ लाख रहेको उहाँको भनाइ छ ।
‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने उहाँ बताउनुहुन्छ । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुआती चरणमा दुई बसबाट सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”
हाललाई बागलुङदेखि पोखरासम्मका लागि रु चार सय ५० भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताउनुभयो । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उहाँले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताउनुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्युतीय बसको सेवा शुभारम्भ गर्नुभएको थियो । उहाँले समयानुकूल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरि यातायात सेवा प्रालीले पहिलो पटक यो सेवा विस्तार गरेकामा धन्यवाद दिनुभयो ।
बागबानी अनुसन्धान केन्द्र, मालेपाटन वि.स. २०१८ सालमा भारतीय सहयोग नियोगबाट स्थापना भएको हो । शुरुवातमा यसलाई सुन्तालाजात फलफुल अनुसन्धान केन्द्रको रुपमा स्थापना गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषदको गठन पश्चात गण्डकी प्रदेशमा केन्द्रलाई बागवानी विषयमा अनुसन्धान एवं विकास गर्ने उद्देश्यसाथ संचालन गरिएको छ ।
हाल केन्द्रले संचालन गरिरहेको विषयगत कार्य क्षेत्रहरु
तरकारी वालीमा अध्ययन अनुसन्धान
आलु अनुसन्धान
फलफूलमा अध्ययन अनुसन्धान
कफीमा अध्ययन अनुसन्धान
श्रोत बीउ उत्पादन
केन्द्र भित्र गरिएका अनुसन्धानलाई कृषकको सहभागितामा वाह्य अनुसन्धान स्थलमा पुन प्रमाणिकरण गरि कृषकलाई सिफारिश गर्ने कार्य केन्द्रको महत्वपुर्ण कार्य हो । यी कार्यहरु वाह्य अनुसन्धान स्थलबाट कृषकहरुको सहभागिता गर्ने गरिन्छ । वाह्य अनुसन्धान स्थल अनुसन्धान, प्रसार र कृषक विच सहकार्य एक उपयुक्त स्थान हो जहां कृषकहरुले आफु अनुकुलका कृषि प्रविधि उत्पादन र प्रमाणिकरणमा आफ्नै संलग्नतामा गर्न सक्छन् । हाल यस केन्द्र अन्तरगत निम्न स्थानहरुमा वाह्य अनुसन्धान स्थलहरु संचालित छन् ।
पोखरा-१६,अर्मला, कास्की
गल्याङ-३, टकुन्चौर, स्याङजा्
यस केन्द्रलेविकास गरेका प्रविधीहरु
हिउँदेसिमीको जात विकास
हालसालै बागवानी अनुसन्धान केन्द्र, मालेपाटनले २ वटा लहरे प्रकृतिका जात विकास तथा सिफारिस गरेको छ ।
मालेपाटन हिउँदे सिमी -१: लहरे प्रकृतिको मध्यम किसिमको खुला सेचन हुने जात हो ।कोसाको लम्बाई ९-११ से.मि. तथा चौडाई ४ से.मि. हुन्छ ।कोसा फराकिलो किसिमको, हरियो रङ्ग को हुन्छ। बीउ खैरो रङ्गको विचमा सेतो धर्सो हुन्छ ।११० देखि १२० दिनमा ५० प्रतिशत फुल फुल्ने, सेतो रङको फूल, बीउ रोपेको १४०-१५० दिनमा बाली लिन सकिन्छ ।४ महिनाको उत्पादन अवधि, १०-१२ पटक सम्म कोसा टिप्न सकिने ।प्रति हेक्टर २५-३० टन ताजा हरियो कोसा उत्पादन हुन्छ ।सिन्दुरे रोग प्रतिरोधी तथा लाही किराको प्रकोप कम हुन्छ ।गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका समुन्द्री सतह देखि १२५० मिटर उचाई सम्मका भूभागहरुमा लगाउन सकिने ।
मालेपाटन हिउँदे सिमी -२: लहरे प्रकृतिको मध्यम किसिमको खुला सेचन हुने जात हो ।कोसाको लम्बाई ५.५ से.मि. तथा चौडाई १.५ से.मि. हुन्छ ।कोसा हल्का च्याप्टो किसिमको, प्याजी रङ्ग, केराउको कोसा जस्तो हुन्छ।बीउ कालो खैरो रङ्गको, विचमा सेतो धर्सो हुन्छ ।१०० देखि ११० दिनमा ५० प्रतिशत फुल फुल्ने, प्याजी रङको फूल, बीउ रोपेको १३५-१४५ दिनमा बाली लिन सकिन्छ ।४ महिनाको उत्पादन अवधि, १२-१५ पटक सम्म कोसा टिप्न सकिने ।प्रति हेक्टर १५-२० टन ताजा कोसा उत्पादन हुन्छ ।गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका समुन्द्री सतह देखि १२५० मिटर उचाई सम्मका भूभागहरुमालगाउन सकिने।
मालेपाटन हिउँदे सिमी-१
मालेपाटन हिउँदे सिमी-२
रायो सागको जात विकास
यो खुला सेचित अगौटे जात हो, पात गाढा हरियो, हरियो डाँठ र पातमा वैजनी रङ्का नसा हुन्छन् । पातको तह (Leaflamina) अर्ध चन्द्राकार हुँदै माथी तिर दोब्रिएको र पातको टुप्पो सिधा परेको हुन्छ । पात नरम र किनारा हल्का दाँती परेको हुन्छ । पहेलो रङ्को फुल, ६ वटा पुंकेसर, एउटा स्त्रिकेशर, पूर्ण फुल, परसेचित स्वभाव भएपनि यसमा प्रशस्त स्वयं सेचन हुन्छ । सुक्नु पुर्व कोसाको रङ्ग हरियो तथा सिधा आकारको हुन्छ । बीउको आकार गोलो तथा रङ्ग खैरो रातो हुन्छ । हजार दाना बीउको तौल १.३९ ग्राम सम्म हुन्छ ।
ताजा तरकारी खानको लागि बेमौसमी उत्पादनको सन्दर्भमा जसलाई जरासँगै उखेलेर बजार लगिन्छ, बीउ छरेको ३५-४० दिनमा तयार हुन्छ । हिउँद महिनामा हरियो पात उत्पादनको लागि बेर्ना रोपेको ३०-३५ दिनमा, ३-५ पटक टिप्न सकिन्छ । यस अवस्थामा पात ३५-४० से.मी.लामा, १८-२० से.मी. चौडा र बोटको उचाई ४०-४५ से.मि. हुन्छ ।
बीउ छरेको करिव ८०-८५ दिनमा फुल फुल्छ र बीउ बाली तयार हुन १८०-१९० दिन लाग्छ । बीउ पाक्ने समयमा विरुवा १४०-१७० से.मी. सम्म अग्ला हुन्छन् । एउटा कोसामा १७-२१ वटा बीउ हुन्छन् ।१५००-१८०० के.जी. हरियो पात प्रति रोपनी उत्पादन हुन्छ । बेमौसमी उत्पादनको सन्दर्भमा जरा सहित बोट उखेल्नुपर्छ, जसको उत्पादन ५००-६०० के.जी. प्रति रोपनी हुन्छ ।
मनकामना रायो
प्राकृतिक वातानुकुलित प्लास्टिकघर भित्र उचितबालीचक्रकोविकास
आलु अनुसन्धान
एकिकृत झार व्यवस्थापन अध्ययनको नतिजा अनुसार कालो प्लाष्टिक सिटले ढाकीएको प्लटमा सबै भन्दा बढी उत्पादन (४५.९ टन/हें) पाइयो भने त्यस पछि दोस्रो बढी उत्पादनका रुपमा विषादी पाराक्वाट स्प्रे प्लटमा र धानको परालले छोपेको प्लटमा (३७.८ टन÷ हें) पाइयो । यसै गरि सबै भन्दा वढी झार नियन्त्रणको प्रभावकारीता (९२%) लागि भने झारनासक विषादी मेट्रीव्युजीन प्रयोगका साथ ४५ दिनमा १ पटक झार निकाली माटो चढांउदा पाइयो ।
चिप्सको लागि उपयुक्त जातहरूः “खुमलउपहार”, “खुमल उज्वल”, “खुमल सेतो”, “खुमल विकास”आदि।बिभिन्नजातहरूमध्य“खुमलउज्वल”कोचिप्सस्वादमाउत्कृष्टररङ्माआर्कषकपाइयो।
मालेपाटन १ बोडीको जात विकास:
खुला सेचन हुने जात । कम रेसा र भएको रेसा पनि नरम हुने, थाँक्रो दिनुनपर्ने होचो बोट ।
कोसाको लम्बाई २१-२५ से.मि.सम्म हुन्छ ।
कोसा हल्का हरियो र बीउ खैरो रङ् को हुन्छ ।
उत्पादन ५.८-१०.६२ टन/हेक्टर (ताजा कोसा) र बीउ ८००-१००० के.जी./हे ।
३०० देखि ९६० मिटर उचाइ सम्मका सिंचित खेत, बारी र टार क्षेत्रको लागि सिफारीस गरिएको छ ।
ताजा तरकारी उत्पादनको लागि फागुनको मध्य देखि भदौको मध्यसम्म बीउ छर्न सकिन्छ । तर असार साउनमा रोप्दा बोट सानो हुने , लहरा जाने र कोसा कम लाग्ने हुन्छ ।
मालेपाटन १ बोडी
गोलभेंडामा कलमी प्रविधिः
प्लास्टिक घर भित्र गरिने गोलभेंडा खेतीमा गोलभेंडाका जरामा गांठा बनाउने जुका (निमाटोड) वाट उत्पादनमा भईरहेको क्षति न्यूनिकरण गर्ने उद्देश्य साथ गोलभेंडामा कलमी प्रविधिको विकास गरिएको छ । कलमी गर्न प्रयोग गरिने रुटस्टक जंगली भण्टा (सोलानम सिसिम्ब्रीफोलियम) र स्थानिय बिंही जुका अवरोधक पाइएका छन् ।
कफि अनुसन्धान:
कफीमा गोठेमल १० टन र रासायनिक मल १००ः३०ः६० के.जी. नाइट्रोजन फसफोरस र पोटास मल क्रमशः प्रतिहेक्टर प्रयोग गर्दा सबै भन्दा बढी ताजा फलको उत्पादन (१३२६ के जी) प्रति हेक्टर पाइएको छ ।यो उत्पादन वोट ५ वर्ष उमेर पुगेपछि दिएको हो । उपरोक्त तथ्यांक अनुसार कफीका ४ जात मध्य टेकिसिक जातको उत्पादन सबै भन्दा बढी २७१८.५३ के.जी. प्रति हेक्टर पाइएको छ । यसै गरी प्रयोग गरेका मलहरु मध्य सबै भन्दा बढी उत्पादन तोरीको पिना प्रयोग गरेकोमा पाइएको छ । (२१८६.७८ केजी/हें)
कफीमा गरिएको जातिय अनुसन्धानको नतिजा अनुसार कफिको ताजा उत्पादन सबै भन्दा बढी (१२२८.४५ केजी ÷हें ) यलो कटुरावाट पाइएको छ भने त्यस पछिको बढी उत्पादन (७५८.८) सेलेक्सन १० वाट भएको छ ।
कफी पार्चमेन्टको गुणस्तर सुधारका लागि प्लाष्टिकको सुकाउने घरको ढांचा विकास गरिएको छ ।
मेकाडामिया नट खेती प्रविधि
यो फल अष्ट्रेलियाको जङ्गलमा बिषेशगरि दक्षिण-पूर्व क्विन्स्ल्याण्ड र नयाँ दक्षिणी वेल्सको जङ्गलमा उत्पत्ति भएको मानिन्छ । नेपालमा यो फल भित्रिएको बारे यकिन नभए तापनि सन् १९६२ मा त्रिसुली फार्मको स्थापना पश्चात् भित्रिएको अनुमान छ । फलको प्रयोग ताजा, भुटेर वा बिभिन्न कन्फेक्स्नरी उद्योगहरूमा गरिन्छ ।हाल आएर बागवानी अनुसन्धान केन्द्र, पोखरा र यसका आसपासका क्षेत्रमा यसको खेती बिस्तार हुने क्रममा रहेको छ । मेकाडामिया नटका धेरै प्रजातिहरू प्रकारका भएता पनि जम्मा दुई प्रकारका मात्र खान योग्य रहेका छन् । ती हुन मेकाडामिया इनटेग्रीफोलिया र मेकाडामिया टेट्रफोलिया।
हावापानी र माटो: उपोष्ण किसिमको अवाहवा भएको जङ्गलमा उत्पत्ति भएपनि यो फल उष्ण क्षेत्रहरूमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ । गर्मी समयको औसत तापक्रम २५–३२डि. से. उपयुक्त मानिन्छ । गर्मी मौसममा लगातार बढि तापक्रम (३५ डि.से. भन्दा बढि) भएमा यसमा पालुवा पलाउने र बृद्धि बिकास हुने प्रक्रियामा असर गर्दछ । लामो समयसम्मको तुसारो सहन सक्दैन । बार्षिक २००० मि.लि.लिटर बर्षा यसको खेतीको लागि राम्रो हुन्छ तर सुख्खा समयमा सिंचाइको ब्यवस्था हुनु पर्दछ । असिना सहन सक्ने भएकोले पोखरा आसपास र पस्चिमान्चलको पहाडी भेगका असिनाग्रस्त क्षेत्रहरूमा लगाउन पनि सकिन्छ । अत्यन्तै गह्रौं चिम्टाइलो र बढि क्षारीय माटोमा बाहेक सबै खाले माटोमा खेती गर्न सकिन्छ । प्राङ्गारिक पदार्थको मात्रा ३–४ प्रतिशत र पि.एच. मान ५–६ सम्म यस फल खेतीको लागि राम्रो मानिन्छ । बागबानी अनुसन्धान केन्द्र मालेपाटन परिसरमा यो फल निकै सन्तोषजनक पाइएको छ भने हाल आएर अधिराज्यभरिनै यसको विस्तारको क्रम दिनानुदिन बढि रहेको छ ।
जग्गाको बाँडफाँड (ले-आउट), जग्गाको तयारी र खाडल खन्ने: यदि जग्गा धेरै भिरालो छ भने त्यसलाई गह्रा वा कान्ला बनाउनु पर्दछ । तालिम तथा काँटछाँटमा बिशेष ध्यान पुर्याइ उच्च घनत्वमा पनि लगाउन सकिन्छ । सामान्यतया बिरुवाहरू ५×५ मिटरको दुरीमा लगाइन्छ । बिरुवा लगाउनु भन्दा पहिला माटोको परीक्षण गर्नु उपयुक्त हुन्छ । बिरुवा लगाउने ठाउँमा ३×३×३ फिटका खाडल खनी करिब १५ दिन जति खाडललाई घाममा छाड्ने र पछि राम्ररी पाकेको गोबर मल ४०-५० के.जी. चुन २०० ग्राम, पीना आधा के.जी. प्रति खाडलका दरले माटोमा राम्ररी मिलाइ खाडल पुर्नु पर्दछ ।
मलखादः सामान्यतया १० बर्षसम्मको बोटलाई बर्षमा प्रति बोट ३०-४० के.जी. गोबर मल को साथ १२० ग्राम युरिया, ५० ग्राम डिएपि, ८० ग्राम म्युरिएट अफ पोटास मङ्सिर महिनामा दिनुपर्दछ ।
हावा अवरोधक बिरुवाः बिरुवा लगाउनु भन्दा अगावै चाँडो बढ्ने खालका बोटहरूलाई मेकाडामिया नटको बगैँचामा हावा छेक्ने गरी लगाउनु पर्दछ । सामान्यतया उत्तर–पश्चिममा यी हावा अवरोधक बिरुवाहरू लगाईन्छ ।
उत्पादन, फलको टिपाइ र भन्डारणः बीउबाट प्रसारण गरिएको बिरुवाले करिव ५-६ बर्षदेखि फल उत्पादन दिन शुरु गर्दछन् । असोज महिनामा बिहानको समयमा बगैचामा हेर्दा फलहरू बगैचामा झर्न थालेको देखे पछि फलहरू टिप्नको लागि तयार भएको मानिन्छ । पोखरा आसपासका क्षेत्रमा असोज १५ वाट फलहरू तयार हुन थाल्दछन् । भुंइबाट टिप्न सकिने फलहरू हातैले र बोट माथिका फल लठ्ठीले हानेर झारिन्छ । फल झार्न कठिन हुन्छ । टिपेका फललाई एक वा दुई दिन घाममा सुकाउनाले बोक्राले फललाई छोड्दछन् र त्यस्ता फलबाट तुरुन्तै बोक्रा हटाउनु पर्दछ । छोटो समयको भन्डारणको लागि फलको चिस्यान १० प्रतिशतमा झार्नु पर्दछ । फल सुकिसके पछि प्लास्टिकको बट्टा, ड्रम आदिमा हावा नछिर्ने गरी भन्डारण गर्न सकिन्छ । राम्ररी ब्यवस्थापन गरिएको १२-१५ बर्षको बोटबाट करिब १५-२५ किलोग्राम (बोक्रा हटाइएको) फलको उत्पादन लिन सकिन्छ ।
श्रोतबीउ तथा बेर्ना उत्पादन:
यस केन्द्रले बोडी (जात: मालेपाटन १), भिंडी(जात: अर्का अनामिका र पार्वती), घिउसिमी (त्रिशुली र चौमासे), पालुंगो(जात: हरिपाते), हिउँदे सिमी (जात: मालेपाटन हिउँदे सिमी-१ र मालेपाटन हिउँदे सिमी-२), मुला(जात: ४० दिने), रायो साग (जात: मनकामना रायो) को प्रजनन् तथा मूल बीउ उत्पादनगरिबीउ उत्पादकसमूह, सहकारीतथा कृषकलाई वितरण गर्दै आएको छ।त्यसै गरि मेकाडामिया नट, एभोकाड़ो, कागती, कफी, लिचीका गुणस्तरीय बेर्ना उत्पादन गरि कृषकलाई वितरण गर्दै आएको छ।साथैमौसमी तथा बेमौसमी तरकारीका बेर्ना स्थानीय कृषक कृषकलाई वितरण गर्दै आएको छ।
किरा व्यवस्थापन अनुसन्धान
बोडीको कोसाकोगबारो नियन्त्रण
विषादी
बजारयोग्य हरियो कोसा उत्पादनमा बृद्धि (%)
हरियो कोसामा कीराको क्षतिमा कमी (%)
लाभ: लागत अनुपात
फ्लुबेनडाइएमाइड ३९.३५ एस.सी. @०.३ मि.लि./लि.(WHO class II)
७१.८१
३४.११
१.९९
क्लोरएन्ट्रानिलिप्रोल १८·५ %एस.सी. @०.३ मि.लि./लि. WHO class U)
४८.४७
२८.९०
१.८५
इमामेक्टिन बेन्जोएट५% एस.जी. @०.३ ग्रा./लि. (WHO class II)
५७.४५
३०.५२
२.०६
स्पिनोस्याड ४५% एस.जी. @०.३ ग्रा./लि.(WHO class III)
४५.२४
१६.६९
१.५६
बकुल्ला सिमीमा लाहीनियन्त्रण:
बकुल्ला सिमीमा कालो लाही देखापर्ने वित्तिकै देखि १०-१२ दिनको अन्तरमा खनिज तेल वा एजाडिराक्टिन (नीम) ०.०३% लाई ५ एमएलल प्रति लि. शुद्ध पानीका दरले ३ पटकसम्म स्प्रे गर्दा नियन्त्रणमा हुन्छ ।