Breaking News
पोखरामा तामाको तार चोरीको धन्दा, चार जना पक्राउ

पोखरा । कास्की प्रहरीले तामाको तार र घरायसी सामान चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ। पोखराको छिनडाँडा क्षेत्रमा नेपाल टेलिकमको तामाको तार र अन्य सामान बारम्बार चोरी भएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले पोखरा-१२ डिगालेथर र पोखरा-८ पृथ्वीचोकस्थित कवाडी पसलमा खानतलासी गर्दा चोरीका सामान फेला पारे। बरामद सामानमा तामाको तार, आल्मुनियमको तार, पित्तलका धारा, सकेट, गेटबल र नक्कली गहनाहरू छन्।

पक्राउ परेका व्यक्तिहरूमा भारत, बिहार, मोतिहारी जिल्लाका २२ वर्षीय मनोज कुमार सिंह, जो हाल पोखरा-१२ डिगालेथरमा बस्छन्, भारत, बिहारका २७ वर्षीय करन कुमार शाह, जो हाल पोखरा-१२ डिगालेथरमा बस्छन्, भारत, बिहारका ४२ वर्षीय मुकेश कुमार, जो हाल पोखरा-८ पृथ्वीचोकमा बस्छन्, र धादिङ, खनियावास गाउँपालिका-२ का ३१ वर्षीय श्याम बहादुर तामाङ, जो हाल पोखरा-५ जिरोकिमीमा बस्छन्, रहेका छन्।

पोखरा-८ पृथ्वीचोकबाट ८२ किलो तामाको तार, २ किलो ५३० ग्राम आल्मुनियमको तार, १६ किलो पित्तलका ५१ थान धारा, १८ किलो पित्तलका ९७ थान सकेट, ८५ किलो पित्तलका १०५ थान गेटबल र २१ किलो नक्कली गहना बरामद भए। त्यस्तै, पोखरा-१२ डिगालेथरबाट १० थान तामाका कलश, ३ थान चाँदीका कचौरा, ३ थान चाँदीका दियो पाला, १ थान चाँदीको कलश, १ थान तामाको पानी फिल्टर र १ किलो ५०० ग्राम तामाको तार फेला पर्‍यो।

प्रहरीले चोरी र डकैतीको अभियोगमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18555, citypokhara.com

अमरसिंह माविमा गेट र नयाँ भवन निर्माण शिलान्यास

पोखरा । पोखरा १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माणको शिलान्यास भएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

उनले अमरसिंह विद्यालय क्षेत्रको एक महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको भौतिक पूर्वाधारको सुधार अत्यावश्यक रहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना सुदृढ हुनु आवश्यक छ, यो शिलान्यास त्यसैको आधारशीला हो ।’

कार्यक्रममा समावेशी शिक्षा प्रमुख उपमहानिर्देशक हरिप्रसाद निरौला, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ आचार्य, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्षले कार्यक्रममा सहभागी भई वडाध्यक्षलाई विद्यालय विकासमा देखाइएको सक्रिय भूमिकाको लागि धन्यवाद ज्ञापन गरे ।

नयाँ गेट र भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीको मनोबल बढ्ने विश्वास गरिएको छ । गेट निर्माणले विद्यालयको पहिचान सुदृढ पार्नेछ भने भवनले शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने अपेक्षा छ ।

वडाध्यक्ष बास्तोलाले आगामी दिनमा पनि वडाका अन्य विद्यालयहरूसमेत पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पहल निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18552, citypokhara.com

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।

योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।

आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।

शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।

कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ।
“धर्मले कहिल्यै विभाजन सिकाउँदैन। हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,” महाराजले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो। उहाँको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।
सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

‘नेपालमा पर्यटक बढि ल्याउन भिसा सहज बनाउनु पर्दछ’-हङकङ डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

पोखरा ।

हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनु पर्ने बताइन् । उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाई गर्नु पर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाई छ । सके अनएराइभल भिसा दिए हुन्छ उनले भनिन् नभए एक हप्ता भन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनु पर्ने बताइन् ।

उनले हङकङ सरकारले पर्यटन क्षेत्रमा धेरै लागनी गरेको भन्दै नेपाल सरकार पनि लाग्नु पर्ने बताइन् । उनले नेपाल र पोखरामा पर्यटक बढाउन आफुहरुले विभिन्न योजना बनाएको बताइन् । पोखरा विमानस्थलबाट सिधै हङकङ उठानका लागि पहल गर्ने उनले बताइन् । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेश कै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको बताइन् । अहिले काठमाडौ दिनहु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सकने बताइन् ।

कार्यक्रममा एनआरएनए हङकङका कुल प्रसाद गुरुङले पोखरामा पर्यटक बढाउन आफुहरु लागेको बताए । पोखरा र नेपालका विभिन्न ठाउँको हङकङमा प्रचार प्रसार गर्ने गरेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपाल बारे प्रचार प्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण हप्ता एक दिन भए पनि पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य बहादुर भुजेल, चिरञ्जीवि पोखरेल, परिषद्का उपाध्यक्ष चौ बहादुर गुरुङ, नाट्टा पोखरा अध्यक्ष किशोर दाहाल, परिषद्का महासचिब जीवनराम सापकोटा लगाएतले पोखराको प्रचार प्रसार हङकङमा हुन सके पर्यटक बढ्नेमा जोड्दिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18549, citypokhara.com

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।

योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।

आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।

शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।

कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ।

“धर्मले कहिल्यै विभाजन सिकाउँदैन। हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,” महाराजले कार्यक्रममा सम्बोधन गर्दै भने। उनको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।

सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गरे।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18536, citypokhara.com

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।

योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।

आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।

शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।

कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ।
“धर्मले कहिल्यै विभाजन सिकाउँदैन। हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,” महाराजले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो। उहाँको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।
सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

उद्ममशिलता प्रवर्द्वनका लागि नीतिगत संवाद,’कृषिका योजना बनाइन्छ तर कार्यान्वयन हुँदैन’

पोखरा ।
नेपाल कृषिप्रधान देश हो तर दैनिक उपभोग्य खाद्यान्नका लागि विदेशी आयातमा नै भर पर्नुपर्छ । आयातको ग्राफ बढ्दाे छ । याे थप चिन्ताको विषय बनेकाे छ ।

हरेक वर्ष कृषि क्षेत्रका लागि नीति तथा कार्यक्रम ल्याइन्छ । बीउ, मल, औंजार, प्रविधि, अनुदान उपलब्ध गराइने भनिन्छ तर कार्यान्वयन हुन सक्दैन । यस्तै विरोधाभाषी अवस्थालाई उजागर गर्दै पोखरामा आइतबार उद्यमशीलता प्रवद्र्वनका लागि सिकाई आदान प्रदान एवं नीतिगत संवाद कार्यक्रम भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजना, ग्रामिण सामुदायिक विकास केन्द्र र वल्र्ड भिजन इन्टरनेशनल नेपाल (आरसीडीसी)सँगको सहकार्यमा कार्यक्रम भएको हो ।

लमजुङको वेंसिशहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङले भुगोल अनुसारको रणनीति हुनपर्ने बताइन् । अधिकांश कृषि रणनीति तराईकेन्द्रित भएकाले पहाड र हिमालका लागि  फरक योजना बनाउनुपर्ने उनको भनाई छ ।

उपप्रमुख गुरुङले किसानका प्रकार अनुसारका आवश्यकता र मागमा ध्यान दिनुपर्नेमा जोड दिइन् । कृषि योजना बनाएर किसानलाई आस देखाउने तर कार्यान्यवन नहुने साथै निरन्तरता नहुँदा किसान निरुत्साहित भएको गुरुङले बताइन् ।

‘कृषि उत्पादनले बजार पाओस्, उपभोक्तालाई सस्तो र सहज तरिकाले सामान पाउन् । कृषि एम्बुलेन्सको आवश्यकता छ । कुखुराको मासु र अण्डामा लमजुङ आत्मनिर्भर बनेको छ । अरु बालीमा सम्भावना खोजिरहेका छौं,’ उनले भनिन् ।

कृषि उत्पादनको बजार व्यवस्थाको अभाव साथै उचित मूल्य नपाएको विनायक कृषि सहकारीका नवलपुरका अध्यक्ष छविलाल सापकोटाको गुनासो छ । उनले किसानको पहिचान गर्न सकेमा किसानलाई सहयोग पुग्ने बताउँदै पहिचान नहुँदा सरकारी सहयोग किसान सम्म पुग्न नसकेको धारणा व्यक्त गरे ।

उनले भने, ‘कृषि बालीको बिमा गरिनुपर्छ । किसानले लागत मूल्य नपाउँदा पलायन हुने अवस्था छ । किसान कार्ड बनाउन सकेमा किसानलाई ऋण प्राप्त गर्न सहज हुने थियो ।’

भुमि तथा कृषि सहकारी मन्त्रालय गण्डकीका अधिकृत अमृत रेग्मीले विचौलियाका कारण किसानमा मारमा परेको उल्लेख गरे । उनले सरकारकाले विचौलिया हटाउने वा उनीहरुलाई पहिचान दिनुपर्ने भनाइ राखे ।

सरकारले आयातमा प्रतिबन्ध लगाउन नसक्दा नेपाली उत्पादन बजार सम्म पुग्न नसकेको उनको भनाइ छ । सस्तो पर्ने नेपाली उत्पादन खेर गइरहेको छ भने भारतबाट आएको महंगो सामान प्रयोग गर्न बाध्य छन् नेपाली ।

‘स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिएको छैन । मुस्ताङबाट बुटवल ६ घण्टामा पुग्न सकिन्छ तर मुस्ताङका उत्पादन बुलवल पु¥याउन सकिदैन । उत्पादन ओसारपसार गर्न अनेकौं समस्या छन् । शितभण्डार, नियामित यातायातको अभावले किसानहरु निराश छन्’ रेग्मीले दुखेसो पोखे ।

युवालाई कृषिमा आर्कषित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको कृषि क्याम्पस लमजुङका क्याम्पस प्रमुख डा रामकुमार श्रेष्ठले औंल्याए । कृषि प्रणाली परम्परागत भएकाले युवामा कृर्षिप्रति रुचि नरहेको उनले बताए ।

कृषिमा रहेको सम्भावना पहिचान र व्यवस्थापन हुन नसकेकाले कृषि क्षेत्र असफल भएको श्रेष्ठको तर्क छ । कृषिलाई शिक्षासँग जोडेर, व्यवसायिक तालिम, प्रोत्साहन, स्र्टाटअप अनुदान कार्यक्रम मार्फत युवालाई आकर्षित गर्न सकिने उनको सुझाव छ ।

कार्यक्रममा सहभागिले समयमै बिउ, मल उपलब्ध गराइदिन आग्रह गरेका थिए । कृषि औजार महिलामैत्री हुनुपर्ने उनीहरुले बताए । ‘रैथाने बाली तथा त्यसको स्वाद जोगाउन पनि ध्यान दिनुपर्छ । उत्पादन होस् कि नहोस् दर्ता भएपछि कर तिर्नुपरेको समस्या छ,’ उनीहरुले भने, ‘आत्मनिर्भर हुन सकिएको छैन । मल, बीउ सिँचाइ, औषधि, प्रविधि र सेवा नहुँदा उत्पादन घट्छ । महँगो भाडामा जमिन लिई उत्पादन गर्दा लागत मूल्य बढ्ने देखिन्छ जसले उपभोक्तालाई पनि महंगो पर्न जान्छ ।’

कार्यक्रमममा महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ, आरसीडीसीका ससंस्थापक अध्यक्ष राजेन्द्र बोहरा, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत टंकप्रसाद ढकाल, राष्ट्रिय कृषि बजार संघ नेपालका अध्यक्ष झलकलाल श्रेष्ठ, कृषि ज्ञान केन्द्र पोखराको प्राविधिक सहायक शालिकराम घिमिरे लगायतले बोलेका थिए  ।

वल्र्ड भिजन नेपालका एसोसियट डाइरेक्टर प्रकाश तिवारीले संवादमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक सुनिता तोलांगीले गण्डकी प्रदेशमा वल्ड भिजन इन्टरनेशनलले गरेका कार्यहरु, सिकाई तथा अनुभवहरुका प्रस्तुती राखेकी थिइन् भने राष्ट्रिय कृषक समाज महासंघ नेपालका निर्देशक केदार कोईराला महासंघले गर्ने काम कर्तव्यको विषयमा प्रस्तुती राखेका थिए ।

कृषिलाई उद्यममा कसरी परिणत गर्न सकिन्छ भन्ने ध्येयलाई महासंघले आत्मसात गरेको छ । महासंघले विभिन्न स्थानहरूमा कृषकहरूको सशक्तिकरण र कृषि प्रविधिको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

क्रियाशील कृषक समूहहरुको सुशासनमा आधारित समावेशी, लोकतान्त्रिक पद्धति अनुरुप क्षमता विकास गर्नुका साथै सरकारी र गैर सरकारी संघ, संस्था र निकायहरुसंग समन्वयात्मक रुपले कृषि रुपान्तरणको अभियानमा भूमिहीन, सीमान्त, महिला र साना किसानहरुलाई सरिक गराउन राष्ट्रिय कृषक समूह महासंघ, नेपाल  लागिपरेकाे छ  ।

महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत आरसिडीका संस्थापक अध्यक्ष राजेन्द्र बोहरा सञ्चालन राष्ट्रिय कृषक समाज महासंघ नेपालका निर्देशक केदार काेईरालाले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18532, citypokhara.com

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

रमेश कुमार बोहोरा ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा गम्भीर प्रश्नहरू उठ्छन् ।
विगतका वर्षहरूमा जस्तै यसपालिको बजेट पनि ‘महत्त्वाकांक्षी’ घोषणाका साथ प्रस्तुत गरिएको छ । तर योजनाहरूको कार्यान्वयनमा निरन्तरता, स्रोतको सुनिश्चितता, र खर्चको गुणस्तरबारे अघिल्लो वर्षहरूमा देखिएका कमजोरीहरू फेरि दोहोरिने संकेतहरू छन् । नीतिगत घोषणाहरूले उत्साह जगाए पनि तिनको व्यवहारिक कार्यान्वयन सन्देहास्पद देखिएको इतिहास अझै ताजै छ ।
बजेटमा उल्लेखित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये ११ खर्ब ८० अर्ब चालु खर्चमा, ४ खर्ब ७ अर्ब पुँजीगत खर्चमा र ३ खर्ब ५७ अर्ब ऋण भुक्तानीमा छुट्याइएको छ । कुल खर्चमध्ये चालु खर्च मात्रै ६० प्रतिशतभन्दा बढी छ जुन सरकारको आर्थिक गतिविधि बढी प्रशासनिक खर्चमा सीमित भएको प्रष्ट पार्छ । पुँजीगत खर्च मात्र २० प्रतिशत हाराहारीमा छ । जुन संरचनात्मक विकास, पूर्वाधार निर्माण र दीर्घकालीन लगानीका लागि अपर्याप्त मानिन्छ । यो खर्च संरचना आफैमा नेपालजस्तो विकासोन्मुख मुलुकको लागि असन्तुलित मानिन्छ ।
बजेटको आम्दानी पक्ष हेर्दा राजस्व स्रोतको लक्ष्य १३ खर्ब १५ अर्ब रहेको छ । यद्यपि विगतका वर्षहरूमा राजस्व लक्ष्य पूरा नहुँदाको अनुभवले यो लक्ष्य पनि प्राप्त हुनेमा शंका उत्पन्न गराउँछ । बाँकी रकम वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड  र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब बाट जुटाउने योजना छ । यसरी बजेट स्रोतको झन्डै ३० प्रतिशत ऋणमा निर्भर रहेको तथ्यले आर्थिक स्वाधीनता र बजेट कार्यान्वयन दुवैमा चुनौती थपिएको छ ।
विगतको बजेट कार्यान्वयनको अनुभव हेर्दा सरकारका योजना कागजमा मात्र सीमित रहने गरेका छन् । उदाहरणका लागि २०७९/०८० को बजेट १८ खर्ब ६० अर्बको थियो तर कार्यान्वयन कमजोर भएपछि संशोधन गर्दै १६ खर्ब ९२ अर्बमा झारिएको थियो । विकास खर्चको न्यून उपयोग दर र योजनाको ढिलासुस्ती नेपाली बजेट प्रणालीको दीर्घकालीन समस्या हो । अधिकांश आयोजना वर्षको अन्तिम त्रैमासिकमा जल्दाबल्दा ढंगले खर्च गरिन्छ ।  जसले परियोजनाको गुणस्तर र पारदर्शितामा प्रश्न उठाउँछ ।
राष्ट्रिय गौरवका आयोजना जस्तै निजगढ विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, सिक्टा सिँचाइजस्ता महत्वपूर्ण आयोजना विगतका बजेटहरूमा प्राथमिकतामा परे पनि हालसम्म पूरा हुन सकेका छैनन् । कुल २६ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये मात्र दुईवटा सम्पन्न भएका छन् । बाँकी आयोजना या त राजनीतिक इच्छाशक्ति, प्राविधिक तयारी वा बजेटको अभावका कारण ढिलो भइरहेको छ । यी आयोजना अलपत्र रहनुले बजेटको दीर्घकालीन दृष्टिकोण अभावमा प्रश्न खडा गर्छ ।
बजेटले सन् २०२५ मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरे पनि यो सन्देहास्पद छ । हालसम्मको वृद्धिदर ४.६१ प्रतिशतमा सीमित रहेको छ भने गत आर्थिक वर्षमा यो दर ३.७ प्रतिशत मात्र थियो । उत्पादन वृद्धिमा सुधार नभएको, निजी लगानी सुस्त भएको र सरकारी खर्चको गुणस्तर कम भएको अवस्थाले आर्थिक वृद्धि लक्ष्य पुरा हुने सम्भावना न्यून देखिन्छ । मूल्यवृद्धि दर ३.३९ प्रतिशत देखिएको भए पनि दैनिक उपभोग्य वस्तुहरूमा अझै मूल्य वृद्धिको दबाब कायम छ । जसले आम नागरिकको क्रयशक्तिमा असर पारिरहेको छ ।
बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको भए पनि निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको छ । लगानीको वातावरण नकारात्मक हुनुको मुख्य कारण कर नीतिमा अनिश्चितता, श्रम कानुनको अलमल, सरकारी निकायहरूको अनावश्यक झमेला र नीतिगत स्थायित्वको अभाव हो । उद्योगी तथा व्यापारीहरूले बजेटलाई आफूमाथिको बोझका रूपमा व्याख्या गरेका छन् । नयाँ कर थपिने, पुराना कर बढाइने तर सेवा सुविधा नपाउने अवस्था बजेटप्रति जनविश्वास घटाउने प्रमुख कारण बनेको छ ।
कृषि नेपालको आर्थिक मेरुदण्ड मानिन्छ तर यो क्षेत्र वर्षौंयता उपेक्षित हुँदै आएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ प्रतिशतभन्दा बढी छ तर बजेटको थोरै अंश मात्रै कृषिमा छुट्याइएको छ । यद्यपि सरकारले ‘कृषि लगानी दशक’ घोषणा गरेको छ त्यसअनुसारका संरचना, बीमा प्रणाली, बीउ प्रविधि तथा बजार व्यवस्थापनमा उल्लेखनीय सुधार देखिँदैन । मल, बीउ, सिंचाइ, भण्डारण र मूल्य निर्धारण जस्ता आधारभूत आवश्यकता अझै अपूरा छन् । कृषकहरू गरिबी, ऋण र बजार नपाइने समस्याबाट पीडित छन् ।
युवाहरूको वैदेशिक पलायन अझै निरन्तर छ । रोजगारको अभाव, शिक्षा प्रणालीको गुणस्तरहीनता, उद्योग नखुल्ने अवस्था र राजनीतिक अस्थिरताले देशमा सीपयुक्त श्रमिकहरू बस्न चाहँदैनन् । अहिले रेमिटेन्स नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २५ प्रतिशत हिस्सा ओगटिरहेको छ । यद्यपि रेमिटेन्स अस्थायी आयस्रोत हो र यसमा देशको दीर्घकालीन आर्थिक नीति आधारित हुनु खतरनाक हुन्छ । यसको सट्टामा स्वदेशमै सीप उद्योग रोजगारीको वातावरण सिर्जना गर्न बजेटले पर्याप्त प्राथमिकता दिन सकेको देखिँदैन ।
बजेट निर्माण प्रक्रिया पारदर्शी र जनसमावेशी हुन सकेको छैन । जनप्रतिनिधि, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, श्रमिक संघ, महिला, युवा तथा जनजातीय समूहहरूको सुझाव समेटिएको देखिँदैन । बजेट संसदमा पेस हुँदा सांसदहरू पनि त्यसबारे सूचना नपाएको अवस्था छ । यो स्थिति प्रत्यक्ष लोकतान्त्रिक मूल्यविपरीत हो । बजेटको प्रमुख नीति निर्माण प्रक्रिया सानो घेरामा सीमित हुँदा त्यसले जनआवश्यकताभन्दा शक्ति समीकरणमा आधारित प्राथमिकता निर्धारण गर्छ ।
बजेटमा प्रायः बिचौलिया, ठेकेदार र उद्योगपति केन्द्रित कार्यक्रमहरू प्राथमिकतामा पर्ने गरेका छन् । कर छुट, अनुदान र सहुलियत जस्ता कार्यक्रमहरू निश्चित व्यापारिक समूहका लागि बनाइएको आरोप व्यापक छ । यसले आर्थिक असमानता बढाउने, भ्रष्टाचारको सम्भावना बढाउने र राज्यमा समावेशी अर्थनीति विकृत गर्ने खतरा हुन्छ । बजेट सबै वर्ग, क्षेत्र र तहका नागरिकका लागि समान अवसर सृजना गर्ने साधन हुनुपर्छ न कि विशेष वर्गको हित साधन गर्ने दस्तावेज नेपालमा संरचनागत आर्थिक सुधारको खाँचो वर्षौंदेखि चर्चा हुँदै आए पनि ठोस कार्यान्वयन देखिएको छैन । योजना निर्माण, सार्वजनिक खर्चको निगरानी, ठेक्का प्रणालीको सुधार, अनुगमनको सुदृढीकरण र सूचकांक आधारित मूल्याङ्कन प्रणालीको विकासमा सरकार उदासीन देखिन्छ । बजेटले दीर्घकालीन वित्तीय सन्तुलन, ऋण व्यवस्थापन, राजस्व सुधार र निजी लगानी प्रवर्द्धनमा स्पष्ट खाका ल्याउन सकेको छैन । प्रत्येक मन्त्रालय, आयोग र निकायलाई बजेट विनियोजन गर्दा परिणाममुखी सूचकांक अपनाउने अभ्यास अझै शुरु भएको छैन ।
बजेट सुधारको लागि केही ठोस उपायहरू आवश्यक छन् । पहिलो बजेट कार्यान्वयनको स्पष्ट कार्ययोजना सार्वजनिक हुनुपर्छ । जसमा कस्ता कार्यक्रम कति समयभित्र कसरी कार्यान्वयन हुने छन् भन्ने उल्लेख हुनुपर्छ । दोस्रो, बजेट निर्माणको आरम्भिक चरणमै स्थानीय तह, निजी क्षेत्र, विज्ञ, श्रमिक संघ र जनसाधारणको राय लिन सकिने प्रणाली बनाइनुपर्छ । तेस्रो, बजेटलाई जनताले बुझ्ने भाषामा, सरल र सुलभ पहुँचसहित सार्वजनिक गरिनुपर्छ । चौथो, कृषि, रोजगारी र उद्योगमैत्री कर नीति ल्याइनु जरुरी छ । जसले उत्पादन बढाउने वातावरण बनाओस् । पाँचौं, नवप्रवर्तन, सूचना प्रविधि र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीति बजेटमा स्थापित गरिनुपर्छ । अन्ततः राजनीतिक स्थायित्व, नीति निरन्तरता र प्रशासनिक सुधारबिना बजेटले अपेक्षित परिणाम ल्याउन सक्दैन ।
२०८२/०८३ को बजेट दस्तावेज हेर्दा यो आर्थिक पुनरुत्थान र समृद्धिको यात्रातर्फ सरकार गम्भीर भएको संकेत दिन खोजिएको देखिन्छ । तर विगतका अनुभव, कार्यान्वयनको कमजोरी, नीतिगत अन्योल र जनविश्वासको अभावले यो बजेट पनि कागजमै सीमित हुने सम्भावना बलियो देखिन्छ । बजेट आर्थिक समृद्धिको मार्गचित्र बन्नु पर्छ तर यसलाई राजनीति, प्रचार र सस्तो लोकप्रियतामा सीमित राख्ने प्रवृत्ति अन्त्य नगरेसम्म परिवर्तन सम्भव छैन । यो बजेट भाषण मात्रै नभएर वास्तविक कार्यान्वयन र परिणामदायी अभ्यासमा परिणत हुन सक्नुपर्छ ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18527, citypokhara.com

कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन ।

महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।

कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए ।

कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । 

आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।  बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । कोटिहोममा आउने प्राय भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।

कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ । 

कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै आज क्षेत्री समुदायको पोसाक गुन्यो चोलीमा आएर कथा वाचन गरेकी हुन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो । 

मानव सेवा फाउन्डेसनलाई जग्गा दान

पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।

उनीसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

उनका अनुसार फाउन्डेसनलाई  अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ ।  आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । 

कोटिहोममा को को ले गरे दान 

पोखरा जारी कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको छ । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका वाल वालिकाको अभिभाव र आजीवन सदस्य बन्ने भक्तजन सङ्ख्या बढी रहेको महायज्ञ प्रचार प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका वडा नं. ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्व मन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा–१७ बाट १ लाख १ हजार २ सय २५,  वीरबहादुर गुरुङ पोखरा–१७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक वनेका छन् ।

त्यसै गरी हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार–५ बाट ६० हजार (चौरासी पूजा), खुम बहादुर पौडेल स्याङ्जा वालिड्डबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई.हेमजंग गुरुङ ५१ हजार सहयोग प्रदान गरी आजीवन सदस्य वनेका छन् ।

त्यस्तै राधाकृष्ण घिमिरे लम्जुङबाट २५ हजार, क्या. किर्तिनिधि पाण्डे तनहुँ–४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्र प्रसाद ढुंगाना, कौशिला ढुंगाना पोखरा–१७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा–१४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, चोपकला खनाल वुटवल–१३ बाट १० हजार ५ सय ५५, राधाकृष्ण घिमिरे लमजुङ्–७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा–५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा–६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा–२७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गरेका छन् ।

राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह हेमजा प्रथम

कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा–२५  हेमजा प्रथम भएको छ । त्यसै गरी प्रतियोगितामा माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भए ।

त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

विजयी समूहलाई जेठ ३० गते शुक्रवार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार पाउने छन् । ३ सय ५ समूहले नाम दर्ता गराएकोमा २ सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरु पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेल रहेका थिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स र सालिक

पोखरा ।
पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।

स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेसँगै हर्जाेगको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवादको आवरण अनावरणसमेत गरे ।
अन्नपूर्ण आरोहणको हिरक वर्षकै अवसरमा सङ्ग्रहालय परिसरमा मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरणसमेत गरिएको छ । आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुन् भने वालुङ सोनाम मौरिसको आरोहण दलमा शेर्पा टोलीको नेतृत्वकर्ता थिए ।
सोही अवसरमा सङ्ग्रहालमा मौरिसको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियोसमेत प्रदर्शन गरिएको छ । अन्नपूर्ण प्रथम आरोहणको फोटो प्रदर्शनी पनि बिहीबारै सुरु भएको छ । फोटो र भिडियो अब सङ्ग्रहालयमै राखेर सबै आगन्तुकका लागि खुला गरिने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।

अन्नपूर्णमा हर्जाेगले आरोहणका दुःखसुख समेटेका छन् । सअघि २० भाषामा अनुदित भइसकेको यो पुस्तक हालसम्म एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । कार्यक्रममा संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल बुद्ध, वेद र हिमालका कारण विश्वमा परिचित रहेको बताए ।

प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै उहाँले जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । ‘माछापुच्छ्रे कालापत्थर जस्तो देखिन थाल्यो । हिमालले भोगेको यो असर पूरै पृथ्वीले भोग्नुपर्छ,’ उनले भने । पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाउन प्रदेशसँग मिलेर काम गर्ने उनले वाचा गरे । पर्यटन राजधानीको नमुना गन्तव्यका रुपमा पर्वतीय सङ्ग्रहालयलाई विकास गरिने उनको भनाइ छ ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गण्डकीका हिमालहरु आरोहणका लागि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने वाचा गरे । उनले आगामी आर्थिक वर्षबाट बोटानिकल गार्डेन बनाउन सुरु गरिने जानकारी दिए । ‘विश्वकै पर्यटकीय आकर्षण बनाउने गरी यहाँ बोटानिकल गार्डेन बनाउँछौँ । यसैपालि यसको निर्माण सुरु हुन्छ,’ उनले भने ।

नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहण इतिहासकै महत्वपूर्ण क्षण बनेको सुनाइन् । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वकै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोही गरिसकेका मिग्मा जि शेर्पा लगायतले बोलेका थिए ।

वर्षमा करिब सय देशका दुई लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउने यो संग्रहालयका सामग्रीलाई डिजिटाइजेसन गर्ने तयारी भएको छ । नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको यो संग्रहालयलाई जाइकाको सहयोगमा डिजिटाइजेसन गर्न लागिएको हो । संघ अध्यक्ष निमानुरु शेर्पा मौरिस हर्जाेग वाल निर्माण गरी हरेक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता गर्ने योजना सुनाउँछन् ।

‘हामी यसलाई महत्वपूर्ण र नमुना गन्तव्य बनाउने प्रयत्नमा छौँ । सबै तहका सरकार र सरोकारवालको सहयोगबिना यो सम्भव छैन,’ उनले भने । सो अवसरमा विश्व वातावरण दिवसको अवसरमा संग्रहालयल परिसरमा वृक्षारोपणसमेत गरिएको थियो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18524, citypokhara.com