पोखरा । वडा प्रहरी कार्यालय बैदाम, कास्कीको आयोजनामा “एक प्रहरी, एक फूलको गमला” अभियानको शुभारम्भ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा बैदाम वडा प्रहरी कार्यालयमा कार्यरत १०० जना प्रहरी कर्मचारीहरू सहभागी थिए।
कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई रातो, सेतो, पहेँलो र नीलो रङका चारवटा हाउसमा विभाजन गरिएको छ। प्रत्येक कर्मचारीलाई एक–एक फूलको गमला हस्तान्तरण गरिएको छ, जसमा उनीहरूले आफ्नो हाउसअनुसार फूलहरू रोपेर संरक्षण गर्ने जिम्मेवारी पाएका छन्। प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधि तयार गरिएको छ भने मूल्याङ्कनका लागि समिति पनि गठन गरिएको छ।
प्रहरी उपरीक्षक ओलीले सोमबार आयोजित समारोहमा अभियानको शुभारम्भ गर्दै यसले प्रहरी कर्मचारीहरूमा स्फूर्ति ल्याउनुका साथै वातावरणमैत्री वातावरण र कार्यालयको सौन्दर्य अभिवृद्धि गर्ने बताउनुभयो। यस्तो अभियान अन्य वडा प्रहरी कार्यालयहरूमा पनि आवश्यक रहेको उहाँले जोड दिनुभयो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18265, citypokhara.com
हेमजा । हेमजा युनाइटेडकाे आयाेजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएकाे छ । पाेखरा २५ हेमजामा रहेकाे उक्त संस्थाले ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिताकाे आयाेजना गरेकाे हाे ।
पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा यहि जेठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहबिच प्रतियाेगिता हुनेछ ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका माध्यमबाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको हेमजा युनाइटेडका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु. २ हजार साथमा ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने संयाेजक कुवँरले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा हुने उक्त प्रतियाेगितामा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18261, citypokhara.com
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।
कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।
कोटिहोममा आइतबार नवलपुरबाट मध्य विन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मान बहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोक नाथ अर्याल, थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १ सय जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेको छ । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजलाई कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ विदाइ गरेका छन् ।
बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवा सँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नु पर्ने उल्लेख गरे ।
महन्त आदियोगि गौतम स्वामीले कोटिहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटिहोममा आज भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।
कोटिहोममा भोलि सोमवार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा आइतबार पोखरा–१७ बिरौटा सृजनशील आमा समूहबाट ४३ हजार ५५, अर्जुन चौपारी गाउँ पालिका वडा नं ५ स्याङ्जाका नरेश्वर सापकोटाले ३५ हजार ५ सय २५, वासगढि नगरपालिका वडा नं. ३ बर्दियाका नारायण प्रसाद पहाडीले २५ हजार ५ सय २५, पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशबाट २५ हजार ५ सय ५५, नारायण फर्निचर उद्योगका विश्वेश्वर प्रसाद अर्याल र अणकुमारी अर्याल ले २५ हजार ५ सय ५५, सिद्धगंगा नगरपालिका अर्घाखाँची मोदिखोला जलविद्युत् आयोजनबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा रास्वपा कास्कीका सहसचिव टेकराज सापकोटा र मानव सेवा फाउन्डेसनका आजीवन सदस्य वनेका दिनेश आचार्यले कोटिहोममा आएर केही न केही सहयोग गर्न आग्रह गरे। कोटिहोममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको बिदाइसँगै आज देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18258, citypokhara.com
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेर नेपालको यातायात क्षेत्रमा नयाँ आयाम थपेको छ। यो नियमावलीले यात्रुको सुविधा, राइडर्सको रोजगारी र व्यवसायीको सुरक्षालाई प्राथमिकता दिँदै कानुनी मान्यता प्रदान गरेको छ। नियमावलीप्रति उत्साहित राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर धन्यवाद व्यक्त गरेका छन्।
आइतवार मुख्यमन्त्री पाण्डेसँगको भेटमा राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले यो नियमावलीले युवाहरूको रोजगारी र यात्रुको सस्तो, सहज तथा गुणस्तरीय सेवाको ग्यारेन्टी गरेको बताए। उनले भने, यहाँ पहिलेदेखि नै राइड सेयरिङ सञ्चालनमा थियो, हजारौँले सेवा लिइरहेका थिए। यो नियमावलीले यात्रुको सुविधा र हाम्रो रोजीरोटी दुवै सुनिश्चित भएको छ।
सेल्फ ड्राइभ सञ्चालक राज पाण्डेले नियमावलीले व्यवसाय सञ्चालनमा सहजता ल्याएको उल्लेख गरे। “पहिले जस्तो दुख भोग्नु नपर्ने भएको छ। नेपालको पर्यटकीय राजधानीमा आन्तरिक र बाह्य पर्यटकलाई कानुनी रूपमा सेवा दिने ढोका खुलेको छ “उनले भने।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियमावलीले यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिएको बताए। “यो नियमावलीले राइड सेयरिङ व्यवसायीलाई घाटा हुँदैन। भाडाका सवारी सञ्चालक कम्पनीलाई प्रोत्साहन गर्न दर्तामा छुटको नीति लिइएको छ,” उनले भने। नियमावलीअनुसार राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने उनले प्रष्ट पारे। “यात्रु र राइडर्स दुवैको सुरक्षालाई ध्यानमा राखेर नियमावली बनाइएको छ। सबैले पूर्ण पालना गर्नुपर्छ,” उनले सुझाए।
यो नियमावलीले नागरिकलाई सुविधा, थप रोजगारी सिर्जना, कानुनी मान्यता र सरकारको राजस्व वृद्धिमा योगदान पुर्याउने मुख्यमन्त्री पाण्डेले बताए। “अवैध रूपमा सञ्चालित सेवाले कानुनी मान्यता पाउँछन्। यो नियमावलीले कसैलाई घाटा छैन,” उनले भने। तर, नियमावलीको प्रक्रिया पूरा नगर्नेहरूलाई ठूलो जरिवाना हुने चेतावनी दिँदै उनले सबैलाई नियम पालना गर्न आग्रह गरे। “अटेर गर्नेलाई छुट हुँदैन। सबैले नियमभित्र रहेर काम गर्नुपर्छ,” उनले भने।
गण्डकी प्रदेश सरकारले ३१ वैशाख २०८२ को मन्त्रिपरिषद् बैठकबाट ‘राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी नियमावली’ पारित गरेको हो। यो नियमावलीले यात्रुको लागि गुणस्तरीय, सस्तो र सहज यातायात सेवा सुनिश्चित गर्नुका साथै राइडर्सको रोजगारी र व्यवसायीलाई सहज वातावरण प्रदान गर्छ। साथै, दर्तामा छुट, कानुनी मान्यता र कडा नियमनका प्रावधानहरू समावेश छन्।
पर्यटकीय राजधानीको रूपमा परिचित गण्डकी प्रदेशमा यो नियमावलीले पर्यटकलाई सुरक्षित र सहज यातायात सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। राइडर्स र सञ्चालकहरूले नियमावलीभित्र रहेर सेवा प्रदान गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18253, citypokhara.com
पोखरा। “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न २५ हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान९गैरी०लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवरले जानकारी दिए । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने समेत कुवरले उल्लेख गरे ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही ज्येष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ कार्की जानकारी दिए ।
गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदानमा हुने छ ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।
कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।
कोटिहोममा आइतबार नवलपुरबाट मध्य विन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मान बहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोक नाथ अर्याल, थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १ सय जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेका छन् । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजलाई कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ विदाइ गरेका छन् ।
बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवा सँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नु पर्ने उल्लेख गरे ।
महन्त आदियोगि गौतम स्वामीले कोटिहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटिहोममा आज भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।
कोटिहोममा भोलि सोमवार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा आइतबार पोखरा–१७ बिरौटा सृजनशील आमा समूहबाट ४३ हजार ५५, अर्जुन चौपारी गाउँ पालिका वडा नं ५ स्याङ्जाका नरेश्वर सापकोटाले ३५ हजार ५ सय २५, वासगढि नगरपालिका वडा नं. ३ बर्दियाका नारायण प्रसाद पहाडीले २५ हजार ५ सय २५, पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशबाट २५ हजार ५ सय ५५, नारायण फर्निचर उद्योगका विश्वेश्वर प्रसाद अर्याल र अणकुमारी अर्याल ले २५ हजार ५ सय ५५, सिद्धगंगा नगरपालिका अर्घाखाँची मोदिखोला जलविद्युत् आयोजनबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा रास्वपा कास्कीका सहसचिव टेकराज सापकोटा र मानव सेवा फाउन्डेसनका आजीवन सदस्य वनेका दिनेश आचार्यले कोटिहोममा आएर केही न केही सहयोग गर्न आग्रह गरे। कोटिहोममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको बिदाइसँगै आज देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।
कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार देशभर बाट आउने सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज श्रीमद्भागवत कथा प्रवक्ता एवम् वरिष्ठ ज्योतिषविद् हरिशरण शास्त्री, महायज्ञ मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले सञ्चारकर्मीलाई कदर पत्र दोसल्ला ओढाई सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा सम्मानित भएपछि सञ्चारकर्मीले कोटिहोमको सम्मानले आफूहरूलाई थप उर्जा प्रदान भएको बताउँदै कोटिहोमको प्रचार प्रसारमा आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आम सञ्चारकर्मीको सकारात्मक सन्देशले नै कोटिहोमले सफलता पाएको बताए ।
कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेको छ ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
पोखरा । बियोन्ड बेइजिङ्ग कम्युनिटी (BBC) को आयोजनामा गण्डकी प्रदेशका सरकारी विद्यालयका शिक्षकहरूलाई लक्षित गरी वृहत्तर यौनिकता शिक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ।
प्रमुख प्रशिक्षक खुमानन्द सुवेदीको नेतृत्वमा सञ्चालित यो तालिमले किशोरकिशोरीहरूमा यौनिकता, प्रजनन स्वास्थ्य, र जीवनोपयोगी सीपसम्बन्धी जागरूकता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
प्रमुख प्रशिक्षक सुवेदीले तालिमको मुख्य उद्देश्य किशोरकिशोरीहरूलाई यौनिकता र प्रजनन स्वास्थ्यबारे वैज्ञानिक र समावेशी शिक्षा प्रदान गर्न सक्षम शिक्षकहरू तयार गर्नु रहेको बताए। उनले भने, “हाम्रो समाजमा यौनिकता शिक्षालाई अझै पनि निषेधको विषय मानिन्छ। यो तालिमले शिक्षकहरूलाई यी विषयलाई खुला र वैज्ञानिक ढङ्गले कक्षा कोठामा प्रस्तुत गर्न सक्षम बनाउनेछ।”
तालिममा सहभागी एक शिक्षकले यो तालिमले किशोरकिशोरीका जिज्ञासाहरूलाई सम्बोधन गर्ने आत्मविश्वास प्रदान गरेको र अब आफूहरूले उनीहरूलाई जीवनोपयोगी सीप र सुरक्षित व्यवहारबारे सिकाउन सक्षम भएको बताए।
यो तालिमले यौनिकता शिक्षालाई बहुआयामिक दृष्टिकोणबाट समेटेको छ। परिवारका सदस्यहरूको भूमिका र जिम्मेवारीलाई विशेष जोड दिइएको छ, जहाँ अभिभावक र परिवारले किशोरकिशोरीको यौनिकता र स्वास्थ्य शिक्षामा सकारात्मक वातावरण सिर्जना गर्न सक्ने उपायहरूबारे छलफल गरिएको छ। त्यस्तै, मित्रता, माया-प्रेम, र प्रणय सम्बन्धले किशोरावस्थामा ल्याउने भावनात्मक र सामाजिक प्रभावलाई समेट्दै स्वस्थ सम्बन्ध कायम राख्ने तरिकाहरू सिकाइएको छ। यौन तथा प्रजनन स्वास्थ्यलाई मानव अधिकारको दृष्टिकोणबाट बुझ्ने र सम्मान गर्ने विषयमा पनि गहन छलफल भएको छ।
लैङ्गिकताको सामाजिक बनावटलाई पनि तालिमको महत्त्वपूर्ण बनाइएको छ। लैङ्गिकता कसरी सामाजिक, सांस्कृतिक, र ऐतिहासिक प्रभावबाट निर्मित हुन्छ भन्ने विषयमा शिक्षकहरूलाई गहन जानकारी दिइएको छ, साथै लैङ्गिक समानताको महत्त्वलाई उजागर गरिएको छ। किशोरकिशोरीहरूलाई आत्मविश्वास, निर्णय क्षमता, र समस्यासमाधानका जीवनोपयोगी सीपहरू सिकाउन शिक्षकहरूलाई प्रशिक्षित गरिएको छ। सामाजिक मान्यता र साथीहरूको प्रभावले किशोरकिशोरीको यौनिक व्यवहारमा पार्ने असरलाई पनि विश्लेषण गरिएको छ। सञ्चारमाध्यमले यौनिकताको चित्रण कसरी गर्छ र यसले किशोरकिशोरीमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सचेतना फैलाउने प्रयास गरिएको छ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको महत्त्व र उपलब्धताबारे जानकारी प्रदान गर्दै तालिमले किशोरावस्थामा हुने शारीरिक र भावनात्मक परिवर्तन, प्रजनन प्रणालीको कार्य, र यससँग सम्बन्धित मिथकहरू हटाउने प्रयास गरेको छ।
महिनावारीलाई सामान्य र स्वस्थ प्रक्रियाको रूपमा बुझाउन र यससम्बन्धी सामाजिक लाञ्छनालाई हटाउन विशेष जोड दिइएको छ। यौन र यौनिकताको जैविक, सामाजिक, र भावनात्मक पक्षहरूबारे विस्तृत जानकारी दिइएको छ, साथै यौनिक व्यवहार र यौनिक परिचयको विविधतालाई सम्मान गर्ने समावेशी दृष्टिकोण अपनाउन प्रोत्साहन गरिएको छ। यौन सङ्क्रमणहरूको रोकथाम, उपचार, र सचेतनाबारे शिक्षकहरूलाई प्रशिक्षित गरिएको छ, जसमा सुरक्षित यौन व्यवहारको महत्त्वलाई प्राथमिकता दिइएको छ।
बियोन्ड बेइजिङ्ग कम्युनिटीले यो तालिमलाई गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा विस्तार गर्ने योजना बनाएको छ। स्थानीय सरकार, विद्यालय, र समुदायसँगको सहकार्यमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यो तालिम गण्डकी प्रदेशमा यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यको क्षेत्रमा एक महत्त्वपूर्ण कदम भएको छ। शिक्षकहरूले प्राप्त गरेको ज्ञान र सीपले किशोरकिशोरीहरूलाई स्वस्थ, सुरक्षित, र जिम्मेवार जीवन जिउन प्रेरित गर्नेछ। यस्ता कार्यक्रमहरूले समाजमा विद्यमान लाञ्छना र मिथकहरू हटाउन र समावेशी शिक्षालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18246, citypokhara.com
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।
न त भूतकालमा यत्रो यज्ञ भयो न त भविष्यकलामा होला या नहोला तर वर्तमानमा एक महापुरुष जन्मियो जसले शतकुण्डीय महायज्ञ प्रारम्भ गरे यस कारण देशभरबाट भक्तजनको आगमले महायज्ञ अभूतपूर्व बन्यो ।
पश्चिमेली संस्कृतिले पूर्वीय दर्शनलाई कहीँ कतै ढाक्दै गर्दा वर्तमान अवस्थामा हिन्दु धर्म जागरण अभियानका लागि यो भन्दा ठुलो अनुष्ठान नेपालमा अहिले सम्म नभएको कोटिहोममा उपस्थित भक्तजनहरूको आवाज रहेको थियो ।
पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुदाँ यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो ।
कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।
कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए । जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए ।
शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले शनिवार विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन् । उनले ७ दिन सम्म महायज्ञमा कथा वाचन गरेका थिए ।
भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी दिउसो २ बजे देखि ६ बजे सम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार विजय कृष्णमूर्तिजी महाराजले ४ गते देखि १३ गते सम्म कथा वाचन गर्नेछन् । त्यसै गरी जेठ ४ गते देखि नै ११ बजे देखि २ बजे सम्म युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गर्ने छन् ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।
कोटिहोममा आज देउडा गायक नन्द कृष्ण जोशी, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र लोक दोहोरी गायिका पूर्णकला बिसीले भजन प्रस्तुत गरेर अतिथि तथा भक्तजनलाई छमछम नचाएका थिए । शनिवारनै कोटिहोमलाई सहयोग गर्ने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले पोखरा उद्योगपति व्यापारीलाई यो कोटिहोममा दान गरी सेवामा समर्पित हुन आग्रह गरे । ‘पोखरामा के छैन सबै छ यहाँका उद्योगपति व्यापारी मनकारी छन् त्यसैले आउनुहोस् तपाईँहरूले यहाँ दान गरेको नाम सुन्न म आतुर छु’– उनले भने ।
कोटिहोममा ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
यसैबिच भोलि (आइतबार) नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।
प्रतियोगितामा बाँके, बर्दिया, जुम्ला, पर्वत, स्याङ्जा, कास्की, नवलपुर, वाग्लुङ, लमजुङ, चितवन, काठमाण्डौं, तनहुँ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट नाम दर्ता भइसकेको उनले जानकारी दिए ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिङ्गको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ ।
शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए ।
यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन ।
कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=18243, citypokhara.com