Breaking News
माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ ।

पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सिमानमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचार प्रसार सँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा खर्च गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको मूल समारोह समितिका संयोजक अ.क्या.डम्बरसिंह गुरुङले जानकारी दिए ।

‘यस ठाउँमा वर्षको तीन पटक मेला लाग्ने गर्दथ्यो हाल यो मेलाले निरन्तरता पाएको छैन’ संयोजक गुरुङले भने, ‘यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन निरन्तरता दिने यस ठाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको छ ।’

उक्त ठाउँमा माघेसक्रान्ति, श्री पञ्चमी र चैते दसैँमा गरी वर्षको तीन पटक कृषि व्यापारी, स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजनसहितको महोत्सव हुने गर्दथ्यो।

करिब २ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलको प्रवचन गर्ने प्रचार प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

महायज्ञमा ५ हजार भन्दा माथि दान गर्नेको शिलालेखमा अङ्कित गर्ने, १० हजार भन्दा माथि दान गर्ने सहयोगी दातालाई दोसल्ला ओढाई सम्मान गर्ने, २० हजार भन्दा माथि दान गर्नेलाई दोसल्ला तथा आकर्षण सम्मान पत्र प्रदान गरिने, ५० हजार भन्दा माथि दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र र मायाको चिनो, १ लाख भन्दा माथि दिनेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान र ५ लाख भन्दा माथि दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई आकर्षक डोलीमा चढाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने कार्यक्रम रहेको छ ।

माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष गणेश आचार्यले महायज्ञमा हुने भक्तजनको घुइँचोले यस क्षेत्र वरपर रहेका मनोरम दृश्यहरू, मठ–मन्दिर यहाँको जनजीवन, उत्पादनको बारेमा जनमानसमा व्यापक प्रचार प्रसार सहित यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको बताए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारीलाई तीव्र पारिएको बताए । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहे पनि प्रचार प्रसारका कारण ओझेलमा परेका कारण यसको पूर्वाधार विकास गर्ने महायज्ञको आयोजना गरिएको बताए ।

पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिम तर्फ करिब आधा घण्टाको यात्रामा महायज्ञ स्थल पुग्न सकिनेछ । महायज्ञ अवधिभर पोखराको हरि चोक र माछापुच्छ्रे गाउँपालिकाको सबै वडाबाट महायज्ञ स्थलसम्म जानको लागि आयोजकले यातायातको व्यवस्था गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21411, citypokhara.com

पोखरा स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहयोग

पोखरा ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो ।

भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच  भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा वोल्दै भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टस अवार्डलाई विगत देखि नै सहयोग गर्दै आइरहेको र यसपटक पनि सहयोगलाई निरन्तरता दिएको वताए । खेलकुद क्षेत्रका पत्रकारहरु संगठित भई खेलाडी, खेल प्रशिक्षक, रेफ्री, पत्रकार लाई समेटेर आयोजना गर्न लागिएको वृहत कार्यक्रमले खेलकुद क्षेत्रको गतिविधीलाई चलायमानमा टेवा पु¥याउने उनको भनाइ थियो ।

सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले पोखरा स्पोर्टस अवार्डलाई भब्य र सभ्य बनाउनका लागि खेलकुद क्षेत्रमा लागेको संघ संस्थाको महत्वपूर्ण भुमिका रहने बताउदै भूतपूर्व खेलाडी मञ्चको सहयोग प्रति आभार प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,  विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, लामा कलेक्सन न्यूरोड पोखरा रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21408, citypokhara.com

१० औं पोखरा स्पोर्टस अवार्डलाई टेम्पल बेल बुटिक होटल र प्लाजा होटल ग्रूपको साथ

पोखरा ।रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल गू्रपले साथ दिने भएका छन । आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटी पार्टनरमा रहेर पोखराको लेकसाईडमा रहेको फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा र काठमाण्डौको नक्सालस्थित होटल क्राउन प्लाजाले साथ दिने भएका छन ।

हस्पिटालिटी पार्टनरको लागि फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेल र प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठ बीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सम्झौता गरेका छन ।

सो अवसरमा वोल्दै फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेलले खेलाडीलाई सम्मान गर्ने गण्डकी प्रदेशको गौरवको कार्यक्रम संग टेम्पल बेलले सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्थाले खेलाडीहरुको सम्मान गर्ने काम आफैमा महान कार्य भएको उनको भनाइ रहेको थियो ।

त्यस्तै प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठले खेल क्षेत्रलाई समेटेर आयोजना हुन लागेको कार्यक्रमको सफलताको कामना गर्दै प्लाजा होटल ग्रूपले समेत पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरले पोखरा स्पोर्टस अवार्ड कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोगी हातहरु खोज्ने क्रममा हस्पिटालिटी पार्टनरको रुपमा पोखराको टेम्पल बेल होटल र काठमाण्डौको प्लाजा होटल ग्रूप संग जोडिन पुगेको बताए । गण्डकी क्षेत्रमा रहेको खेलकुदको गतिविधीहरुलाई समेटेर आयोजना गरिने पोखरा स्पोर्टस अवार्डमा हस्पिटालिटी पार्टनरको समेत महत्वपूर्ण आवश्यक रहने र त्यसमा सहयोग गर्ने दुवै होटल सञ्चालक प्रति उनले आभार समेत प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,  विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, पोखरा रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21405, citypokhara.com

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

पोखरा।
गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् ।

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे ।

उहाँले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने प्रदेश प्रमुख भट्टले बताए ।

आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराए । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गरे ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना लगायतको उपस्थिति रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21402, citypokhara.com

नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी

पोखरा ।
नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । आईतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो । सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिए ।

चैत २८ र २९ गते मकवानपुरको हेटौडामा भएको नेपाल पत्रकार महासंघको चौथो कन्द्रीय पूर्ण बैठकले सबै शाखाले साधारण सभा गर्ने निर्णय गरेको थियो ।

बैठकले जिल्ला शाखाहरुले वैशाख १० देखि जेठ १० सम्म साधारण सभा सक्नुपर्ने मिति तय गरेको थियो । सोही अनुसार जेठ ९ गते मिति तय गरी तयारी सुरु गरिएको अध्यक्ष बरालले जानकारी दिए । महासंघको साधारण सभा हरेक डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21399, citypokhara.com

लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख हैरानी दिने तथा लुटपाटमा संलग्न रहेको आरोपमा १६ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी विभिन्न प्रलोभन देखाउँदै दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप बढ्दै गएको भन्ने जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी बढाइएको थियो।

सोही क्रममा प्रहरी टोलीले शनिबार राति करिब १२:३० बजेदेखि बिहान २:०० बजेसम्म लेकसाइड क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा पर्यटकलाई लक्षित गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा १६ जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। साथै यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि निगरानी तथा कारबाहीलाई कडाइका साथ निरन्तरता दिइने जनाइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21394, citypokhara.com

बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास

पोखरा । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF) गण्डकीको सह–आयोजनामा वैशाख १८ र १९ गते दुई दिने मेला सञ्चालन हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।

नेपाल सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्यलाई टेवा पुर्‍याउन गाउँ पर्यटनलाई सशक्त बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख  मणिराज लामिछानेले जानकारी दिए ।

विगतका संस्करणहरूको सफलतापछि चौथो पटक आयोजना हुन लागेको यो मेला पहिलोपटक पोखरा बाहिर हुने भएकाे हाे । बन्दिपुर  गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले ऐतिहासिक तथा पर्यटकीय नगरी ‘पहाडकी रानी’का रूपमा चिनिने बन्दिपुरमा मेला आयोजना हुनु आफैंमा महत्वपूर्ण मानिएको बताए । यसले बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा दिने उनकाे विश्वास छ ।

मेलामा गाउँ पर्यटनसँग सम्बन्धित होमस्टे तथा पर्यटन व्यवसायीका स्टलहरू रहनेछन्। साथै ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दिपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ। विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन्।

कार्यक्रममा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले गाउँ पर्यटनलाई केवल होमस्टेमा सीमित नराखी स्थानीय संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्यसँग जोडेर समग्र विकासको माध्यम बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, नयाँ गन्तव्यहरूलाई बजारसँग जोड्दै सेवा गुणस्तर अभिवृद्धि गर्न मेला कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21389, citypokhara.com

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

पोखरा। कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिए ।

सातओटा बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको उत्तिकै भूमिका हुने भन्दै जुनसुकै रियालिटी सो, प्रतियोगिता वा साङ्गीतिक कार्यक्रममा गीतकारले रेकर्ड भएका गीत वाचन गर्दा सङ्गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने, गायक/गायिकाले गीतकार र सङ्गीतकारको नाम उच्चारण गर्ने र सङ्गीतकारले गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने परम्परा अवलम्बन गर्नपर्नेमा जोड दिइएको छ । नृत्य प्रस्तुत गर्दासमेत उद्‍घोषक वा आयोजकका तर्फबाट गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम उद्‍घोष गर्नुपर्ने माग सो अवधारणापत्रमा गरिएको छ ।

अवधारणापत्रमा गीतको समीक्षा गर्दा गीतकारको भावना बुझी गीतका शब्द र मर्मअनुरूप गर्न, समाजमा अपाच्य हुने खालका शब्दहरूको प्रयोग गरी गीत गीतकारले नलेख्न, रोयल्टी सम्बन्धित व्यक्तिको बैङ्क खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको ख्याल गर्न र प्रविधिको सदुपयोग गरी स्रष्टाको अस्तित्व रक्षा गर्न पनि आग्रह गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत अवधारणापत्रप्रति सहमति जनाउँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विशेष गरी सञ्चार माध्यमहरूलाई स्रष्टाको नाम उच्चारण गर्ने कुरामा सचेत हुन आग्रह गरे । स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरेको बताउँदै सरुभक्तले रोयल्टीलाई व्यवस्थित बनाउने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले प्रतिलिपि अधिकारका विषयमा सबै एकजुट र सचेत हुनुपर्नेमा जोड दिइन् । आफ्ना गीतहरू अरूकै नाममा रेकर्ड हुने र गीत प्रस्तुत गर्दा नामसमेत उच्चारण नगर्दा दुःख लाग्ने गरेको अनुभव सुनाउँदै कोइरालाले आगामी दिनमा यस्तो अवस्थामा सुधार गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने बताइन् ।

विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले पहिचानको लडाइँमा स्रष्टाले जित्नुपर्ने बताए । स्रष्टाबिना सिर्जना नहुने भन्दै उनले कसैले पनि स्रष्टाप्रति दुर्भावना राख्न नहुने भनाइ राखे ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीत प्रशिक्षक नवराज बरालले गीतकार, सङ्गीतकार र गायक/गायिकाबिचको छलफल र भेटघाटले नै असल सङ्गीत उत्पादन हुने बताए । उनले आपसमा सल्लाह गरेर काम गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले अवधारणापत्रप्रति सहमति जनाउँदै एकले अर्काको अस्तित्व स्विकार्नुपर्ने बताए ।

गायक कर्णदासले देशविदेशमा साङ्गीतिक प्रस्तुति राख्दा गीतसँग सम्बद्ध सबैको नाम उच्चारण गर्नुपर्ने बताए ।
अर्का गायक रामभक्त जोजिजूले अवधारणापत्रमा प्रस्तुत विचारहरू हुबहु लागू गर्नुपर्ने बताए ।

गायक विनोद बानियाले विगतमा गीतकार मात्र पीडित हुने गरेकामा हाल गायक/गायिका र सङ्गीतकारसमेत पीडित हुने गरेको बताउँदै सबैले सहकार्य गरेमा सबैलाई न्याय हुने बताए । प्रविधिलाई बेवास्ता वा गाली गरेर होइन, सहकार्य गरेर अगि बढ्नुको विकल्प नरहेको बनियाको धारणा थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलगायतले पनि अवधारणापत्रमा आएका बुँदाहरू सान्दर्भिक भएको धारणा राखे ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो पनि विमोचन गरिएको थियो भने २४ जना नयाँ आजीवन सदस्यलाई सदस्यता वितरण गरिएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’ को स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21385, citypokhara.com

पाेखरामा जुवातास खेल्ने र खेलाउने ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोक, हिमालीटोलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

बिहिबार साँझ पाैने ५ वजे स्थानीय प्रहरी टोलीलाई जुवा खेल्ने गतिविधिको बारेमा सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको टोली घटनास्थलमा पुगेको थियो।

पक्राउ परेका व्यक्तिहरूसँग नगद रकम रू. ६७,५६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४०, र ४ बुक तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ गरिएका ९ जना व्यक्तिहरूसँग जुवा खेल्न र सट्टेबाजीमा संलग्न हुने आरोपमा सार्वजनिक हित, स्वास्थ्य र नैतिकता विरुद्धको मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै, अभियुक्तहरूको ६ दिनको म्याद थप गरिसकेको छ।

कास्की प्रहरीले जुवा र सट्टेबाजीलाई नियन्त्रणमा लिनका लागि कडा निगरानी राख्ने र कुनै पनि व्यक्तिलाई कानूनभन्दा बाहिरको गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21376, citypokhara.com

१० औं पोखरास्पोर्टस अवार्डको सह-प्रायोजकमा केल्मी नेपाल

पोखरा । रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ ।

स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल रपोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरास्पोर्टस अवार्डमा एक अर्काबिच सहकार्य गर्ने गरि सम्झौता भएको हो ।

सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तमन्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे ।

सो अवसरमा वोल्दै केल्मी नेपालका प्रवन्धनिर्देशक उत्तम न्यौपानेले केल्मे नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दैआइरहेको र पर्यटकीय राजधानी पोखरामा आयोजना हुने १० औं पोखरा स्पोर्टसअवार्डमा समेत सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेशका खेलाडीहरुलाई लक्षितगरि आयोजना गरेको अवार्डको सफलताको कामना समेत गरे ।

केल्मी नेपालले केल्मी ब्राण्डको फुटबल,फुटसल जुत्ता, खेलकुद कपडा जर्सी, ट्रयाकसुट, शर्ट, खेलकुदका सामाग्रीहरु ब्याग मोजाकोबिक्री वितरण गर्दै आइरहेको र विशेषगरी नेपाली खेलाडी र क्लबहरुले बढी मात्रामा रुचाएको न्यौपानेको भनाई थियो ।

मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्राण्डकेल्मीको आधिकारीक बिक्रेता केल्मी नेपाल संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

विभिन्न आठ विद्यामा आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा केल्मी संग सहकार्य गरेरअगाडी बढ्न पाउदा खेलकुद क्षेत्रमा साथ र सहयोग गर्दै आइरहेको केल्मी प्रति आभारप्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजनाहुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदानगरिदै छ ।

जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्टखेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघसंस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।

पोखरा स्पोर्टसअवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ। अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेशखेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ,केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ,जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपागाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«ेगाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा सहारा क्लब, टाइगरग्रुप अफ पोखरा, तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकारमहासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,  विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशानरानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापाअष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्डशवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेकोछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21373, citypokhara.com