Breaking News
प्रेस काउन्सिलको आयोजनामा ’प्रदेशस्तरीय सञ्चार सम्बद्ध निकायसँग परामर्श’ सम्पन्न

प्रेस काउन्सिलको आयोजनामा ’प्रदेशस्तरीय सञ्चार सम्बद्ध निकायसँग परामर्श’ सम्पन्न

काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा ’प्रदेशस्तरीय सञ्चार सम्बद्ध निकायसँग परामर्श’ बैठक सम्पन्न भएको छ । बिहिबार काउन्सिलको सभाहलमा सञ्चालन भएको कार्यक्रममा सातै प्रदेशका सञ्चार सम्बद्ध प्रतिनिधिहरूले पत्रकारिता र सञ्चार माध्यमको हकहितका लागि भइरहेका काम, प्रगति र वर्तमान चुनौतीका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य सचिव छविन्द्र पराजुलीले हाल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह हुने क्रम बढेकाले आम जनमानसमा दुविधा पैदा भएको बताउनुभयो । उहाँले जनतामा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

मधेश प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्काले मधेश प्रदेशमा पत्रकारिताको हकहितका लागि ऐन तथा नियमावली निर्माण भई कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले लोककल्याणकारी विज्ञापन र तालिमको व्यवस्थाले पत्रकारको क्षमता विकासमा सहयोग पुगेको बताउँनुभयो । साथै विश्वविद्यालयसँगको समन्वयमा उच्च शिक्षामा आमसञ्चार विषय समावेश गरिएको समेत जानकारी दिनुभयो । त्यस्तै, प्राधिकरणका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले प्रदेशमा भएका सुधारका कार्यको चर्चा गर्दै प्रेस काउन्सिलकै आचारसंहिताको ढाँचामा स्थानीय भाषा सुहाउँदो आचारसंहिता तयार पारिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका प्रदेश सचिव विनोद लामिछानेले कानुनी अस्पष्टताका कारण कार्यसम्पादनमा विभिन्न अड्चन आएको बताउँदै सङ्घीय सरकारले कानुन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशकी प्रेस रजिस्टार विमला भण्डारीले नयाँ मिडिया र सामाजिक सञ्जाललाई परिवर्तनको मुख्य हिस्साका रूपमा स्विकार्दै यसलाई नियमनको दायरामा ल्याउन आवश्यक बहस हुनुपर्ने धारणा राख्नुभयो ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव सविना महर्जनले प्रदेशमा सञ्चार समन्वय समिति गठन भइसकेको र सञ्चार सम्बन्धी कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । साथै पत्रकारको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।
बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले सञ्चार माध्यमलाई हेर्ने सत्ताको दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयो । झन्झटिलो कानुन र ऐन संशोधन गरी पत्रकारितालाई सहज र मर्यादित बनाउनु पर्नेमा जोड दिँदै उहाँले बागमती प्रदेशले प्रकाशन गरेका पुस्तकहरू उच्च शिक्षा अध्ययनमा समेत प्रयोग हुनु सकारात्मक सुरुवात भएको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले प्रेस काउन्सिल र प्रदेशबीच सल्लाह र सहकार्यका साथ काम हुनुपर्ने बताउनुभयो । यस्ता छलफलले प्रदेश र सङ्घबीचको समन्वयलाई थप मजबुत बनाउने र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जनाउनुभयो ।

कार्यक्रममा सहभागीहरूले प्रदेशबाट जारी गरिने प्रेस पास देशभर मान्य हुनुपर्ने र कानुनी अड्चन फुकाएर पत्रकारितालाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका थिए । काउन्सिलका बोर्ड सदस्य बालकृष्ण अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/04/17/11685/, www.presscouncilnepal.gov.np

पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ

पाेखरा । पोखरा नगरक्षेत्रमा अफलाइन रूपमा सवारी सेवा सञ्चालन गरी बढी भाडा असुल्ने र यात्रुलाई दुःख दिने कार्यमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा विष्णु बहादुर नेपाली, राजन परियार, लिल बहादुर गुरुङ, प्रविण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर वि.क., बिक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूले पठाओ/इनड्राइभमा आवद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने तथा अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदाम सहितको टोलीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले यस्ता अवैध तथा अनियमित सवारी सेवा सञ्चालन गर्नेहरू विरुद्ध कडाइ गर्ने चेतावनी समेत दिएको छ।

 

पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21369, citypokhara.com

१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ

पोखरा ।

१० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ ।

पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश केसी र १० औं पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमा समेत सहभागीता जनाउदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा लामो समयदेखि साथ र सहयोग गर्दै आइरहदा पोखरा स्पोर्टस अवार्ड विशुद्ध खेलाडीहरुमा समर्पित हुने भएकाले उक्त कार्यमा सहभागी हुनु आफैमा गर्वको कुरा रहेको केसीको भनाइ रहेको थियो ।

पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमा समेत साथ र सहयोग गर्दै आइरहदा १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसी प्रति आभार प्रकट गरे । हिमश्री फुड्स द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए ।

विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सेगीहरुमा तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21366, citypokhara.com

युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन

पोखरा ।

युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले पहिलो रक्तदाता युनाईटेड क्लबका कार्यसमिति सदस्य शान्ति सुवेदी र ब्राभो टे«निङ सेन्टरका प्रशिक्षार्थी सुन्दर राईलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा ५३ जनाले रक्तदान गरेका हुन ।

सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले रक्तदान जीवन दान गर्ने कार्य भएकाले स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गरे रगत अभावमा रहेका विरामीहरुलाई राहत पुग्ने बताए । खेर जाने रगतलाई रक्तदानको माध्यामबाट कसैको जीवन बचाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसर पारी रक्तदान, सामुदायिक विद्यार्थीका लागि अक्षयकोष स्थापना र वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएकोमा जस अन्तर्गत विहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागी ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थी, वी पोखराका सदस्यहरु र रक्तदानमा सहभागीहरुकै कारण १६ औं वार्षिकोत्सवमा आयोजना गरिएको रक्तदान कार्यक्रम भब्य रुपमा सफल भएको गुरुङको भनाइ रहेको थियो ।

युनाईटेड क्लबले वार्षिकोत्सवको अवसर पारी विगतका वर्षहरुमा जस्तै यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका वर्षहरुमा जस्तै ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थीले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ब्यक्त गरे । अगामी शनिवार पोखराको शिद्ध माविमा अक्षयकोष स्थापना गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष थापाले बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21363, citypokhara.com

पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने

पोखरा ।
पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ। पोखरामा आयोजना हुन लागेको यो रोटरीको तेस्रो सम्मेलन हो।

बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भुटानका करिब १५ सय रोटरियन सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर बनेकाले गृहनगरमै ऐतिहासिक सम्मेलन आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। उनले नेपाल, भुटान, अमेरिका, भारत र अष्ट्रेलियाबाट समेत रोटरियनहरू आउने जानकारी दिँदै यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार रोटरीले शिक्षा, खानेपानी, सरसफाइ, विपद् व्यवस्थापन, राहत वितरण लगायतका क्षेत्रमा निःशुल्क सामाजिक सेवा प्रदान गर्दै आएको छ।

रोटरी फाउन्डेसनमार्फत नेपालबाट करिब साढे ५ लाख डलर योगदान संकलन गरी त्यसको १० गुणासम्म सहयोग नेपालमै ल्याएर विभिन्न परियोजना सञ्चालन गरिँदै आएको उनले बताए।

सम्मेलन सफल बनाउन लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने २० वटा उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्। कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबै पक्ष सक्रिय रूपमा जुटेका छन्।

नयाँ वर्ष २०८३ को सुरुवातसँगै आयोजना हुन लागेको सम्मेलनमा विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। ती कार्यपत्रमाथि छलफल गरी रोटरी सेवाको दायरा अझ विस्तार गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसँगै सामाजिक तथा विभिन्न पेशा–व्यवसायमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई ‘भोकेशनल अवार्ड’ प्रदान गरिनेछ। प्रमुख अतिथिका रूपमा रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट प्रतिनिधि राजा गोविदासामी सहभागी हुनेछन्।

दोस्रो दिन विभिन्न कमिटीमार्फत सञ्चालन भएका कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुनेछ भने अन्तिम दिन ‘रोटा क्विज’ तथा आगामी रोटरी वर्ष २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नरको निर्वाचन गरिनेछ। तीनै दिन प्यानल डिस्कसनका कार्यक्रम पनि सञ्चालन हुनेछन्।

रोटरी ‘स्वार्थभन्दा माथि उठेर सेवा गर्ने’ मूल नाराका साथ सन् १९०५ मा अमेरिकाको शिकागोमा स्थापना भएको अन्तर्राष्ट्रिय गैरराजनीतिक सामाजिक संस्था हो। यसको स्थापना पाउल हेरिसले गरेका हुन्। हाल विश्वका करिब २०० देशमा १२ लाखभन्दा बढी सदस्य रहेको रोटरी नेपालमा सन् १९५७ देखि सक्रिय छ।

हाल रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १६१ क्लब र भुटानको एक क्लबसहित करिब ५,७०० सदस्य आबद्ध छन्। युवा नेतृत्व विकासका लागि १८० रोट्र्याक्ट र १५० इन्टर्याक्ट क्लब पनि क्रियाशील छन्। पोखरामा मात्रै ११ वटा रोटरी क्लब रहेका छन्।

यसअघि पोखरामा सन् २०१३/१४ र २०१९/२० मा पनि यस्तै डिष्ट्रिक्ट कन्फरेन्स आयोजना भएका थिए। यसपटकको सम्मेलनमा सहभागी हुन रोटरियनहरू पोखरा आउने क्रम जारी रहेको छ भने सम्मेलन स्थल आकर्षक रूपमा सजाइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21360, citypokhara.com

गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भुमी ब्यबस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै गण्डकी प्रदेशमा एघार जिल्लाका विभिन्न कृशकहरूलाइ पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन ।

बुधबार मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद पुनर्गठन गरे लगत्तै सपथ पस्चात मन्त्रालय पुगेर मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन।

सो अबशरमा मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही मुताबिकका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

गण्डकी प्रदेशको कृषि क्षेत्रलाइ थप सबलिकरण सहित जनताको आय आर्जनलाइ मजबुत बनाउनु छ।

कृषीमा थप ब्यबसायिकता र आधुनिकीकरण मार्फत जनजिबिकालाई मजबुत बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने भन्दै उनले  अव्यवस्थित  भुमिहिनहरूका  समस्या समाधान गर्न प्रदेश सरकार मजबुत र प्रभाबकारी योजना सहित अघि बढ्ने उल्लेख गरे।

सहकारी क्षेत्र थप  ब्यबस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको भन्दै कृषि ,भुमी र सहकारी क्षेत्र आम जनताको जनजिबिकाको मुख्य आधार बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गर्ने उल्लेख गरे।

पदस्थापना कार्यक्रम केवल औपचारिकता मात्रै होइन यसले कृषकहरूलाइ पुरस्कृत गर्ने  सुखद शुरुवात गरेको भन्दै बिगतका योजना र नीतिलाई थप सबलिकरण सहित कार्यान्वयनको निरन्तरता रहने उल्लेख गरे।

मन्त्रालयका निमित्त सचिब बालकृष्ण अधिकारी सहितका कर्मचारीहरूले मन्त्री कार्किलाइ स्वागत गरेका थिए।

पदस्थापन  अघि मन्त्री कार्की सहित एमालेको तर्फ नियुक्त मन्त्रीहरूले  पोखरा ७ स्थित पुष्पलाल पार्क र झपिन्द्र  पार्कमा  पुष्पलाल र सहिदको शालिकमा  माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21357, citypokhara.com

सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन

पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। केही दिनदेखि चलिरहेको मन्त्री फेरबदलको चर्चाबीच मुख्यमन्त्री पाण्डेले एकैपटक ८ जना मन्त्री परिवर्तन गरेका हुन्।

कांग्रेस र एमालेबीच भएको भागबण्डा अनुसार दुवै दलले ४/४ वटा मन्त्रालय पाएका छन्। पुनर्गठनसँगै अघिल्ला सबै मन्त्रीलाई हटाएर नयाँ अनुहारलाई जिम्मेवारी दिइएको छ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् भने यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री नियुक्त भएकी छन्।

त्यसैगरी, लक्ष्मण पाण्डेले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालेका छन् भने भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन्।

नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री बनेका छन्। नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् भने नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेका छन्।

रेखा गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए।

यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए। ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री पाण्डे आफैंले सम्हाल्दै आएका थिए।

नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। डिल्लीराज भट्ट ले मुख्यमन्त्रीको सिफारिसमा शपथ गराएका हुन्। गण्डकी प्रदेश मन्त्रिपरिषद् अहिले ९ सदस्यीय रहेको छ।

संघीय स्तरको सत्ता समीकरणअनुसार गण्डकीमा पनि कांग्रेस र एमालेबीच सहकार्य कायम छ। यस पुनर्गठनसँगै दुवै दलले पुराना मन्त्री हटाएर नयाँ टिममार्फत सरकार सञ्चालनलाई निरन्तरता दिने रणनीति लिएको देखिन्छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21353, citypokhara.com

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि दुईतर्फी रूपमा सेवा सुरु गरिएको हो।

धनराज आचार्यले मंगलबार विमानस्थल परिसरमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरे। हाललाई यो सेवा असार मसान्तसम्म परीक्षणका रूपमा निःशुल्क सञ्चालन गरिने जनाइएको छ।

महानगरपालिकाले महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंक सँगको सहकार्यमा सेवा सुरु गरेको हो। हवाई यात्रुलाई भरपर्दो, सहज र व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको नगर प्रमुख आचार्यले बताए।

उनका अनुसार पहिलो चरणमा परीक्षणका रूपमा सञ्चालन गरिएको सेवाको प्रभावकारिता मूल्याङ्कन गरी आगामी दिनमा थप परिष्कृत ढंगले निरन्तरता दिइनेछ। साथै, भविष्यमा यो सेवा पोखराका अन्य प्रमुख गन्तव्यसम्म विस्तार गर्ने योजना पनि रहेको उनले उल्लेख गरे।

विद्युतीय बस चार्ज गर्नका लागि पर्यटक बसपार्कस्थित चार्जिङ स्टेसनमा आवश्यक व्यवस्था गरिएको छ। विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार बसको समय तालिका समायोजन गरिने जनाइएको छ।

कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दिवसमान प्रधानांग, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना तथा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की लगायतको उपस्थिति रहेको थियो।

साथै विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदी, वडाध्यक्षहरू, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21349, citypokhara.com

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

काठमाडौं। नेपाली कांग्रेस ले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ मंगलबारदेखि सुरु गरेको छ। पार्टीका सभापति गगनकुमार थापा ले काठमाडौँ महानगरपालिका–३० मा आफ्नै सदस्यता नवीकरण गर्दै अभियानको शुभारम्भ गरेका हुन्।

अभियान सुरु गर्दै उनले सहयोग गर्न सक्ने सबैलाई सहयोग गर्न र नसक्नेले अवरोध नगर्न आग्रह गरे। विदेशमा रहेका, अशक्त वा आफ्नो स्थानमा पुग्न नसक्ने सदस्यका लागि विशेष व्यवस्था गरिने उनले बताए।

सभापति थापाले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइएको जानकारी दिँदै सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले जिम्मेवार नेताहरूलाई नबुझेका विषयमा पार्टी कार्यालयमा आएर बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक टिप्पणी नगर्न पनि चेतावनी दिए।
‘जरा अभियान’ मार्फत पार्टीले संगठन सुदृढीकरण, अनुशासन कायम र सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य लिएको छ। यो अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत क्रियाशील सदस्यता वडामै गएर नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गरिनेछ। नयाँ सदस्यता वितरणलाई सहज बनाइनेछ। सदस्यहरूको वैयक्तिक विवरण संकलन गरिनेछ।

सदस्यता अद्यावधिकका लागि फारम भर्ने, फोटो खिच्ने र ओटिपी (OTP) नम्बर अनिवार्य गरिएको छ। विगतमा अरूले सदस्यता नवीकरण गरिदिने प्रवृत्ति अन्त्य गर्दै सदस्यलाई स्वयं जिम्मेवार बनाउने उद्देश्य पार्टीले लिएको जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21346, citypokhara.com

नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे ।

नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ ।  २०८३ भदौ २६ गते चलचित्र पेन्सन पट्टा रिलिज गर्ने मिति तय भएको र चलचित्र पत्रकार संघ कास्कीबाट प्रचारप्रसारमा अपेक्षा रहेको उनले बताए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै उनले संघले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढ्वा दिने खालको कार्यक्रम गर्न सुझाएका छन् ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष माधव बरालले आफु पनि चपस कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधि बढ्दै गएको उल्लेख गरे ।

पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवद्र्धनमा सिनेमा सँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए । उनले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यसअघिका कार्यसमितिले गरेका कामहरुको निरन्तरता सँगै थप नयाँ कार्यक्रम समेत संघले गर्दै जाने भनाई उनको छ ।

कास्की लगायत खासगरि समग्र गण्डकी प्रदेश नै चलचित्र छायाँकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा समेत कलम चलाउन पत्रकारलाई उनको आग्रह छ ।

समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा पत्रकार, कलाकार, रंगकर्मी, गीतकार, कवि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले राखेका थिए भने संचालन सचिव सुरेश सुनारले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21339, citypokhara.com