Breaking News
टाइगर कपः विभागीय डर्बी प्रतिष्पर्धामा आर्मीको रोमाञ्चक जित

पोखरा  ।
त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो ।

आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ ।

यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।

च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ ।

पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20745, citypokhara.com

निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

काठमाडौँ, १५ ।
‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको बताउनु भएको छ । काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै आगामी दिनमा थप सुधारोन्मुख भई आफ्नो जिम्मेवारी पूरा गर्ने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूले दिएका सुझावहरुलाई पालना गरी काउन्सिललाई सुधारोन्मूख गर्दै अगाडी लैजाने बताउनुभयोे ।

निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, निर्वाचन आयोग, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिलका बोर्ड सदस्यहरु, सदस्यहरु तथा अधिकारीहरु सहित विभिन्न अनलाइन मिडियाका सम्पादकहरुको सहभागिता रहेको थियो ।
यसैक्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचनको समय रहेको वर्तमान अवस्थामा पत्रकारले पत्रकार र निर्वाचन आचारसंहितामैत्री भई सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले समाचार सम्प्रेषण गर्दा पत्रकार र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाचार सम्प्रेषण गर्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारको कर्तव्य भएको उल्लेख गर्दै पत्रकारले सन्तुलित एवम् सत्यतथ्य सूचना प्रवाह गरी निर्वाचलाई सफल बनाउँन भूमिका खेल्नुपर्ने बताउँनुयो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य सचिव छवीन्द्र पराजुलीले सञ्चार माध्यम सूचना प्रवाहको संवाहक भएको बताउँदै सही र सत्य समाचार सम्प्रेषण गरी पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा सञ्चार माध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरीबारे जानकारी गराउँदै गराउनु भयो । यस्तै उहाँले अनलाइन सञ्चार माध्यमहरुको स्वअनुगमन गर्दा पछिल्लो समय चरित्रहत्या, भ्रामक, घृणात्मक अभिव्यक्ति तथा एकपक्षीय समाचारलगायतका समाचारीय सामग्रीहरु सम्प्रेषण गर्ने प्रवृति बढिरहेको र सोही विषयमा सबैभन्दा बढी उजुरीहरु आइरहेको कार्यक्रममा जानकारी गराउनु भएको छ । वरिष्ठ प्रशासकीय अधिकृत खनालले काउन्सिलले मिडियालाई मात्र नभई मिडियाको सामाजिक संजालको पनि नियमन, अनुगमन भइरहेको र कतिपय अवस्थमा सामाजिक सञ्जालमा एकदमै भाइरल भएका सामग्रीहरु पनि अनुगमन भइहरेको जानकारी गराउनभयो ।


कार्यक्रममा जसनेपाल डटकमका सम्पादक अरुण बरालले पछिल्लो समय पत्रकारहरुले व्यक्तिगत सोसल मिडियाको अकाउन्टबाट आचारसंहिता विपरितका सामग्रीहरु राख्ने गरेको हुँदा पत्रकारहरुको सामाजिक सञ्जाललाई पनि नियमन र अनुगमन गर्नुपर्ने बताउनु भएको छ ।
लोकान्तर डटकमका सम्पादक बिमल गौतमले निर्वाचन आचारसंहिता र प्रेस काउन्सिलले खेल्नुपर्ने भूमिका लगभग मिल्ने बताउँदै काउन्सिलले सिंगो मिडिया क्षेत्रको विश्वसनियताको लागि काम गर्नूपर्ने भन्दै काउन्सिलले पत्रकारहरुको लाइसेन्स सिस्टमको प्रारम्भ गर्नुपर्ने, अनलाइन सञ्चार माध्यमको वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै पत्रकार महासंघको सचिव प्रकाश धौलकोटीले काठमाडौं भन्दा पनि काठमाडौं बाहिरका पत्रकारहरुले प्रायः आचारसंहिता पालना नगरेको यसमा पनि सामाजिक सञ्जालहरु हेरिनसक्नु अवस्थामा रहेका बताउँदै यसतर्फ काउन्सिलको ध्यानाकर्षण गराउनु भएको छ । गोरखापत्र अनलाइनका लक्की चौधरीले पछिल्लो समय अनलाइन मिडियाहरुले अत्याधिक मात्रामा पोष्ट डिलिट गर्ने गरेको प्रवृति बढिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।


उक्त कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमन र उजुरी प्रकृयाबारे जानकारी दिदै आचारसंहिताका विषय र पछिल्ला प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो । काउन्सिलले मंगलबारमात्रै छापा माध्यमका सम्पादकहरूसँग पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिकामा केन्द्रित रहेर छलफल गरेकोमा सम्बन्धित अन्य सरोकारवालसँग पनि यसै सन्दर्भमा छलफल गर्दै जाने जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/29/11460/, www.presscouncilnepal.gov.np

पाेखरामा अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने

पोखरा ।
पाेखरामा आईतबारदेखि अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने भएकाे छ ।

पाेखराकाे शैक्षिक सान प्रतिभा माध्यमिक विद्यालयको आयोजना, पोखरा महानगरपालिका जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग र समन्वयमा ‘प्रतिभा सुपर लिग’ (PSL) हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे हाे ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियाेगिता यहि २५ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा कास्की जिल्लाअन्तर्गतका १२ वटा विद्यालयका टिमहरू सहभागी हुनेछन्।

लिग कम नकआउट प्रणालीमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को नियमअनुसार सञ्चालन हुनेछ । प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुदमार्फत भातृत्व, अनुशासन, नेतृत्व क्षमता, सहकार्य तथा खेल भावना विकास गर्नु रहेको विद्यालयका प्रधानाध्यापक किरण सापकाेटा बताए  ।

यस पटक छात्रहरुबिच मात्र प्रतियाेगिता हुने आगामी दिनमा छात्राहरुकाे विचमा पनि प्रतियाेगिता सञ्चालन गर्ने विद्यालयकाे प्रतिवद्वता छ ।

पाेखरामा अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने

प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन्। साथै बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज तथा म्यान अफ द म्याच जस्ता व्यक्तिगत विधामा पनि ट्रफीसहित सम्मान गरिनेछ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले कास्की जिल्लाअन्तर्गतको यू–१९ क्रिकेट टिममा छनोट हुने अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताले स्थानीय क्रिकेटको स्तर उकास्न र नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पाैडेलले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयाेजककाे अनुमान छ।

प्रतियोगितामा सहभागी हुने विद्यालयहरूमा कुमुदिनी होम्स माध्यमिक विद्यालय, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्यासदन, छोरेपाटन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, टप्स माध्यमिक विद्यालय, डायमन्ड माध्यमिक विद्यालय, नेपाल–भारत मैत्री विद्यालय, प्रतिभा माध्यमिक विद्यालय, बाराही माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय र मदरल्यान्ड माध्यमिक विद्यालय रहेका छन् । प्रतियाेगिताकाे टाइसिट विहिबार नै सार्वजनिक गरिसकिएकाे छ ।

प्रतियोगिताको उद्घाटन माघ १८ गते बिहान ८ बजे र समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २५ गते दिउँसो १ बजे पोखरा रङ्गशालामा हुने छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20741, citypokhara.com

प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान

पोखरा ।
प्रेस चौतारी नेपाल कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामजीप्रसाद लम्साललाई प्रदान गरिने भएको छ । साथै पत्रकारिता क्षेत्रमै क्रियाशील विष्णुप्रसाद सापकोटालाई चौतारीले सम्मान गर्ने भएको छ ।

लम्साललाई पुरस्कृत र सापकोटालाई सम्मान गर्ने गरी प्रतिभा छनोट समितिले गरेको सिफारिस प्रेस चौतारी नेपाल कास्कीको बिहीबार बसेको बैठकले पारित गरेको हो ।

पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य रहेको समितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।

आगामी माघ २२ गते संस्थाको २८ औं स्थापना दिवसका अवसरमा दुवैलाई पुरस्कार र सम्मान अर्पण गरिने प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीले बताए ।

पुरस्कारको राशि २२ हजार २ सय २२ रुपैयाँ छ ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।

सम्मानित हुन लागेका सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् ।

२०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा सक्रिय उनलाई सांगठनिक सक्रियता र योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको हो ।

उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।

प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20738, citypokhara.com

टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा  ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो ।
पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।
अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20735, citypokhara.com

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण

 पाेखरा । पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण गरिएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत भएका हुन।

गण्डकी विश्व बिद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले उनीहरुलाई सम्म्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उनले पुरस्कार राषि र आर्थिक दृष्टिले थोरै भए पनि पुरस्कारको गरिमा र यसले सामाजिक रुपमा पार्ने प्रभाव धेरै महत्वपूर्ण हुने उनले जनाए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कार दाता सुवर्ण कोइराला, पुरस्कृत बस्नेत र तिमिल्सिना, महासंघ कास्कीका सचिव भूपाल गुरुङ, पे्रस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कारको बारेमा चर्चा गरे ।

नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । हुनु भएको बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ ।

बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।

अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् ।

तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20727, citypokhara.com

टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

‌पोखरा  ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।
थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ ।
अब पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20724, citypokhara.com

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

काठमाडौँ, १४ ।

प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो ।

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदाहरणसहित पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता र मिडियाको भूमिका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले तथ्यगत पुस्ट्याँइबेगरका सामग्री सम्प्रेषण गर्न नहुने धारणा राख्दै निर्वाचनका समयमा सबै दल र उम्मेदवारलाई समान किसिमबाट कसरी समेट्न सकिन्छ भन्नेमा ध्यान दिनुपछ भन्नुभयो । उहाँले सम्पादकहरूसमक्ष पूर्वाग्रही नभइ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा सञ्चार माध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरीबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कुलबहादुर जिसीले निर्वाचन आचारसंहितामा सञ्चार माध्यम, सञ्चारकर्मी तथा पत्रकारले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था, निर्वाचनका समयमा आकर्षित हुने अन्य कानुनलगायतका विषयमा ध्यान दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा गोरखापत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेत, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, ताजाखबर साप्ताहिकका ईश्वरी वाग्ले, मध्यान्ह दैनिकका जनक नेपाल, आदर्श समाज दैनिकका कृष्ण प्रसाद बास्तोला, विजयपुर साप्ताहिकको सम्पादक गंगा पौडेल बराल, अग्निचक्र मासिकका सम्पादक लक्ष्मीनारायण भट्टराई, तामाकोशी साप्ताहिकका सम्पादक रामचन्द्र बस्नेत, द पब्लिकका सम्पादक बिणा सिन्हा, देश विकास साप्ताहिकका सम्पादक रामकृष्ण पौडेल, नविन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, पूर्ण मासिकका सम्पादक सम्झना बन, तामाङ डाजाङ मासिकका अर्जुनबहादुर तामाङले सञ्चार माध्यम जिम्मेवार हुँदाहुँदै पनि सबैलाई छापा माध्ययममा समान ठाउँ दिन नसकिएको, घृणास्पद अभिव्यक्ति रोक्न निर्वाचन आयोगले तत्काल अनुगमन गरेर सचेत गराउनुपर्ने, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनमा सम्पादकहरू नै जिम्मेवार बन्नुपर्ने र गल्ती भए तत्काल सच्याउनुपर्ने, काउन्सिल र आयोगले समाचार विश्लेषण र रिर्पोटिङलाई छुट्याएर÷बुझेर अनुगमन गर्नुपर्ने, मतदातालाई भ्रममा नपार्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने, निर्वाचन आयोगले पत्रकारसँग दोहोरो सम्बन्ध बढाउन निर्वाचनसम्बन्धी विज्ञापन समान रूपमा वितरण गर्नुपर्ने विषयमा आ–आफ्नो धारणाा राख्नुभएको थियो ।

काउन्सिलका सदस्य एवं छापामाध्यमका फोकल पर्सन पदमराज जोशीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमनका सन्दर्भमा उठेका जिज्ञासाको सम्बोधन गर्दै आचारसंहिताका विषय र पछिल्ला प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो ।

काउन्सिलका सदस्यहरू कुमारी निमा काफ्ले, नकुल अर्याल, बालकृष्ण अधिकारी, शन्तराम बिडारी, काउन्सिलका सदस्य सचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसालको उपस्थिति रहेको उक्त कार्यक्रममा जनजिब्रो साप्ताहिक, गौरी मासिक, आर्थिक संसार, तरुण साप्ताहिकका तर्फबाट केदारनाथ गौतम, अर्जुन लामिछाने, शिव बस्नेत, कालिका महतले प्रतिनिधित्व गर्नुभएको थियो ।

केही दिनअघि रेडियो/टिभीका सम्पादकहरूसँग पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिकामा केन्द्रित रहेर छलफल गरेको काउन्सिलले अन्य विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग पनि यसै सन्दर्भमा छलफल गर्दै जाने जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/01/28/11449/, www.presscouncilnepal.gov.np

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् ।

यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ ।
यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो ।

भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउ“दै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउदै आएको छ ।

संस्कृत युवा मञ्चद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता मंगलबार बिन्ध्यवासिनी मन्दिरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्कृत भाषा, साहित्य तथा संस्कृत शिक्षाको महत्वबारे विद्यार्थीहरूलाई सचेत र अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


कार्यक्रम संस्कृत युवा मञ्च नेपालका अध्यक्ष महेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका संयोजक केशब गौतम रहनुभएको थियो भने गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।


कार्यक्रममा उपाध्यक्ष भवानी शंकर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै संस्कृत शिक्षाले नैतिकता, अनुशासन र जीवनमूल्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो।


वक्तृत्वकला प्रतियोगिताको मूल्यांकनका लागि गठित निर्णायक मण्डलमा संयोजक प्रा.डा. जगन्नाथ रेग्मी, सह–प्राध्यापक डा. भोलानारायण रेग्मी तथा उप–प्राध्यापक डा. श्रीधर न्यौपाने रहनुभएको थियो। निर्णायक मण्डलले विषयवस्तु, भाषिक शुद्धता, प्रस्तुतीकरण शैली तथा आत्मविश्वासका आधारमा मूल्यांकन गरिएको जानकारी दिएको छ।


प्रमुख अतिथि प्रा.डा. इन्द्रप्रसाद तिवारीले वर्तमान समाजमा देखिएको नैतिक विचलन सुधार गर्न संस्कृत शिक्षा प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले संस्कृत केवल भाषा मात्र नभई जीवनपद्धति भएको बताउँदै विद्यालय तहदेखि नै यसको प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। निर्णायक मण्डलको निर्णयअनुसार बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा–१६ की छात्रा प्रजिना छन्त्याल प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यस्तै, सिर्जना माध्यमिक विद्यालय पोखरा–८ की साल्मीका आचार्य द्वितीय तथा अमरसिंह माध्यमिक विद्यालय पोखरा–१२ की नितु भट्टराई तृतीय स्थानमा विजयी भएका छन्।


विजयी तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको समापन सत्रमा वक्ताहरूले यस्ता शैक्षिक तथा सांस्कृतिक गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र भाषिक दक्षता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।