पोखरा ।
२५औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ २७ गतेदेखि सुरु हुने भएकाे छ ।
सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ । प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिनेछ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने मूल नारासहित प्रतियोगिता आयोजना हुँदैछ।
२५औं संस्करणलाई विशेष बनाउने उद्देश्यले अस्थायी फ्लडलाइट जडान गरिनेछ। खेलहरू सन्ध्याकालिन समयमा सञ्चालन हुनेछन्। यसले प्रतियोगितामा थप रौनक ल्याउने अपेक्षा गरिएको छ। साथै पोखरा पर्यटन वर्ष २०२५/२६ को प्रवर्द्धनमा सहयोग पुग्ने आयाेजककाे विश्वास छ ।
यस संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको छ।
विजेताले रु. १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले रु. ७ लाख १ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा नेपालका चर्चित क्लबहरूको सहभागिता रहनेछ। भारत, हङकङ र उज्वेकिस्तानका टिमहरू पनि सहभागी हुनेछन्।
नेपालतर्फ सहभागी टिमहरूमा नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र सहारा क्लब पोखरा रहेका छन्। अन्तर्राष्ट्रिय टिमतर्फ भारतबाट एक टिम सहभागी हुनेछ।
सिक्किम (भारत) बाट थन्डरबोल्ट नर्थ युनाइटेड आउनेछ। हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछ। उज्वेकिस्तानको आभा फुटबल क्लब पनि प्रतियोगितामा रहनेछ।
हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको छ। प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षणमा आयोजना हुँदैछ।
प्रतियाेगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी र एन्फा कास्कीको सहयोग रहनेछ।
आयोजकका अनुसार २५औं आहा रारा पोखरा गोल्ड कपले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20776, citypokhara.com
पोखरा ।
गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हाे ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो ।
उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20772, citypokhara.com
स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।
पोखरा महानगरपालिकाको प्रवद्र्दनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ? ’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो । त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । जहाँ उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने । कार्यक्रममा ईतुले अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, सितल थापाले तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, कौशल्या गुरुङले तारादेवीको ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, रजनी ऋदम राईले अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, लक्ष्मी गिरीले अरुणा लामाको ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, मितु पालले अरुणा लामाको ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी दियाली रसाइलीले तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाएका थिए ।
कार्यक्रममा आधुनिक र शास्त्री संगीतमा छुट्टै पहिचान बनाएकी चर्चित गायीका कुन्ती मोक्तानले विशेष सांगीतिक प्रस्तुती दिएकी थिईन् । सुर शक्ति नारी समूहकी सचिवसमेत रहेकी उनले तारादेवी र अरुणा लामालाई समर्पित गर्दै अरुणा लामाको ‘म आँखैमा राख्न’र आफ्ना दुई गीतहरु ‘भन्छन् कोहि’ र ‘माथि माथि सैलुङ्गेमा’ गीतहरु गुञ्जाईन् । जसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।
कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकार द्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सुनाएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तारादेवी–अरुणा लामा स्मृति साँझ पोखराको अर्को एउटा प्रोडक्ट बनेको बताए । उनले भने,‘पोखराका सबै क्षेत्रका अगुवाहरुको जमघट गर्ने एउटा थलेको बनेको छ यो । जसले गीत, संगीतसँगै पर्यटनमासमेत छुट्टै आयाम थपेको छ ।’
समापन कार्यक्रममा बोल्दै एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस भए पनि यी दुवै सर्वप्रिय गायीकाको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको जानकारी दिईन् । उनले गीत, संगीतको माध्यमबाट देशको शीर उचो बनाउने कलाकारहरुलाई समर्पित गर्न आयोजित यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्दता जनाईन् ।
कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण भएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20769, citypokhara.com
पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ ।
अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् ।
यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20765, citypokhara.com
जोमसोम, मुस्ताङ । मुस्ताङ जिल्लाको जोमसोमस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र दिगो पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्थानीय संस्कृति जगेर्नाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मुस्ताङको हिमाली क्षेत्र प्रकृति, संस्कृति र पर्यटन एक–अर्कासँग समाहित रहेको र यसले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको इलाका कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो।
इलाका कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ता
उहाँका अनुसार मुस्ताङमा दिगो पर्यटन प्रवर्द्धनका लागि एक्यापले पदमार्ग, पदयात्रा तथा ट्रेकिङ मार्गको व्यवस्थापन गर्दै आएको छ। जोमसोम विमानस्थलको प्रवेशद्वार क्षेत्रभित्र दायाँ–बायाँ प्रयोगमा नआएको जग्गामा करिब तीन लाख रुपैयाँको लागतमा व्यवस्थित पूर्वाधारसहितको प्रतीक्षालय निर्माण भएको गुप्ताले जानकारी दिनुभयो। जहाज ढिलाइ हुँदा यात्रुहरू बस्न मिल्ने गरि व्यवस्था गरिएको छ भने प्रतीक्षालय वरपर मौसमअनुसारका विभिन्न फूल तथा बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो।
जोमसोम विमानस्थलदेखि बजार क्षेत्र वरिपरि सडक बत्ती जडान
यहाँ आउने अधिकांश पर्यटकहरू पदयात्रा, सांस्कृतिक अवलोकन, धार्मिक स्थल भ्रमण तथा स्थानीय बजार अवलोकन गर्ने भएकाले जोमसोम विमानस्थलदेखि बजार क्षेत्र वरिपरि सडक बत्ती जडान गरी बजार क्षेत्रलाई झलमल्ल बनाइएको गुप्ताले जानकारी दिनुभयो। उक्त सडक बत्ती जडानका लागि इलाका कार्यालयबाट सात लाख रुपैयाँ, पालिकाबाट पाँच लाख रुपैयाँ तथा स्थानीय समुदायको सहयोगमा काम सम्पन्न गरिएको र यस क्षेत्रको परम्परागत संस्कृति र सम्पदा संरक्षणमा इलाका कार्यालयले महत्वपूर्ण योगदान पुर्याएको साथै स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार, महिला, युवा तथा किसान लक्षित विशेष कार्यक्रमहरू सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो।
स्याउ खेतीलाई संरक्षण गर्न संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत स्याउ खेती फार्ममा तारजाली जडान
यसै क्रममा टुकुचे गाउँका करिब ३२–३३ घरधुरीको जग्गामा रहेको सामूहिक स्याउ खेतीलाई संरक्षण गर्न संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत स्याउ खेती फार्ममा तारजाली जडान गरिएको छ। वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि जडान गरिएको उक्त तारजालीले स्याउ खेतीसँगै गाजर, आलु र रायोको सागजस्ता तरकारी बालीलाई समेत नाहुरलगायत अन्य वन्यजन्तुको जोखिमबाट जोगाउन सहयोग पुगेको आयोजना प्रमुख राजेशप्रसाद गुप्ताले बताउदै यसबाट किसानहरूलाई ठुलो राहत पुग्ने विश्वास प्रमुख गुप्ताले व्यक्त गर्नुभयो।
त्यसैगरि, यस क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएकाले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन योजनाअन्तर्गत अघि बढाइएको एक्याप जोमसोमका प्रकृति स्रोत संरक्षण सहायक दीपक ओलीले बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा करिब १० टन र चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब पाँच टन फोहोरमैला व्यवस्थापन गरिएको छ। उत्पादन हुने फोहोरलाई वर्गीकरण गरी राख्ने व्यवस्था गरिएको र सिसा, प्लास्टिक तथा क्यान–टिन छुट्याएर पोखरास्थित ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीमा पठाउने गरिएको छ। बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकासँगको समन्वयमा फोहोर संकलन गरी बेलिङ मेसिनमार्फत थिच्ने व्यवस्था छ। यसरी प्रेस गर्दा फोहोरको आयतन घट्ने भएकाले पहिले तीन पटक पठाउनुपर्ने फोहोर अहिले एक पटकमै पठाउन सकिने अवस्था बनेको ओलीले जानकारी दिनुभयो।
टुकुचेदेखि मार्फासम्म मुक्तिनाथ क्षेत्रभित्रका प्रत्येक पालिकाले फोहोर संकलन गरी कलेक्सन सेन्टरमा ल्याएर बेलिङ गर्ने व्यवस्था मिलाइएको छ। फोहोर व्यवस्थापनमा आमा समूह, स्थानीय बासिन्दा तथा युवा क्लबको सक्रिय सहभागिता रहेको ओलीले बताउनुभयो। पहिले पर्यटकको संख्या कम हुँदा फोहोर जलाउने गरिएको भए पनि अहिले वातावरण र मानव स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले फोहोरलाई व्यवस्थित रूपमा संकलन गरी सुरक्षित तरिकाले रिसाइकल गर्ने गरिएको उहाँको भनाइ छ।
वैकल्पिक पदमार्ग क्षेत्रमा नदी कटान रोक्न ग्याबिन तारजालीको प्रयोग
यसैबीच, मुस्ताङको वैकल्पिक पदमार्ग क्षेत्रमा नदी कटान रोक्न ७२ वटा ग्याबिन तारजाली प्रयोग गरिएको छ। अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत जोमसोम क्षेत्रका विभिन्न स्थानमा नदीले बहाव परिवर्तन गरी पदमार्ग कटान गरेको ठाउँमा ग्याबिन तारजाली जडान गरिएको र स्थानिय बासिन्दा पर्यटकको सुरक्षालाई साथै पदमार्ग तथा वातावरणको संरक्षणका यस्ता गतिविधिहरूमा एक्याप सधैँ अग्रसर रहेको पनि ओलीले जानकारी दिनुभयो।
स्थानीय बासी चन्द्रबहादुर मगर
यद्यपि, पदमार्गका विभिन्न स्थानमा बाटो साँघुरो हुनु तथा समयमै मर्मत र सुधार नहुँदा पटक–पटक दुर्घटना हुने गरेको र केही स्थानमा पर्यटक तथा स्थानीय बासिन्दाले ज्यानसमेत गुमाउनुपरेको स्थानीय बासी चन्द्रबहादुर मगरले गुनासो गर्नुभएको छ। उहाँले एक्याप, स्थानीय पालिका तथा संरक्षण मूल समिति र उपसमितिहरूले पदमार्गको समयमै व्यवस्थापन र सुधारमा थप चासो र सहयोग गर्न आग्रह गर्नुभएको छ।
पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो ।
तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ती जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिष्पर्धा हुने जानकारी गराएको हो ।
‘फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
अब छैटौं टाइगर कपको उपाधिका लागि शनिबार गण्डकी र पुलिस प्रतिष्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
उक्त खेल उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20758, citypokhara.com
पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त ग¥यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो ।
गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो ।
गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ ।
उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20755, citypokhara.com
पोखरा । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए ।
‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’
उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।
उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए ।
बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20752, citypokhara.com
पोखरा ।
न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो ।
न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।
फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् ।
सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।
अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल सुरु हुनेछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=20749, citypokhara.com
जोमसोम, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा आयोजित वार्षिक स्वीकृत कार्यक्रम तथा अर्धवार्षिक प्रगति अनुगमन–समीक्षा गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीको अध्यक्षता इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मुस्ताङ जिल्लाकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा रहनुभएको थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै प्रमुख गुप्ताले पछिल्लो ६ महिनामा संरक्षण क्षेत्रमा गरिएका कार्य, उपलब्धि तथा समग्र प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार इलाका कार्यालयले प्राथमिकताका आधारमा वन तथा वातावरण सरसफाइ, पदमार्ग मर्मत, पर्यटकलाई नियम पालना गराउने उद्देश्यले सूचना तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
त्यसैगरी स्थानीय आमा समूह तथा स्थानीय बासिन्दासँगको सहकार्यमा परम्परागत संस्कृति र सम्पदाको संरक्षण, फोहरमैला व्यवस्थापन लगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो। विद्यालयलाई पुस्तक तथा लेखन सामग्री वितरण गर्नुका साथै आमा समूहलाई फर्निचर सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।
संरक्षण क्षेत्रभित्र देखिने अवैध गतिविधि तथा वन्यजन्तुलाई पासो थाप्ने जस्ता कार्य नियन्त्रण गर्न नियमित वन गस्ती सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो। किसानले लगाएको बाली तथा स्याउ खेतीमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि तारजाली लगाउने कार्यसमेत गरिएको उहाँको भनाइ थियो।
चालु आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म जोमसोम क्षेत्रमा भित्रिएका पर्यटकको संख्या ६२ हजार १३१ पुगेको छ। जसमध्ये सार्क मुलुकबाट आएका पर्यटकको संख्या ४७ हजार ७८३ र अन्य मुलुकबाट आएका पर्यटकको संख्या १४ हजार ३४८ रहेको छ। यस अवधिमा कुल २७.६७ प्रतिशत लक्ष्य हासिल भएको प्रमुख गुप्ताले दाबी गर्नुभयो। यद्यपि केही चुनौती तथा समस्यासमेत झेल्नुपरेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले इलाका संरक्षण कार्यालयले सराहनीय कार्य गर्दै आएको बताएका थिए।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अजिता शर्माले कुनै पनि काम गर्दा कानुनी दायराभित्र रहेर गर्नुपर्ने र प्रश्न उठ्ने अवस्था नआउने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मानव बस्तीमा हिउँचितुवा प्रवेश गर्न नदिन, किसानले पालेका पशु तथा बाली जोगाउन तथा हिउँचितुवासँग सम्बन्धित समस्या साझा भएकाले समयमै समाधानतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो।
उहाँले लक्ष्य हासिल हुने गरी काम गर्न सुझाव दिँदै आगामी दिनमा सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।