Breaking News
टाइगर कपः पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो ।

पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो ।

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20683, citypokhara.com

पोखरा महोत्सवः विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पोखरा ।

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्तासम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत जुधाएर आयोजना गरिने भएको भएतापनि पोखरा महोत्सवले दर्शकहरुको साथ पाइरहेको उनको भनाइ रहेको थियो ।

महोत्सवमा त्यसमा पनि १३ दिन सम्म लामो समय सम्म हरेक रात ख्यातिप्राप्त ब्याण्डहरुको प्रस्तुती प्रस्तुती हुने भएकाले पनि युवा पुस्ता माझ पोखरा महोत्सवको छुट्टै छाप रहेको महोत्सव आयोजक युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्नु र लाइभ ब्याण्डका कलाकार ल्याउन खर्चिलो हुने भएतापनि आयोजकले खर्चको प्रवाह नगरी महोत्सवलाई थप आकर्षण बनाउनतर्फनै आफुहरु लागि परेको उनको भनाई थियो ।

महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण पोखरेलीको माया र साथ महोत्सवले पाइरहेको युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा युनाईटेड क्लबले काम गर्दै आइरहेको उनले बताए ।

यसैविच १४ औं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्ड स्कुलले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा सूर्योदय बोर्र्र्डिङ स्कुल द्वितिय र शोसल पब्लिक स्कुत तृीतय स्थान हाँसिल गरेका छन । प्रतियोगितामा अन्जुली बोर्डिङ स्कुल, अमरसिंह मावि र विभूति शिक्षा सदनले शान्तवना स्थान हाँसिल गरे ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्ने तीन समुहले क्रमश नगद ५०, ३५, २५ र १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमा उपाध्यक्ष गोरे गुरुङ, निवर्तमान सदस्य सचिव मन कुमार श्रेष्ठ, नृत्य निर्देशक द्वय माधव गुरुङ र राहुल थापाले निर्णायकको भूमिका निभाएका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सदस्य तथा प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सव समापनको संघारमा आइपुग्दा दर्शकहरुको भीड बढ्दै गइरहेको छ । महोत्सवमा दर्शकको उपस्थिती संगै स्टलहरुमा कारोबार समेत वढिरहेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको १२ औं दिन लोकदोहोरी तर्फ प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । साँझको लाइभ कन्सर्टमा भीटेनको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको अन्तिम दिन माघ ११ गते चोलेन्द्र पौडेल, मन्जु बिक, प्रकाश बराल, नेत्र खड्का, गंगा पौडेल, मुना राना मगर, नवराज अधिकारी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा पर्पलेको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको समापन समारोह अपराह्न ३ बजे पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्ने महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20670, citypokhara.com

दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता फागुन ७ देखि

पोखरा । दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा हुने फुटबल प्रतियाेगिताकाे टाइटल स्पाेन्सर एसियन कंक्रिटाे रहेकाे छ ।

खेलकुदमार्फत युवाहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्दै सामाजिक एकता र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। प्रतियोगिता पोखरा महानगरपालिका–२२ स्थित सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फागुन ६ गते बेलुका ५ बजेसम्म दर्ता गर्न सक्नेछन्। टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा अधिकतम ८ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १० जनाको टिम रहने व्यवस्था गरिएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ८०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिनेछ।

अखिल नेपाल फुटबल संघ (ANFA) को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलाडी तथा A र B डिभिजन खेलेका खेलाडीलाई सहभागिता निषेध गरिएको छ।

यस वर्ष प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन ७ गते निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिनेछ। परिवर्तन युवा क्लब र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा आयोजना हुने शिविरमा रक्तचाप, मधुमेह परीक्षण, हृदय परीक्षण तथा सामान्य स्वास्थ्य जाँच गरिनेछ। साथै वृद्ध, अशक्त र अपाङ्ग व्यक्तिहरूलाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी, समाजमा सकारात्मक योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गर्ने उद्देश्यले “Tribhuban Youth Award” प्रदान गर्ने तयारी पनि गरिएको क्लबले जनाएको छ।

परिवर्तन युवा क्लबले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, मिडिया, शुभेच्छुक तथा सरोकारवाला निकायलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20671, citypokhara.com

टाइगर कपः पुलिसको विजयी सुरुआत, आर्मीको दोस्रो हार

पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ ।
पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन् ।
 पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुने तालिका छ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।
माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20654, citypokhara.com

१४ औं पोखरा महोत्सव समापन नजिकिँदै गर्दा झनै भब्य

पाेखरा । पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव ११ दिनमा जारी रहेको छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा झनै भब्य बन्दै गइरहेको छ । महोत्सवमा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ ।

महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागीता संगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको थापाले बताए ।

महोत्सव सफल हुनुमा विषम परिस्थितीमा समेत प्रायोजक र दर्शकहरुको साथ नै भएको महोत्सवका प्रायोजक ब्यवस्थापक संयोजक सूर्य बहादुर बानियाँले बताए । जेन्जी आन्दोलन पछि ब्यवशायनै धराप परिरहेको अवस्थामा पनि व्यवशायी घरानाहरुले क्लवको सामाजिक उद्देश्य प्रति प्रेरित भइ १४ संस्करणको पोखरा महोत्सवमा प्रायोजन गरेकै कारण महोत्सव सफलता तर्फ उन्मुख रहेको बानियाँको भनाइ रहेको थियो ।

पोखरा महोत्सव भुकम्प, कोराना, आर्थिक मन्दी जस्ता विशम परिस्थितीमा समेत सञ्चालन भई आइरहदा १४ औं संस्करणको मुखमा जेन्जी आन्दोलनको प्रभाव झेल्नुपरेको उनको भनाइ थियो ।

महोत्सव समापन तर्फ अगाडी वढ्दै गर्दा महोत्सवमा आकर्षक कलाकारहको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । शुक्रबार मात्रै महोत्सवमा लोकदोहोरी कलाकार सम्झना लामिछाने र नविना सिलवाल खुईलीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यसैगरी साँझको लाइभ कन्सर्टमा सविन राई एण्ड द फेरोहको प्रस्तुतीमा युवाहरु झुमेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा शनिवार प्रकाश दुतराज र साँझको लाईभ कन्सर्टमा भी टेनको प्रस्तुती रहने समेत प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न प्रायोजकहरुको स्टलमा विशेष छुट सहित भाग्यशाली कुपनबाट समापनमा विशेष उपहार योजना सञ्चालन भइरहेको छ भने महोत्सव स्थलबाट २५ सयमा खाना र खाजा सहितको पोखरा मुक्तिनाथ मुक्तिनाथ पोखरा यात्राको ब्यवस्था आयोजकले मिलाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20645, citypokhara.com

‘खेल क्षेत्र राष्ट्र विकासको महत्वपूर्ण आधार’: प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गरे ।

‘खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।’ उनले भने – ‘आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ ।’

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उनको भनाई छ ।

सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउँदै उनले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताए । उनले भने – ‘एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।’

भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भएपनि यस्ता प्रतियोगिताका कारण खेलाडीहरुलाई फाइदा पुर्‍याएको उनको भनाई छ । जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताए ।

टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत् पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद पनि व्यक्त गरे ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20641, citypokhara.com

शुक्रबारदेखि शुरु हुने टाइगर कप भलिबलको रौनक पोखरामा: महिला–पुरुष दुवै तर्फ प्रतिस्पर्धा

पोखरा। टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ शुक्रबारदे १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

समाजसेवाको भावनासहित पोखराका विभिन्न पेशा–व्यवसायमा आबद्ध युवाहरूको पहलमा स्थापित टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो। नेपाल भलिबल सङ्घको स्वीकृति तथा गण्डकी प्रदेश भलिबल सङ्घको संयोजनमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टिम सहभागी हुनेछन्। महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्स थाइल्याण्ड सहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यू डायमण्ड स्पोर्ट्स क्लब सहभागी छन्। पुरुष तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ, पर्वत र माल्दिभ्स टिम सहभागी हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

विजेता महिला तथा पुरुष टिमलाई समान पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टिमले रु. ६ लाख ६६ हजार ६६६, द्वितीयले रु. ३ लाख ६६ हजार ६६६ र तृतीयले रु. २ लाख ६ हजार ६६६ प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु. १ करोड ८० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकको योजना छ। दर्शकका लागि अनलाइन टिकटिङको व्यवस्था गरिएको छ भने टिकट दर रु. ३०० तोकिएको छ। टिकट वितरण IME को सहकार्यमा हुने जनाइएको छ।

प्रतियोगिताका प्रमुख प्रायोजक एनसेल रहेका छन् भने सह–प्रायोजकमा वात्साल्य र धारा शुद्ध तोरी तेल रहेका छन्। सुरक्षाका लागि वडा प्रहरी कार्यालय रामबजारका प्रहरी तथा स्वयंसेवक परिचालन गरिनेछ। प्रतियोगिता स्थलमा डिजिटल बोर्ड, एलईडी स्क्रिन, लाइभ टेलिकास्ट तथा मिडिया व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता संयोजकमा राजकुमार गुरुङ र सह–संयोजकमा डोलराज पोखरेल रहेका छन्।
आयोजकले खेलप्रेमी दर्शक, सञ्चारकर्मी तथा सरोकारवालालाई प्रतियोगितामा उपस्थित भई खेलको उत्सव सफल बनाउन आग्रह गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20625, citypokhara.com

वडा खेलकुद महोत्सवमा : फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ ।

बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको हो ।

त्यसैगरी टोल तथा क्लव स्तरीय फुटवलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए ।

विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा

महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ ।

छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो ।

छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो ।

छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो ।

छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए ।

त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे ।

त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन ।

त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन ।

त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए ।

त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन ।

जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20622, citypokhara.com

पोखरा महोत्सवमा आयोजित छेलो प्रतियोगिताको उपाधि निशानलाई

पोखरा ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।

प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे ।

महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20619, citypokhara.com

पोखरा महोत्सव जारी,भोलि छेलो प्रतियोगिताको फाइनल

पोखरा ।

पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ ।

महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तारानी संगै बुधवार पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाल लगायत कलाकारहरूको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएभने जादुगर दीपक थापा मगरको जादु कलामा दर्शकहरुले मनोरन्जन लिए ।

साँझको लाइभ कन्सर्टमा रकहेड्सको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुती रहेको थियो । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बिहीबार अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ ।

जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ ।

महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए ।

महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।

महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ ।

महोत्सवमा आयोजित छेलो प्रतियोगिताको फाइनल बिहीबार विहान ९ बजे हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20615, citypokhara.com