Breaking News
कालाबाङ सामुदायिक होमस्टेमा पर्यटन संवाद, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ ।

फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहेको कालाबाङ सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवद्र्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो ।

पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए ।

नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउनुमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको मुख्य भूमिका भएको उनको भनाई थियो । उनले भने, ‘आदिवासी जनजातिहरुको संस्कृतिले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेलिरहेको छ, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।’ साथै अहिले पोखरा महानगरपालिकाले पोखराको पर्यटकलाई मध्यनजर गरेर, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई ध्यान दिइरहेको उनको भनाई छ ।

कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा अति उपयुक्त ठाउँ भएको बताए । पोखराको पर्यटन क्षेत्रलाई यहाँ आयोजना हुने मेला महोत्सवले समेत टेवा पु¥याइरहेको उनको भनाई थियो ।

यो वर्ष पोखरा महानगरपालिका पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर अगाडि बढेको कार्यक्रममा उनले बताएका छन् । उनले भने, ‘आफ्नो लक्ष्य पुरा गर्न महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’

फोनिजका संघीय महासचिव समीर बलामीले पर्यटनको क्षेत्रमा पोखरा कास्की मात्रै नभएर समग्र नेपालकै प्रतिनिधित्व गर्ने बताए । आदिवासी जनजातिको संस्कृति र पर्यटन क्षेत्र एकअर्काको परिपुरक भएको महासचिव बलामीको भनाई छ । आदिवासी जनजातिको रैथाने उत्पादनलाई प्रोत्साहित गर्नु आजको आवश्यकता भएको उनको भनाई छ ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय सल्लाहकार डण्ड गरुङ, उजिर मगर लगायतले पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने र यसमा पत्रकारहरुले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

शनिबार नै कालाबाङमा फोनिजको तेस्रो पूर्ण बैठक भएको छ । बैठकमा फोनिजको संघीय कार्यसमिति, ७ वटै प्रदेशका जिल्ला इन्चार्जसहित पदाधिकारी र गण्डकी अन्तर्गतका जिल्ला अध्यक्ष र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20313, citypokhara.com

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजकसहित उपसमिति गठन

पोखरा  । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी सुरू भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको जनाएको छ ।

टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितालाई ब्यवास्थित बनाउन अतिथी सत्कारको उपसमितिमा संस्थाका उपाध्यक्ष देबेन्द्र केसी र महासचिब प्रकाश बराललाई जिम्मेवारी दिएको छ भने आर्थिक उपसमितिमा कोषाध्यक्ष हरि कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

सम्पन्न बैठकले मञ्च ब्यवस्थापनको उपसमितिको संयोजकमा रामकृष्ण ज्ञवाली, सचिवालयमा डिबी नेपाली, प्रचार प्रसारमा डिआर पोख्रेल, खेल मैदानमा खुम थापा, स्वयं सेवक एवं सुरक्षामा विरेन्द्र खडका, यातायातमा गोविन्द थापा मगर, प्राविधिकमा याम बहादुर गुरूङ, स्वास्थ्यमा शुक्रराज कंडेल, विदेश समन्वयमा धोज कुमार गुरूङ, सास्कृतिकमा राजु थापा, टिम समन्वय तथा ट्रफी, मेडलमा राज कुमार गुरूङ र आवाशमा शंकर गुरूङलाई संयोजक तोकिएको छ ।

टाइगर ग्रुपले गत मंसिर ५ गते नै प्रतियोगिताको संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डिआर पोख्रेललाई जिम्मेवारी सुम्पिएको थियो ।

छैटौ संस्करणको च्याम्पियन हुने टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् । सो पुरस्कार राशी महिला तथा पुरूष दुबैतर्फ बिजेताले प्राप्त गर्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

छैटौ सस्करणको प्रतियोगिता माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20309, citypokhara.com

पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

 समाधान संवाददाता २०८२ पुष ५ गते ५:५२
facebook sharing button
sharethis sharing button

लेखनाथ । पात्रोमा पुस महिनालाई विवाहको लगन नभएको समय मानिन्छ। तर, पोखराको लेखनाथस्थित महोत्सव स्थलमा पुग्दा लाग्छ– यहाँ भव्य विवाह समारोह चलिरहेको छ। पञ्चेबाजाको घन्काइ, रङ्गीचङ्गी पहिरन र महिलाहरूको रमाइलो जमघटले साच्चिकै बिहेकै झल्को दिइरहेको छ। २१औं संस्करणको लेखनाथ महोत्सवले लोप हुँदै गएको मौलिक ‘रत्यौली’ संस्कृतिलाई मञ्चमा उतारेपछि यस्तो माहोल बनेको हो।

नेपाली समाजमा बेहुलाको घरमा गाइने यो परम्परागत संस्कृति पछिल्लो समय हराउँदै गएको छ। दुलाहा जन्ती गएपछि घरमा बलेको ‘शुभसूचक बत्ती’ कुर्दै महिलाहरूले सामूहिक रूपमा गाउने र नाच्ने गीत नै रत्यौली हो। जन्ती निस्किएदेखि दुलही लिएर घर नफर्किएसम्मको कथाव्यथा र रमाइलो यसमा समेटिन्छ। यही मौलिकतालाई नयाँ पुस्तामाझ चिनाउन महोत्सवमा रत्यौली गीत प्रतियोगिता नै आयोजना गरिएको छ।

वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली रत्यौलीलाई जोगाउन महोत्सवले ठूलो गुन लगाएको बताउँछन्। ‘कुनै बेला रत्यौलीमा अश्लीलता हुन्छ भन्ने आरोप लाग्थ्यो,’ पराजुलीले भने, ‘तर पछिल्लो समय समाजमा पाच्य हुने शब्द समेटेर प्रस्तुति आउन थालेका छन्। यसले संरक्षणमा टेवा पुगेको छ।’

पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली

लेखनाथ । पात्रोमा पुस महिनालाई विवाहको लगन नभएको समय मानिन्छ। तर, पोखराको लेखनाथस्थित महोत्सव स्थलमा पुग्दा लाग्छ– यहाँ भव्य विवाह समारोह चलिरहेको छ। पञ्चेबाजाको घन्काइ, रङ्गीचङ्गी पहिरन र महिलाहरूको रमाइलो जमघटले साच्चिकै बिहेकै झल्को दिइरहेको छ। २१औं संस्करणको लेखनाथ महोत्सवले लोप हुँदै गएको मौलिक ‘रत्यौली’ संस्कृतिलाई मञ्चमा उतारेपछि यस्तो माहोल बनेको हो।

नेपाली समाजमा बेहुलाको घरमा गाइने यो परम्परागत संस्कृति पछिल्लो समय हराउँदै गएको छ। दुलाहा जन्ती गएपछि घरमा बलेको ‘शुभसूचक बत्ती’ कुर्दै महिलाहरूले सामूहिक रूपमा गाउने र नाच्ने गीत नै रत्यौली हो। जन्ती निस्किएदेखि दुलही लिएर घर नफर्किएसम्मको कथाव्यथा र रमाइलो यसमा समेटिन्छ। यही मौलिकतालाई नयाँ पुस्तामाझ चिनाउन महोत्सवमा रत्यौली गीत प्रतियोगिता नै आयोजना गरिएको छ।

वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली रत्यौलीलाई जोगाउन महोत्सवले ठूलो गुन लगाएको बताउँछन्। ‘कुनै बेला रत्यौलीमा अश्लीलता हुन्छ भन्ने आरोप लाग्थ्यो,’ पराजुलीले भने, ‘तर पछिल्लो समय समाजमा पाच्य हुने शब्द समेटेर प्रस्तुति आउन थालेका छन्। यसले संरक्षणमा टेवा पुगेको छ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्वअध्यक्ष शिवहरि ढुंगानाका अनुसार रत्यौली सुन्ने मात्र होइन, हेर्ने विधा पनि हो। यसमा महिलाहरूको मात्र सहभागिता हुन्छ। एकथरीले ताली बजाउँदै गीत गाउँछन् भने अर्कोथरीले अभिनय गर्छन्। ‘गीत गाउँदा एउटी महिला नर्तकी बन्छिन् भने अर्की महिला पुरुषको भेष (लुठो) मा सजिएर अभिनय गर्छिन्,’ ढुंगानाले भने, ‘यही लुठो र नर्तकीको अभिनयले रत्यौलीलाई रोचक बनाउँछ।’

महोत्सवको स्टेजमा नौमती बाजासहित रत्यौली घन्किँदा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए। महिला विशेष कार्यक्रम संयोजक प्रतिक्षा रानाभाटले यो प्रतियोगिताले सिङ्गो लोक संस्कृतिको जगेर्ना गर्न सघाएको बताइन्।

महोत्सवको आकर्षणका रूपमा रहेको यो प्रतियोगिताका लागि पहिलो चरणबाट २० वटा समूह छनोट भएका छन्। शुक्रबार नमुना कृषक आमा समूह (पोखरा–२६), भरतपोखरी विश्वकर्मा समाज महिला (पोखरा–३३) र सरस्वती सामुदायिक महिला समूह (पोखरा–३३) ले आ–आफ्नो प्रस्तुति राखे। शनिबार गायत्री आमा समूह (पोखरा–३२) ले प्रस्तुति दिने तालिका छ।

रत्यौली र सांस्कृतिक प्रस्तुतिले महोत्सवमा दर्शकको भीड बढेको छ। प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवको दोस्रो दिन शुक्रबार मात्रै ११ हजार दर्शकले अवलोकन गरे। यस क्रममा करिब ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

शुक्रबार रत्यौलीका अलावा विद्यालयस्तरीय कार्यक्रममा ५ वटा विद्यालयले प्रस्तुति दिएका थिए। सांस्कृतिक कार्यक्रमतर्फ घनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ, अमृता हमाललगायतका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिए। साँझपख स्थानीय ब्यान्डको ‘लाइभ कन्सर्ट’ ले युवापुस्तालाई तताएको थियो।

शनिबारको महोत्सव अझ विशेष हुने आयोजकले जनाएको छ। कलाकार संयोजक भरतकुमार अधिकारीका अनुसार लोकदोहोरीतर्फ चर्चित गायक खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर लगायतको प्रस्तुति रहनेछ। हास्यव्यंग्यतर्फ ‘गुन्द्रुके’ उपनामले चिनिने राजेन्द्र गिरीले हसाउनेछन् भने सुगम संगीततर्फ रचना रिमाल र डेभिड शंकरले सांगीतिक माहौल तताउनेछन्।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला आगामी १४ पुससम्म चल्नेछ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20306, citypokhara.com

एमाले पदाधिकारीमा पद्मा अर्याल एक्ली महिला

काठमाण्डाैं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट पद्मा अर्याल महिलातर्फबाट एकमात्र पदाधिकारीका रूपमा निर्वाचित भएकी छन्।

उनले १ हजार ५३० मत प्राप्त गर्दै सचिव पदमा सफलता हात पारेकी हुन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएकी अर्याल यसअघि पनि पार्टी सचिवको जिम्मेवारीमा थिइन्।

यसअघि एमालेमा दुई महिला पदाधिकारी रहेका थिए। सचिवमा पद्मा अर्याल र उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य थिइन्। तर शाक्यले यस पटकदेखि सक्रिय राजनीतिबाट अवकास लिएको घोषणा गरेपछि पदाधिकारी तहमा महिलाको संख्या घटेको हो।

११औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि चार जना महिलाले उम्मेदवारी दिएका थिए। सचिव पदमा अर्यालसँगै रचना खड्का र पेम्बा लामा प्रतिस्पर्धामा थिए। खड्काले ८७७ मत प्राप्त गरिन् भने लामाले ४९४ मत ल्याइन्।

त्यसैगरी उपाध्यक्ष पदका लागि विन्दा पाण्डे उम्मेदवार बनेकी थिइन्। पाँच जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा उनले ९२१ मत ल्याए पनि निर्वाचित हुन सकिनन्।

महाधिवेशनको नतिजासँगै एमालेको पदाधिकारी तहमा महिलाको प्रतिनिधित्व एक जनामा सीमित भएको छ, जसले पार्टीभित्र लैङ्गिक समावेशिताबारे पुनः बहस सुरु गराएको छ ।

 अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष

विष्णु पौडेल

रामबहादुर थापा

पृथ्वीसुब्बा गुरुङ

रघुजी पन्त

गोकर्ण विष्ट

महासचिव

शंकर पोखरेल

उपमहासचिव

रघुवीर महासेठ

लेखराज भट्ट

योगेश भट्टराई

सचिव

छविलाल विश्वकर्मा

भानुभक्त ढकाल

पद्मा अर्याल

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

शेरधन राई

हिक्मत कार्की

महेश बस्नेत

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20293, citypokhara.com

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि उनी नै अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। मतगणनाको औपचारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएसँगै ओलीको पार्टीभित्रको नेतृत्व थप सुदृढ भएको देखिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20289, citypokhara.com

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ आजबाट लेखनाथमा २१ औं संस्करणको लेखनाथ महोत्सव शुरु हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घघाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जानकारी दिईन ।

पराजुलीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात/जाति, भाषा/भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रिवितरण गरिने वताईन ।

पुष ३ गते देखि १४ गते सम्म चल्ने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव ध्रुबवावु भट्टराईले वताए ।

त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहनेछन ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबवावु भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने आयोजकले अनुमान गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20286, citypokhara.com

होटल संघको ४३ औं वार्षिक साधारण सभा

पोखरा । होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाई थियो । ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ ।

पोखरा रातभरि खुल्ला भन्ने भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्ने गर्दा व्यवसायीले दुःख पाएको अध्यक्ष सुवेदीले गुनासो गरे । तीन सिफ्टमा हामी कर्मचारी व्यवस्था गरेर रातभरि सेवा दिन सक्ने अवस्था छै्रन, उनले भने, पर्यटकहरु रातभरि खुल्ला भनेको होइन, भनेर गुनासो गर्नुहुन्छ । २४ घण्टा पोखरा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरी उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए ।

कार्यक्रममा सुवेदीले पोखरा र सिंगो नेपालको प्रवद्र्धनका लागि जाउँ है पोखरा, चलिए पोखरा र पोखरा ः प्युर एण्ड पर्फेक्ट जस्ता अभियान संघले संचालन गर्दै आएको स्मरण गराए । यस्तो प्रवद्र्धनका कारण पोखरा आउने तीन प्रतिशत नेपाली पर्यटकको दर अहिले ४० प्रतिशत पुगेको तथ्यांक अध्यक्ष सुवेदीले सुनाए ।
भाइटिका महोत्सव जस्ता कार्यक्रमलाई पनि निरन्तरा दिइएको उनले सम्झाए । पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान संचालनका लागि कतिपय देशका राजदूतसँग संघले छलफल गरेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।

अर्को प्रसंगमा बोल्दै सुवेदीले २५ बेड भन्दा माथिका होटललाई वातावरणीय प्रभाव मुल्यांकनको अनिवार्य व्यस्था गरेर सरकारले व्यवसायीलाई दुःख दिएको गुनासो गरे । साना होटलले यस्तो व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको भन्दै यस्तो नियम अव्यवहारिक हुँदा थुप्रै होटलहरु नविकरण हुन नसकेको उनले बताए ।

कार्यक्रममा संघका सचिव पार्वती पाण्डेले संघका भावि कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । संघका कोषाध्यक्ष नेत्र प्रसाद पौडेल (रमेश) ले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विशाल ग्रुपका तरुण अग्रवालले पनि कम्पनीले विक्रीवितरण गर्दै आएका विद्युतीय सवारीबारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठले उपस्थिति सबैलाई धन्यवाद दिए । सो अवसरमा होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालविच पोखरालाई दिगो पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यले एक सम्झौता पनि गरिएको थियो । यसमा दिगो परियोजना स्वीसकन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20283, citypokhara.com

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

पोखरा ।  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि  व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।

जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष  गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा,  गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली  छन् ।

सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी,  सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् ।  खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने,  कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा  धन लामा रहेका छन् ।

मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति  संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् ।

स्वास्थ्य व्यवस्थापन उपसमिति  संयोजकमा प्रविण रानाभाट   र  सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति   संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् ।

खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् ।

अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति  संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति  संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् ।

पोखरा महानगर खेलकुद विकास समिति  खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20279, citypokhara.com

हेमजा युनाईटेडद्वारा गौरीशंकर आ.विमा न्यानाे कपडा वितरण

हेमजा ।  हेमजा युनाईटेड पोखरा–२५, हेमजाले न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।

संस्थाले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत  विद्यार्थीहरूको  लागि कापी,कलम लगायतका स्टेशनरी सामग्री र न्यानो कपडा ( स्विटर, टोपी) वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था, आवश्यकता बारे जानकारी दिए । उनले सहयोगको पूर्ण सदुपयोग गर्ने र गुणस्तर शिक्षा प्रदानमा विद्यालय प्रतिबद्ध रहेको भनाई राखे । श्रेष्ठले हेमजा यूनाईटेड खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागेकोमा प्रशंसा गरे ।

हेमज युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले  वार्षिक क्यालेन्डर अनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिक हितका लागि विभिन्न काम गर्दै आइरहेको बताए ।

साेहि अनुरूप  स्टेशनरी सामग्री र मौसम अनुकूल विद्यालयमा न्यानो कपडा वितरण गरिएको उनकाे भनाई छ ।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने साथै स्टेशनरी सामग्रीले पठनपठानमा प्रोत्साहन गर्ने उनकाे विश्वास छ ।

अध्यक्ष श्रेष्ठले विद्यालयमा प्रविधियुक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणको लागि संस्था सधैं साथमा रहने प्रतिबद्धता जनाए ।

विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान  अध्यक्ष नारायण बहादुर कुवार , प्रधानाध्यपक ईन्द कुमारी पुन लगायतले बोलेका थिए ।

क्लब पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका विद्यार्थीहरूको उल्लेखनीय  उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भने क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20276, citypokhara.com

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा ।

१४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो ।

मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच महोत्सवको सह प्रायोजक गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ । सिटिजनले यसअघि १२ औं संस्करणको पोखरा महोत्सवमा टिकट प्रायोजनमा समेत रहेर महोत्सवलाई साथ दिदै आएको थियो ।

मंगलबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले सामाजिक सेवामा लागेको युनाईटेड क्लब संग सिटिजन फर्निचरले पोखरा महोत्सवको माध्यामबाट सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनात्मक काम गरेको र सिटिजन फर्निचर समेत उक्त सामाजिक काममा संलग्न हुन पाउनु आफैमा गर्वको कुरा भएको बताउदै कार्कीले युनाईटेड क्लब संग आगामी महोत्सवहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सिटिजन फर्निचर संगको सहकार्यले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन थप मदत पुगेको बताए ।

त्यस्तै क्लबका कोषाध्यक्ष जयराम आचार्यले विभिन्न ब्यवसायीक संघ संस्थाहरुको साथ र सहयोगकै कारण पोखरा महोत्सव १४ औंं संस्करण सम्म आइपुगेको र १४ औं संस्करणको पोखरा महोत्सवमा सिटिजन फर्निचर सह प्रायोजकको रुपमा जोडिदा पोखरा महोत्सवको गरिमा थपिएको बताए । पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20273, citypokhara.com