Breaking News
शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ ।

गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए ।

गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् ।

जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।

भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20239, citypokhara.com

१४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

पोखरा ।

१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ । शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो । झांकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए ।

कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए । सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए । प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए ।

स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए । त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए ।

खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन ।

सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए ।

ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए । मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए । विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20236, citypokhara.com

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको योजनामा चौथो चरणका विजेता छानिए

पोखरा । इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् ।

तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७, ११३५० र ४७१०० छन् ।

उपहार योजनामा कुपन नम्बर ४२९६२, २४८३५, ४३५७५, ४७०६२, ३१२३६, ३९९२७, ३१३७६, ३६५७१, १९७०, ३६३५५, २७७८१, ४४३९८ र ३३६७९ ले किप्याड मोबाइज जितेका छन् । उपहार योजनामा इयरबड जित्नेमा कुपन नम्बर ३४८६०, ३१३४०, १७१९०, ३८२०५, ३९८८२, ५११५३, ३१२, ३१६९१, ३१४९७, २०४४५, ३४९७९, ३८२८०, ४००५१, २६८४८, ४२३०७, २७०४४, ३१०७६, १७२६६, ३९२१, ४५१३४, ५४९३४, २५५४१, ७३३४, २४१३५ र ४१०४२ छन् ।

यस्तै, कुपन नम्बर ९२४४, १४०२१, ४३३२३, ४६७४९, ३१७१६ र ४१६७५ ले स्मार्ट वाच पाएका छन् । कुपन नम्बर २९८४४, ३१३५२, १७४९ र २९५०६ को भागमा ब्लुटुथ स्पिकर परेको छ । संस्थाको उपहार योजनामा पावर बैंक पाउनेमा कुपन नम्बर २१९८९, ४५२०२, ३९२२२, ४७०५२, ५५०१६ र १७२२८ छन् ।

कुपन नम्बर ३०४० र ३०५५१ ले राइस कुकर पाउँदा ६२५५ र १२४७४ ले इलेक्ट्रिक जग पाएका छन् । शुक्रबारै २५ जनाले भित्तेघडी उपहार जितेका छन् । यसरी घडी जित्नेमा कुपन नम्बरहरु ४०९१६, १०३२२, १०३०९, ४४६६९, ५१८५४, ४२३११, ५२१३, ५३३१२, २८२२०, ३०७२५, २८५४२, ३०८२४, १३२१, ३००३३, ३९९५५, ४३११२, ८८७१, ४१७७४, ११२२०, ४३८०४, १०३५, ५५००७, ४१३०४, २३४२४ र ४४२८७ छन् ।

संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको हो । यसरी कुपन लिनेमध्येबाट भाग्यशाली विजेतामध्ये बम्पर उपहारमा एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर प्रदान गरिनेछ । संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20233, citypokhara.com

२७ औं पोखरा सडक महोत्सव :सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई–‘सुरक्षा हामी सबैको जिम्मेवारी’

पोखरा।

रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ ।

अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिए । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उनीहरुले प्रतिवद्वता जनाए ।

अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राखे। महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यसपटकपनि यसको व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग गरिने बताए । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उनले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराखिने जनाए।

अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पारे । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उनले प्रष्ट्याए । ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाए। रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पारे ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिनसबै खाले सुरक्षा निकायसंग समन्वय गरिने बताए। बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिए ।

महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पारेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20215, citypokhara.com

हिमाल, पर्यावरण र पर्यटनका लागि पोखरामा १०औं पर्वतीय महोत्सव सुरू

पाेखरा । १०औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ। नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको यो महोत्सव तीन दिनसम्म चल्नेछ।

कार्यक्रमलाई उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले नेपालका हिमाल र वातावरणमा गम्भीर असर पारेको बताउँदै अन्य देशले उत्पादन गरेको फोहोर र कार्बनको प्रत्यक्ष प्रभाव नेपालले झेल्नुपरेकोप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार बेमौसमी बाढी–पहिरो, प्राकृतिक चक्रब्यवस्थामा आएको अव्यवस्थासहित जलवायु संकटका चुनौतीबारे जनचेतना फैलाउन महोत्सव उपयोगी हुनेछ।

मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई अझ आकर्षक बनाउन प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै संग्रहालय नजिकै पार्क निर्माण र हर्पन खोलाको मुहानमा ‘सेल्फी ब्रिज’ बनाउने योजना अघि बढेको बताए।
उनका अनुसार “कति पर्यटक आए भन्नेभन्दा पनि कति खर्च गर्छन् भन्ने महत्वपूर्ण हो” भन्दै फेवा ताल वरिपरि पदमार्ग निर्माण र रुपा गाउँपालिकामा ग्रास ब्रिज निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको समेत जानकारी दिए।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको भारी मूल्य नेपालका हिमालले तिरिरहेका छन् भनेर टिप्पणी गरे।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जलवायु परिवर्तनका प्रभावले पर्यटक आगमनमा समेत कमी आएको उल्लेख गरे।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जलवायु परिवर्तनले हिमाली जनजीवन, हिमताल र सम्पूर्ण पर्वतीय वातावरणमा परिरहेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण आवश्यक रहेको बताए।

पोखरा–१७ रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु भएको महोत्सवमा पर्वतीय जनजीवन तथा आरोही सम्बन्धी डकुमेन्ट्री प्रदर्शनदेखि जलवायु परिवर्तनका मुद्दामा बहस–विमर्श हुने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्।

महोत्सवमा हिमाल आरोहणका लागि आवश्यक उपकरण, दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न पर्वतीय सेवासमेत प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पौडेल, महासचिव राजेन्द्र बहादुर लामा लगायत वक्ताहरूले नेपालका हिमाली भू–भाग, हिमताल र समग्र प्रकृति नै जलवायु संकटको गम्भीर जोखिममा परिरहेको भन्दै चिन्ता व्यक्त गरे।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20203, citypokhara.com

दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।
बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।” उहाँले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताउनुभयो । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।

“नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो ।
नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताउनुभयो ।
उहाँले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिनुभयो ।
भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभयो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उहाँले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।

हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन ।

‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक  जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने ।
लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ वताउँछन ।

महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ ।

झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20200, citypokhara.com

पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

पोखरा ।
१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो ।

नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।

माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।

सो अवसरमा वोल्दै माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद ब्यक्त गरे ।

माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले वर्षेनी पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको र यसपटक पनि आगामी पुषको २९ देखि माघको ११ गते सम्म महोत्सवको आयोजना गर्ने तयारीका साथ अगाडी बढिरहदा माइलस्टोन्स इन्फिल्डर्सको टोली संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

पोखरा महोत्सवको प्रचारका लागि नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा हिडेको माइलस्टोन्स इन्फिल्डर्सको टोलीले महत्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको साथ र सहयोगकै कारण १४ औं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन युनाईटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए । नेपालको काठमाण्डौं, धरान, हेटौंडा, चितवन बुटवल, पोखरा लगायतका, ६० भन्दा बढी मोटरसाइकल राइडरहरुको टोली हिमाल, पहाड तराइ यात्रा अन्तर्गत चितवनबाट सुरु भएको यात्रा पोखरा हुदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडे सम्म पुग्ने बताइएको छ ।

उक्त यात्रामा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, लेजेण्डस, ओपन ल्याण्डर्स, कावासोती इन्फिलिन्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाण्डौ, लोको सवारी चितवन, द इन्फिलिण्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवनको समेत सहभागीता रहेको थियो । यो संगै युनाईटेड क्लब पोखराको आयोजनामा वी पोखरा र माइलस्टोनको सहभागीता रहेको कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक सञ्जालको आवश्यक्ता रहेको हुँदा १४ औं पोखरा महोत्सवमा वी पोखरा एपको समेत सुरुवात गरिने युनाईटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20197, citypokhara.com

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

पोखरा २४, मंसिर,

कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिएका हुन् ।

आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण र बारम्बार दोहो¥याएर प्रस्तुत नगर्न सहभागिहरुले आग्रह समेत गरे । आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले संवेदनशील ढंगले समाचार प्रकाशन–प्रसारण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यक्रममा मनोविद विजय राईले सहजीकरण गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र मनोपरामर्शदाता सम्झना पौडेलले समाचार मार्फत आत्मघाती व्यवहारलाई निरुत्साहित गर्न सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । साथै आम नागरिकदेखि स्थानीय तहसम्म आत्महत्या रोकथामबारे सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

गत बर्ष कास्कीमा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । त्यसै गरी कास्कीका ५ वटा पालिका मध्य पोखरा महानगररमा सबै भन्दा बढी आत्महत्या भएको तथ्याङकले देखाएको छ ।

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा गत बर्ष १ सय २५ जनाले आत्महत्या गरेकाछन भने सबै भन्दा कम रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा ५/५, मादी गाउँपालिकामा ६ र अन्नपूर्ण गाउँपालिकामा भने ८ जनाको आत्महत्या भएको उक्त कार्यक्रममा सो तथ्याङक सार्वजनिक गरिएको हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20191, citypokhara.com

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

लेखनाथ । यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो ।

यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन त्यसपछि आफ्नो मोबाईलमा प्ले स्टोर मार्फत पसल डट कमको एप डाउनलोड गरि त्यसमा रहेको स्क्यानर मार्फत उक्त क्यू आर कोड स्क्यान गरि रु १०० बराबरको क्रेडिटमा बदल्न सक्ने टिकट विक्रि व्यवस्थापन उप –समितिका संयोजक सुजन न्यौपानेले वताए ।

यसरी क्यू आर कोड मार्फत प्रत्येक एप युजरले महोत्सव अवधिभर मात्र दिनमा १ पटक मात्र क्रेडिटको रुपमा वदल्न सकिनेछ भने यसरी जम्मा भएको क्रेडिट पसल डट कमको एप मार्फत न्युनतम रु ५ सय बराबरको प्रत्येक खरिद अर्डरमा रु २० को दरले जुन सुकै समय अवधिभर सम्मको लागी छुट प्राप्त गर्न सक्ने पसल डट कमका प्रबन्धक यशस्वी तिवारीले वताए ।

लेखनाथ महोत्सवमा पहिलो पटक यस किसिमको अफर ल्याईएको दावी गर्दै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटिले यसले थोरै भए पनि टिकट खरिद गर्ने दर्शकहरुलाई लाभ पुग्ने र टिकट विक्रिमा पनि टेवा पुग्ने विश्वास लिईएको वताए । पसल डट कमले महोत्सवको टिकट घर र मुख्य टिकट छपाई प्रायोजन गरेको छ ।

महोत्सवको अवलोकन गर्ने दर्शकहरुका लागी आयोजकले विद्यार्थीहरुका लागि परिचयपत्रको आधारमा रु ५०, सर्वसाधारण दर्शकहरुका लागी रु १०० र बेलुकाको सांगितिक कार्यक्रमका लागी रु २०० को टिकट दर निर्धारण गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20188, citypokhara.com