Breaking News
एनटिभिए गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन कार्यक्रम आजदेखि

पोखरा। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिए ।

कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ ।

प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गरेका थिए ।

कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा कास्कीको घान्द्रुक, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद अचार्यले जानकारी दिए ।

उनका अनुसार ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने आयोजकले जनाइएको छ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20184, citypokhara.com

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलुकद मन्त्री विन्दु कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल हुन आवश्यक भएको बताएका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र सुशासनका लागि नागरिक समाजको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले प्रदेश सरकारको ऐन–कानूनलाई नागरिकमैत्री बनाउनु आजको आवश्यकता भएको र प्रदेश सरकार लागिरहेको उल्लेख गरे । “सार्वजनिक पद धारण गर्ने व्यक्तिबाटै इमानदार पहल भएको खण्डमा मात्र भ्रष्टाचार नियन्त्रण सम्भव छ ।  राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्म जवाफदेहिता र पारदर्शितामा निष्ठा आवश्यक देखिन्छ ।”, उनले भने ।

उनले हालैको जेनजी आन्दोलनले उठाएका ‘भ्रष्टाचारमुक्त नेपाल’ र ‘गुणस्तरीय सेवा प्रवाह’ का मागलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । नागरिक समाज, व्यवसायी र युवाबाट आएका सुझावलाई आत्मसात गर्दै सुशासनमैत्री सरकार निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उनको छ ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले भ्रष्टाचारलाई व्यक्ति–चरित्रसँग जोडिएको विषय ठहर गर्दै “पहिले आचरण सुधार, पछि प्रणाली सुधार” भन्ने धारणा राखे। उनले सबैलाई एउटै बास्केटमा राखेर दोषारोपण गर्नु गलत हुने भन्दै कर्मचारी वृत्तका समस्याहरू समाधान गर्न प्रदेश सरकार जुटेको बताए । गण्डकी प्रदेशका विपक्षी दलका नेता हरि बहादुर चुमानले प्रशासनिक संरचनादेखि सबै क्षेत्रमा डिजिटलाइजेसन लागू नभएसम्म भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहने बताए।

जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुशासन प्रवद्र्धन गर्न प्रशासन सदैव कटिबद्ध रहेको बताइन्।

सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष सिरोज विजय कोइरालाले नीति–निर्माणमै भ्रष्टाचार मौलाएको उल्लेख गर्दै मन्त्री र नेतृत्व तहबाट नै सम्पत्ति विवरण सार्वजनिक गर्ने संस्कार स्थापित हुनुपर्ने धारणा राखे। सुनास कास्कीका भानु पराजुलीले पारदर्शिता, जवाफदेहिता, सहभागिता, समानता र कानूनको शासनलाई सुशासनका मुख्य आधारका रूपमा प्रस्तुत गर्दै झन्झटिला कागजी प्रक्रियाले नागरिक आजित भइरहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका नारायण रेग्मीले भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औँ स्थानमा रहेको उल्लेख गर्दै सरकारले गरेका कदम अहिलेसम्म पर्याप्त नभएको निष्कर्ष प्रस्तुत गरे। नागरिक समाज कास्कीका रामबहादुर पौडेलले सवारी साधनको दुरुपयोग र सेती नदी दोहनमा मापदण्ड विपरीतका गतिविधिले भ्रष्टाचार बढाएको बताए।

जेनजी गण्डकीका संयोजक संजय सुवेदीले नीतिगत भ्रष्टाचार हटाउन सिस्टम परिवर्तन अनिवार्य रहेको बताउँदै प्रदेश सरकारलाई भ्रष्टाचारविरुद्ध निर्मम रूपमा लाग्न आग्रह गरे। सुनासका पूर्वअध्यक्ष सुन्दर गुरुङले सेवाग्राहीप्रति सरकारी कर्मचारीको व्यवहार सहज र उत्तरदायी नहुँदा सुशासनमा चुनौती देखिएको बताए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20172, citypokhara.com

बिमा सम्वन्धि पत्रकारसँग बिमा प्राधिकरणको अन्तरक्रिया, आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता

पोखरा ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशले कास्कीका पत्रकारसँग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । बिमाको आवश्यकता र महत्वलाई विशेष प्राथमिकतामा राखेर प्राधिकरणले मंगलबार नेपाल पत्रकार महासंघ कास्कीका प्रत्रकारसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

बिमाको विषयमा जानकारी सहितको प्रस्तुती रहेको अन्तरक्रियामा बिमासँग सम्वन्धित बिमित कम्पनिका प्रतिनिधिहरु र कास्कीमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बिमाको उपयोग सबैले गर्नुपर्ने उनले सुझाए । साथै बिमाको महत्व निकै ठुलो रहेको हुँदा बिमाको बारेमा सञ्चारकर्मीले प्रचारप्रसार गरि आम सर्वसाधारणसम्म जानकारी पुराईदिन समेत मिश्रले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम जनतामाझ बिमाको विषय अझै बुझाउन नसकिएको तथा बिमालाई झण्झटरहित सेवामुखि बनाउनु पर्नेमा जोड दिए ।

यता बिमाका विषयमा बिमितले भोगेका समस्याको विषयमा समेत सहभागिबाट आवाज उठेको थियो । भुक्तानी प्रक्रिया निकै झण्झटीलो भएकाले सेवालाई छिटो छरितो बनाउनुपर्ने जोड सहभागिको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोशियशन कास्कीका संयोजक बुद्धीराज अधिकारी, रामजी प्रसाद बराल, बिनोद सापकोटालगाएतले आफ्नो मन्तव्य राखेका थिए । प्राधिकरण गण्डकीका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कबिता पण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

बिमा के हो, यसको आवश्यकता र महत्वलाई जनतामाझ सुसुचित गराउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको नेपाल बिमा प्राधिकरण गण्डकीले जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20169, citypokhara.com

व्यापार मेला सकियो

पोखरा ।पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् ।

समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले
उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए ।

‘राजनीति भनेको पेशा हैन र पेशा र व्यवसाय गर्ने मान्छे नै राजनीतिमा होमिने हो भन्ने हाम्रो मान्यता रहेको छ,’अध्यक्ष कार्कीले भने,‘पछिल्लो समय, बैंकसँग ऋण लिएर व्यापार –व्यवसाय गर्ने,रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेको छ ।

गएको भदौ २४ गतेलाई हामी बिर्सन चाहन्छौँ तर त्यो बेला ताकी–ताकी, छानी–छानी उद्योगी/व्यवसायीमाथि भएको आक्रमणलाई हामी क्रान्ति हो भन्ने पक्षमा छैनौँ । आइन्दा यस्ता घटना नदोहारिउन् र व्यवसायीले सम्मानपूर्वक बस्ने वातावरण बनोस् भन्ने हाम्रो कामना रहेको छ ।’

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै पोखरा महानगपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व नबढाएसम्म देशले सम्मृद्धि प्राप्त गर्न नसक्ने बताए ।

मेलाको मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय स्वास्थ्य सेवामार्फत् पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन मणिपाल अगाडि बढेको बताए ।

नेपाल पत्रकार महासंघ गण्डकीकी अध्यक्ष जमुना वर्षा शर्माले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन तथा अर्थतन्त्र चलायमान बनाउन पोखरा उद्योग वाणिज्य संघले विशेष भूमिका खेलेको बताइन् ।

समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्यूटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेम्जालाई सम्मान गरिएको थियो ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको प्रचार–प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मनोहरि पौडेलले जानकारी दिए ।

मेलाअन्तर्गत नै उद्यमशीलता प्रवद्र्धन,लगानी मैत्री नीति निर्माण,नवप्रवर्तन,सूचना प्रविधि,कृषिसँग सम्बन्धित विभिन्न परिसंवाद कार्यक्रम पनि संचालन गरिएको उनले बताए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20166, citypokhara.com

काउन्सिल अध्यक्ष डा. आचार्यद्वारा पदबहाली

काउन्सिल अध्यक्ष डा. आचार्यद्वारा पदबहाली

काठमाडौँ २१ मङ्सिर ।

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आज आइतबारदेखि कार्यभार सम्हाल्नुभएको छ । प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २(ङ)अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथग्रहण गर्नुभएको थियो । अध्यक्ष डा. आचार्यले शपथग्रहणपश्चात् आजै कार्यकक्षमा गई पदबहाली गर्नुभयो ।

मुलुक सङ्कटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताउँदै अध्यक्ष डा. आचार्यले मेलमिलापको वातावरण बनाएर सबै पदाधिकारी र कर्मचारीसँग सल्लाहसुझाव लिँदै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

पत्रकारिता क्षेत्र आफ्नो लागि नयाँ भएको धारणा राख्दै उहाँले धरै बोल्नुभन्दा काम गरेर देखाउनुपर्छ भन्नुभयो । अध्यक्ष डा. आचार्यले जेञ्जी आन्दोलनको प्रमुख माग सुशासन र भ्रष्टाचारमुक्त समाज रहेकाले आफूले यसमा समेत ध्यान दिँदै कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष डा. आचार्यलाई स्वागत गर्दै सदस्यहरू कुमारी निमा काफ्ले, शन्तराम बिडारी, नकुल अर्याल, बालकृष्ण अधिकारी, निर्मला शर्माले नीतिगत निर्णय र विवाद समाधानमा काउन्सिलको भूमिका अझै सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । संस्थालाई राजनीतिक, आर्थिक दबाबबाट मुक्त राखी स्वतन्त्र निर्णय गर्ने अवस्था हुने उहाँहरूको विश्वास थियो । सदस्यहरूले नेपालको पत्रकारिता संयमित, मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको नयाँ नेतृत्व सक्षम हुने बताउनुभयो ।

मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिल सदस्यहरू केशवशरण लामिछाने, भीमलाल श्रेष्ठ, रामप्रसाद दाहाल, विजयराज अधिकारी, सदस्य–सचिव छबीन्द्र पराजुली, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत(प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत(सूचना अधिकारी) रामशरण बोहरा, उपप्रशासकीय अधिकृतद्वय राधेश्याम अधिकारी र रहमतुल्ला मियाँलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वरिष्ठ अधिवक्ता डा. आचार्यलाई २०८२ मङ्सिर १५ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट काउन्सिल अध्यक्ष मनोनित गरिएको थियो । नेपाल बारको उपाध्यक्ष भइसक्नुभएका डा. आचार्य यसअघि मेलमिलाप परिषदको संस्थापक सदस्य र ३ बर्षे कार्यकाल पछि मेलमिलाप विज्ञको रूपमा कार्यरत हुनुुहुन्थ्यो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/12/07/11302/, www.presscouncilnepal.gov.np

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

पोखरा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् ।
पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् ।

फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मिना थापा मगर र महासचिव सुरज थापामगर थिए ।

पुरस्कार डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते अर्पण गरिनेछ । पुरस्कारको राशी नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ ।

सम्मानित हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए ।

२०६५ सालमा पोखरा आएर उनले प्रतिष्ठित अंग्रेजी दैनिक द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट को ब्युरो चिफको जिम्मेवारी सम्हालेका थिए । दुई दशकदेखि अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका भरत कोइरालाको यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम काम गरेका थिए । केही समय काठमाडौंबाट पोखरा एफएममा समेत काम गरेको उनीसँग अनुभव छ ।

पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन् । उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् । नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिना र प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए ।

पत्रकार कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20163, citypokhara.com

व्यापार मेलामा आज किसानका कुरा , ‘प्रविधिको दुरुपयोगले अपराध बढ्दो’

पोखरा । पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगले अपराध बढाएको भए त्यसको उपयोगमा संकुचन ल्याउन नहुनेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

उनीहरुले प्रविधिले समाज र चेतनालाई उन्नत बनाउने, दैनिक जीवन सहज बनाउने तथा नयाँ अवसरको ढोका खोल्ने सत्यलाई बिर्सन नहुनेमा सहमति जनाए । यद्यपि,नेपालको परिपेक्ष्यमा प्रविधिलाई ‘बाँदरको हातको नरिबल’ बनाइएको र यो हिंसाको डरलाग्दो हतियार बन्दै गएकोमा विज्ञहरुले चिन्ता जताए ।

‘राष्ट्रको जागरण ः प्रविधि र समाजको पुस्तान्तरण’  भन्ने विषयमा गफिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.दीपेन्द्रबहादुर क्षेत्री,सामाजिक अभियन्ता विना सिलवाल,उपप्राध्यापक विष्णुहरि पौडेल र क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले यस्तो धारणा व्यक्त गरेका हुन् । पोखराको नयाँबजारमा आयोजित नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटकअन्तर्गत नै सो संवाद कार्यक्रम राखिएको हो । क्यान महासंघ कास्कीले त्यसको संयोजन गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले प्रविधिलाई सही तरिकाले प्रयोग नगर्दा देशको सार्वभौमसत्ता नै खतरामा पर्नसक्ने बताए । जेन–जी आन्दोलनमा भएको प्रविधिको पयोगतर्फ संकेत गर्दै उनले भने,‘देशमा ७ घण्टामा सत्ता परिवर्तन भयो र त्यो प्रविधिको उपयोगबाट सम्भव भयो ।’ उनले जेन–जी आन्दोलनले देशको ६३ खर्ब कुल ग्राहस्थको एक तिहाइमा क्षति पु¥याएको बताउँदै त्यसलाई पुनः प्राप्त गर्न समय लाग्ने बताए ।

सामाजिक अभियन्ता विना सिलवालले पछिल्लो समय मोवाइलबाट प्रेमी वा प्रेमिकाको फोटो खिच्ने, अन्तरंग दृष्यहरु कैद गर्ने अनि मन नमिल्दा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिने प्रवृत्तिले धेरेको घरबार चैट भएको दृष्टान्त पेश गरिन् ।
सूचना प्रविधिका उपप्राध्यापक विष्णुहरि पौडेलले नेपालमा सूचना प्रविधिको उपयोगले ठूलो अवसर सिर्जना गरेको र नयाँ सम्भावनाको ढोका खोलेको बताए । उनले प्रविधिको सही प्रयोगका निम्ति भने सरकारले नै वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालीले प्रयोग गर्ने मोवाइलसहितका प्रविधि र कक्षाकोठामा पढाउने शिक्षाबीच तालमेल मिल्न नसकेको उनले स्वीकारे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले सूचना प्रविधिको सही सदुपयोग कसरी गर्ने तथा त्यसको दुरुपयोग हुन नदिन के गर्नेभन्नेबारे प्रयोगकर्ता सचेत हुनुपर्ने बताए । उनले बालबालिकालाई मोवाइल वा अन्य सामग्रीको गलत प्रयोगबाट टाढा राख्ने प्रविधिको विकास भएको कुरा पनि सुनाए ।

पोखराको नयाँबजारमा जारी मेला आइतबारसम्म चल्नेछ । शनिबार भने मेलामा नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सांस्कृतिक उपसमिति संयोजक ललितकुँवरले जानकारी दिए ।

शनिबार कृषिको व्यावसायिकरण कहिले र कसरी ? भन्ने विषयमा परिसंवाद पनि राखिएको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् । सो परिसंवादमा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव बासुदेव रेग्मी,र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकालसँग पत्रकार भरत कोइराला गफिने छन् ।

मेलाका प्रचार प्रसार संयोजक मनोहरि पौडेलका अनुसार समग्र पोखराको अर्थतन्त्र चलायमान बनाउन तथा नयाँ संभावनाको खोजी गर्न मेला आयोजना गरिएको हो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20159, citypokhara.com

लैंगिक हिंसा विरुद्ध पुरुषहरूको ऐक्यबद्धता : महिला–पुरुष समसचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्ध पुरुषहरूको ऐक्यबद्धता : महिला–पुरुष समसचेतना कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष विष्णु प्रसाद बरालले यो कार्यक्रम महानगरका सबै ३३ वटै वडामा आयोजना गरिएको जानकारी दिए। उनले नोभेम्बर १० देखि २५ सम्म १६ दिने अभियान सञ्चालन गरिएको बताए।

संविधानमा उल्लेख गरिएका अधिकारहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा घर, टोल र समाजमा विभिन्न प्रकारका हिंसाका घटना हुने गरेको उल्लेख गर्दै अध्यक्ष बरालले यस्ता घटनालाई न्यूनीकरण गर्न वडा कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफैँ नागरिक सचेत नभएसम्म जतिसुकै कानुन बनाए पनि त्यसको प्रभावकारिता नहुने उनको भनाइ थियो। सबै नागरिक सचेत भएमा हिंसाका घटना क्रमशः घटाउन सकिने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, वडा सदस्य गोविन्द पराजुली, ताल बराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीलगायतले महिलामात्र होइन, पुरुष पनि हिंसाबाट पीडित हुने भएकाले आपसी सम्मान, सहकार्य र चेतनाको विकास आवश्यक रहेको बताए। यस्ता अभियानलाई शिक्षासँग जोडेर अघि बढाउन सके सबै खाले हिंसा न्यूनीकरण गर्न सकिने उनीहरूको धारणा थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तारा शर्माले प्रस्तुतिकरण दिएकी थिइन्। जनप्रतिनिधि हरिमाया विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जनप्रतिनिधि मणिराम बरालले राखेका थिए भने कार्यक्रम सञ्चालन जनप्रतिनिधि कल्पना क्षेत्रीले गरेकी थिइन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20156, citypokhara.com

पौष १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव आयोजना हुने

पोखरा । पोखराको पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदै आएको बहुचर्चित पोखरा सडक महोत्सव आगामी पौष १३ देखि १७ गतेसम्म लेकसाइड क्षेत्रमा भव्य रूपमा आयोजना हुने भएको छ। रेवान पोखरा (REBAN Pokhara) ले निरन्तर २६ वर्षदेखि सञ्चालन गर्दै आएको यो महोत्सव यस वर्ष २७ औँ संस्करणमा प्रवेश गर्दैछ।

पर्यटन राजधानी पोखरा र यसको आर्थिक–सांस्कृतिक जीवन्ततामा महत्वपूर्ण योगदान दिंदै आएको सडक महोत्सव नेपालकै सबैभन्दा ठूलो खुला सडक आयोजना मध्ये एक मानिन्छ। आयोजकका अनुसार महोत्सवमा यस वर्ष पनि लाखौँ स्थानीय, स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।

‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना हुँदै आएको महोत्सवले पोखरालाई पछिल्ला वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य (Destination for English New Year) का रूपमा स्थापित गर्न सफल भएको रेवान पोखराले जनाएको छ।

पहिले भारतको गोवा वा थाइल्यान्डको समुद्र किनारमा नयाँ वर्ष मनाउने चलनलाई यस महोत्सवले बिस्तारै पोखरातर्फ मोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ।

कोरोना महामारी, आर्थिक चुनौती र राजनीतिक अस्थिरताका कारण लामो समय प्रभावित बनेको नेपालको पर्यटन क्षेत्रमा पुनः चहलपहल ल्याउन महोत्सव प्रभावकारी हुने विश्वास रेवान पोखराले व्यक्त समेत गरेको छ। “पोखरा सुरक्षित छ, खुला छ” भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउन महोत्सवले सहायक भूमिका खेल्ने आयोजकहरूको भनाइ छ।

महोत्सवमा यस वर्ष विविध सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद कार्यक्रम समेटिएका छन्। प्रमुख आकर्षणहरू यस प्रकार छन्:

सांस्कृतिक विविधता: विभिन्न जातजातिका परम्परागत नृत्य, भेषभूषा, हस्तकला तथा सांस्कृतिक प्रदर्शन

फूड फेस्टिवल: नेपाली तथा अन्तर्राष्ट्रिय स्वादका स्ट्रीट फुडको विशेष प्रदर्शनी

मनोरञ्जन: राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक–दोहोरी प्रस्तुति

खेलकुद: फेवा तालमा बोट रेस, वेटर रेस, टग अफ वार तथा अन्य रमाइला गतिविधि

शैक्षिक कार्यक्रम: पोखराको पर्यटन अवसर र चुनौतीबारे ‘टक शो’, फोटोग्राफी प्रदर्शनी

यो वर्षको महोत्सवका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेका छ। सह–प्रायोजकमा यति डिस्टिलरी प्रा.लि., बोटलर्स नेपाल (तराई) लि. र नेपाल डिस्टिलरी प्रा.लि. छन्। बैंकिङ पार्टनरको रुपमा सिद्धार्थ बैंक लि. रहेको छ।

महोत्सवमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद पोखरा भ्रमण वर्ष २०२५ तथा विभिन्न निजी क्षेत्रका संस्थाहरूको सहयोग रहनेछ।

रेवान पोखराका संयोजक तथा प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरा सडक महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई पोखराको आर्थिक सशक्तिकरण, ब्रान्ड प्रमोशन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा पनि महत्वपूर्ण माध्यम रहेको बताए।

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक

पोखरा। नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार  श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए ।

यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए ।

संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए । पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समय अघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे ।

प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताएका थिए । उनले प्रदेश सरकारले खेलकुदलाई पनि निकै महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै यसप्रकारका महाधिवेशनबाट आन्तरिक पर्यटनमा पनि टेवा मिल्ने बताए । मन्त्री थापाले गत भदौको जेनजी आन्दोलनका क्रममा घूसपैठका कारण सरकारी तथा व्यवसायीहरुका निजी प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट गरिएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमाल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20149, citypokhara.com