Breaking News
नयाँबजारमा औद्योगिक व्यापार मेला सुरु

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको लगानी कम्पनी बनाएको बताए ।

‘हाम्रै पूँजीबाट ठूलो लगानी गर्न सकिन्छ । महासंघले बनाएको कोषबाट कुनै व्यवसायीले सुरु गरेको व्यवसायमा थप लगानी गर्न पनि मिल्छ, नयाँ उद्यमीहरुलाई लगानी जुटाइदिने काम पनि हुन्छ,’उनले भने,‘ नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएको जानकारी दिए । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ ।’

उनले स्थानीय कच्चा पदार्थको प्रयोग, स्थानीय उत्पादनलाई बढावा दिँदामात्र अर्थतन्त्र उकासिने पनि बताए । जेन–जी आन्दोलनको क्रममा व्यवसायीमाथि भएको आक्रमणको निन्दा गर्दै उनले त्यसमा संलग्नहरुलाई कारवाहीको लागि महासंघले प्रधान र गृहमन्त्रीसँग विशेष पहल गरेको दाबी पनि गरे । महासंघले निजी क्षेत्रलाई सुरक्षा प्रबन्ध गर्नका निम्ति जिल्ला–जिल्लामा रहेको सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भागबण्डाको संस्कारले देश नबन्ने जिकिर गर्दै आगामी निर्वाचनमार्फत् एउटा दलले बहुमत ल्याइदिए हुने आशय व्यक्त गरे । चुनावका निम्ति सम्पूर्ण दलहरु तयार हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्रले पनि दबाब दिनुपर्ने उनको भनाइ थियो ।

देशमा चुनाव नहुँदा अस्थिरता अझै बढ्ने तर्क गर्दै उनले भने,‘चुनाव भएन भने फेरि देश कसले सम्हाल्ने, फेरि सेना गुहार्नुपर्ने हो, त्यसैले जनताको मत लिइ सरकार बनाउने दिशातर्फ दलहरुले तयारी थाल्नुपर्छ ।’ उनले चुनावपछिमात्र कर्मचारी संयन्त्र, संविधान बदल्नेबारे छलफल चलाउन पनि दलहरुसँग आग्रह गरे ।

‘यही संरचना र आर्थिक प्रणालीले देश बन्दैन, धनी झन धनी र गरीब झन गरीब हुने अवस्था आउँछ । यसमा सुधार हुनैपर्छ । कर्मचारी प्रशासनमा पनि सुधार जरुरी छ,’उनले भने,‘हामी कतिञ्जेलसम्म अनियमितता र अव्यवस्थाको भूमरीमा पर्ने हो भन्नेबारे सोचौँ र यसबाट बाहिर निस्कने माध्यम चुनाव भएको बुझौँ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलबारे प्राविधिक छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुसार काम गर्नुपर्ने पनि बताए । विमानस्थलको धावनमार्ग कम भएको भए बढाउन, होँचो ठाउँमा बनेको भए त्यसलाई सुधार गर्नका निम्ति पोखरेलीहरुले दवाब दिनुपर्ने उनको धारणा थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग स्थापना र रोजगारी सिर्जनाका निम्ति निजी क्षेत्रले पहल गरिरहेको तर निजी क्षेत्रसँग कुममा कुम मिलाएर राजनीतिक दलहरु हिँड्न नसक्दा देशमा जेन–जी आन्दोलन भएको बताए । उनले निजी क्षेत्रमाथि आक्रमण भए पनि निजी क्षेत्रले हिम्मत नहारेको बताए । ‘हामीले बैंकबाट ऋण लिएका छौँ, लगानी गरिसकेका छौँ र हामी हतोत्साही हुन मिल्दैन,’उनले भने ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भयरहीत वातावरणमा स्वच्छ तवरले तोकिएकै समयमा संघीय संसदको निर्वाचन निजी क्षेत्रको चाहना भएको बताए । निर्वाचन होस् भन्ने निजी क्षेत्रको चाहना हो । चुनावी वातावरण निर्माणको लागि निजी क्षेत्र सरकारको साथमै छ ।

‘हामी जनताको मतमार्फत् आफूलाई प्रमाणित गर्ने सुनौलो अवसरको उपयोग गर्न राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछौँ । तर, चुनावकै नाममा देशको अर्थतन्त्र खल्बल्याउने, निजी क्षेत्रलाई यो वा त्यो बहानामा दुःख दिने काम नहोस् भन्नेमा पनि सरकारको ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको छ,’उनले भने,‘ खुलेर भन्दा–चुनाव वा आन्दोलनको नाममा निजी क्षेत्रमाथि चन्दा आतंक नथोपरियोस् ।

उनले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणको निन्दा गर्दै आपराधिक गतिविधिलाई यो वा त्यो बहानामा छुट दिन नमिल्ने र त्यस्ता व्यक्तिमाथि कानूनी कारवाही हुनुपर्ने बताए ।

‘जेन–जी कै भावनासँग नजिक रहेको नेपालको निजी क्षेत्रमाथि भदौ २४ गते एकाएक हमला भयो । छानी–छानी, ताकी–ताकी सयौँलाई रोजगारी दिने, देशको अर्थतन्त्रलाई राजश्वमार्फत् योगदान दिने र देशमै बसेर केही गरौँ भन्नेहरुको सम्पत्ति जलाइयो, लुटपाट गरियो ।

त्यो दिन उद्योगी/व्यवसायीहरुले ज्यान जोगाउनै मुस्किल प¥यो । जेन–जीको नाममा भएको भदौ २४ को त्यो आपराधिक घटनाले हामी त पीडित भयौँ–भयौँ ।व्यापार/व्यवसायमै होमिन आँटेका हाम्रा छोरा पुस्ताहरुले पनि अब यहाँ बस्दैनौँ, विदेश जान्छु भन्न थालिसके,’उनले भने,‘

हामी त्यो घटनालाई बिर्सन चाहन्छौँ । हाम्रा छोरा–नातिलाई यही देशमा केही गर्नुपर्छ भनेर थम्थम्याउँछौँ । तर, एउटा सर्त छ– त्यस आपराधिक घटनामा संलग्नमाथि कारवाही हुनैपर्छ ।

शान्ति–सुव्यवस्था कायम हुनैपर्छ र यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण हुनुपर्छ । मुख्य कुरा–व्यापार व्यवसाय गर्र्नु,रोजगारी सिर्जना गर्नु र थोरबहुत पैसा कमाउनु भनेको अपराध हो भन्ने भाष्यलाई निस्तेज पार्नुपर्छ ।’

उनले उत्पादनमा लाग्नसक्ने युवा जनशक्ति धेरै हुनु भनेको राष्ट्रको लागि ठूलो अवसर भएको र नेपाल जनसांख्यिक दृष्टिले अहिले त्यही अवसर प्राप्त मुलुकमा परे पनि त्यसको उपयोगबारे नसोच्दा नै जेन–जी विद्रोह भएको जिकिर पनि गरे ।

‘वर्षेनी श्रम बजारमा निस्कने ५ लाख युवालाई कसरी यहीँ टिकाउने भन्नेतर्फ राज्यको ध्यान जानै सकेन । विदेशमा गएर पठाइदिएको रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियान असाध्यै सुस्त देखियो । सुशासनको मामिलामा राज्य चुक्यो,’उनले भने,‘ झन्झटिलो प्रशासनिक संरचना र प्रोत्साहनको अभावमा देशमै केही गर्छु भन्नेहरुको पनि मन भाँच्चियो । विद्रोह स्वभाविक थियो । गएको भदौ २३ गते नवयुवाहरु सडकमा उत्रिए ।’

उनले उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्नका निम्ति थप लगानी गर्न निजी क्षेत्र तयार भएको तर त्यसका निम्ति सुशासन र स्थायित्व आवश्यक रहेको औंल्याए ।

सरकारले उद्योग/व्यवसाय दर्तादेखि खारेजीसम्ममा सरलीकरण,लगानीका क्षेत्र पहिचान, यसअघि नै भनिएको विशेष आर्थिक क्षेत्र निर्माण र त्यहाँ उद्योग खोल्दा छुट सुविधा प्रदान,उच्च मूल्य प्राप्त हुने तथा निकासीका सम्भावना रहेका कृषि उत्पादनमा अनुदान, अनुसन्धानसँगै स्टार्टअपका कार्यक्रममा ध्यान दिए कर्जा लिएर चुनौती मोल्न नयाँ पुस्ता तयार हुने पनि बताए ।

कोरोला नाकाको संचालन, कोरोला–त्रिवेणी र सिद्धार्थ राजमार्गको स्तरोन्नति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि पनि उनले आवाज उठाए । गण्डकी सरकारको घरेलु रक्सी र गाँजा खेतीलाई वैधानिकता दिने निर्णयको उनले स्वागत गरे ।

‘गाँजा खेती नियमन गर्न बनेको ऐनलाई केही खुकुलो बनाउँदै औषधिजन्य व्यावासायिक उत्पादनमा निजी क्षेत्रलाई आकर्षित गर्न सके यसले गण्डकीको आर्थिक समृद्धिमा ठूलो योगदान दिन्छ भन्ने हाम्रो विश्वास रहेको छ,’उनले भने ।

कार्यक्रममा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले राजनीतिक दलहरुको आर्थिक समृद्धि र रोजगारी सिर्जनालाई मूलमन्त्र बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निजी क्षेत्रलाई सुरक्षा दिन कास्की प्रशासन तयार रहेको बताइन् ।

नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविलले पोखराले स्वास्थ्य पर्यटनबाट ठूलो लाभ लिनसक्ने बताउँदै पूर्वाधार र सेवामा मणिपालले ठूलो लगानी गरेको बताए । पोखरालई गुणस्तरीय स्वास्थ्यको सहर बनाउने अभियानस्वरुप नै मणिपाल अगाडि बढेको उनको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव शोभा गौतमको स्वागत रहेको कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका राजन शाक्यले उद्यमशीलताले नै मान्छेलाई सफल बनाउने भएकाले कामलाई सानो–ठूलो नभन्न आग्रह गरे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले नयाँ युगमा नयाँ प्रविधिको प्रयोगबाट व्यावसायिक सफलता मिल्ने भएकाले नयाँ प्रविधिलाई उपयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले मेला र महोत्सवहरु अर्थतन्त्र चलायमान बनाउन फलदायी भएको धारणा राख्दै निजी क्षेत्रले सामाजिक उत्तरदायित्ववोध पनि गर्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेशको संरक्षकत्व, गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विभिन्न व्यावसायिक प्रतिष्ठानको सहयोगमा मेला आयोजना गरेको हो ।

मेलामा सूचना प्रविधिदेखि घरायसी सरसामान, लत्ताकपडालगायतका १६० वटाभन्दा बढी स्टल रहेका छन् । मेलाका प्रचार–प्रसार उपसमिति संयोजक मनोहरि पौडेलका अनुसार बिहीबारबाट मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि राखिएको छ भने प्रवेश निशुल्क गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20144, citypokhara.com

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।

साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।

यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

आइटिएफ जे३० टेनिस टुर पोखरा ः दोस्रो दिन रोमाञ्चपूर्ण खेलहरू जारी

पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडीबीच दिनभर कडा प्रतिस्पर्धा देखिएको थियो ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्सतर्फ प्रतीक शेओरन (भारत) ले राज बिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै अर्को चरण सुरक्षित गरे ।

ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराए भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाए । शशांक साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बंगलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गरे ।

यस्तै गल्र्स सिंगल्समा ध्रुती गुन्डु (भारत) ले सातौँ वरीयताकी बोइदेही उकिल (न्यूजिल्यान्ड) लाई ६–४, ६–४ ले हराउँदै अर्को चरणमा प्रवेश गर्न सफल भइन् ।

गल्र्स डबल्सतर्फ युनर ची (चीन) र नाला जोसेफिन मस्के (अमेरिका) को जोडीले आयेशा बग्ला र मेहा पाटिल (भारत) लाई ५–७, ६–३, १०–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै शिवाली गुरुङ (नेपाल) र क–चिए हसु (ताइपेइ) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै इभा खतिवडा (क्यानडा) र पूर्वा सिंह (भारत) लाई ६–१, ६–१ ले सहजै हराए ।

अर्को खेलमा सौम्या चटर्जी र रञ्जना संग्राम (भारत) ले अक्षिता आनन्थारामन (बेलायत) र अरुणिमा रोय (भारत) लाई ६–४, ६–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

यसै गरी ब्वाइज डबल्समा शीर्ष वरीयताकृत जोडी शौनक चटर्जी (भारत) र रवर्ट डोल्या (सिङ्गापुर) ले गनुका फर्नाण्डो र रेहान गुणवर्धन (श्रीलंका) लाई ६–४, ३–६, १०–७ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

दोस्रो वरीयता प्राप्त ह्यो जिन हा र युल हो जुंग (दक्षिण कोरिया) ले मोहम्द आरिज खान र ओजस्वीर सिंह (भारत) लाई ६–४, ६–१ ले पराजित गरे। क्युंग बिन आन (कोरिया) र दर्शिल श्रेष्ठ (नेपाल) ले अयन दहिया र शशांक साई प्रसाद करणाटी (भारत) लाई ६–४, ६–३ ले हराउँदै अर्को चरणमा प्रवेश गरे ।

त्यस्तै खब्बो गयेन (बंगलादेश) र जियालियाङ गु (चीन) ले शास्वत बज्राचार्य र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–४ ले पराजित गरे । तेस्रो वरीयताकृत जोडी यन्सुओ पान र जुनलिन सु (चीन) ले एमडी महद बिन मालिक र एमडी तनभिर (बंगलादेश) लाई ६–३, ६–२ ले सोझो सेटमा हराउँदै अघि बढे ।

नेपालका प्रणव मानन्धर र राज बिर प्रधानले उत्कृष्ट समन्वयसहित यश कुमार र हर्ष मरवाहा (भारत) लाई ६–३, ६–३ ले हराए । आयुष्मान हजुर घले र सक्षम विक्रम शाह (नेपाल)ले पनि प्रभावकारी खेल प्रदर्शन गर्दै प्रतीक शेओरन र अनुज अभिजित तसिल्दार (भारत) लाई ७–६(२), ६–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन् ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले बताए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20141, citypokhara.com

निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा ।

पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले पुरस्कार घोषणासँगै अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ ।

कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए । पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई थियो । पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था मगरले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘आफ्नै अगाडि धेरै पुरस्कार केही वर्षमा वितरण गर्न रोकिएको उदाहरण देखिरहेका छौं, अब अक्षयकोष स्थापना भइसकेपछि निट डेण्टल पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने छ,’ उनले भने ।

निट डेण्टल पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारलाई मात्र नभएर अन्य समुदायका पत्रकारलाई समेत समेट्दै अगाडि बढ्ने संघीय सचिव आस्थामगरको विश्वास छ । यो पुरस्कार पोखरा वा गण्डकी प्रदेशका पत्रकारहरुमा मात्रै्र सीमित नगरेर देशभरीका पत्रकारलाई सम्मान गर्ने गरेर स्थापना गरिएको उनले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20138, citypokhara.com

विश्व एडस् दिवस

विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा.प्रमराज पंगेनी समुदायमा सचेतना फैलाउने उद्देश्यले मनाइने विश्व एड्स लगाएतका दिवसममा पत्रकार संग अन्तरक्रिया गर्दा समुदायमा छिटो छरितो यथार्थ संचारहुने बताउनु भयो ।

कार्यक्रममा एचआइभी र पोखरा एआरटीले गर्दै आएका कार्यका बारेमा प्रस्तुति राख्दै पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका फिजिसियन डा.सरदचन्द्र बरालले एचआइभी संक्रमण र एड्स रोग उपाचारका हिसाबले अन्य रोग भन्दा पनि सर्वसुल्लभ भएता पनि समाज हुने लालछना र भेदभावका कारण संक्रमितहरु निकटको स्वास्थ्य केन्द्र भन्दा पनि अन्य केन्द्रहरुबाट सेवा लिने गरेको बताए ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एड्स रोग निवारणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताए । उनले लालछना र भेदभावका कारण अझै पनि सम्भावित संक्रमितहरु उपचार र परिक्षणमा खुलेर आउन नचाहदा जोखिम बढ्ने गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ  कास्कीका पूर्व अध्यक्ष एवम सल्लाहकार दिपेन्द्र श्रेष्ठ, एड्स रोग संघका केन्द्रिय सचिव मनोज गुरुङ लगाएत बोलेका थिए ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीका प्रमुख विद्या कोइराला र संचालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ रहेको छ ।

बुधबारदेखि पोखराको नयाँबजारमा व्यापार मेला, तयारी पूरा 

पोखरा । यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी लगभग पूरा भएको छ ।

आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् ।

अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य रहेको छ ।

उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने बताए ।

‘मंसिर १७ देखि २१ गतेसम्म आयोजना हुने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन,अटो र औद्योगिक उत्पादनहरु रहने छन्,’अध्यक्ष कार्कीले भने,‘उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्ने गरी हामीले मेलास्थलमै कृषि,पर्यटन,सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ ।’

२०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिने क्रममा योपटक हामीसँग पोखरामै रहेको नेपाल मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको तथ्य पेश गर्दै अध्यक्ष कार्कीले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ र पोखरा स्वास्थ्य पर्यटनको केन्द्र अनि स्वास्थ्य लाभ गर्न चाहनेको गन्तव्य बन्न सक्छ भन्ने प्रमाणित भएको पनि जिकिर गरे ।

संघका महासचिव शोभा गौतमका अनुसार कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह–आयोजक हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन् । ग्लोबल आइएमई बैंकले मेलामा सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।

टुवर्ग वियर,सोल्टी पानी,पोखरा इन्टरनेट,कुमारी गोल्ड शूद्ध चक्की आँटा,बाग्मती प्लाष्टिक,युनाइटेड अजोड इन्स्योरेन्स,मुक्तिनाथ विकास बैंक,मुक्तिनाथ विकास कृषि कम्पनी,गरिमा विकास बैंक,माछापुच्छे« बैंक,घरायसी विद्युतीय सामग्री बेटर,मंगलम् पाइप,गजवको पीरो चाउचाउ,नेपाल टेलिकम,रेडबुल,डाबर नेपाल,फिस्टेल ड्रिम पार्क,ग्रीन डेभलपमेण्ट बैंक,यूएनभी, माउण्ट कैलाश रिसोर्ट, होटल दीपसागरले पनि मेलालाई विभिन्न विधामा सघाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्ने बताए । उनले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने जानकारी पनि दिए ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन,औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको बताउँदै मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20134, citypokhara.com

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

टोकियो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरूमा समेत शाखा विस्तारको आवश्यकता रहेको बताईन्।

उनले प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गरिन। फरक प्रसङ्गमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिईन।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहरी तथा नव-निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको थियो।

छैटौं अधिवेशनले रविन्द्र श्रेष्ठलाई अध्यक्ष, मनिषा चम्लागाई र लक्ष्मी शर्मालाई उपाध्यक्ष, अर्जुन लामिछानेलाई सचिव, विष्णु सापकोटालाई सहसचिव, फुर्वा शेर्पालाई सहसचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो।

अधिवेशनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य र विनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए।

कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षता, सदस्य खड्का गुरुङको स्वागत मन्तव्य तथा सदस्य पूर्ण चलाउनेको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताईन।

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित कार्यक्रममा जापानभरिबाट विभिन्न सञ्चारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

यसैबीच, नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी तथा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ।

बैठकले महासंघलाई जापानमा विधिवत् रूपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दीपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउनका उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका तीन क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ। सोहीअनुसार—
• नागोया क्षेत्रमा भूलबहादुर राना (निशान),
• ओसाका क्षेत्रमा रामचन्द्र गिरी,
• हिरोशिमा/फुकुओका क्षेत्रमा भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा पत्रकार कल्याण कोषको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष शान्त पहारी संयोजक, सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुलबहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20128, citypokhara.com

पोखरामा राइज फिटनेसको तीन शाखा संचालनमा, ५ करोडभन्दा बढी लगानी

पोखरा ।
फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो ।

राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए ।
राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ ।  जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए।

फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ।

पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्।

“हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने।

भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ।

“हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20120, citypokhara.com

आइटिएफ जे३० टेनिस टुर पोखराको तयारी पुरा, १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।

भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा गर्ने ्कास्की जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् । उनले भनेका छन्–“पोखराले विभिन्न १६ देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी करिव २ सय जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।”

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका निवर्तमान अध्यक्ष लोक बहादुर गुरूङले बताए । उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं ।”

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार प्रतियोगितामा ब्वाइजतर्फ जुनियर वरियताका प्रणब मानन्धर (१७६९), आयुष्मान हजुर घले (२२२२), सक्षम विक्रम शाह (३२५६), राज वीर प्रधान (३७००) र बरियताका तथा गल्र्सतर्फ सुनिता थापा (१२८४), शिवाली गुरुङ (१३६७), स्वस्तिका बिस्ट (३२९९) वरियताका नेपाली खेलाडीहरुको सहभागिता रहेको छ । त्यस्तै वाइल्डकार्ड मार्फत दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको समेत सहभागिता रहनेछ ।

त्यस्तै प्रतियोगितामा नं.१ ताइपेइका वल्र्ड र्याकिङ टिङ–हो याङ (१०७७) र नेपाल नं १–सुनिरा थापा (१२८४) को सहभागिता हुनेछ ।

टुर्नामेन्ट डाइरेक्टर विष्टले प्रतियोगिताका लागि दुई भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । उनले आगामी वर्षबाट वल्र्ड टेनिसले नियममा केही सुधार गर्दै अघि बढेको बताउँदै कोर्टको संख्या नबढ्दा खेलाडीको संख्यामा कमि आउने जनाए । नेपाल टेनिसका सचिब समेत रहेका उनले भने–अब प्रतियोगिता नयाँ फर्मयाट जाँदै छ । अब खेलाडीहरुको सख्या बढाउन पूर्वाधार समेत बढाउनु पर्छ । यसका लागि राज्यको ध्यान जान आवश्यक छ ।”

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको संघका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा रहे पनि पूर्वाधारको अभाव रहेको उनको भनाई थियो । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले पोखरालाई चिनाउने यस प्रकारका प्रतियोगिताहरु सफल बनाउन सबैको सहकार्य आवश्यक रहने औंल्याए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20117, citypokhara.com

कान्तिपुर एकेडेमीमा स्पोर्ट मिट

पोखरा । कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी पोखरा– १० चाउथेको वार्षिक स्पोर्ट मिट कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्दै विद्यार्थीको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यका साथ विद्यालयले स्पोर्ट मिट कार्यक्रम आयोजना गरेको हो ।

एन प्याव्सन कास्कीमा आबद्ध यस विद्यालयले हरेक वर्ष विद्यार्थीका क्षमता पहिचान गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएको छ ।

आइतबार भएको स्पोर्ट मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू पोखरा रङ्गशाला र कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको प्रतियोगिता विद्यालयमा आयोजना गरिएको एन प्याब्सन कास्कीका उपाध्यक्ष समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार स्पोर्ट मिट कार्यक्रममा एथलेटिक्स सम्पूर्ण विधाका खेलहरू खेलाइएको थियो । कार्यक्रममा विद्यालयले मार्च पास प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

‘हरेक वर्ष हामीले विद्यालयका क्षमता प्रस्फुटन गर्न यस्ता खालका कार्यक्रम आयोजना गर्दै आएका छौ’ विद्यालयका संस्थापक प्रिन्सिपल तथा एन प्याव्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले भने,‘विद्यालयले गरेका यस्ता खालका कार्यक्रमबाट विद्यार्थीहरूले पढाइका लवा अन्य क्षेत्रमा पनि उत्कृष्टता हासिल गरेका छन् ।’ कक्षा कोठा भन्दा बाहिरको सिकाइबाट जीवनलाई सफल र सबल बनाउन सकिन्छ भन्ने उदाहरण यस्ता खालका कार्यक्रमले दिएको उनले सुनाए।

कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीका प्रतिभा पहिचान गर्न यो कार्यक्रम उत्कृष्ट रहेको बताए । ‘एन प्याब्सन कास्कीले पनि हरेक वर्ष खेलकुद महोत्सव र वाल प्रतिभा पहिचान कार्यक्रम गर्दै आएको छ जुन कार्यक्रममा यस विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ’ अध्यक्ष अधिकारीले भने, ‘विद्यालयमा हुने पढाइका साथ साथै यस्तै खालका अतिरिक्त क्रियाकलापलेहरुले पनि कास्कीमा स्थापित विद्यालयको रूपमा चिनाएको छ ।’

विद्यालयका संस्थापक प्रिन्सिपल मनकाजी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठले गरेकी थिइन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20114, citypokhara.com