Breaking News
कोटिहोमको सफलताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञको शु–सम्पन्नताको कामना गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गर्ने सङ्कल्पअनुसार आज तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको छ ।

आज बिहान पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा पुगेर तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण गरिएको गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

कोटिहोममा जेठ २४ गते २१ करोड दीप (ज्योति) प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । यति ठुलो दीप प्रज्वलन कार्यक्रममा आ–आफ्नो घरबाट ज्योति ल्याएर दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आग्रह गरेका छन् ।

‘जेठ २४ गते भव्य कार्यक्रमका साथ २१ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ’ बालयोगेश्वरले भने, ‘यो महान कार्यमा ज्योति सहित आफुलाई पनि समायित गर्न म सम्पूर्ण भक्तजनलाई आग्रह गर्दछु ।’

कोटिहोममा एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ । कोटिहोममा साधु सन्त, कथा व्यास तथा चर्चित कलाकारहरूको सहभागिताले महायज्ञ भक्तजनमय भएको छ । आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहने छ ।

यति वेला यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बन्द फिर्ता लिएसँगै आज भक्तजनको उपस्थिति झन् बढेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने छिन् । कोटिहोममा आज पं दीप किशोर भट्टराई नारायण कृष्णले प्रवचन गरेका छन् ।

देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18502, citypokhara.com

कोटीहोम ऐतिहासिक रहेछ : महानायक हमाल

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।

पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताए ।

उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।

उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे । कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।

कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न आज पनि भक्तजन ओइरिएका छन् । आज सोमबार पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत दुई लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।

कोटीहोममा हालसम्म २० लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘आज पटकपटक वर्षा भयो, यातायात बन्दको बन्द छ, तर पनि भक्तजन ओइरिए ।’

सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन आएको उनले बताए ।

शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले अलौकिक शहरमा भएको कोटीहोमले निकै ठूलो महत्व राख्ने बताइन् ।

उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ ।

उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।

कोटीहोममा जेठ २४ गते २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको र एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेललाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगन, छलफल जारी

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन एक महिनाका लागि स्थगन गरेको छ। यातायात व्यवसायीहरूको विरोध र नेपाल सरकारको अनुरोधपछि वार्ता र सहमति जुटाउन यो निर्णय लिइएको हो।

उच्च अदालत र सर्वोच्च अदालतको निर्देशनअनुसार राइड सेयरिङ सेवालाई कानुनी रूपमा व्यवस्थित गर्न नियमावली जारी गरिएको थियो। यो सेवाले हजारौँ युवालाई रोजगारी र स्वरोजगारीको अवसर दिँदै आएको छ। तर, यातायात व्यवसायीहरूले नियमावलीको विरोधमा सार्वजनिक यातायात बन्द गरेपछि विवाद बढेको थियो।

प्रदेश सरकारले वार्ता समितिमार्फत २०८२ जेठ १३ र १८ मा व्यवसायीहरूलाई छलफलका लागि बोलाएको थियो। व्यवसायीहरूले सात बुँदे माग राख्दै यातायात बन्द गरेपछि वार्ता हुन सकेन। नेपाल सरकारको प्रधानमन्त्री कार्यालयबाट जनजीवन सामान्य बनाउन नियमावली स्थगनको अनुरोध आएपछि प्रदेश सरकारले एक महिनाभित्र वार्ता सम्पन्न गरी समाधान निकाल्ने र उक्त अवधिका लागि नियमावली कार्यान्वयन रोक्ने निर्णय गरेको छ।

प्रदेश सचिव कमल कुमार अधिकारीको नेतृत्वमा गठित वार्ता समितिले सरोकारवालासँग छलफल गरी सहमति जुटाउने प्रयास गर्नेछ। यो अवधिमा राइड सेयरिङ सम्बन्धी प्रावधान लागू नहुने सरकारले जनाएको छ।

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगन, छलफल जारी

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18497, citypokhara.com

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् ।

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन् ।

काठमाडौँ बाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए ।

कोटिहोममा सविता खत्री क्षेत्री पोखरा–१७ बाट २५ हजार, निलम गुरुङ सपरिवार पोखरा–१७  बाट २५ हजार ५, राम बहादुर खाँड ठकुरी पोखरा–८ बाट २५ हजार १ सय ५५, अनिता कुमारी शर्मा पोख्रेल पोखरा–१७ बाट २५ हजार, शोभा महत पोखरा–८ बाट २५ हजार ६ सय ५, झपटबहादुर केसी, देवका केसी तनहुँबाट १० हजार २ सय १०, डिल्लीराम अधिकारी माछापुच्छेे–४ बाट २५ हजार, मानव मिलन नारी जागरण नेपाल पोखराबाट २५ हजार १ सय, हरिराज कोइराला पोखरा–६ बाट २५ हजार १ सय ५, हरिराम देवकोटा पोखरा–१७ बाट २५ हजार १ सय ५, नारी परोपकार केन्द्र पोखरा–८ बाट २५ हजार १ सय १५, भवानी आमा समूह पोखरा–८ बाट २७ हजार ५ सय ५५, चन्द्र सुर्य टोल विकास संस्था पोखरा–१७ बाट २५ हजार १ सय, रमेश राज भुसाल काठमाण्डौं बाट १५ हजार ५ सय ५५, शिखतानी चेलीबेटी पोखरा–११ बाट २८ हजार ५५ सहयोग प्राप्त भएको छ ।

महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन । 

सुरुको अवस्थामा केही विरोधका आवाज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र चर्चित लोक दोहोरी गायिका टिका सानुले भजन प्रस्तुत गरी भक्तजन र अतिथिलाई छमछम नचाएका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

हेमजाकाे डिभाइडरमा ११ सय फूलका बिरुवा राेपिँदै

पाेखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा विभिन्न जातका ११ सय फूलका बिरुवा राेपिने भएकाे छ ।

राजमार्गको याम्दीबाट फेदीसम्मको सडक खण्डको १२ कि.मि. दुरीको डिभाइडरमा बुधबारदेखि फूलका बिरुवा राेपिने महानगरका प्रवक्ता तथा पोखरा-२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।

विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाको क्लिन सिटी ग्रिन सिटी कार्यक्रम अनुसार २ लाख २६ हजार बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ अनुरूप नै बुधवार विहान ७ः३५ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाे उपस्थितिमा पोखरा २५ साझा चोकमा फूलका बिरुवा रोपिने कार्यक्रम रहेकाे प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

डिभाइडरमा खाल्टा खन्ने काम जारी रहेकोले एक हप्ता भित्रमा १ हजार १ सय फूलका बिरुवा रोपी सकिने उनकाे भनाई छ ।

‘महानगरको अभियान अन्तर्गत हेमजाबाट वृक्षारोपण कार्यक्रम सुरु हुदैछ’ उनले भने, ‘यो अभियानमा सहभागिताको लागि सम्पूर्ण टोल विकास संस्था, नागरिक समाज, आमा समूह, युवा क्लब, कर्मचारी, विद्यालय, वित्तीय संस्था लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं ।’

पहिले रोपिएका बिरुवाहरू हुर्काउन धेरै प्रयत्न गर्दा पनि माटोको लेभल कम भएको कारणले बढ्न नसकेका कारण अहिले आवश्यक साइजको खाडल, नयाँ माटो र मल हालेर बिरुवा रोप्ने तयारी भइरहेको तिम्सिनाले जानकारी दिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18493, citypokhara.com

५४ वर्षको इतिहासमा पहिलोपटक मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा महिला

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ ।

डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ ।

मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायन वर्ष २०२४/२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जे लाई चर्चामा ल्याएकी छन् । उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ ।

लायन थापाले लायन्स क्लब मार्फत् समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष योगदान दिएकी छन् । पहिलोपटक मल्टिपल काउन्सिलले महिला नेतृत्व पाएकोमा नेपालका सबै लायन्स लिडरहरुले खुशी हुँदै उनलाई शुभकामना दिएका छन् ।

मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध भएका छन् ।

भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा डिष्ट्रिक्ट एच का इलेक्ट गभर्नर लायन रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जि इलेक्ट गभर्नर लायन विधान जोशी र डिष्ट्रिक्ट एफ का इलेक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

आफू निर्विरोध भएपछि उनले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरु विशेषगरी महिलाहरुलाई थप प्रोत्साहन मिलेको बताइन् ।

उनले भनिन् — “यो जीत सम्मानसँगै मलाई लायनिज्ममा प्राप्त ठूलो जिम्मेवारी पनि हो । अब यो नेतृत्वलाई रुपान्तरण र समावेशीताको उदाहरण बनाउनेछु ।” निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई उनले धन्यवाद दिँदै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18487, citypokhara.com

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशीर्वादले नै कोटिहोम  ऐतिहासिक वनेको आयोजकको भनाई छ ।

महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।

‘तपाईँहरूको ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएको छ । भक्तजनहरूकै आशीर्वाद, ईश्वरको कृपा र इच्छाले नै कोटिहोम महाज्ञय जस्तो महा अनुष्ठानहरू वास्तामै ऐतिहासिक बन्न सम्भव भएको छ’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने, ‘देशभरिबाट भक्तजनहरू उपस्थित भइदिनुभयो, देश तथा विदेशमा रहनुभएका गुरुहरूको आशीर्वचन प्राप्त हुने दिव्य अवसर प्राप्त भयो र हाम्रो जीवनकालमा दर्शन गर्न मिल्ने शत कुण्डीय गायत्री कोाटिहोमको साक्षात्कार गर्न पाउनुभयो भने यो भन्दा महान् उपलब्धि मानव जीवनको लागि अन्य के नै होला र ?’

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भोलि गुरुङ भेषमा पण्डालमा आउने भएकी छन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले भोलि गुरुङ पहिरनमा रहेर कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसै गरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा जेठ २४ गते हुने छ ।

कार्यक्रममा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुली तथा निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी गायक विमल राज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा श्री नमुना टोल विकास संस्था परिवार पोखरा १७ बाट ६३ हजार ६ सय ८५, शिवजी पौडेल चितवन बाट  २५ हजार ५ सय ५५, कृष्ण प्रसाद खनाल  स्याङ्जा –८ बाट  १५ हजार, रेसम लाल÷प्रेम प्रसाद खनाल स्याङ्जा –८ बाट ११ हजार ५ सय, नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घ नेपाल स्याङ्जा–१  बाट ३१ हजार १ सय ३५, भगवती बराल पोखरा १७ बाट २५ हजार सहयोग प्रदान भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिन्दवाशिनी कंसाकार, लक्ष्मी तिवारी कुसुम महर्जनको उपस्थिति रहेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै  नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र,  पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18479, citypokhara.com

नेपाल पत्रकार महासंघ कास्कीमा फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए ।
क्षमता अभिवृद्घि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त ज्ञान र सिपलाई आफ्नो काम र व्यवाहारमा लागू गर्नु पर्ने बताए । पत्रकारले राज्यका निकायहरु खबरदारी गर्दै समाजलाई सुुसुचित गर्नु गर्ने बताए ।

फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनु पर्ने बताए ।

तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटा पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणी बरालले फोटो पत्रकारिताको आचारसहिता सहित फोटो पत्रकारिता गर्दा आफुले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए ।

दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वातग महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।

तीन दिन सम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18476, citypokhara.com

हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

पोखरा। होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात सेवालाई सुचारु गर्ने वातावरणका लागि सम्वन्धित सबै पक्षलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौं ।’

पर्यटन व्यवसायीले विगतदेखि नै बन्द र हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र बन्द तथा हड्तालका कारण पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने विषय उल्लेख गर्दै संघले बन्द हड्तालले देशविदेशमा सकारात्मक सन्देश नजाने उल्लेख गरेको छ ।

पर्यटनका लागि सहज पहुँच र यातायात अनिवार्य शर्त भए पनि विगत तीन दिन देखि गण्डकी प्रदेश क्षेत्रमा सार्वजनिक यातायातका साधन संचालन हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजी लगायतका मागहरु राखेर यातायात व्यवसायी र सम्वन्धित मजदूरका तर्फबाट अगाडि बढाइएको आन्दोलनको प्रत्यक्ष मारमा यात्रु वर्ग पर्नु दुःखको कुरा भएको संघले जनाएको छ ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव समेत मनाउने संघारमा गरिएको यातायात हड्तालको समस्या समाधानको उपाय वार्ता नै भएको अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

—

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18473, citypokhara.com

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तीन दिनसम्म जारी, विविध निर्णय हुँदै

काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनको तीनदिने दोस्रो केन्द्रीय बैठक तथा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा जारी छ। बैठक यही जेठ १८ गते (शनिवार) सम्पन्न हुने बताइएको छ।

बैठकमा संघीय निजामती सेवा ऐन, आगामी बजेट तथा संगठनका विविध गतिविधिसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ। संगठनका पदाधिकारी तथा सचिवालय बैठकका निर्णय अनुमोदन, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुति, संगठनको विनियम २०८२, केन्द्रीय कार्यसमितिमा मनोनयन, कार्यविभाजन, उपहार कार्यक्रम २०८२, बक्यौता तथा वार्षिक लेवी, वार्षिक कार्ययोजना २०८२/८३ लगायतका एजेन्डामा निर्णय प्रक्रिया अगाडि बढाइएको छ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँलसहित पेशागत महासंघका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा संगठनका १७० जना केन्द्रीय नेताहरू मध्ये १५० भन्दा बढीको उपस्थिति रहेको जनाइएको छ। हिजोको बैठकमा महासचिव रामचन्द्र अधिकारीले सांगठनिक प्रतिवेदनसहित संशोधित विधान तथा विनियम पेश गरेका थिए। आर्थिक प्रतिवेदन भने संगठनकी कोषाध्यक्ष यामकुमारी सापकोटाले प्रस्तुत गरेकी थिइन्। दोस्रो दिनको बैठकमा प्रस्तुत प्रतिवेदनहरूमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ।

बैठक संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षतामा सञ्चालन भइरहेको केन्द्रीय सदस्य इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18470, citypokhara.com