Breaking News
बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना; आज एकै दिन दुई पर्व

काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ। आज बिहान कुकुरको पूजा गरेर साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदैछ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्नेछ।

तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठामिठा परिकार खुवाएर पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्न कुकुरको पूजा गरिन्छ। कुकुरलाई बफादार र सुरक्षाको भरपर्दो साथीका रूपमा सम्मान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

साँझ घरघरमा लक्ष्मीपूजा

आज साँझ घरघरमा धन, वैभव र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। लक्ष्मीको स्वागतका लागि घरआँगन सफा गर्ने, ढोकादेखि पूजाकोठासम्म रंगोली तथा विभिन्न रंगका आकृति बनाउने र दीप प्रज्वलन गर्ने चलन छ।

विशेषगरी घरको मूलढोकादेखि पूजाकोठासम्म चामलको पीठो वा रंगले लक्ष्मीका पाइला बनाउने गरिन्छ। यसरी पाइला बनाएर देवी लक्ष्मीलाई घरभित्र स्वागत गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

साँझ गाईको गोबरले लिपपोत गरिएको वा सफा गरिएको पूजास्थलमा कलश स्थापना गरी गणेश र लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई फूल, अक्षता, धूप, दीप, फलफूल, मिठाई तथा विभिन्न नैवेद्य अर्पण गरिन्छ। घरमा भएका धनसम्पत्ति, गरगहना तथा बहीखाताको समेत पूजा गर्ने परम्परा छ।

लक्ष्मीपूजाका अवसरमा घर, पसल तथा व्यापारिक प्रतिष्ठानमा दीपावली गरिन्छ। झिलिमिली बत्ती र दियोले घरआँगन उज्यालो पार्दै लक्ष्मीको स्वागत गर्ने यो पर्वलाई तिहारको महत्वपूर्ण दिनका रूपमा लिइन्छ।

आज नरक चतुर्दशी पनि

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी दक्षिण दिशातर्फ बत्ती बालेर बगाउने चलन छ। यस्तो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।

यसैबीच, कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा मनाइनेछ।

यमपञ्चकको मुख्य पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23012, citypokhara.com

कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा डीएन लामिछाने

पोखरा । युवा उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास तथा व्यावसायिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर अफ कमर्स कास्कीको आयोजनामा कास्की जिल्ला युवा चेम्बर गठन गरिएको छ। नवगठित युवा चेम्बरको अध्यक्षमा दुर्गानाथ (डीएन) लामिछाने चयन भएका छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा पवन तिवारी, सचिवमा गोविन्द शर्मा पौडेल र कोषाध्यक्षमा माधव भण्डारी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि यामनाथ पौडेलले युवाहरू देशको आर्थिक तथा व्यावसायिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवीन व्यावसायिक अवधारणाको विकास हुन आवश्यक रहेको बताए ।

उनले युवा चेम्बरले युवाहरूलाई एकताबद्ध गर्दै व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसै अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

युवा उद्यमशीलताको प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा जिल्लाको आर्थिक विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउन नवगठित कास्की जिल्ला युवा चेम्बरले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23008, citypokhara.com

International-Level Security and Self-Defence Training Begins in Pokhara

Pokhara: A five-day International -Level Security and Self-Defence Training Programme has begun in Pokhara with the aim of equipping Nepali youth with international-standard security knowledge, skills and professional opportunities. The training, which started on Friday, will continue until Tuesday.

Organized by Gurkha Guard Security Services Pvt. Ltd., the programme will be led by international trainers: Zsolt Keresztesi, Director and Instructor at the Central European Bodyguard Academy (CEBA), Hungary; Janos Laub, Instructor at CEBA; Robert Andras, Director and Instructor at Dakota Security, Romania; and Michael Newton, a former British Army officer.

A total of 60 participants are taking part in the training, which is being conducted in two shifts. The participants include young people from various districts of Nepal, as well as socially active youths involved in volunteer work in the disaster-affected Beni area of Myagdi.

International-Level Security and Self-Defence Training Begins in Pokhara

Himal Subedi, Chief Executive Officer of Gurkha Guard Security Services Pvt. Ltd., said the main objective of the programme is to promote professionalism and the use of modern technology in Nepal’s security sector while preparing young people to compete in the international security market.
“Our objective is not limited to recruiting personnel for our own company. We want to equip as many Nepali youths as possible with international-standard skills and knowledge so they can explore professional opportunities both in Nepal and abroad,” he said.

The training covers professional security operations, self-defence, VIP protection, bodyguard skills, crowd management, risk identification and emergency response, among other areas.

Rahul Pandey, founder of Salute Gurkha Training Center Pvt. Ltd., said the long-term goal is to connect around 500 young people with the security sector. He added that the programme aims to serve as a bridge between Nepal and Europe for the exchange of knowledge, skills, technology and professional opportunities in the security field.

Participants who successfully complete the training will receive certificates based on their performance and assessment. The organizers also stated that opportunities for advanced bodyguard training in Hungary may be available to eligible participants, subject to selection.

The training sessions will be facilitated by Salute Gurkha Training Center Pvt. Ltd. founder Rahul Pandey, Gurkha Guard Security Services Pvt. Ltd. Director and Engineer Sagar Gautam, and former Indian Army Captain Krishna Bahadur Ale.

The programme is being conducted in collaboration with Salute Gurkha Training Center Pvt. Ltd., the Central European Bodyguard Academy (CEBA) and Dakota Security Services.

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23000, citypokhara.com

तिहारको रौनक सुरु, आज काग तिहार मनाइँदै

पाेखरा ।

नेपालीहरूको दोस्रो ठूलो सांस्कृतिक तथा धार्मिक पर्व तिहारअन्तर्गत आज शनिबार देशभर काग तिहार मनाइँदैछ। यमपञ्चकको दोस्रो दिनका रूपमा मनाइने काग तिहारमा बिहानै घरघरमा कागलाई विभिन्न परिकार तथा खानेकुरा दिएर पूजा गर्ने परम्परा छ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ। कागले शुभ तथा अशुभ खबर ल्याउने जनविश्वास रहेकाले यस दिन कागलाई सम्मानपूर्वक खानेकुरा अर्पण गरी पूजा गर्ने चलन रहिआएको छ। कागलाई पूजा गर्दा अनिष्टबाट जोगिन सकिने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वाससमेत रहेको छ।

यस वर्ष तिथिको घटबढका कारण तिहारका पर्वहरू केही फरक दिनमा परेका छन्। शुक्रबार अर्थात् कात्तिक २० गते धनत्रयोदशी (धनतेरस) तथा यमदीपदानसँगै तिहारको धार्मिक अनुष्ठान सुरु भएको हो। आज कात्तिक २१ गते काग तिहारसँगै धन्वन्तरी जयन्ती पनि मनाइँदैछ।

तिहारको अवसरमा बजार तथा बस्तीहरूमा चहलपहल बढ्न थालेको छ। घरआँगन सरसफाइ गर्ने, सयपत्री तथा मखमली फूलका माला तयार पार्ने, झिलिमिली बत्तीले घर सजाउने र पर्वका लागि आवश्यक सामग्री किनमेल गर्ने क्रम बढेको छ। सहरदेखि गाउँसम्म तिहारको आगमनले उत्साह र उल्लास थपेको छ।

तिहारअन्तर्गत कात्तिक २२ गते आइतबार कुकुर तिहार तथा लक्ष्मीपूजा एकै दिन परेको छ। कुकुरलाई इमानदार र सुरक्षाको प्रतीकका रूपमा सम्मान गर्दै माला, टीका र मिठा परिकार खुवाएर पूजा गरिन्छ। सोही दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिनेछ।

त्यसैगरी कात्तिक २३ गते सोमबार गाईपूजा, कात्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा तथा नेवार समुदायको म्हःपूजा मनाइनेछ। यसै दिन नेपाल संवत् ११४७ को नयाँ वर्षसमेत प्रारम्भ हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली तथा सयपत्री फूलको माला लगाइदिँदै दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्ने परम्परा छ।

फूल, बत्ती, देउसी–भैलो, पूजा र पारिवारिक मिलनको पर्वका रूपमा परिचित तिहारले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र आपसी सम्बन्धलाई पनि प्रगाढ बनाउँदै आएको छ।

काग, कुकुर, गाई तथा गोरुजस्ता पशुपन्छीको सम्मान र पूजा गरिने यस पर्वले मानिसले प्रकृति तथा सम्पूर्ण जीवजन्तुप्रति सम्मान र सहअस्तित्वको भावना राख्नुपर्ने सन्देशसमेत दिन्छ। आधुनिक जीवनशैलीसँगै तिहार मनाउने तरिकामा परिवर्तन आए पनि यसको मौलिकता, सांस्कृतिक महत्त्व र पारिवारिक आत्मीयता आज पनि उत्तिकै जीवन्त छन्।

तिहारको आगमनसँगै देशभर उत्साह छाएको छ। दीपावलीको उज्यालो, फूलको सुगन्ध र आपसी सद्भावले यस वर्षको तिहारलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22997, citypokhara.com

पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम सुरु

पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा ज्ञान, सीप र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको तालिम आगामी मंगलबारसम्म सञ्चालन हुनेछ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लि.को आयोजनामा सञ्चालित तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षकहरु सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, सीईबीएका प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटनले प्रशिक्षण दिनेछन् ।

दुई सिफ्टमा सञ्चालन भइरहेको तालिममा ६० जना युवा सहभागी छन्। देशका विभिन्न जिल्लाका युवासँगै  प्राकृतिक विपत्तिबाट प्रभावित म्याग्दीको बेनी क्षेत्रमा स्वयमसेवामा खटिएका सामाजिक क्षेत्रमा सकृय युवालाई समेत तालिममा सहभागी हुने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय सुरक्षा बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु तालिमकाे मुख्य उद्देश्य रहेको बताए। ‎उनले भने, ‘हाम्रो उद्देश्य आफ्नै कम्पनीमा जनशक्ति भर्ना गर्नु मात्र होइन, बढीभन्दा बढी नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सीप र ज्ञान प्रदान गरी नेपालसँगै विदेशमा समेत व्यावसायिक अवसर खोज्न सक्षम बनाउनु हो।’

तालिममा व्यावसायिक सुरक्षा, आत्मरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, भीड व्यवस्थापन, जोखिम पहिचान तथा आपत्कालीन प्रतिकार्यलगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

International-Level Security and Self-Defence Training Begins in Pokhara

आगामी दिनमा करिब ५०० युवालाई सुरक्षा क्षेत्रमा जोड्ने दीर्घकालीन लक्ष्य रहेको सल्युट गाेर्खा ट्रेनिङ सेन्टर प्रा. लि.का संस्थापक राहुल पाण्डेले जानकारी दिए। नेपाल र युरोपबीच सुरक्षा क्षेत्रमा ज्ञान, सीप, प्रविधि तथा व्यावसायिक अवसर आदानप्रदान गर्ने पुलकाे रूपमा तालिमलाई विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ।

तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीलाई मूल्याङ्कनका आधारमा प्रमाणपत्र प्रदान गरिनेछ। साथै, योग्यता र छनोटका आधारमा हंगेरीमा थप उच्चस्तरीय अङ्गरक्षक तालिमको अवसरसमेत उपलब्ध हुन सक्ने आयोजकले जनाएको छ।

तालिममा सल्युट गाेर्खा ट्रेनिङ सेन्टर प्रा.लि.का संस्थापक राहुल पाण्डे,  गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिका निर्देशक इन्जिनियर सागर गौतम र भारतीय सेनाका पूर्व क्याप्टेन कृष्णबहादुर आलेले सहजीकरण गर्नेछन् ।

तालिममा सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा.लि., सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी र डाकोटा सेक्युरिटी सर्भिसेसको सहकार्य रहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22991, citypokhara.com

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन  ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा । तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा अन्य प्रतिबन्धित सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ । सरकारले प्लास्टिकजन्य फूलमाला उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा रोक लगाएको भए पनि बजारमा बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमनलाई निरन्तरता दिएको हो।
महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको थियो। सूचनाको कार्यान्वयन भए–नभएको विषयमा महानगरले बजार अनुगमनलाई तीव्र बनाएको महानगर आर्थिक विकास  महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
उनका अनुसार शुक्रबार पोखरा महानगरपालिका वडा नं. १ र २ नम्बरका बिन्ध्वासिनी र  बगर क्षेत्रमा रहेका नौवटा पूजासामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सटेनिङ्  नष्ट समेत गरिएको छ ।
अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले जानकारी दिइन्। नेपाल सरकारले प्रतिबन्धित गरेका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताइन्।
महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको थियो।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको बिक्री–वितरणमा रोक लगाइएको बताइन्। तिहारका बेला यस्ता सामग्रीको बिक्री बढ्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो। विगतका वर्षमा व्यवसायीबाट विभिन्न गुनासा आउने गरे पनि यस वर्ष त्यस्ता गुनासा तुलनात्मक रूपमा कम देखिएको उनले बताइन्।
उपप्रमुख गुरुङले व्यवसायीहरुलाई प्रचलित कानून तथा मापदण्डको पूर्ण पालना गर्न, वस्तुको गुणस्तर र मुल्यमा पारर्दशिता कायम गर्न, म्याद नाघेका सामग्री र प्लाष्टिकको फूलमाला बित्र्रmी नगन आग्रह गदै उपभोक्तालाई जिम्मेवा र  जवाफदेही बन्न अनुरोध गरेकी छन् ।उनले प्लास्टिकका कृत्रिम फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिन्।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णयविपरीत कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा २२ को उपदफा (४) बमोजिम १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
अनुगमनमा महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराकी अधिकृत सरस्वती गिरी, महानगरको सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बराल तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनलाई ध्यानमा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22988, citypokhara.com

ब्लड क्यान्सर प्रभावित युवालाई युनाइटेड क्लब पोखराको आर्थिक सहयोग

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण तथा विपदमा परेकाहरूलाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लब पोखराले ल्युकेमिया ब्लड क्यान्सरबाट प्रभावित एक युवालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील क्लबले पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी ल्युकेमिया ब्लड क्यान्सरबाट प्रभावित हसन अली मियाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद सहयोग प्रदान गरेको हो । क्लबका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा उक्त आर्थिक सहयोग प्रदान गरिएको हो ।

सो अवसरमा बोल्दै युनाईटेड क्लब पोखराका अध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लब पोखराले स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्र्धन, सेतीनदी संरक्षण र विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा पोखरा १३ निवासी हसन अलि मियालाई गरेको सानो सानो सहयोगले उपचारमा थोरै भएपनि राहत हुने बताए ।

त्यसैगरी तिहारको समयमा क्लबले विपद ब्यवस्थापन कोष सञ्चालनका लागि देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको र आगामी कार्तिक २३ गतेको देउसीभैलो कार्यक्रममा समेत सहभागी हुन अग्रह गरे ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष सूर्यबहादुर बानियाँ, द्धितिय उपाध्यक्ष तथा स्वास्थ्य संयोजक दिनेश सुनार, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सदस्य कृष्ण गौतमलगायतको सहभागिता रहेको थियोे ।

विशेषगरी आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग गर्न मानवीय दायित्व भएको भन्दै क्लबले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको कार्यक्रम संयोजक तथा क्लबका द्धितिय उपाध्यक्ष दिनेस सुनारले बताए ।

ब्लड क्यान्सरजस्तो जटिल रोगको उपचारमा ठूलो आर्थिक भार पर्ने भएकाले क्लबले प्रदान गरेको सहयोगले रोगबाट प्रभावित सहन अलि मिया तथा उनको परिवारलाई केही राहत पुग्ने उनको विश्वास रहेको छ ।

आगामी दिनमा समेत मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको हितमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य क्लबले राखेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22985, citypokhara.com

अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला


सातै प्रदेशका १०० जना सहभागी हुँदै, पाँच–पाँच प्राथमिकता निर्धारण गरी युवा र महिला समिति गठन गरिने; एक वर्षसम्म आफ्नै नेतृत्वमा अभियान सञ्चालन गर्ने


पोखरा । दृष्टिविहीन युवा तथा महिलाको आवाजलाई बुलन्द बनाउँदै उनीहरूलाई आफ्ना अधिकार, आवश्यकता र सवालमा आफैँ निर्णय गर्ने तथा नेतृत्व गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल नेत्रहीन संघले पहिलो पटक राष्ट्रिय युवा तथा महिला भेला आयोजना गरेकाे छ ।

‘हाम्रो आवाज, हाम्रो नेतृत्व’ भन्ने मूल नारासहित आयोजना हुन लागेको ‘नेपाल नेत्रहीन संघ राष्ट्रिय युवा तथा महिला भेला २०८३’ बिहीबार  पोखराको सिर्जना चोकस्थित साइमन पार्टी प्यालेसमा हुँदैछ।

भेलामा सातै प्रदेशबाट छनोट भएका १०० जना सहभागी हुनेछन्। सहभागीमध्ये १८ देखि २९ वर्ष उमेर समूहका ६२ जना युवा र ३० वर्षमाथिका ३८ जना महिला रहनेछन्।

कार्यक्रमबारे जानकारी दिन बुधबार आयाेजित पत्रकार सम्मेलनमा भेला स्थानीय आयोजक समिति संयोजक लक्ष्मण सुवेदीले भेला संघका लागि एउटा औपचारिक कार्यक्रम मात्र नभई दृष्टिविहीन युवा तथा महिलाका सवालप्रति संघ कति संवेदनशील र प्रतिबद्ध छ भन्ने प्रतिबिम्ब भएकाे बताए । युवा तथा महिलाका समस्या, आवश्यकता र प्राथमिकता उनीहरू आफैँले पहिचान गर्ने, त्यसमा छलफल गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नु भेलाको मुख्य उद्देश्य रहेकाे उनकाे भनाई छ ।

सन् १९९३ मा नेपाल नेत्रहीन संघ स्थापना गर्ने अग्रजहरू पनि त्यतिबेला युवा नै रहेको र आफ्ना अधिकारका लागि आफैँ संगठित भएर आवाज उठाएको इतिहासलाई निरन्तरता दिँदै भेला आयोजना गरिएको हो। युवा तथा महिलाले आफ्ना सवाल आफैँ उजागर गर्ने र संघले त्यसका लागि आवश्यक मञ्च, स्रोत तथा सहयोग उपलब्ध गराउने मान्यताका साथ यो पहल गरिएको आयोजकले जनाएको छ।

भेलाको उद्घाटन गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले बिहान ९ बजे उद्घाटन भिडियोमार्फत गर्नेछिन्। डेनिस एसोसिएसन अफ द ब्लाइन्डकी कार्यक्रम व्यवस्थापक सुजेन कोच एन्डरसन विशेष अतिथिका रूपमा सहभागी भई मन्तव्य राख्नेछन् ।

उद्घाटन सत्रमा नेपाल नेत्रहीन संघकी केन्द्रीय सदस्य अस्मिता भट्टराईले ‘नेपालको नारीवादी आन्दोलनमा दृष्टिविहीन महिलाको स्थान’ विषयमा प्रस्तुति दिनेछिन् । त्यस्तै, नेपाल नेत्रहीन संघ गण्डकीका महासचिव छवि आलेले ‘जेनजी आन्दोलनपछि दृष्टिविहीन युवाको स्थान’ विषयमा विचार प्रस्तुत गर्नेछन् ।

उद्घाटनपछि युवा र महिलाका लागि छुट्टाछुट्टै समानान्तर सत्र सञ्चालन हुनेछन्। महिला सत्रमा हिंसामुक्त तथा सुरक्षित जीवन, आर्थिक स्वतन्त्रता र मर्यादित जीवन तथा नेतृत्व र निर्णय प्रक्रियामा दृष्टिविहीन महिलाको सहभागिताका विषयमा छलफल हुनेछ।

त्यसैगरी युवा सत्रमा आत्मनिर्भर र स्वाभिमानी युवा निर्माण, स्वस्थ युवा र कुशल नेतृत्व तथा डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताले सिर्जना गरेका अवसरका विषयमा छलफल गरिनेछ।

भेला स्थानीय आयोजक समिति सदस्य-सचिव खोमराज शर्माले भेलाको मुख्य उपलब्धिका रूपमा महिला र युवा समूहले आ–आफ्ना पाँच–पाँचवटा प्रमुख प्राथमिकता आफैँ निर्धारण गर्ने बताए । उनका अनुसार ती प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन गर्न नौ सदस्यीय महिला समिति र नौ सदस्यीय युवा समिति गठन गरिनेछ। यसरी गठन हुने समितिले नेपाल नेत्रहीन संघको सहयोगमा आगामी एक वर्षसम्म भेलाले तय गरेका प्राथमिकताका क्षेत्रमा निरन्तर काम गर्नेछन्।

यस पहलले दृष्टिविहीन युवा तथा महिलालाई कार्यक्रममा सहभागी गराउनेमा मात्र सीमित नराखी आफ्ना सवालमा आफैँ निर्णय गर्ने, नेतृत्व लिने र अधिकारका लागि पैरवी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाट उनीहरूको आवाज व्यक्तिगत तथा सामूहिक सवालबाट माथि उठेर समाज र राज्यका नीति निर्माण तथा निर्णय प्रक्रियासम्म पुग्ने आधार तयार हुने आयोजकको विश्वास छ।

नवगठित युवा तथा महिला समितिका सदस्यहरूका लागि कात्तिक २० देखि २२ गतेसम्म नेतृत्व विकास, पैरवी तथा प्रभावकारी सञ्चारसम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ। यसले समितिका सदस्यलाई आगामी एक वर्षसम्म आफ्ना प्राथमिकतामा केन्द्रित भएर प्रभावकारी रूपमा काम गर्न आवश्यक सीप र क्षमता विकासमा सहयोग पुर्‍याउनेछ।

भेलालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन विशेष व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मोबाइल तथा ल्यापटप क्लिनिक र सहायक प्रविधि प्रदर्शनमा सहभागीहरूलाई आफ्ना मोबाइल तथा ल्यापटपमा स्क्रिन रिडर र पहुँचयुक्तता सेटिङ मिलाउन सहयोग गरिनेछ।

त्यस्तै, साँझ ७ बजेदेखि सातै प्रदेशका सहभागीले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिने कार्यक्रमसहित रात्रिभोज आयोजना गरिनेछ। भेलाका सम्पूर्ण सामग्री ब्रेल, ठूलो अक्षर, अडियो तथा पहुँचयुक्त डिजिटल ढाँचामा उपलब्ध गराइने आयोजकले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCRPD) को धारा ४(३) अर्थात् निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको संलग्नता, धारा ६ अर्थात् अपाङ्गता भएका महिला, धारा २९ अर्थात् राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र धारा ३० अर्थात् सांस्कृतिक जीवनमा सहभागिताको मर्मअनुरूप भेला आयोजना गरिएको हो।

नेपाल नेत्रहीन संघले डेनिस एसोसिएसन अफ द ब्लाइन्ड र करुणा फाउन्डेसन नेपालको सहयोगमा RISE कार्यक्रमअन्तर्गत भेला आयोजना गर्न लागेको हो।

दृष्टिविहीन युवा तथा महिलाको आवाज, नेतृत्व र सहभागितालाई सशक्त बनाउँदै उनीहरूलाई आफ्ना सवालमा आफैँ निर्णय गर्ने र परिवर्तनको नेतृत्व गर्ने अवसर प्रदान गर्ने यो भेला नेपाल नेत्रहीन संघको इतिहासमा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

भेलाबाट तय हुने प्राथमिकता र गठन हुने समितिले आगामी एक वर्षसम्म गर्ने कामले दृष्टिविहीन युवा तथा महिलाको अधिकार, आत्मनिर्भरता र नेतृत्व विकासमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22977, citypokhara.com

नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

१७ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ ।

मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका लागि ६८ हजार भन्दा बढीको आवेदन परेको हो ।

सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

अब आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तालिमका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइने र त्यो लिंकबाट आवेदकले नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।

गैरस्थायी शिक्षकको गुनासोः ‘६० वर्ष काम गरेर रित्तो हात फर्किनुपर्ने बाध्यता छ’

काठमाडौँ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा गैरस्थायी शिक्षक संघर्ष मोर्चाले राज्यबाट आफूहरुमाथि चरम विभेद र पेसागत असुरक्षा भएको भन्दै कडा आन्दोलनको चेतावनी दिएका छन्।

संघर्ष मोर्चाका अनुसार विगतका सरकार र शिक्षामन्त्रीहरूसँग भएका सम्झौता अक्षरशः कार्यान्वयन हुनुपर्ने, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, प्रोत्साहन भत्ता र बिरामी बिदाका सुविधा सबै प्रकृतिका शिक्षकलाई समान रूपमा उपलब्ध गराइनुपर्ने उनीहरूको मुख्य माग छ।

पत्रकार सम्मेलनमा बोल्दै शिक्षक टीकाप्रसाद न्यौपानेले पेशागत रूपमा गैरस्थायी प्रकृतिका शिक्षकहरूले लामो समयदेखि विभेद र असुरक्षा महसुस गरिरहेको बताए। ‘यसअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेका निर्णयहरूसमेत कार्यान्वयन नहुँदा हामी झनै दुःखी भएका छौँ,’ उनले भने, ‘गैरस्थायी शिक्षककै नेतृत्वमा यो समस्या समाधान हुन्छ भनेर हामी संयुक्त रुपमा अघि बढेका हौँ।’

शिक्षक रमेशबाबु सुवेदीले राज्यले आफूहरूको पेशागत सुरक्षा नगरेको र क्षमता निखार्न आवश्यक तालिमसमेत नदिएको गुनासो गरे। ‘मभन्दा पछि काममा जोडिएकाहरू स्थायी भइसके, तर मैले अहिलेसम्म स्थायी नियुक्ति पाएको छैन,’ सुवेदीले आक्रोश व्यक्त गर्दै भने, ‘उचित मूल्यांकन नहुँदा शिक्षकहरू निरत्साहित भएका छन्। आठ घण्टामा आठै घण्टा खट्दा पनि फुर्सद छैन, अब माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’

अर्का शिक्षक देवकुमार यादवले समान जिम्मेवारी बहन गर्दा पनि समान पारिश्रमिक र सेवा–सुविधा नपाउनु सामाजिक न्यायविपरीत भएको बताए। ‘सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने हाम्रो पनि अधिकार हो,’ उनले थपे।

संघर्ष मोर्चाका नेता लालबहादुर श्रेष्ठले सरकारसँग विगतमा भएका सहमति र सम्झौताहरू तत्काल कार्यान्वयन गर्न माग गरे। ‘सरकारले हामीसँग गरेका सम्झौता अक्षरशः कार्यान्वयन गरोस्। पेशागत र सामाजिक सुरक्षामा कुनै कञ्जुस्याइँ नगरी सङ्घीय शिक्षा ऐनमार्फत सम्बोधन गरिनुपर्छ,’ श्रेष्ठले भने, ‘प्रोत्साहन भत्ता, बिरामी बिदा, दुर्गम भत्ता अस्थायी शिक्षकहरूले पनि पाउनुपर्छ।’

शिक्षक शंकर तिवारीले राज्यको दोहोरो नीतिको आलोचना गर्दै नयाँ सरकारले माग पूरा नगरे पुरानै व्यवस्थातर्फ फर्कनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। ‘हिजो आन्दोलनका बेला आफ्ना माग पूरा गराउनुतर्फ लाग्नुको साटो शिक्षक महासंघ तत्कालीन शिक्षामन्त्रीको राजीनामा माग्नतिर लाग्यो,’ तिवारीले भने, ‘महासंघले आन्दोलन छोडेर राजनीति गर्दा शिक्षकका वास्तविक माग ओझेलमा परेका हुन्।’

त्यस्तै, शिक्षक तोयानाथ दाहालले एउटै विद्यालयमा सँगै पढाउने शिक्षकहरूबीच विभेद हुनु दुःखद् भएको बताए। ‘विकट ठाउँहरूमा स्थायी शिक्षक छैनन्, त्यहाँ गैरस्थायी शिक्षकले नै विद्यालय धानेका छन्। उनीहरूले पढाएका विद्यार्थीले राम्रो नतिजा ल्याएका छन्, तर राज्यले उनीहरूलाई नै हेपेको छ,’ उनले भने।

शिक्षक गणेश ओझाले गैरस्थायी शिक्षकहरू पूर्ण रूपमा योग्य र सक्षम रहेको दाबी गरे। ‘हामी लिखित, मौखिक, र कक्षा अवलोकनसमेत उत्तीर्ण गरेर पढाउँदै आएका छौँ। तीनवटै तहका परीक्षाहरू पास गरेर आएका शिक्षकलाई राज्यले अयोग्यझैँ व्यवहार गरिरहेको छ,’ ओझाले भने।

शिक्षक विष्णुबहादुर दौल्यालले समस्याको मुख्य कारक राज्य नै भएको बताए। ‘लामो समयसम्म शिक्षकलाई गैरस्थायी राख्ने काम राज्यले नै गरेको हो, यो हामीले उब्जाएको समस्या होइन,’ दौल्यालले भने, ‘विद्यार्थीको पढाइ अवरुद्ध हुनुअघि नै सरकारले हाम्रा माग पूरा गरोस्। योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था मिलाउने हो भने हाम्रा धेरै माग पूरा हुन्छन्।’

शिक्षक वीरेन्द्र मल्लले विगतका सरकारहरूबाट निरन्तर धोका पाएको उल्लेख गर्दै नयाँ सरकारबाट पनि आशा पलाउन नसकेको बताए। ‘जेनजी आन्दोलनपछि बनेको रास्वपा नेतृत्वको नयाँ सरकारबाट परिवर्तन होला भन्ने सोचेका थियौँ,’ मल्लले भने, ‘तर, सरकारले सजिलै कार्यान्वयन गर्न सक्ने प्रोत्साहन भत्ता जस्ता विषय पनि पूरा गरेन। ६० वर्षसम्म काम गरेर रित्तो हात घर फर्किनुपर्ने बाध्यता छ। माग पूरा नभए अब हामी निर्मम ढंगले आन्दोलनमा उत्रिन्छौँ।’