काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल पुर्याइएको थियो।
कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार दुर्घटनामा परी घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४, पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई आज बिहान करिब पौने ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार रहेका छन्।
त्यस्तै, घाइते हुनेमा १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23056, citypokhara.com
अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइपछि जुरीले उनलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो।
करिब पाँच घण्टासम्म विचारविमर्श गरेपछि जुरीले मंगलबार साँझ फैसला सुनाएको थियो। फैसला सार्वजनिक भएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। उनको सजाय आगामी सन् २०२७ को मार्चमा निर्धारण हुने बताइएको छ।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विभिन्न साक्षी र प्रमाण प्रस्तुत गरेको थियो। ममताकी निकट साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले अदालतमा बयान दिँदै ममता आत्महत्या गर्ने स्वभावकी नभएको बताएकी थिइन्। उनका अनुसार ममताले कहिल्यै आत्महत्या गर्ने इच्छा व्यक्त गरेकी थिइनन्।
सुनिताले सन् २०२३ डिसेम्बरमा ममताको अनुहारमा चोटसमेत देखेको बयान दिएकी थिइन्। त्यस्तै, अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ र नरेशका पूर्वरूममेटलाई समेत साक्षीका रूपमा प्रस्तुत गरेको थियो।
अदालतमा अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण पेस गरेको जनाएको छ। यता नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए।
सन् २०२४ मा ममता अचानक बेपत्ता भएपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि सुरु भएको अनुसन्धानका क्रममा नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको आरोप लागेको थियो।
फैसलापछि ममताको परिवारले लामो समयदेखि भोग्दै आएको पीडा र न्यायको प्रतीक्षाबीच मुद्दाले महत्वपूर्ण मोड लिएको छ। अब सबैको ध्यान आगामी मार्चमा हुने सजाय निर्धारणतर्फ केन्द्रित भएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23052, citypokhara.com
बर्दिया। बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित मोतिपुर जंगलको भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको हो।
दुर्घटनामा बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु, बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारु तथा भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र २०/२२ वर्षीय जमाल खान घाइते भएका छन्।
घाइतेमध्ये मोटरसाइकल चालक आशिष थारुको टाउकोमा चोट लागेको छ भने भारतका सहाबुदिन खानको टाउको र अनुहारमा तथा जमाल खानको टाउको, मुख र अनुहारमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
त्यस्तै, रमन थारुको टाउको र मुखमा सामान्य चोट लागेको थियो। उनको बाँसगढीस्थित कौशिल्या अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ।
प्राप्त विवरणअनुसार हिजो दिउँसो करिब १ बजेतिर भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23049, citypokhara.com
पाेखरा । यमपञ्चकको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा फूलमाला लगाइदिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत पूर्वान्न ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिको सुझाव छ। भाइटीकाका दिन दियो, कलश, गणेश, अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गर्ने चलन छ।
दिदीबहिनी नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ।
नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई प्रगाढ बनाउने विश्वास गरिन्छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23046, citypokhara.com
Pokhara,10 November. A five-day international security and self-defence training programme aimed at equipping Nepali youths with internationally recognised security skills and employment opportunities has concluded in Pokhara. Following the completion of the training, the Central European Bodyguard Academy (CEBA), Hungary, officially recognised Gurkha Guard Security Services Pvt. Ltd. as an authorised training centre.
The programme was organised by Gurkha Guard Security Services Pvt. Ltd., with 35 participants completing the full training course. Certificates were distributed to the participants at a closing ceremony held on Tuesday. According to the organisers, approximately 60 individuals took part in various stages of the training.
Chief Guest Zsolt Keresztesi, Director and Instructor of CEBA, said the participants had demonstrated significant improvements in their skills, professional approach and confidence during the five-day programme. He expressed confidence that the training would strengthen relations between Nepal and Hungary while creating international opportunities for Nepali youths.
Rahul Pandey, founder of Salute Gurkha Training Centre, said the programme was organised with the objective of introducing European security skills to Nepali youths and developing a skilled workforce. He noted that the training targeted both security personnel and young people preparing for careers in the armed forces. He also announced plans to organise more advanced training programmes in the future.
Himal Subedi, Chief Executive Officer of Gurkha Guard, said the primary objective was to promote professionalism and the use of modern technology in Nepal’s security sector while making Nepali youths more competitive in the international job market. He added that the company currently provides security services to various institutions, including banks, schools and shopping malls.
Company Director and Engineer Sagar Gautam said the initiative aimed to bring international expertise and professional skills into Nepal’s security industry, making security services more professional and effective.
One of the participants, Man Bahadur Thapa, said he gained practical knowledge in self-defence, personal and vehicle screening, VIP protection and crowd management at fairs and public events. He described the training as highly beneficial.
The training was conducted by a team of international experts, including Zsolt Keresztesi, Director and Instructor of CEBA Hungary; Janos Laub, instructor; Robert Andras, Director and Instructor of Dakota Security, Romania; and Michael Newton, a former British Army officer.
The programme covered a range of subjects, including self-defence, professional security practices, bodyguard techniques, personal and vehicle screening, crowd management and risk identification.
According to the certificate signed by CEBA President Zsolt Keresztesi, Gurkha Guard is authorised to conduct training programmes in Nepal and neighbouring countries for Close Protection Officers, bodyguards and security specialists under the supervision and quality control of CEBA’s Education and Qualification Department.
The certificate also appoints Gurkha Guard Director Himal Subedi as a CEBA instructor and liaison officer for Nepal.
The organisers believe that the partnership will contribute to expanding internationally standardised security training in Nepal and create professional opportunities for Nepali youths both at home and abroad.
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23031, citypokhara.com
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीप र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले पोखरामा सञ्चालित पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ। तालिमको समापनसँगै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिलाई आधिकारिक तालिम केन्द्रको मान्यता प्रदान गरेको छ।
गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रा.लिको आयोजनामा भएको तालिममा ३५ जना नियमित सहभागी थिए। मंगलबार आयोजित समापन समारोहमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिमका विभिन्न चरणमा करिब ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
समारोहका प्रमुख अतिथि सीईबीएका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसीले पाँचदिने तालिममा सहभागीको सीप, कार्यशैली र आत्मविश्वासमा उल्लेखनीय सुधार आएको बताए। तालिमले नेपाल र हंगेरीबीचको सम्बन्ध विस्तार गर्नुका साथै नेपाली युवाका लागि अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
सल्युट गोर्खा ट्रेनिङ सेन्टरका संस्थापक राहुल पाण्डेले युरोपेली सुरक्षा सीप नेपाली युवालाई सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सुरक्षा गार्ड र आर्मीको तयारीमा रहेका युवालाई समेटिएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उच्चस्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
गोर्खा गार्डका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताए। कम्पनीले बैंक, विद्यालय, सपिङ मललगायत विभिन्न क्षेत्रमा सुरक्षा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।
कम्पनीका निर्देशक इन्जिनियर सागर गौतमले अन्तर्राष्ट्रिय अनुभव र सीपलाई नेपाली सुरक्षा क्षेत्रमा भित्र्याउँदै सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।
तालिममा सहभागी मानबहादुर थापाले आत्मरक्षा, व्यक्ति तथा सवारीसाधनको जाँच, विशिष्ट व्यक्तिको सुरक्षा र मेला–महोत्सवमा भीड व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको बताए। उनले तालिम निकै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए।
तालिममा सीईबीए हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्व अधिकारी माइकल न्युटनले प्रशिक्षण दिएका थिए।
तालिममा आत्मरक्षा, व्यावसायिक सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, व्यक्ति तथा सवारीसाधनको जाँच, भीड व्यवस्थापन र जोखिम पहिचानलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
सीईबीएका अध्यक्ष जोल्ट केरेस्तेसीद्वारा हस्ताक्षरित प्रमाणपत्रअनुसार गोर्खा गार्डले सीईबीएको शैक्षिक तथा योग्यता विभागको सुपरिवेक्षण र गुणस्तर नियन्त्रणमा रही नेपाल तथा छिमेकी देशमा क्लोज प्रोटेक्सन अफिसर, बडीगार्ड तथा सुरक्षा विशेषज्ञसम्बन्धी तालिम सञ्चालन गर्न सक्नेछ। प्रमाणपत्रमा गोर्खा गार्डका निर्देशक हिमाल सुवेदीलाई सीईबीएको प्रशिक्षक तथा नेपालका लागि सम्पर्क अधिकारीसमेत नियुक्त गरिएको उल्लेख छ।
यस सहकार्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा तालिम विस्तार तथा नेपाली युवाका लागि स्वदेश र विदेशमा व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23023, citypokhara.com
पाेखरा । तिहारको चौथो दिन आज देशभर गोवर्द्धन, बली, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ । यस अवसरमा गोरुलाई पूजा गरेर मीठा परिकार खुवाउने र कृषि कर्ममा योगदान पुर्याउने किसान तथा हलिको सम्मान गर्ने परम्परा छ ।
गोबरबाट पर्वतको आकृति बनाएर गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको धार्मिक मान्यताका आधारमा गोवर्द्धन पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
यस दिन भगवान् विष्णुका भक्त राजा बलीको पनि पूजा आराधना गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् विष्णुले राजा बलीलाई यमपञ्चकका पाँच दिन मृत्युलोकको शासन गर्ने अधिकार दिनुभएको थियो । यही मान्यताका आधारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएका होइनौँ, बली राजाले पठाएका’ भन्दै भट्याउने परम्परा रहेको छ ।
कृषि कार्यमा वर्षभरि महत्वपूर्ण योगदान पुर्याउने गोरुको पूजा गरी मीठा परिकार खुवाउने चलन पनि छ । गोरुलाई भगवान् शिवको वाहन नन्दीका रूपमा समेत सम्मान गरिन्छ ।
त्यसैगरी, गोरु जोतेर खेतीपाती गर्ने हलि तथा कृषि कर्ममा संलग्न किसानलाई पनि सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले तिहारको यस दिनलाई हलि तिहारका रूपमा समेत चिनिन्छ ।
गोवर्द्धन, गोरु र हलिको पूजाले प्रकृति, पशुपन्छी तथा कृषि कर्मप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने नेपाली परम्परालाई उजागर गर्छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23020, citypokhara.com
काठमाडौँ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ । चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ ।
अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । यी देशले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पुर्याउने वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमताबारे ध्यानाकर्षण गराएको छ ।
चीनले अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने लक्ष्य राखेको डिआइएको आकलन छ । सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । यी उपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधि, हतियारको लक्ष्य निर्धारण, मौसम, समुद्री अवस्था र सञ्चारमा सहयोग पुर्याउन सक्छ । नागरिक तथा व्यावसायिक प्रयोजनका उपग्रहबाट प्राप्त तथ्याङ्कसमेत चिनियाँ जनमुक्ति सेनाले उपयोग गर्न सक्ने प्रतिवेदनको भनाइ छ ।
चिनियाँ उपग्रह प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि निगरानी गर्न र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सहयोग गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । चीनले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिक रहने कक्षमा ठूलो सङ्ख्यामा उपग्रह राखेर सञ्जाल विस्तार गरिरहेको छ । यसबाट विश्वका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत यसको प्रयोग गर्ने गरेको छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशमा उपग्रह निर्माण, प्रक्षेपण, तालिम तथा बेइडोउ सेवामार्फत चीनले अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ ।
चीनका ४०० भन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनीले स्वदेशी तथा विदेशी ग्राहकलाई सेवा दिन सक्ने प्रतिवेदनमा जनाइएको छ । डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ ।
चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम उपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो । यस क्षमताबाट पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेका उपग्रहलाई समेत निशाना बनाउन सकिने अनुमान गरिएको छ ।
त्यस्तै, आफ्ना उपग्रहबाट अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि चीनले विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘टोङ्क्सिन जिशु शियान’ शृङ्खलाका २७ उपग्रहलाई सम्भावित हस्तक्षेपकारी प्रणालीका रूपमा उल्लेख गर्दै तीमध्ये केही विदेशी अन्तरिक्षयानको १० किलोमिटर नजिक पुगेको जनाइएको छ ।
ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ । अन्तरिक्षमा हतियार तैनाथ नगर्ने प्रतिबद्धता अघि सार्दै आएको चीनले भने प्रतिअन्तरिक्ष हतियार विकास जारी राखेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२४ अप्रिलमा राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको रणनीतिक सहयोग बल विघटन गरेपछि अन्तरिक्षसम्बन्धी क्षमता नयाँ एरोस्पेस फोर्समा समावेश गरिएको थियो, जुन केन्द्रीय सैन्य आयोगअन्तर्गत रहन्छ ।
प्रतिवेदनले रुसले युक्रेन युद्धमा व्यावसायिक उपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि उल्लेख गरेको छ । आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने डिआइएको चेतावनी छ ।
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज तेस्राे दिन गाईपूजा गरी मनाइँदैछ। यस अवसरमा बिहानैदेखि घरघरमा गाईलाई स्नान गराएर टीका, माला तथा फूलले सजाउँदै पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा छ।
हिन्दू धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, दही, घिउ, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक अनुष्ठानमा समेत यसको विशेष महत्त्व रहँदै आएको छ। आमाको दूधसरह पोषिलो दूध दिने विश्वासका कारण पनि गाईलाई मातृत्व र समृद्धिको प्रतीकका रूपमा लिइन्छ।
धार्मिक विश्वासअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने मान्यता छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा विभिन्न धार्मिक कार्य तथा संस्कारका अवसरमा गाईदान गर्ने चलनसमेत छ। पछिल्लो समय सहरी क्षेत्रमा गाईको उपलब्धता कम हुँदै गएपछि गाईको प्रतीकात्मक संकल्प गरी रकम राख्ने प्रचलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्याउन सहयोग गर्ने विश्वास रहिआएको छ।
यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र गाईप्रतिको सम्मान प्रकट गर्दै देशभर आज गाईपूजा मनाइँदैछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । http://citypokhara.com/?p=23015, citypokhara.com