पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ।
महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ।
यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको छ।
विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।
आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।
आज देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरे सँगै आइतबार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु भएको हो ।
डा. चिन्तामणि योगी प्रमुख अतिथि भएको कोटिहोममा नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्ब अध्यक्ष बिपुल पोखरेल सहित पत्रकार महासंघ कार्यसमिति,रास्ट्रिय स्वतन्त्र पार्टिका पूर्बमहामन्त्री मुकुल ढकाल सहभागिता सहित विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो। साथै राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बिसी र भूमिका गिरीको प्रस्तुति रहेको थियो ।
कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबार सम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन् । कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।
कोटिहोममा शनिबार नै १ हजार भन्दा बढी कन्या सहभागि गराएर पूजा गरिएको छ । कोटिहोममा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गरिएको हो । साथै ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको छ ।
त्यस्तै, कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो ।
कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रुपमा महायज्ञमा हुने विधिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरुको प्रस्तुतिले पनि भक्तजनको आगमलनाई वढाएको छ ।
कोटिहोममा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको भजनबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । उनीसँगै लोकदोहोरी गायिका अस्मिता डल्लाकोटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष सांगितिक कार्यक्रम सहित भजन मार्फत ज्येष्ठ नागरिक लगायत भक्तजन छमछम नाचेका थिए ।
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले श्रद्धा, समर्पण र भक्ति भावले कोटिहोममा विशेष भएको जानकारी गराउदै वैदिक विधिपूर्वक आहुति अर्पण गर्दै धर्म, संस्कार र सामाजिक चेतनाको सन्देश दिए । ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानले सामाजिक उत्तरदायित्व र समर्पणको भावनालाई बलियो बनाएको उनको भनाई थियो ।
महायज्ञको मूल उद्देश्य समाजमा धार्मिक जागरण, संस्कारको प्रवद्र्धन र मानव कल्याण गर्नु रहेको छ’ उनले भने, ‘महायज्ञले आध्यात्मिक ऊर्जा प्रदान गर्दै समाजलाई एकजुट गरी सकारात्मक सोचको विकास पनि गराउँछन् ।’ उनले कोटिहोममार्फत वातावरणीय शुद्धता, मानसिक शान्ति र आत्मिक उन्नति सम्भव रहेको बताए ।
उनको आह्वान थियो–‘धर्मको मूल मर्म बुझेर जीवनमा सदाचार, सेवा र सद्भाव अपनाऔँ ।’ हजारौं श्रद्धालुहरूको उपस्थितिमा गरिएको उनको मन्तव्य भक्तजनको मन लोभ्याएको थियो । यो धार्मिक अनुष्ठानले सम्पूर्ण समाजमा धार्मिक चेतना र मानवीय मूल्य विस्तार गर्न महत्वपूर्ण योगदान दिएको छ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही बैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महायज्ञमा भोलि (आइतवार ) देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले जेठ ३ गते सम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
आज शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् । उनले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गरेका थिए । पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
यसै गरी पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताएका छन् ।
शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताए ।
‘कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिए ।
‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उनले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गरे ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् ।
ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सहभागी हुन समस्त भक्तजनलाई आयोजकले आग्रह गरेको छ । नौ दिनको महायज्ञमा श्रीमद देवी भागवत कथा वाचन गर्ने राधिका दासीले बताइन । ‘पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम चलिरहेको छ ’ राधिका दासीले भनिन्, कोटिहोम सम्पन्न गर्न देशभरबाटै पाल्नु होला, यस्तो समय फेरी जीवनमा विरलै आउन सक्छ शतकुण्डीय गायत्री कोटिहोममा सबैलाई चल्लै निम्ता छ ।’
कोटिहोममा आज शनिवार बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा भइरहेको संयोजकले ढकालले जानकारी दिए ।त्यसै गरी कोटिहोममा देशभरबाट ७० वर्षभन्दा माथि उमेर पुगेका ज्येष्ठ नागरिकलाई बिहान १० बजेबाट सम्मान गरिएको छ । सम्मान कार्यक्रम दिनभर चल्नेछ ।
आजनै चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले कोटिहोममा भक्तजनको सहभागिताले आफ्नो सङ्कल्प पुरा भएको बताए ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात मङ्गलबार गोरखापत्र संस्थानबाट गरिएको हो । संस्थानले बुधबार एक सय २५ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मङ्गलबार प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष कार्यक्रम आयोजना गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभयो ।
गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्युज रुम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनमानसमा कुनै बेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशन मार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो।”
वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने भन्ने सन्दर्भमा एक सय २५ वर्षको गोरखापत्रको इतिहासमा यो पटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताउनुभयो । सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आएपनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उहाँले बताउनुभयो । अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ ।”
अहिले काउन्सिलले ‘न्युज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस भन्ने काउन्सिलले चाहेको उहाँले बताउनुभयो ।
रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सृजनात्मक रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिएपनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यमभन्दा समृद्ध भएको उहाँले बताउनुभयो । गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढीरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।”
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताउनुभयो । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ छैन भनेर समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्र जेठो र पुरानो अखबार भएपनि यसले पनि समाजले खाजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।”
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले निरन्तररूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताउनुभयो । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायगको सहभागिता रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् । https://www.presscouncilnepal.gov.np/np/2025/05/07/9650/, www.presscouncilnepal.gov.np
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था रहेको छ । वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिन श्रीमद्भागवत कथा वाचनसँगै बिदाई गरिएको आयोजकले जानकारी दिएको छ । उनलाई कोटीहोममा पुनः ल्याउने प्रयास भइरहेको पनि आयोजकले जानाएको छ । शुक्रबारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहनु भएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको जानकारी दिएको छ ।
कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ भने सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाएका थिए ।
त्यस्तै, आज बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।
कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाका सदस्य तारा पौडेललगायतको पनि सहभागीता रहेको थियो ।
पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ ।
यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो ।
बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी हवन कुण्डमा हवन सुरु भएको हो । हवन कार्य जेठ २६ गतेसम्म चल्नेछ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार एक सय वटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नेछन् ।
कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गर्ने छन् ।
हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनि राम भण्डारी र आमा जानका भण्डारी रहने छन् । भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गर्ने छन् ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार होमन बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म चल्ने छ भने ११ देखि १ बजेर १५ मिनेटसम्म विश्राम भई पुन: ४ बजेसम्म हवन कार्य हुनेछ ।
जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।उक्त हवन कुण्डमा इच्छुक व्यक्ति कर्ता बस्न सक्ने व्यवस्था पनि रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार हवन कुण्डमा कर्ता बस्नका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको व्यवस्था गरिएको छ। हवन कुण्डमा बस्दा ब्राह्मणदेखि चाहिने पुरै सामग्री आयोजकले नै व्यवस्था गर्नेछ।
यसैगरी शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । उक्त भजन प्रतियोगितामा देशभरबाट करिब तीन सयको समूहले प्रतिस्पर्धा गर्ने खुला भजन चुट्का प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने समूहलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई समूहलाई ६५/६५ हजार रहेको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार रहेको छ । वैशाख १९ गते शनिबारका लागि पालो परेका सम्पूर्ण प्रतियोगीलाई प्रतियोगितामा सहभागी भइदिन उनले आग्रह गरे ।
हवन कुण्डको मूल मण्डपमा ब्राम्हणको पूजा विधिबाट महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी तथा उनका बुबा मणिराम भण्डारी र आमा जानका भण्डारीले विधिवत् रूपमा अग्नि मन्थन, अग्निमा समिदा दान र अग्नि कुण्डमा आहुति प्रदान गरी हवन शुरु भएको हो ।कोटीहोममा आजदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन शुरु गरेका छन् । शुक्रबार पोखरा आइपुगेका उनले आजदेखि रामायाण कथा वाचन शुरु गरेका हुन् । उनले नौ दिनसम्म रामायण कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
परांकुशले वैशाख २७ गतेसम्म पोखरामा रहने र रामायण कथा वाचन गर्ने जानकारी दिए । रामायण कथा पोखरेली भक्तलाई सुनाउन उत्साहित भएको उनले बताए । चित्र राम्रो नभइ चरित्र राम्रो बनाउनुपर्ने भन्दै उनले कसैले कसैको नराम्रो सोच्न नहुने बताए । साथै कथा वाचिका सुप्रिया क्रिशोरीले नित्य कथा वाचन गरिरहेकी छन् ।
१५औं दिनको कोटीहोममा नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य सगुन लम्साल, विश्व हिन्दू महासंघ भजन समूहका अध्यक्ष, आचार्य १००८ मोहानन्द गुरुजी महाराज, नेपाली सेनाका सेनानी रेशम कोइराला, पोखरा-७ वडाध्यक्ष राममोहन आचार्यसहित सदस्य तथा पोखरा-५ जनाप्रतिनिधि र पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहभागी थिए ।
उक्त अवसरमा भारतका महाकुम्भ मेलाका संकल्पकर्ता नीरञ्जनी पिठाधीश्वर १००८ आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीजीले हरिहर मन्दिर अवलोकन गरेका छन् । कार्यक्रममा आचार्य १००८ मोहानन्द गुरु महाराजले धर्मलाई सबैले अपनाउनुपर्नेमा जोड दिए ।
प्रचारप्रसार संयोजक ढकालका अनुसार शुक्रबार पनि करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख १० हजार भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।
भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको बताइएको छ । महायज्ञमा हालसम्म सबैभन्दा धेरै मुस्ताङको घरपझोंग गाउँपालिकाका मोहन सिंह लालचनले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेका छन् ।
बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका थिए ।
यस्तै पोखरा-१४ का नीरबहादुर कुँवरले ५५ हजार एक सय, पोखरा १७ का दिनेश कार्की र उनका परिवारजनबाट ५१ हजार एक सय ५१, पोखरा-९ की परिणीता दिजु (ओम शान्ति) बाट ५१ हजार पोखरा-५ का ध्रुव थापाबाट ५० हजार पाँच सय २१, पोखरा-११ का शिव तिलिजा पुनले ३५ हजार पाँच रुपैयाँ कोटीहोममा सहयोग गरेका छन् ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।
कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
सो अवसरमा ११ हजार कलश पुजन र व्रतवन्ध भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।
पोखरा । क्षत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन भएको छ । पोखराको पृथ्वीचोक स्थित उक्त समाजले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा क्षत्री महिला समाज नेपाल, जिल्ला कार्यसमिति, कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रमको मूल उद्देश्य समाजमा सकारात्मक सन्देश फैलाउने र आवश्यक समयमा रगतको अभाव नहोस भन्ने रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रिब थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै सबैभन्दा ठूलो पुन्यको काम गरेको बताए । उनले भने, यो धेरै ठूलो तीर्थ हो । यस्तो मानविय संवेदनासंग, स्वास्थ्यसंग जोडिएका विषयहरुमा कार्य गर्नु महत्वको कुरा हो । यस्ता कर्म गरेपछि तीर्थ गर्नका लागि अन्यत्र जानै पदैन ।
नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम गरेको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ । र म महिलाले नै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गर्व लागेको छ उनले भनिन्।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । उनले भने, म पनि हरेक तीन तीन महिनामा रक्तदान गरिरहन्छु तपाँई पनि गर्नुस् । यसले आफु पनि स्वस्थ भईन्छ र अरुको जिवन बचाउन सकिन्छ ।
सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफुले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।
क्षत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेत लगायतले आगामी दिनहरुमा पनि विविध सामाजिक कार्यका साथमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिईने बताईन् । कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा भएको थियो ।
माधब शर्मा । अहिले धेरै ठाउँमा सर्वसाधारण जनताको सेवामा खटिएका प्रहरीको बदमासीका घटना घटिरहेका छन् । बर्दिमा होस् या सिविलमा प्रहरीको ज्यादती बढ्दो छ । कहिँ कुटपिट कहिँ लुटपाट त कहिँ चोरी चारी पैठारी, घुसखोरी र बलात्कार जस्ता जघन्य अपराध प्रहरी बाटै पनि हुन थालेका छन् । यद्यपि नेपाल आमाका असल सन्तान एवं जनताको ज्युधनको सुरक्षामा अहोरात्र खट्छु भनेर सपथ खाने प्रहरी जवानको पनि यो देशमा कमि छैन ।
आफ्नो व्यक्तिगत जीवन भन्दा माथि उठेर रात दिन नभनी ड्युटीमा खटिने प्रहरी जवानकै सुचिमा पर्न सफल छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी, उनले कार्यालयमा उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । उनले प्रहरी प्रधान कार्यालय र गृह-मन्त्रालयले दिएको स्पष्ट आदेश र जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा एवं प्रभावकारी ढंगले निर्वाह गर्दै आएका र विशेष गरी जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापन, फरार व्यक्ति पक्राउ लगायतका कार्यमा उनको अग्रसरता र नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको छ ।
प्रहरी काम कार्वाहिमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्य गरी नागरिक माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा उनले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उनले आफ्नो नेतृत्वमा सञ्चालित प्रहरीद्वारा हुने दैनिक काम कार्वाहीमा चौविस घन्टाभित्रै आम नागरिकले डिपिओ धनुषाको पेजमा राख्दा सर्वसाधारणले छिटो, छरितो र सहज रुपमा जानकारी पाएको, कानुनको प्रभावकारी कार्यान्वयन, मुद्दा फाँटमा देखिएका सुधार, अपराध अनुसन्धानमा ल्याएको शसक्तता, नागरिक मैत्री सेवामा नविनता प्राप्त गरेको जिल्ला बासिको भनाइ रहेको छ ।
जिल्लामा भएको चोरी, लागुऔषध कारोबार, घरेलु हिंसा, अवैधानिक सामान ओसारपसार, लगायत अपराधमा गिरावट आउनुका साथै विपद व्यवस्थापन देखि मानवअधिकार संरक्षण, कार्यन्वयन कार्यमा उनले समन्वयात्मक भुमिका खेल्दै आएको भन्दै विभिन्न सरोकारवा निकायहरुले समेत उनको प्रशंसा गरेका छन् । राजश्व संकलन सम्बन्धि द्धि-वर्षिय तुलानात्मक शिर्षकहरुको विवरणमा विगतको भन्दा झण्डै १५८.८९%ले वृद्धि भइ रु ७४८१६९३६९ रहेको छ ।
उनले मध्येश प्रदेशको राजधानी समेत रहेको धार्मिक दृष्टिकोणले पनि नेपालको अद्वितीय मानिएको जानकि मन्दिर मिथिला संस्कृतिको केन्द्र रहेको हुनाले धार्मिक, संस्कृति, सामाजिक, आर्थिक गतिविधि हुने र देश विदेशबाट आइरहने भिआइपि, भिभिआइपि धार्मिक , राजनैनिक नेताहरुको आवगमन भइरहने अवस्थामा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरि शान्ति सुरक्षा तथा अमनचयन कायम गरेका छन ।
जिल्लामा नौ लाख जनसंख्या भएको र चार लाख बाहिरी गरि करिब १३ लाख जनसंख्या रहेको अपराधीक गतिविधिको दृष्टिकोणले पनि भारतको बिहार सम्म सिमा जोडिएको कारणले लागुऔषद, हातहतियार, मानव बेचबिखन, चोरी र अधिक लुटपाट हुने ठाउँ रहेकोले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइ यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय उनले दैनिक जसो भइरहने विभिन्न विरोध, प्रदर्शनमा पनि कमि ल्याएर जिल्लालाई शान्त बनाएका छन् । तत्कालीन समयमा धनुषा जिल्लाभित्र समस्या उत्पन्न हुँदा समस्या समाधानार्थ सम्बन्धित निकायहरुसँग छिटो-छरितो समन्वय गरि समाधान गरिएको छ । विभिन्न समस्या, अनैतिक गतिविधिहरुलाई समाधान गर्नको लागि moving from.filed action.paper plan कार्ययोजना तयार गरि यसको सिद्धान्तको आधारमा कामकार्वाही गर्न सहज भएको बताइएको छ ।
सर्वसाधारणको दीर्घकालीन हितकै लागि उनले नागरिक मैत्री सम्बन्धलाई प्रथामिकतामा राखि विभिन्न जनसम्पर्कका कार्यक्रमहरु अल्पसंख्यकसङ्ग प्रहरी, सवारी दुर्घटना रोकथाम तथा न्युनिकरण, प्रथाना प्रशिक्षण, विद्यालय प्रहरी, लघुसचेतानात्मक कार्यक्रम गरि जिल्लामा भइरहेका जातिय तथा धार्मिक संस्था बिचको उग्र, बिद्रोह, सामाजिक सद्भाव खल्बलिने अवस्था रोक्ने, विभिन्न वडा, पालिका, राजौतिक पाटि बिच भएको एकआपसमा मनमुटाव लगायत विभिन्न सामाजिक समस्याहरु समाधानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन ।
फलस्वरूप आफ्नो निष्ठावान प्रहरिको परिचय कमाउदै उनी यतिबेला नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् । नेपाल प्रहरीसङ्ग सम्बन्धित राम्रा नराम्रा समाचारका बिच तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुखबाट उत्कृष्ट, उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै बिदा हुने क्रममा छन् ।