एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन

काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर बोर्डबाट फिल्मले एडल्ट प्रमाणपत्र पाएको छ। एडल्ट प्रमाणपत्र पाएको फिल्मलाइ १६ वर्ष मुनिका बालबालिकाहरुले हेर्न पाउने छैनन्। नेपालमा एडल्ट प्रमाणपत्र दिए पनि केही हलका संचालकहरुले १६ वर्ष मुनिका बालबालिकाहरुलाई पनि टिकट बेच्ने गरेको पाइन्छ। ३ घण्टा लामो फिल्म ‘एनिमल’ भित्र सेक्स्युल र भ्वाएलेन्स दृश्यहरु थुप्रै समाबेश छन्। फिल्म भित्र ‘घाटी रेटेको’ दृश्य छ ।
चलचित्र विकास बोर्डले सोमवार साँझ नयाँ बानेश्वरस्थित वन सिनेमामा अनुगमन गर्दा एडल्ट चलचित्रको प्रमाणपत्र पाएको हिन्दी फिल्म ‘एनिमल’को टिकट १६ वर्ष मुनिका बालबालिकाहरुलाई बिक्री गरेको भेटेको छ । हलमा बालबालिका भेटिएपछि हल व्यवस्थापनलाई टिकट फिर्ता गर्न लगाइएको जानकारी बोर्ड सदस्य रबी अधिकारीले दिए । उनले भने ‘यस्तै घटना अन्य हलमा पनि भएको हामीले सुनेका छौँ,अब हामी अनुगमनलाइ व्यापक बनाउने छौँ र गल्ती गर्नेलाई कारवाही पनि गर्नेछौँ। ‘ बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न बोर्डले सम्पूर्ण हल संचालकहरुलाई अनुरोध गरेको छ । यस्तो संबेदनशील बिषयमा सरोकारवाला सबैले ध्यान दिनु जरुरी छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १४:०४भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने








