नवराजको ‘ठुली’ मा श्रद्धा र गौरवको जोडी (भिडियो)

काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।
भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।
गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर









