जनकको ‘घरज्वाइँ’ असार २८ बाट प्रदर्शनमा आउने

काठमाडौँ। चलचित्र ‘घरज्वाइँ’ आगामी वर्षको असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।
माघको तेस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्। चलचित्र पूर्वी रुकुम र तकसेरामा छायांकन गरिने जनाइएको छ।

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहने चलचित्रका निर्माता जनक घर्ती मगर हुन्।
फिरोज खड्का सहायक निर्देशक रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर









