गायक करण राई ‘ह्युमन राइट्स कन्सर्ट’ ’मा गुञ्जिए

काठमाडौँ। ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका गायक करण र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिए । करण राई भूटानी शरणार्थी शिविर शनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका छन् ।
संसारभरीवाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो । पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च ¥यापर एम सि सोलार, ग्वाटेमालाकि गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए । गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीत मंचमा गाएका थिए । गायक राईले नेपाली गीत गाउदाँ पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा भिभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो । सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुति दिएर कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रम बारे गायक करणले भने “युएनले हामीलाई शरणार्थी अवस्थादेखि नै सहयोग गरेका थियो । आज उनीहरूकै निम्तोमा, उनीहरूले नै आयोजना गरेको कन्सर्टमा मैले गीत गाएर उनीहरूलाई सुनाउन पाउनु मेरो लागि ठूलो अवसर हो । अझ विश्वप्रशिद्द नामुद कलाकारहरूसँग म जस्तो संगीतमा बामे सर्दै गरेको मान्छे सँगै उभिन पाउनु पनि अकल्पनीय उपलब्धी हो ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:०३विश्वास, निरन्तरता र नेपाली मनोरञ्जन पत्रकारिताको नयाँ अध्याय » Celebrity Nepal
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२४देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर









