Breaking News
टेवानकाे आयाेजनामा तेस्रो तीज सांस्कृतिक महोत्सव तथा तीज गीत प्रतियोगिता हुने

पोखरा । ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२ तथा तीज गीत प्रतियोगिता
हुने भएकाे छ ।

पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हुने उक्त महोत्सव आगामी भाद्र १० र ११ गते (August 26 & 27, 2025) पोखराको बाराहीघाट, लेकसाइडमा हुनेछ ।

पोखरालाई संस्कृति, प्रकृति र साहसिकताको संगमका रूपमा प्रस्तुत गर्दै विविध सांस्कृतिक, मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक कार्यक्रम हुने जनाइएको टेवानका अध्यक्ष शाेभा पाण्डेले जानकारी दिईन् । उनका अनुसार नेपाली संस्कृतिको संरक्षण र अन्तरपुस्ता हस्तान्तरण, पर्यटन प्रवर्द्धन, महिलाको सिर्जनात्मक सहभागिता र नेतृत्व विकास, अन्तर्राष्ट्रिय मैत्री र सहकार्यको सन्देश प्रसार, साथै मनोरञ्जनसँगै सामाजिक सचेतना अभिवृद्धि उद्देश्यले आयाेजना गरिएकाे हाे ।

कार्यक्रम संयोजक शान्ता सुवेदी तिमिल्सिनाले महोत्सवका विशेषताबारे जानकारी दिँदै, यस वर्षको कार्यक्रम अझै व्यापक र सहभागीमूलक हुने बताइन्।

पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा यस महोत्सवले महत्त्वपूर्ण टेवा पुर्याउने टेवानका संस्थापक अध्यक्ष लक्की कार्कीले जानकारी दिईन् ।

गुरुङ पर्यटन व्यवसायी कृष्णकुमारी गुरुङले महोत्सवले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।

महोत्सवको मुख्य आकर्षणमा आमा समूह तथा महिला समूहहरूबीचको सांगीतिक तीज गीत प्रतियोगिता, स्वदेशी र विदेशी महिलाबीचको रस्साकस्सी प्रतियोगिता, परम्परागत र फुर्तिलो साडी दौड प्रतियोगिता, रमाइलो र कलात्मक घैंटो फुटाउने कार्यक्रम, रङ र सिर्जनात्मकताको संगम मेहेन्दी जोन, साथै प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटिने महिला सशक्तिकरण टक शो रहेका छन्।

महाेत्सवकाे तयारीबारे भएकाे टेवानकाे तीज फेलाेसिप कार्यक्रममा महासचिव शोभा पौडेलले, पूर्वअध्यक्ष रेणु थापा, निवर्तमान अध्यक्ष कमला गिरी तथा शोभा पाण्डे लगायतले महाेत्सवलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न सबै एकजुट भएर लागिपर्ने प्रतिवद्वता जनाए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19313, citypokhara.com

पोखरामा बीवाईडीको नयाँ शोरूम र अत्याधुनिक ‘बीवाईडी सिलायन ७’ सार्वजनिक

पोखरा । पोखराको अटोमोबाइल बजारमा नयाँ रौनक थपिएको छ। नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउन पोखरामा नयाँ शोरूम संचालनमा ल्याएको छ।

यस अवसरमा गण्डकी प्रदेशका ग्राहकका लागि बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरिएको हो।

बुद्धचोकमा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (CI/VI) मापदण्ड अनुसार आकर्षक रूपमा सजाइएको छ। १२,८४५ वर्गफुट क्षेत्रफलमा फैलिएको यस शोरूममा बिक्री, सर्भिस र स्पेयर पार्ट्स — ‘थ्री एस’ सुविधा एकै स्थानमा उपलब्ध छ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र अत्याधुनिक ‘बीवाईडी सिलायन ७’ सार्वजनिक

शोरूमको ठीक पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवामा थप गति र गुणस्तर दिनेछ, जसले बीवाईडीको विश्वस्तरीय सेवा मापदण्डलाई प्रतिविम्बित गर्छ।

‘पाेखरा हाम्रो दीर्घकालीन व्यापार योजनाको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनका साथ हामी ग्राहकलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याएका छौं।’साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने-‘बीवाईडी सिलायन ७ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणको प्रतीक हो।’

पोखरास्थित सबै बीवाईडी सर्भिस कर्मचारीहरूले कम्पनीको हेडक्वाटरबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्। यसले ग्राहकलाई सुरुदेखि अन्तिमसम्म उत्कृष्ट अनुभव दिलाउने सुनिश्चित गरेको छ।

यो विस्तारसँगै साइमेक्सले पोखरामा मात्र होइन, गण्डकी प्रदेशभरका ग्राहकलाई पनि अत्याधुनिक इलेक्ट्रिक सवारी साधन नजिकैबाट उपलब्ध गराउने मार्ग खोलेको छ। यसले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ मजबुत बनाएको छ।

उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकहरूको उल्लेखनीय सहभागिता रहेेकाे थियाे ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19309, citypokhara.com

शिक्षासेवी तथा समाजसेवी नीलकण्ठ बास्तोलाको निधन

पोखरा । पोखरा–११, फूलबारी निवासी शिक्षासेवी तथा समाजसेवी नीलकण्ठ बास्तोलाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
पिता भीमप्रसाद बास्तोला र माता नन्दकला बास्तोलाका २ छोरामध्ये कान्छा सुपुत्रको रुपमा उनको जन्म २००५ साल मंसिर १५ गते भएको थियो । जेठा छोरा पिताम्बर शर्मा बास्तोलाको यसअघि निधन भइसकेको छ । उनी पोखरा–११ मा वडाध्यक्ष समेत भएका थिए ।
शिवशक्ति मावि, फूलबारीमा २०२४ सालदेखि २०५५ सम्म निरन्तर ३१ वर्ष शिक्षक रहेर सेवा पुर्‍याएका बास्तोला दीर्घसेवा पदकबाट सम्मानित भएका थिए । साथै, उनले रामेश्वर मन्दिर व्यवस्थापन समितिको सचिव र सल्लाहकार रहेर सेवा गरेका थिए ।
विभिन्न क्षेत्रमा क्रियाशील उनी शिवशक्ति माविबाट आयोजित ज्ञानमहायज्ञ–२०६६ र विशेष समारोह–२०७३ मा सम्मानित भएका थिए । यसैगरी, कन्या क्याम्पसबाट आयोजित ज्ञानमहायज्ञ–२०७३ र भाष्कर मेमोरियल स्कुल रजतजयन्ती समारोह–२०७५ मा सम्मानित भएका थिए।
स्व. बास्तोलाका धर्मपत्नी, एक छोरा र चार छोरी छन् । पाँच छोरीमध्ये जेठी छोरीको निधन भइसकेको छ।
छोरातर्फ १ नाति, १ नातिनी र १ पनातिनी छन् । छोरीहरुतर्फ ४ नाति, ३ नातिनी रहेका छन् ।
स्व. बास्तोलाको शुक्रबार बिहान ८ बजे फूलबारीस्थित निवासबाट शवयात्रासहित मणिपाल पछाडि रिठ्ठाघाटमा अन्येष्टि गरिने परिवारजनले जनाएको छ।

पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

पोखरा ।
सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ।

पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे ।  कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उनको छ । भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी उनले गराए ।

फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गरे । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उनको छ ।

‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ ।  ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उनले जानकारी गराए ।

ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उनले उल्लेख गरे ।

वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ । काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उनले जानकारी दिए।
नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए ।
थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो । लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ छन्।

फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19305, citypokhara.com

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ ।

हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ ।

बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’

कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्युन छ । त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु ।’ प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रुपमा रहेको छ ।

सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ । सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् ।

खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गल्र्स यू १०, यू १३, यू १६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।

काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो । उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो । २०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ ।

भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19302, citypokhara.com

पोखरामा मेट्रो ग्रुपकाे शुभारम्भ

पोखरा । पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो ।

पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।

गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताए । उनले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसाय समेत सफल हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष पोखरेलले भने,“चीनबाट सिधै पोखरामा अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने कम्पनीको उद्धेश्य छ । चीनमा उत्पादक कम्पनीसँग जोडिने भएकाले काठमाडौँको तुलनामा यहाँ ल्याउँदा लागत समेत सस्तो पर्छ। साझेदारी व्यवसायमा चूनौती रहेपनि, एकल व्यवसायममा भन्दा कम जोखिम रहेकाले नाफा पनि आर्जन गर्ने र राज्यलाई समेत राजश्व तिर्ने योजना छ ।”

मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले एक वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको बताए । सुरुआतमा शेयरसदस्यहरुबीच सामान खपत भइरहेको र सदस्य भन्दा बाहिर जान सकेको खण्डमा सम्भावना धेरै राम्रो रहेको बताए ।

“निकट भविष्यमा पोखरामा आँफै उत्पादन गर्ने वा चीनबाट आफ्नै ब्राण्डमा ल्याउने योजना छ । संस्थाका सवै सदस्यहरु व्यवसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति भएकाले यो सामुहिक व्यवसाय सफल हुने विश्वासमा छौँ ।” त्रिपाठीले भने । त्रिपाठीले कम लागतमा उच्च गुणस्तरका आयतित सामग्रहीहरु यहाँका व्यापारीहरुलाई बिक्री गर्ने योजना सुनाए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चूनौती रहेको बताए । कार्कीले व्यवसाय चलायमान नभएको अहिलेको अवस्थामा मेट्रो ग्रुपका लागि अवसर समेत बन्न सक्ने बताए । “बैँक तथा वित्तिय संस्थाको व्याजदर न्यून भएपनि अहिले कर्जाको माग छैन, व्यापार व्यवसाथ मन्दीमा छन् । मन्दीमा रहेको व्यवसाय चलायमान बनाउनु अहिलेको आवश्यकता हो ।” कार्कीले भने ।

पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुँगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापतिले व्यावसायिक चूनौतीको अवस्थामा मेट्रो ग्रुपले सहुलियत र सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले उत्पादनमा जोडिने ग्रुपको योजना राम्रो रहेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका शेयर सदस्य अर्जन पोखरेल लगायतले व्यवसायी निराश भएको अवस्थामा ग्रुपले पोखरा तथा गण्डकी क्षेत्रभर आशाको दियो बाल्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19297, citypokhara.com

पोखरामा श्रीकृष्ण जन्माष्टमी विशेष पूजाआराधना र कथा प्रवचन हुने

पोखरा । पोखरा–१७, ड्यामसाइडस्थित पुरानो श्रीराधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व अवसरमा विशेष पूजाआराधना, कथा प्रवचन तथा विभिन्न धार्मिक कार्यक्रम हुने भएका छन्।

मन्दिर व्यवस्थापन समितिका अनुसार, आगामी ३१ गते (शनिबार) बिहान ९ बजे देखि राति १२ बजेसम्म पूजाआराधना गरिने छ। यस अवसरमा पण्डित दिपक सापकोटाको कथा प्रवचन हुने र भक्तजनका लागि श्रवण तथा प्रसाद वितरणको व्यवस्था मिलाइने समितिका सचिव रमेशराज पोखरेलले जानकारी दिए।

कार्यक्रममा पोखराका विभिन्न धार्मिक तथा सामाजिक संस्थाको सहभागिता रहने छ। साथै, मन्दिरमा हुने दैनिक आरतीको साथमा विशेष सजावट पनि गरिने जनाइएको छ।

समितिले भक्तजनलाई सहभागी भई धार्मिक लाभ लिन र सञ्चारमाध्यममार्फत यस पर्वको प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19291, citypokhara.com

प्रतिभामा कक्षा एकका बालबालिकाले देखाए नेपालकै विविधता र एकताको सन्देश

पोखरा । प्रतिभा माविका कक्षा एकमा अध्ययनरत बालबालिकाहरुले नेपालकै विविधता र एकताको सन्देश दिने विविध सिर्जनात्मक प्रस्तुति देखाएका छन् ।

विद्यालयमा भएकाे CPRS अन्तर्गतको ‘Our Community Theme Celebration’ कार्यक्रममा उनीहरुले  विद्यालय, घर र बगैँचाभन्दा पर पूरै नेपाल र नेपाली समाजको बहुरंगी रूप स्टेजमा देखाएका हुन् ।

प्रतिभामा कक्षा एकका बालबालिकाले देखाए नेपालकै विविधता र एकताको सन्देश

कार्यक्रममा बालबालिकाले र्याम्प वाकमार्फत आफ्नो परिचयसँगै हिमाल, पहाड र तराईका संस्कार, चाडपर्व, रीतिरिवाज  तथा  धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिए।

विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले ‘जग बलियो भए घर बलियो हुन्छ’ भन्ने मूल सन्देशसहित विद्यालयमा  CPRS पद्वति मार्फत शैक्षिक गतिविधिहरु सञ्चालन गरिएकाे बताए ।

उनले ‘Learning by doing’ लाई आत्मसात गर्दै विद्यालयमा गरिने विभिन्न क्रियाकलापहरुले विद्यार्थीको व्यक्तित्व विकासमा पुर्‍याउने योगदानबारे चर्चा गरे ।  उनले भने, “यो कार्यक्रमले बालबालिकामा आफ्नै संस्कृति, पेशा र परम्पराप्रतिको जानकारी मात्र होइन, विविधतामा एकताको पाठ पनि सिकाएको छ।”

 

कार्यक्रममा विद्यालयका फाइनान्स डिरेक्टर विश्वगोपाल पराजुलीले विद्यार्थीहरूले प्रस्तुत गरेका कार्यक्रमहरूको प्रशंसा गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकासम्बन्धी गुनासाे भएमा सहज रूपमा विद्यालयमा राख्न आग्रह गरे । उनले विद्यालयको सफलता केवल शिक्षक र विद्यार्थीमा मात्र निर्भर नभई समुदायको सहभागिता, सहयोग र विश्वासमा आधारित हुने बताए ।

विद्यालयकी मन्टेश्वरी व्लग कोअर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माध्यमिक विद्यालयले स्थापना भएदेखि नै शिक्षामा नयाँ आयाम थप्दै आएको बताईन् । यसैअन्तर्गत सञ्चालित प्रतिभा मण्टेश्वरीले बालबालिकाको चौतर्फी विकासलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरिन् ।

‘आजकाे कार्यक्रम कक्षाकोठाभित्रको पठनपाठनलाई व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो ।’  उनले भनिन्- ‘जसमा कविता, भूमिकानिर्वाह र अन्य गतिविधिबाट बालकेन्द्रित शिक्षणलाई मनोरञ्जनपूर्वक अघि बढाइएको छ।’

कार्यक्रममा बालबालिकाहरुले टाेल भेला, हाट बजार र माेवाईल फाेन विषयक नाटक, नेत्र चिकित्सक सन्दुक रूइतको प्रेरणादायी जीवनी वाचन, कविता वाचन, विद्यालयमा अध्यापन हुने दिनहरूको तुलना प्रस्तुति र नृत्य लगायतका प्रस्तुतिहरु राखेका थिए ।

कार्यक्रममा शिक्षिकाहरु सुस्मिता श्रेष्ठ, जमुना गिरी, कमला शर्मा, मिना रानाभाट, हाेलशाेभा गुरुङ, पवित्रा पुन लगायतले कार्यक्रम सञ्चालनसँगै बालबालिकालाई सहजीकरण गरेका थिए ।

कक्षा एकका विद्यार्थी वेदान्त सुवेदीले प्रमुख अतिथिकाे भूमिका निर्वाह गरेकाे कार्यक्रममा कक्षा एकका बालबालिकाहरुका अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेकाे थियाे ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19280, citypokhara.com

पोखरा इन्जिनियरिङ कलेजः इन्जिनियरिङ शिक्षाको अग्रणी संस्था

तारा पौडेल/ पोखरा

पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी सन् १९९९ (वि.सं. २०५६) मा स्थापना भएको पोखरा इन्जिनियरिङ कलेज (PEC) साविक पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ शिक्षा दिने कलेजका रूपमा परिचित छ । शुरुवातमा स्नातक तहको सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै कलेजले सन् २००० (वि.सं. २०५७) मा कम्प्युटर इन्जिनियरिङ सुरु ग¥यो ।

कलेजले २००९ मा स्नातकोत्तर तहमा इन्जिनियरिङ अध्यापन सुरु ग¥यो, जुन यस क्षेत्रमै उपब्ध नरहेका नयाँ विषयहरु अध्यापन गराउन थालिएको प्रशासन प्रमुख चिजकाजी गुरुङले बताए । उनका अनुसार यसपछि २०१७ मा Bachelors in Architecture र २०२३ मा Bachelors of Engineering in Information Technology (BEIT) कार्यक्रम सुरु गर्दै नयाँ र दुर्लभ विषयसमेत सञ्चालनमा ल्याएको छ । हालसम्म कलेजले करिब १,५०० स्नातक र २५० स्नातकोत्तर इन्जिनियर उत्पादन गरिसकेको छ । उनीहरू मध्ये धेरैजना जस मध्ये धेरैजना सरकारी, गैर सरकारी र  स्थानीय तहका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्थापित भएका छन ।पोखरा इन्जिनियरिङ कलेजः इन्जिनियरिङ शिक्षाको अग्रणी संस्था

‘पोखरा इन्जिनियरिङ कलेज पश्चिमाञ्चलमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ शिक्षा अध्यापन गराउने पहिलो कलेज हो । यो हाम्रो अनुभव, प्रमाण र गौरवको धरोहर हो ।’ कलेज प्रशासक गुरुङ भन्छन् ‘हामी विद्यार्थीलाई आवश्यक सबै प्रकारका ज्ञान दिएर न्यून शुल्कमा दक्ष प्राविधिक उत्पादन गर्दछौं ।’

सुविधा र विशेषता

कलेजमा अत्याधुनिक ल्याब, समृद्ध पुस्तकालय, कम्प्युटर सुविधा, र AI (एआई) ल्याब सञ्चालनमा छन् । सिभिल, कम्पुटर र आर्किटेक्चर विषयका लागि छुट्टाछुटै ल्याबहरु उपलब्ध छन् । सिभिल इन्जिनियरिङका लागि अन्य कलेजका विद्यार्थीसमेत ल्याब गर्न आउँछन् भने आर्किटेक्चरका लागि छुट्टै डिजाइन स्टुडियो छ । पुस्तकालयबाट विद्यार्थीलाई हरेक सेमेस्टरमा विषयगत एकमुष्ट पुस्तक दिने गरिन्छ । साथै पुस्तकालयमा रेफरेन्सका लागि अध्ययन गर्न पनि पाईन्छ ।

आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष छत्रवृत्तिको व्यवस्था रहेको छ । हरेक सेमेस्टरमा टप गर्ने विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा, र विश्वविद्यालयको छात्रवृत्ति कोटा बाहिरका विद्यार्थीलाई समेत सहयोग गर्ने प्रावधान रहेको छ । हाल कलेजमा करिब १,००० विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक गुणस्तर र परियोजना गतिविधि

कलेजमा अनुसन्धन तथा परियोजना प्रवद्र्धनका लागि Research Management Cell (RMC) स्थापना गरिएको छ, जसको नेतृत्व PHD प्राप्त सल्लाहकारद्वारा गरिन्छ । सिभिल, इलेक्ट्रोनिक्स, र कम्प्युटर समूहका संयोजकहरू, साथै RMC को माध्यमबाट विद्यार्थीहरुको फ्याकल्टिगत अनुसन्धानात्मक क्लबहरु गठन गरी अनुसन्धानका कार्यहरुलाई कलेजले अगाडि बढाउने गर्दछ । हरेक दुई वर्षमा ‘एक्स्पो’आयोजना गरेर विद्यार्थीका सिर्जनात्मक कामहरू प्रदर्शन गरिन्छ ।

गत सेमेस्टरमा कम्प्युटर, IT, सिभिल, र आर्किटेक्चरका २३ विद्यार्थीले ४.० GPA ल्याएका छन् । इन्टर्नसिप कार्यक्रमबाट धेरै विद्यार्थीले अध्ययनकै क्रममा रोजगारीको अवसर पाएका छन् ।

गुणस्तरीय र व्यावहारिक शिक्षा

नेपाल इन्जिनियरिङ काउन्सिलबाट ‘A Grade’ को स्थायी मान्यता प्राप्त कलेजले विहान ६ बजेदेखि राति ९ बजेसम्म कक्षा सञ्चालन गरेर विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने गरेको छ ।

प्रशासन प्रमुख गुरुङ भन्छन्, ‘हाम्रो उद्देश्य न्युनतम शुल्कमै उच्चस्तरीय शिक्षा उपलब्ध गराउनु हो । अनुभव, प्राविधिक दक्षता, र व्यावहारिक शिक्षाबाट सुसज्जित इन्जिनियर उत्पादन गर्दै हामी सेवाका लागि सधैं तयार छौं ।’

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19275, citypokhara.com

पोखरा हङकङ बजारमा चाडपर्व लक्षित उपहार कुपन योजना सुरु, प्रथम पुरस्कार एक लाख रूपैयाँ

पोखरा । पोखरा चाइना पुलदेखि सुजनाचोकसम्म सडक पेटीमा व्यवसाय गर्दै आएका स्वरोजगार साना व्यवसायीलाई व्यवस्थित गर्न स्थापना गरिएको पोखरा हङकङ बजारले यस वर्ष पनि चाडपर्व लक्षित उपहार कुपन योजना सुरु गरेको छ।

हङकङ बजार व्यवस्थापन बुधबार पत्रकार सम्मेलन गरि उपहार कुपन याेजनाबारे जानकारी दिएकाे हाे । समितिका अध्यक्ष सुरेश कुमार श्रेष्ठलेले यस वर्षको कुपन योजना “तिन, दशैं, तिहार र छठको बहार, पोखरा हङकङ बजारमा पैसै पैसाको उपहार” भन्ने मूल नारासहित भदौ १ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने बुधबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार यस अवधिमा बजारभित्रको कुनै पनि सामान रु. ५०० बराबर खरिद गर्दा १ कुपन र रु. १००० बराबर खरिद गर्दा २ कुपन निःशुल्क प्रदान गरिनेछ ।

कार्यक्रमको नतिजा कात्तिक २२ गते शनिबार हङकङ बजार प्राङ्गणमा प्रत्यक्ष कार्यक्रममार्फत घोषणा गरिने र अर्को दिन स्थानीय पत्रिकामा प्रकाशन गरिनेछ। उपहार प्राप्त गर्न विजेताले अर्धकट्टी र परिचय खुल्ने कागजातसहित ३० दिनभित्र समितिमा सम्पर्क गर्नुपर्नेछ।

पोखरा हङकङ बजारमा चाडपर्व लक्षित उपहार कुपन योजना सुरु, प्रथम पुरस्कार एक लाख रूपैयाँ

यस योजनाअन्तर्गत प्रथम पुरस्कार रु. १,००,००० (१ जनालाई), द्वितीय पुरस्कार रु. ५०,००० (१ जनालाई), तृतीय पुरस्कार रु. २५,००० (१ जनालाई), सान्त्वना पुरस्कार रु. १०,००० (प्रत्येक ४ जनालाई) र विशेष भाग्यशाली पुरस्कार रु. ५,००० (प्रत्येक २० जनालाई) प्रदान गरिनेछ। पुरस्कारको रकम बजारमा व्यवसाय गर्ने व्यापारीहरूबाट समान तरिकाले संकलन गरिने अध्यक्षले श्रेष्ठले बताए ।

कार्यक्रममा गुडलक कम्पनीका सञ्चालक मिलनप्रसाद तिवारी, पोखरा हङकङ बजार समितिका सचिव दिनेश आचार्य र व्यवस्थापन समितिका रुद्र रानाभाटले कार्यक्रमकाे याेजना तथा बजारकाे बारेमा जानकारी गराएका थिए ।

बजार व्यवस्थापन समितिका अनुसार १३ वर्षअघि सुरु भएको यो बजार हाल १० रोपनी जमिनमा सञ्चालनमा छ र एउटै छानामुनि फलफूल, तरकारी, लत्ताकपडा, जुत्ता–चप्पलदेखि घरायसी सामानसम्म सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। बजारले केवल व्यापार मात्र नभई रक्तदान, सरसफाइ, मानव सेवा आश्रममा खाना वितरणजस्ता सामाजिक गतिविधिहरू पनि गर्दै आएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19264, citypokhara.com