मुइयाँ र बान्द्रेको टेलीचलचित्र ‘मुइयाँ मुईसाप’ सार्वजनिक (भिडियो)

काठमाडौँ। पछिल्लो समय नेपाली टेली चलचित्रहरु बन्ने क्रम बढेको छ। केहि बर्ष पहिले टेलिभिजनको पर्दामा समय कुरेर सिरियल हेर्नु पर्ने बाध्यता थियो। अहिले प्रत्येक दिन नै नयाँ नयाँ सिरियल यु ट्युबमा सार्वजनिक हुने गरेका छन्। सुरेश थापाको कथा तथा निर्देशनमा बनेको नयाँ टेली चलचित्र ‘मुइयाँ मुईसाप’ यु ट्युबमा दोश्रो भाग सार्वजनिक भएको छ। टेली चलचित्र ‘मेरी बास्सै’ बाट मुइयाँ र बान्द्रेको नामले परिचित सुनिता गौतम र सुरज चापागाईंको मुख्य भूमिका रहेको छ। सुनिता र सुरजको साथमा सुरेश थापा,रक्षा गुरागाईं,गणेश अछामी,बिष्णु दुलाल,दिनेश दर्जी,लक्ष्मी थापा,देव नारायण भण्डारी,हुमा देवी भण्डारी,चेतन दंगाल र नमस्ते दिवाकरको अभिनय रहेको छ।
प्रवेश पोखरेलको छायाँकन,राजेन्द्र मानन्धरको सम्पादन र बिनय कार्कीको पार्श्व संगीत रहेको छ। टेलिचलचित्रको निर्माण सुनिता गौतमले गरेकी हुन्। टेली चलचित्र मिस्टर मुइयाँ नामक यु ट्युब च्यानल बाट प्रत्येक शुक्रवार साँझ ७ बजे सार्वजनिक हुने गर्दछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २३, शनिबार १०:३२‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १२:५२‘आइ एम जित बहादुर’लाई ‘यू’ प्रमाणपत्र, असार ५ गतेदेखि देशभर प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:२३‘बाः एक योद्धा’ मा सागर, शिशिर, सुप्रिया र शवि









