‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् ।
रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् । चलचित्रमा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको चलचित्रका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् ।
सत्यम रानाको भीएफक्स रहेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो चलचित्रको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् । चलचित्रको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार
खेलकुद२०८३ भाद्र ९, मंगलवार १८:४०चौथो थारु फुटसल प्रतियोगिताको उपाधी एओएफ युनाईटेड(बारा)ले उचाल्यो









