मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर

काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् ।
उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको प्रस्तुतीले नै दिलाएको हो । सोनी टेलिभिजनमा आइतबार राति प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’ मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । आइतबारको एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रशारण गरिएको थियो ।
उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् । अर्का निर्णायक कुमार सानुले ताली बजाउँदै बधाई दिएका थिए । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’ को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर सिनेमाको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।
यतिबेला मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने सिनेमा ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी थिइन् ।
मेनुका ‘इन्डियन आइडल’को ‘टप १४’मा पुगिसकेकी छन् । उनलाई उपाधिको हकदारको रुपमा हेर्न थालिएको छ । मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक









