Breaking News
पर्वतकाे ईमोर्टल सेक्ररेड स्कुलमा शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम

पर्वत । इमोर्टल सेक्ररेड मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा  “शिक्षण–सिकाइ सहजीकरण तथा एकीकृत पाठ्यक्रम प्रवर्द्धन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।

पर्वत जिल्लाकाे जलजला ७, मिलनचाेकमा रहेकाे साे स्कुलले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै, समयानुकूल परिमार्जित पाठ्यक्रमका विधिहरूलाई व्यवहारिक रूपमा शिक्षणमा प्रयोग गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

पर्वतकाे ईमोर्टल सेक्ररेड स्कुलमा शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम

शुक्रबारदेखि चारदिनसम्म चलेकाे कार्यक्रममा विद्यार्थीकै सहभागितामा आधारित सिकाइ प्रविधिलाई प्रवर्द्धन गर्दै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा प्रशिक्षण दिइएको हो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष मिलन पुनले यस्ता कार्यक्रमले शिक्षकहरूको व्यावसायिक दक्षता बढाउन र विद्यार्थीको सिकाइमा गुणात्मक सुधार ल्याउन ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने-“आजको युगको शिक्षकले केवल पाठ्यपुस्तक मात्र होइन, प्रविधि, मनोविज्ञान र व्यवहारिक सीप पनि जान्नुपर्छ। यस्ताे प्रशिक्षणले शिक्षणमा नयाँ दृष्टिकोण ल्याउँछ।”

विद्यालयका प्रिन्सिपल देवेन्द्र प्रसाद आचार्यले शिक्षकलाई समयअनुसार अपडेट हुँदै जानु आवश्यक रहेको बताए । उनले शिक्षकहरूमा देखिएको लगाव र सक्रियता प्रति धन्यवाद व्यक्त गर्दै यस्ता तालिमको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी सहजकर्ताहरुले प्रभावकारी शिक्षण विधि, विद्यार्थीको व्यवहारिक सिकाइ तथा पाठ्यक्रम अनुकूल सिकाइ दृष्टिकोणमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा सहजकर्ता पाेखराकाे प्रतिभा माध्यमिक विद्यालयकी मन्टेश्वरी काे-अर्डिनेटर निर्मला सुवेदीले सोधपुछ/अन्वेषण आधारित शिक्षण, मन्टेश्वरी दृष्टिकोण, सहज सामग्री निर्माण, गृहकार्यको उचित अभ्यास र कक्षा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेकी थिईन ।

यस्तै अन्य सहजकर्ताहरु गण्डकी बाेर्डिङ्ग स्कुलका शिक्षकद्वय झलकनाथ आचार्य, रवी सुनार, प्रतिभा मा.वि.का शिक्षिक सरस्वती शर्माले समूहगत कार्य, अभ्यासजन्य गतिविधि र संवादात्मक शैली अपनाएर प्रशिक्षणलाई आकर्षक र सहभागिमुखी बनाएका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, नर्सरीदेखि कक्षा ७ सम्म अध्यापन गराउने शिक्षक, शिक्षिकाहरु लगायतकाे सकृय सहभागिता रहेकाे थियाे ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18957, citypokhara.com

रामकोटको हरियालीमा चराप्रेमीहरूको पदयात्रा, काँडेभ्याकुरसहित ५९ प्रजातिका दुर्लभ चराहरू अवलोकन

पोखरा । फेदीखोला गाउँपालिका–१, रामकोटको हरियाली जंगलमा पोखरा पंक्षी समाजले चौथो ग्रीष्मकालीन पदयात्रा सम्पन्न गरेको छ। २७ असारमा माछापुच्छ्रे दृश्यबिन्दु (कुभिन्डे) बाट सुरु भएको पदयात्रा २८ असारमा रामकोट गाउँमा पुगेर सम्पन्न भयो। दुई दिनको यो यात्रामा ६० जना प्रकृति प्रेमी सहभागी थिए।

पदयात्रामा सहभागीहरूले ५९ प्रजातिका चराहरूको अवलोकन गरे। विशेषतः नेपालको स्थानिक चरा काँडेभ्याकुर (Spiny Babbler) तथा संकटापन्न सेतो ढाडे गिद्ध (White-rumped Vulture) र रातोटाउके गिद्ध (Red-headed Vulture) को अवलोकन उल्लेखनीय रह्यो। सहभागीहरू चराहरूको आवाज, चाल, बासस्थान र संरक्षणसम्बन्धी जानकारीमा गहिरो रूपमा अभ्यस्त भए।

कार्यक्रम पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको नेतृत्वमा सम्पन्न भएको हो। फेदीखोला गाउँपालिकाको सह–आयोजना र नेपाल पक्षीविज्ञान संघको प्राविधिक सहयोगमा आयोजना गरिएको पदयात्राले चराप्रति जिज्ञासा जगाउनुका साथै संरक्षणको सन्देश फैलाएको थियो।

पदयात्रामा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू, अनुभवी पक्षीविद् र स्थानीय गाइडहरूको सहभागिता थियो। सहभागीहरूले चराहरूको खोजी, फोटो अभिलेख र डाटासँगै प्रकृतिसँगको सम्बन्ध झनै प्रगाढ बनाएको बताए। स्थानीय होमस्टे सञ्चालकहरूले आतिथ्य गरे भने गाउँपालिकाले बाटो तथा रसद व्यवस्थापनमा सहयोग पुर्‍यायो।

पदयात्रा केवल अवलोकनको कार्यक्रम थिएन, यो संरक्षणप्रति सचेत बनाउने अभियान थियो। संकटमा परेका प्रजातिहरूको उपस्थितिले सहभागीहरूलाई वातावरणीय संवेदनशीलताको गहिरो सन्देश दिएको थियो। पोखरा पंक्षी समाजले आगामी दिनमा यस्ता थप कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18953, citypokhara.com

क्लबस्तरीय भलिबलः आँधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी
पोखरा ।
पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो ।

उपाधि जितेको आधिखोलाले १ लाख २५ हजार र उपविजेता भएको घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त ग¥यो ।

यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधि जितेको पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।

यस्तै क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

एपिएफले ढुङ्गेदेउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । प्रतियोगितामा तेस्रो भएको एपिएफले ३० हजार र सान्त्वना भएको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

यस्तै प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी सञ्जुु विक्रम शाह,  स्पाइकर उमेश सेञ्चुरी , मिडल ब्लकर सुगम सुनार , डिफेन्डर राजन दलार्मी, सेटर विवश आले ,सर्भर मिलन राना, उदियमान खेलाडी ढुङ्गेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की घोषित हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी समेश केसीले ट्रफी प्राप्त गरे ।

असार २४ देखि सुरुभएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता रहेको थियो । सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18949, citypokhara.com

 “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न

पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ ।

कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् ।

कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा.जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे ।

प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए । विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशीलताले लेखनमा नयाँ नयाँ कविताहरू लेख्न हुटहुटी जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरू यसबाट टाढा रहेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए । उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए । अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए ।

भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए । वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।

कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे ।  पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन । संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने प्रतिवद्धता उनको थियो ।

यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18946, citypokhara.com

भ्रमण वर्ष २०२५ मनाउँदै पोखरा: पहिलो छ महिनामा ५.७७ लाख पर्यटक, तर लक्ष्य चुनौतीपूर्ण

पोखरा ।  सन् २०२५ को पहिलो छ महिनामा नेपालमा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक आएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको ५ लाख ८३ हजार ११ भन्दा केही कम हो।

नेपाल पर्यटन परिषद्ले सन् २०२४ मा आएका ११ लाख ४७ हजार ५४८ पर्यटकलाई आधार मान्दै सन् २०२५ मा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको थियो। तर हालसम्मको आगमन दर हेर्दा त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ।

केवल जुन महिनामै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन्, जुन सन् २०२४ को जुन महिनाको ७६ हजार ३३३ र सन् २०१९ को ७४ हजार ८८३ भन्दा केही बढी हो।

पर्यटक आगमनमा सबैभन्दा धेरै हिस्सा भारतीय पर्यटक (३२,६६२) को रहेको छ। त्यसपछि अमेरिकी (९,६९६) र चिनियाँ (६,७३६) पर्यटकको उपस्थिति उल्लेखनीय छ।

सन् २०१९ को पहिलो छ महिनामा ५ लाख ७३ हजार ६५८ पर्यटक नेपाल आएका थिए। त्योसँग तुलना गर्दा सन् २०२५ मा थोरै सुधार देखिए पनि अपेक्षित दरमा वृद्धि नभएको विज्ञहरूले बताएका छन्।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेका अनुसार, पर्यटक आगमनमा अपेक्षित वृद्धि नहुनुका कारणमा महँगो हवाई भाडा, कमजोर अन्तर्राष्ट्रिय प्रवद्र्धन, बुटवल–नारायणगढ सडकको खराब अवस्था र विश्वव्यापी अस्थिरता रहेका छन्।

नेपाल पर्यटन परिषद्‌का प्रथम उपाध्यक्ष हरि भुजेलले पनि १० प्रतिशत वृद्धि हासिल गर्न सहज नहुने बताए। ‘पर्यटन क्षेत्रको गति बढाउन हवाई भाडा सस्तो हुनुपर्छ, यातायात पूर्वाधार व्यवस्थित हुनुपर्छ र अन्तर्राष्ट्रिय प्रवद्र्धन प्रभावकारी हुनुपर्छ,’उनले भने।

सरकार र निजी क्षेत्रबीच समन्वय गर्दै सस्तो र सहज हवाई सेवा, प्रभावकारी प्रवद्र्धन, र भौतिक पूर्वाधारको सुधार नगरेसम्म पर्यटनमा दोहोरो अंकको वृद्धि दर हासिल गर्न कठिन हुने विज्ञहरूको निष्कर्ष छ।

विशेष गरी भारतबाट आउने पर्यटक संख्या बढाउने रणनीति अवलम्बन गर्न सके नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18935, citypokhara.com

छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्षमाथि अमानवीय आक्रमण भएकाे भन्दै एमाले पोखरा–२१ द्वारा घोर भर्त्सना

पाेखरा । पाेखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि भएकाे अमानवीय आक्रमण भएकाे भन्दै नेकपा (एमाले) पोखरा–२१ ले घोर भर्त्सना गरेकाे छ ।

पाेखरा २१ पहाडिडाँडा घर भई हाल पाेखरा १७ निवासी पहारीमाथि आज विहान नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका नेताहरूले  पहारीलाई लक्षित गरी कालो मोबिल छर्की अमानवीय रूपमा शारीरिक हमला गरेका थिए।

घटनामा संलग्न समूहले छाेरेपाटन माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक, वर्तमान वडा शिक्षा समिति सदस्य समेत रहेका पहारीलाई विद्यालयमा आउनुहाेस् भनी बाेलाई निजी निवासबाट विद्यालय जाने बाटाेमा डेभिडफलकाे ओरालाेनिर सुनियाेजित तरिकाले पहारीलाई कालो मोबिल छर्किएकाे पाेखरा २१ का वडा कमिटी अध्यक्ष राजेन्द्र थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएकाे छ ।

छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्षमाथि अमानवीय आक्रमण भएकाे भन्दै एमाले पोखरा–२१ द्वारा घोर भर्त्सना

यस कार्यलाई वडा कमिटिले एक आपराधिक र अमानवीय कार्यका रूपमा चित्रित गरेकाे छ।

वडा कमिटीले यस्ता आक्रमणहरूलाई असामाजिक, अमानवीय र आपराधिक बताउँदै घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, सामाजिक काममा सक्रिय र शैक्षिक क्षेत्रमा योगदान दिँदै आएका व्यक्तिमाथि बिना कुनै आधार यस्ता घटनाको श्रृंखला दुःखद भएको जनाएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “राजनीतिक स्वार्थमा जोडिएका व्यक्तिहरूको उत्साहवर्धन गर्ने खालका क्रियाकलाप र चरित्र हत्या गर्दै अमानवीय व्यवहार गर्नुजस्तो घटनाले हाम्रो पार्टी नेकपा (एमाले), वडा कमिटी पोखरा–२१ लाई स्तब्ध बनाएको छ।”

वडा कमिटीले यस्ता आपराधिक घटनाहरूको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै, यथाशीघ्र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

उता नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिकाे तर्फबाट राजन साउदले कारबाहिकाे जिम्मेवारी लिएकाे प्रेस वक्तव्य निकाल्दै शुक्रबार भएको घटनालाई संगठनले विद्यालयमा बढ्दो अनियमितता र अपारदर्शिताविरुद्धको कदमको रूपमा व्याख्या गरेको छ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पहारीले विद्यालयको आर्थिक स्रोतको दुरुपयोग गरेको, सार्वजनिक विवरण नदिएको र एकलौटी निर्णयमार्फत रकम खर्च गरेको आरोप लगाइएको छ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18926, citypokhara.com

पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा  

पोखराः  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।

पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै आज भएको लिगको आठौै खेलमा एपिएफले ठकुरी समाजलाई ३– १ को सेटमा नै पराजित गरेको छ । एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ले पराजित ग¥यो । एपिएफ ६ अङ्कसहित तेस्रो स्थानमा छ । आधिखोला र एपिएफको समान ६÷६ अङ्क भएपनि सेटको आधारमा आधिखोला दोस्रो स्थानमा छ ।

यस्तै  ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौ स्थानमा रहेको छ ।

लिगको शिर्ष स्थान र चौथो स्थानमा रहने टिमले पहिलो सेमिफाइनल र लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

भेट्रान्सतर्फ क्वाटरफाइनलको एक खेल बाँकी
लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्स सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

यस्तै अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाटेडको खेल शुक्रबार हुनेछ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले शुक्रबार लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।

फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18923, citypokhara.com

पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

पोखरा । तान्त्रिक संघ कास्कीको पोखरा महानगरपालिका ११ काहुँडाँडा स्थित कार्यालयको बिहिवार उद्घाटन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहीबार संघको उद्घाटन गरेका हुन् ।

पोखरा-११,काहुँमा तान्त्रिक संघको कार्यालय उद्घाटन

अध्यक्ष के.सी.ले धामी झाँक्रीले फुकेर उपचार गर्ने परम्परागत र संस्कृति भएकाले यसलाई जोगाउनुपर्ने बताए । फुकफाक गरेर उपचार गर्ने अन्धविश्वास नभई आस्थासँग गहिरो रुपमा जोडिएको उनको भनाई छ ।

परम्परागत ज्ञान, उपचार विधि र धार्मिक कार्यले समुदायको आत्मबल बढाउने र मानसिक शान्ति प्रदान गर्ने केसीको विश्वास छ । उनले तान्त्रिकबारे संविधानमा केहि उल्लेख नभएतापनि तान्त्रिक संघ बिधि र नियम अनुसार अघि बढ्न आग्रह गरे ।  साथै, उनले पालिकाबाट सक्दो सहयोग गर्ने वचन दिए ।

काहुँडाडा निवासी भरत आचार्यले केन्द्रलाई घर र जग्गा उपलब्ध गराएका हुन् । आचार्यले नियम कानुनभित्र रहेका काम गर्न आग्रह गरे । यसलाई सेवामुलक बनाउँदै सामाजिक कार्यमा निरन्तर लाग्न उनले जोड दिए ।

तान्त्रिक संघ सञ्चालक तथा  शिव भक्त धर्मगुरु मिलन घिमिरेले संस्कार र संस्कृति जोगाउने उद्देश्यले केन्द्रको स्थापना गरिएको जानकारी दिए । ‘परम्परागत संस्कार संस्कृति तान्त्रिक विधि तथा दैविक शक्तिको संरुक्षण गर्न र तान्त्रिक धामी झाँक्रीको पहिचान जोगाउनका लागि तान्त्रिक झाँक्री केन्द्र स्थापना गरिएको हो ।’- सञ्चालक घिमिरेले भने । नराम्रो शक्तिबाट समाजलाई जोगाउन प्रयत्न गरिने उनको भनाई छ । उनले उपचारमा टाढाबाट आउने सेवा ग्राहीहरुलाई खानेबस्ने सुविधा रहेको जानकारी दिए ।

पुर्वाञ्चल सेवा समाजका अध्यक्ष बाल कुमार लुइँटेलले तान्त्रिकको विशेष भूमिकाबारे बताए । तान्त्रिक बिधि संरक्षणका लागि कार्यालय सञ्चालनमा ल्याइएको झाक्री धर्मगुरु प्रविन तामाङले जानकारी दिए । कार्यक्रममा झाँक्री प्रदर्शनी गरिएको थियो ।

झाँक्री धर्मगुरु प्रविन तामाङ, शिव भक्त धर्मगुरु मिलन घिमिरे, सम्झना घिमिरे, बाल कुमार लुँइटेल मिलेर तान्त्रिक संघ सञ्चालन गरेका हुन् ।

जोखना हेर्ने छोप्ने काम्ने, बिर्मुल पार्ने, ग्रह दसा शान्ति गर्ने जीउ दुख्ने, हात खुट्टा झमझमाउने तान्त्रिक बिधिमार्फट उपचार गरिन्छ । साथै कोखा जगाउने, शरीर जोगाउने दैविक शक्ति छन् भने, उतार्ने नयाँ झाक्री मातालाई प्रशिक्षण दिईने र तान्त्रिक विधि र दैविक शक्तिबाट हुने सम्पुर्ण कार्य गरिनेछ ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18921, citypokhara.com

पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा । पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको छ।

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनोट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले श्रीस मगरलाई यो पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो।

मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्यमा साउन १ गते आयोजना हुने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कारको राशि यस वर्ष १५ हजार रुपैयाँ पुर्‍याइएको छ।
यो पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रीतिरिवाज, संस्कार–संस्कृति र कौराहा संरक्षण तथा प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ।

२०७५ सालमा स्थापना भएको यो पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), एमबी आस्था (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन्।

यस वर्ष पुरस्कृत हुन लागेका श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। २०६३ सालमा पृथकयात्रा साहित्यिक द्वैमासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका श्रीस हाल पोखराको फेवा टेलिभिजनको कार्यकारी सम्पादक र कास्की आवाज दैनिकका सम्पादकका रूपमा कार्यरत छन्।

पत्रकार श्रीस मगर यसअघि जगनाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार र मगर सांस्कृतिक पत्रकारिता सम्मानबाट सम्मानित भइसकेका छन्।
उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको इन्चार्ज र नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव छन्।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18900, citypokhara.com

प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

काठमाण्डौ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उनीहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुगेका थिए । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ भेटमा सहभागी थिए । कोशी र कर्णालीका प्रदेश प्रमुख असार १८ गते राष्ट्रपतिसँग भेटपछि काम विशेषले आफ्नो प्रदेश फिर्ता भएकाले उपस्थित हुन सकेनन् ।

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता रहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय संघीयता र त्यसमाथि पनि प्रदेश संरचनाको आलोचना भएको उल्लेख गर्दै संघीयतालाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।

सामूहिक भेटवार्तामा प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा सात वटै प्रदेशका प्रमुखहरु शितल निवास पुगी भेटवार्ता र छलफल गरेको जानकारी गराए । प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे साझा अवधारणा बनाई प्रधानमन्त्री समक्ष प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध गरे ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए । उक्त अवसरमा प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीसँग नियमित सम्पर्क र समन्वयका लागि आग्रह पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताएका छन् ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आफ्ना प्रदेश कार्यालयबाट प्रकाशित बुलेटिन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18897, citypokhara.com