एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

पोखरा । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शितलाज्योति युवा क्लव पोखरा–१२, टिम महादेव गुरुङ, ईम्पावर हेल्थ केयर प्रालिलगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा माछापुच्छ«े–३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं पटक, पोखरा नयाबजारका शम्भुलाल श्रेष्ठले ५५ औं पटक, पोखरा–१४ का राजेश तण्डुकारले ५४ औं पटक, पोखरा लेकसाईडका बिजयकुमार प्रधानले ४४ औं पटक, नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ४१ औं पटक, पोखरा १ बगरका अनिल शाक्यले ४१ औं पटक, पोखरा-४ का लोकेन्द्रदीप शाक्यले ४० औं पटक, पोखरा–१५ का सुजन प्रधानले ३९ औं पटक, पोखरा–८ का निश्चल खरेलले ३८ औं पटक, भारत घर भई पोखरा बस्ने मुन्नाकुमार ठाकुरले ३७ औं पटक, पोखरा–१७ विरौटाका विक्रम रानाभाट र खिमराज आचार्यले ३६ औं पटक रक्तदान गरेका थिए ।

यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् ।

रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।

एभरेस्ट मिडिया हाउसका प्रमुख/सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20072, citypokhara.com

अनमोलको चलचित्र ‘बाटुलो जून’ शुभसाइत

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।

पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने ‘बाटुलो जून’मा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछन् ।

निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लूक्स र अबतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुनेछ, निर्माता जीया केसीले भनिन्, ‘यो चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विस्वस्त छौं ।’

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो चलचित्रलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।

‘ऊनको स्वीटर’ सिक्किममा भव्य प्रिमियर, आजदेखि भारतभर प्रदर्शन

काठमाडौँ। नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक तथा मुख्यमन्त्री प्रेमसिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई रहिन्। सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, प्रहरी प्रमुख खेल वर्ण गुरुङ लगायत उच्च अधिकारीहरूको सहभागिता उल्लेखनीय रह्यो।

नेपालबाट कलाकार विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, निर्देशक नवीन चौहान लगायत सम्पूर्ण टिमको उपस्थिति थियो।प्रमुख अतिथि राईले चलचित्रले नेपाली भाषी समुदायबीचको एकता झल्काएको बताउँदै ‘ऊनको स्वीटर–२’ हेर्ने इच्छा व्यक्त गरिन्। निर्देशक चौहानले भारतीय नेपाली भाषी दर्शकको साथले अब भारतमा नियमित नेपाली फिल्म रिलिज हुने बाटो खुलेको बताए।

दर्शकहरूले सिक्किममै पहिलो पटक यस्तो भव्य प्रिमियर देखिएको भन्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्। फिल्म आजदेखि भारतका १४ प्रमुख हलमा प्रदर्शनमा आएको छ। दार्जिलिङ, कर्स्याङ, गान्तोक र सिलिगुडीका प्रमुख मल्टिप्लेक्सहरूमा शो सुरु भइसकेको छ। नयाँ दिल्ली र असाममा भने अर्को हप्ता रिलिज हुने बताइएको छ।

गायक सुजन चापागाईँ र कलाकार टोलीले पाँच प्रमुख शहरमा दर्शक भेटघाट कार्यक्रम चलाउने छन्। भारतका वितरक एवन राईले सिक्किम सरकार र स्थानीय समुदायबाट पाएको सहयोगप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ ले भारतमा नेपाली सिनेमाको उपस्थिति मजबुत बनाउने विश्वास व्यक्त गरे।

नेपालमा ५१ दिन चलेर करिब १२ करोड कमाएको ‘ऊनको स्वीटर’ अब भारतमा पनि समान सफलता दोहोर्‍याउने अपेक्षा गरिएको छ। मुख्य कलाकारमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल छन्।

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले दलित समुदायको हक, अधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

गत कार्तिक २१ गते मात्रै गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेको जानकारी गराउँदै उनले समाजलाई न्यायपूर्ण र समतामूलक बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

‘जातीय विभेदको समस्यालाई ती समुदायको मात्र समस्याको रूपमा नलिई साझा समस्याका रूपमा लिनुपर्दछ’ उनले भने – ‘वर्षौंदेखि जकडिएको छुवाछुत र भेदभावको जालोलाई तोड्न ढिलाई गर्नुहुँदैन ।’

पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पेश गरिने प्रतिवद्धता व्यक्त गर्दै उनले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य पार्कीले पाँचौ प्रतिवेदन ६ वटा परिच्छेद र ५ वटा अनुसूची समेटी १०२ पृष्ठमा तयार गरिएको जानकारी गराए । उनका अनुसार प्रतिवेदनमा दलित आयोगले गरेका प्रगति, आइपरेका चुनौती र आवश्यक सुझाव समेटिएका छन् । संविधानमा समानुपातिक समावेशी सहभागिता भनिएपनि सबै क्षेत्रमा कार्यान्वयन नभइरहेको अवस्थाबारे ध्यानाकर्षण गराए ।

नेपालको संविधान अनुसार आयोगको कार्यक्षेत्र अन्तर्गत दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी नीतिगत, कानूनी र संस्थागत सुधारका विषय पहिचान गर्ने तथा नेपाल सरकारलाई सिफारिस गर्ने र जातीय छुवाछूत तथा विभेदको अन्त्य गर्न तर्जुमा भएका नीति तथा कार्यक्रम एवं दलित हितसँग सम्बधित कानून एवं कार्यक्रम कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20069, citypokhara.com

कोरियन एस्थेटिक ‘लेट मि इन’ को शाखा पोखरामा नीति शाह र सिसन बानियाँले गरे उद्घाटन,१० दिनसम्म ३५ प्रतिशत छुट

पोखरा ।
स्किन केयरका लागि स्थापित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा शाखा विस्तार गरेको छ । चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलको चौंथो तलामा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । ‘लेट मि इन’ को उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले गरे ।

काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा यो तेस्रो शाखा हो । शाखा उद्घाटनमा नायिका नीति शाहले ‘लेट मि इन’ को सेवाबाट आफू प्रभावित भएको बताइन् ।

लेट मि इनको ब्रान्ड एम्बास्डर समेत रहेकी उनले कोरियन स्किन प्रडक्ट विश्वबजारमा चम्किरहेको अवस्थामा नेपालीका लागि पनि उपयुक्त हुने बताइन् । ‘लेट मि इनको सेवा मात्रै राम्रो छैन, प्रविधि र उपकरणमा पनि अब्बल छ,’ उनले भनिन्, ‘ब्रान्ड एम्बेस्डरको रुपमा मात्रै होइन, एक उपभोक्ताको रुपमा पनि खुसी छु ।’

भ्लगर सिसन बानियाँले विश्वव्यापी रुपमा प्राप्त हुने सुविधा अब पोखरामा आएको बताए । उनले लेट मि इनसँगको आफ्नो अनुभव उत्कृष्ट रहेको बताउँदै यहाँ प्राप्त हुने सेवाले आत्मविश्वासी बनाउने उल्लेख गरे । कोरियन एस्थेटिकका प्रबन्ध निर्देशक मा दोङ सोले सफा, सुन्दर र शान्त वातावरणमा उत्कृष्ट उत्पादनको प्रयोग गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताए ।

‘यो मानिसलाई सुन्दर बनाउने कुरा मात्रै होइन, त्यसभन्दा एक कदम अगाडि बढेर सेवा दिन पनि आएका हौं,’ पोखरामा आउनुको कारणबारे उनले भने, ‘उपभोक्तालाई खुसी बनाउनु हाम्रो लक्ष्य हो ।’ उनले काठमाडौंमा जत्तिकै सेवा सुविधा पोखराको शाखामा पनि उपलब्ध हुने जानकारी गराए । भने, ‘अनुसन्धानपछि आएका नयाँ–नयाँ प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिवारीले स्किन केयरका लागि लेट मि इन उत्कृष्ट रोजाइ हुने बताए । कम्पनीका कन्ट्री म्यानेजर विनोद सुवेदीका अनुसार झण्डै ४ करोड रुपैयाँको लगानीमा पोखरा शाखा सञ्चालनमा आएको हो ।

पोखरा शाखामा हाल डाक्टर, नर्स सहित १५ कर्मचारी कार्यरत छन् । बानेश्वर, महाराजगञ्ज र पोखरा समेत गरी ७५ जनाले रोजगारी पाएका छन् । उनले स्किन केयरका लागि लेट मि इनमा जत्तिकै उपकरण अन्यत्र नभएको उल्लेख गरे ।

पोखरा शाखामा कार्यरत नर्स सदिक्षा थापाले शाखा सञ्चालनको अवसरमा नोभेम्बर ३० सम्म डाक्टर परामर्श निःशुल्क गरिएको र अन्य सेवामा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।

कोरियन सौन्दर्य सामग्रीमा एउटा किन्दा अर्को सित्तैमा दिने अफर पनि यही अवधिमा रहेको उनले सुनाइन् । उनका अनुसार पोखरा शाखाबाट हेयर ट्रान्सप्लान्ट, हेयर रिडक्सन ट्रिटमेन्ट, फेसियल्स, एन्टी एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, हेयर रेस्टोरेसन ट्रिटमेन्ट, टाटु रिमुभल, डन्डिफोर, कालोपोतो लगायतको उपचार, हाइपरबेरिक अक्सिजन थेरापी लगायत सेवा प्रदान हुन्छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20066, citypokhara.com

आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

पोखराको लेकसाइडमा आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश पोखराको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमका अध्यक्षता बीमा प्राधिकरणका निर्देशक तथा सुपरिवेक्षण महाशाखा प्रमुख धु्रव तिमिल्सिनाले गर्नुभएको थियो । प्रमुख अतिथिमा नेपाल राष्ट्र र्बैकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख केशव प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटि पोखरा च्याप्टर , नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसन पोखरा च्याप्टरका प्रतिनिधि त्यस्तै नेपाल बैंकर एसोसियसन पोखरा च्याप्टरका संयोजक तथा आर्थिक मामिला मन्त्रालयका प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता

जनाउनुभएको थियो भने बैंक तथा वित्तिय संस्थासंग छलफल कार्यक्रममा कर्मचारी सञ्चय कोष , नागरिक लगानी कोष पोखरा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बीमा सवलीकरणमा बैंक तथा वित्तय संस्थाको भूमिकाप्रति नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो । आफ्नो प्रस्तुति राख्ने क्रममा मिश्रले बीमा कम्पनी बैंक तथा वित्तिय संस्थाले नागरिकप्रति जिम्मेवार पारदर्शी र विश्वास जगाउने ढंगले कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रमलाई अगाडी बढाउदै भन्नुभयो , नागरिकको धन सम्पत्ति जीवन र भविष्यसंग सरोकार हुने भएकोले हामीले पालना गर्नुपर्ने नियमलाई विशेष ख्याल राख्नुपर्ने उल्लेख गर्नुभयो ।


बीमा सम्बन्धि गुनासा अझ बढी आओस् भन्ने मेरो चाहना छ किनकि नागरिकको गुनासाले हामीलाई थप कर्तव्यबोध गराउँछ भन्नुभयो । उहाँले बीमा र बैंकको भुमिका नङ र मासुको जस्तो सम्बन्ध हुने भएकोले यहाँहरुको रचनात्मक सुझावको सधै पर्खाइमा रहेको बताउनुभयो ।


कार्यक्रममा सहभागि वक्ताहरुले बीमाप्रति उठेका जिज्ञासाहरु राखेका थिए । विशेषगरि नीतिगत प्रोत्साहन कमजोर र नियमन अस्पष्ट हुँदा तरकारी बाली तथा माछापालन बीमाको दायरामा किसान नहुनुमा उच्च जोखिम तथ्यांक अभाव नीतिगत समर्थन कम किसानको जानकारी अभाव दाबी प्रक्रिया जटिल जस्ता कामहरु मुख्य कारक तत्त्व भएको बताए । जिज्ञासा राख्ने क्रममा मत्स्य पालनमा प्राविधिक , जोखिम जस्तो पानीको गुणस्तर बिग्रनु , रोग फैलनु , अक्सिजन कम हुनु , बाढी पहिरो जस्ता जोखिम हुने भएकाले बीमा कम्पनीहरुले कठिन मान्ने तथा दाबीको यथार्थ पनि जटिल ह्ुने भएकोले बीमा विस्तार गर्न हिच्किचाहट भएको बताएका थिए । त्यस्तै प्रिमियम किसालाई महंगो लाग्ने तरकारी र माछामा जोखिम उच्च भएकोले प्रिमियम पनि अपेक्षाकृत नभएको बताएका थिए ।


दाबी प्रक्रिया झन्झटिलो भनि बुझिने क्षतिग्रस्त बाली माछा प्रमाणीत गर्न समय र कागजी प्रक्रिया लामो हुने त्यसैले किसानको आत्मबल घटेको र बीमाबाट टाढा भएको बताएका थिए ।


बीमाको दायरामा आउन नसक्नुको कारण नीतिगत , प्राविधक पहुँच सम्बन्धि र व्यवहारगत पक्षसंग जोडिएको हुन्छ त्यसैले आउँदा दिनहरुमा नेपाल बीमा प्राधिकरणले विशेषगरि किसानको गुनासोलाई यथोचित सम्बोधन गर्नुपर्ने औल्याए ।
नेपाल बीमा प्राधिकरणलाई रचनात्मक कार्यक्रम राखेको हुँदा वक्ताहरुले शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए ।
समग्रमा बीमा , बैंक र वित्तिय संस्था नागरिकप्रति विश्वसनीय , पारदर्शी , पहुँच , योग्य र उत्तरदायि हुनुपर्छ , त्यसैले नागरिकको आर्थिक सुरक्षालाई प्राथमिकता दिएर सेवा संचालन गरे मात्र विश्वास र वित्तिय स्थिरता मजबुत बन्ने बताएका थिए ।

‘हर्ष’लाई दर्शकले मन पराउनेमा निर्देशक एकता विश्वस्त, भन्छिन् “यो हरेक परिवारको आफ्नै कथा हो”

काठमाडौं । पछिल्लो समय नेपाली बक्स अफिसमा सफल ठहरिएका अधिकांश फिल्महरू पारिवारिक कथामा बनेका छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ देखि यी वर्ष दर्शकको मन जितेको ‘परान’ सम्म यी सबै परिवारको भावनालाई केन्द्रमा राखेर बनेका सिनेमानै हुन् ।

यसलाई निरन्तरता दिँदै अर्को पारिवारिक सिनेमा ‘हर्ष’ रिलिजको प्रतीक्षामा छ । आम नेपालीको दैनिक जीवन, घरभित्रका उतार–चढाव र चलनचल्तीका यथार्थ घटनालाई आधार बनाएर फिल्म तयार भएको निर्माण पक्षको दाबी छ।

निर्देशक एकता पौडेलका अनुसार ‘हर्ष’ अहिलेको नेपाली समाजले भोगिरहेको वास्तविकता बोलेको कथा हो । “हरेक परिवारको मनमा लुकेको पीडा, खुसी र सम्बन्धका गाँठो नाता चलचित्रले खोलेर देखाउँछ,” पौडेल भन्छिन्, “त्यसैले दर्शकले आफ्नै जीवन देखेजस्तो महसुस गर्नुहुनेछ ।”

मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने ‘हर्ष’ पौडेलको डेब्यु निर्देशन हो । फिल्ममा वर्षा राउत र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । साथै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर लगायतका अनुभवी कलाकारहरूदेखि बाल कलाकार साइमन वादीसम्मको सशक्त उपस्थिति छ ।

निर्देशक एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म निर्माणमा अध्ययन गरेकी हुन्। स्नातकमा आमसञ्चार तथा स्नातकोत्तरमा व्यवस्थापन तथा नेतृत्व अध्ययन गरेकी पौडेलले यसअघिसम्म थुप्रै छोटा फिल्म बनाइसकेकी छन् ।

फिल्ममा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा निर्देशक पौडेल स्वयं र सुनिल क्षेत्रीको कोरियोग्राफी समावेश छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

एसराज र ऋचाको अनस्क्रिन केमिस्ट्री‘लोकन्ती’ टिजर सार्वजनिक

काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को टिजर सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको टिजर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएकोहो । सार्वजनिक टिजरले चलचित्र पारिवारिक र विवाहको परिवेशको कथा बोकेको देखाएको छ।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित राना मगरले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात,लेखान्त भुषाल,रमेश बुढा,नारायण घर्ती मगर लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। आफ्नो डेब्यु चलचित्रलाई लिएर दुवै जना उत्साहित छन्।

संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् । चलचित्रमा शंकर अधिकारी,डा.ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। पछिल्लो समय दर्शकले पारिवारिक फिल्मलाई राम्रो साथ दिइ रहेको बेला निर्माण टिम उत्साहित बनेको छ।

‘किन लाग्छ माया’ फस्ट लुक सार्वजनिक, चैत्र ६ गतेदेखि विश्वव्यापी रिलिज

काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा तयार भएको प्रेम पारिवारिक कथानक चलचित्र ‘किन लाग्छ माया’ आउँदो चैत्र ६ गते नेपालसहित विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले फिल्मको पहिलो झलक (फस्ट लुक) पनि सार्वजनिक गरेको छ, जसमा प्रमुख कलाकार सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापा फिचर्ड छन्।

सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा बनेको फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा, रामजी लमसाल र प्रज्ञान खड्का लगायत कलाकारको अभिनय समावेश छ।

बाल कलाकारतर्फ आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीले अभिनय गरेका छन्। म्युजिक भिडियोमा सक्रिय सेडो रियल भने यसै फिल्ममार्फत् ठूलो पर्दामा डेब्यु गर्दैछन्। फिल्मको कथा समेत सेडो रियलकै अवधारणाबाट विकसित गरिएको हो भने पटकथा–संवाद रामकाजी घिमिरेले लेखेका हुन्।

फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाईं, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा र अभि वाग्लेले गरेका छन्। सम्पादन टेकेन्द्र शाहको रहेको छ भने पोस्टर डिजाइन राकेश दाहालले तयार पारेका हुन्। निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल र मुख्य सहायक निर्देशक रामशरण कोइराला छन्।

दाजुभाइबीचको मित्रता र कर्तव्य, पारिवारिक त्याग, र वैवाहिक सम्बन्धमा बिस्तार हुँदै जाने प्रेमलाई मुख्य विषयवस्तु बनाएको यो फिल्म पारिवारिक तथा सामाजिक भावनात्मक कथावस्तुसहित बनाइएको छ।

नेपाल वन प्राविधिक सङ्घको स्थापना दिवस:’जेहेन्दार वन प्राविधिक पुरस्कार घोषणा’

पाेखरा ।
जेहेन्दार वन प्राविधिक पुरस्कार अबदेखि गण्डकीमा नियमित रूपमा प्रदान गरिने भएको छ। नेपाल वन प्राविधिक सङ्घको ५२ औँ स्थापना दिवसका अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई २०८३ सालदेखि ‘जेहेन्दार वन प्राविधिक अक्षय कोष’बाट पुरस्कार दिने घोषणा गरिएको हो। सो कोष क्याम्पसकै नाममा स्थापना गरिएको छ र पुरस्कार कोषको ब्याजबाट दिइनेछ।

नेपाल वन प्राविधिक सङ्घको स्थापना दिवस:’जेहेन्दार वन प्राविधिक पुरस्कार घोषणा’यसै अवसरमा गण्डकी प्रदेशमा कार्यरत वन कर्मचारी तथा प्राविधिकमध्येबाट पनि दुई जना उत्कृष्ट छनोट गरिने छ । वनरक्षकदेखि रेन्जर तहसम्म एक जना र अधिकृत तहदेखि माथि एक जना । उत्कृष्ट उपाधि पाउने व्यक्तिलाई आगामी आर्थिक वर्षदेखि ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने निर्णय गरिएको छ  ।

स्थापना दिवसको अवसरमा आयाेजित कार्यक्रममा मन्त्री भेषबहादुर पौडेल, सचिव मोहनराज काफ्ले, क्याम्पस प्रमुख नारायण प्रसाद गौतम, प्राध्यापकहरू तथा कस्केली वन प्राविधिक समाजका अध्यक्ष तथा पूर्व वन निर्देशक रामकाजी श्रेष्ठलगायतका वन प्राविधिकहरुको उपस्थिति रहेकाे थियो।

वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सभा हलमा प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा आयाेजित कार्यक्रमकाे सञ्चालन कोषाध्यक्ष मदन सुवेदीले गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20059, citypokhara.com