कास्की आदर्श समाजद्वारा अदालतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

पोखरा । कास्कीबाट विभिन्न देशमा रेहका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय समिति सामाजिक सेवाका लागि अब्बल मानिएको संस्था हो । संस्थाले शिक्षा, स्वास्थ्य तथा आपतविपद्को बेलामा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

समाजले यतिबेला विभिन्न ठाउँमा गरिएको सहयोगकाे बारेमा अनुगमन तथा भेटघाट र छलफलका कार्यक्रमलाई निरन्तरता दिईरहेको अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष हंशराज ढकालले बताए ।

समाजले भदौ २३ र २४ गतेको जेन्जि विद्रोहको क्रममा क्षती पुगेका अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरुको निरिक्षणको क्रममा कास्की जिल्ला अदालतको सेवा संञ्चालनमा सहयाेग हाेस् भन्ने हेतुले आईतबार कम्प्युटर, प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ ।

सो सामग्री समाजका प्रमुख संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि गोपीकृष्ण काफ्ले, अध्यक्ष ढकाल, उपाध्यक्ष मान बहादुर कुँवर, प्रमिला वराल, संरक्षक वलराम सापकोटा, रवीना थापा लगायले न्यायाधिश हिमलाल बेलबासेलाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा कोषाध्यक्ष विश्वज्योती सुवेदी, नेपाल च्याप्टरका विश्ववन्धु थापा, शिवराज अधिकारी, हरिबहादुर ढकाल, सञ्चारकर्मि, क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापा, तीर्थ केसी लगायतकाे सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै कास्की जिल्ला अदालतका न्यायाधिश हिमलाल बेलबासेले संस्थाको “आदर्श समाज” जस्तो नाम, उस्तै काम भन्दै सह्राना व्यक्त गरे ।

अदालतका भौतिक संरचना र पूर्वाधार तयार नभईसकेको अवश्थामा समाजको संस्थागत सहयोगले जनताको सेवालाई अगाडी बढाउन मद्यत सहयाेग पुग्ने बताए । समाजमा न्याय व्यवस्था सुदृढ भयो भने न्याय र आर्थिक गतिविधि राम्रो हुन्छ, न्यायाधिश बेलबासेले भने, हामी सधैं निश्पक्षतामा रहिरहने छौं ।

समाजका अध्यक्ष हंशराज ढकालले जेन्जि विद्रोह पछिको अवश्थालाई मध्येनजर गरेर अदालतको सेवामा सहयोग पुगोस् भनेर कम्प्युटर र प्रिन्टर संस्थागत निर्णयपछि हस्तान्तरण गरेको बताए ।

सो अवसरमा उनले विदेशमा बसेर कमाएको रकम हामीले छाक कटाएर कोष बनाएको र सोहि कोषबाट शिक्षा, स्वास्थ्य तथा आपतविपद् परेका क्षेत्रहरुमा आवश्यक्ता अनुसार सहयोग गर्दै आएको बताए ।
कार्यक्रमको सञ्चालन समाजकी सचिव सरस्वती सिग्देलले गरेकी थिईन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20086, citypokhara.com

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले प्रदान गर्यो ‘विशिष्ट साधक सम्मान–२०८२’


काठमाडौँ।  राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, साहित्य र गीत–संगीतको उन्नतिमा उल्लेखनीय योगदान पुर्‍याउने तीन अग्रज व्यक्तित्वलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको छ।

नेपाली नृत्य निर्देशनको आधारशिला मानिने, नेपालकै पहिलो नृत्य निर्देशक तथा चर्चित कलाकार भैरब बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह, र वरिष्ठ लोकगायक तथा शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५५५५ सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो।

मङ्सिर ६ गते प्रतिष्ठानका पदाधिकारीहरूको टोलीले प्रत्येक श्रष्टाको निवासमै पुगेर परिवारका सदस्यहरूको उपस्थितिमा सम्मान हस्तान्तरण गरेको थियो। आफ्नै घरमा संस्थाले सम्मान प्रदान गरेकोप्रति सम्मानित श्रष्टाहरूले हर्ष व्यक्त गर्दै, नेपाली कला–संस्कृतिको उत्थानमा संस्थाले निरन्तर अग्रसर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

९३ वर्षीय नृत्य प्रशिक्षक भैरब थापाका सुपुत्र तथा चर्चित संगीत संयोजक महाराज थापाले कार्यक्रममा पिता भैरब थापाको देश–विदेशमा नेपाली नृत्यको विकासमा पुर्‍याएको योगदानलाई समेटिएको वृत्तचित्र पनि प्रदर्शन गर्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गीतकार रमेश दहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, कार्य समिति अध्यक्ष नारायण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, तथा सदस्यहरू बिरेन्द्र भाट ‘बिपिन’, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला सिवाकोटी, प्रमोद डिजी, र बिक्रान्त आचार्य सहभागी थिए। साथै सम्मानित व्यक्तित्वहरूका परिवारजन पनि उपस्थित थिए।

यस सम्मानको पहिलो संस्करण २०८० मा खड्ग गर्बुजा, चैत्यदेवी, र शशी बिक्रम शाहलाई प्रदान गरिएको थियो भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित, र प्रदिप कुमार उपाध्याय सम्मानित भएका थिए।

‘रुवाउने मात्र होइन, हर्षित पार्ने सिनेमा’: वर्षा राउतलाई ‘हर्ष’ माथि ठूलो अपेक्षा

 

काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो दशौँ वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत ले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ मा निर्वाह गरेको केन्द्रीय भूमिकाप्रति उत्साहित छिन् ।

‘नाइँ नभन्नू ल ४’ बाट करियर सुरु गरेकी वर्षाले यसअघिका धेरैजसो मल्टिस्टार फिल्महरूमा ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारी को भूमिकामा देखिएकी उनी ‘हर्ष’ मार्फत केन्द्रमा आउँदैछिन् ।

केन्द्रीय भूमिकामा देखिएपछि दर्शकले आफ्नो कामलाई तहगत रूपमा मूल्याङ्कन गर्नेमा उनी ढुक्क छिन् ।

केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ । दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु, उनले भनिन् ।

‘ऐँचो पैँचो’ बाट राम्रो प्रशंसा पाएकी वर्षाले ‘हर्ष’ मा वास्तविक जीवनभन्दा अलग, निर्देशकले खोजेको चरित्रलाई उतारेको स्पष्ट पारिन् ।वर्षाले ‘हर्ष’ ले दर्शकलाई खुशीको आँसु दिने बताइन् ।

यसले आँसु त झारिदिन्छ, तर हर्षका । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ जस्तो लाग्छ,” उनले भनिन् ।एकता पौडेल को डेब्यु निर्देशनमा बनेको यो फिल्ममा वर्षालाई अभिनेता खगेन्द्र लामिछाने सँग जोडीको रूपमा देख्न सकिन्छ । फिल्म मंसिर १२ गते ुअलु नेपाल रिलिज हुँदैछ ।

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रविन्द्र गोर्खाली विजयी

टोकियो ।
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् ।

जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।

यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् ।

चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए ।

यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् ।

यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए । अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20082, citypokhara.com

अभिनेता आर ए सुरज पौडेलको जन्मदिनमा ‘पीआर’ को रोमान्टिक गीत ‘तिमी छौ र त’ सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो ।

अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडियोमा अभिनेता पौडेल र अभिनेत्री बिनिता कार्की को रमाइलो नृत्य हेर्न सकिन्छ । गीतको भिडियो सलोमा युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।

गीतमा मानस राज को संगीत तथा सनुप पौडेल र नीतु पुन को स्वर रहेको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछाने को रहेको छ ।

फिल्मको प्रमोसन र त्यहाँको हलमा रिलिजका लागि केही दिनअघि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका थिए । उनले गीतको भिडियो रिलिज गर्दै ‘पीआर’ मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउने विश्वास व्यक्त गरे ।

प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित यो फिल्म यहि मंसिर २६ गते बाट हलमा लाग्दैछ । फिल्ममा आर।ए।सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ल लगायत प्रमुख भूमिकामा छन् । फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने वितरण आर आर फिल्म्स ले गर्दैछ ।

https://www.youtube.com/watch?v=sjW01xnTfYE

कालिकामा प्रतिभा प्रस्फुटन प्रतियोगिता

पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका थिए ।

प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह ९कक्षा १–३० तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए ।

विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20079, citypokhara.com

२१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

लेखनाथ ।
हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने।उ।वा। महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।

यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।

देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले वताए ।

महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन ।

थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो ९हास्यव्याङ्य० कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।
महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश टिकटको मुल्य रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित/कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ ।

महोत्सवको बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँस कम्पनी प्रालीका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सवसँग सहकाय गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुका विषयमा बताउनुभएको थियो ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

करिब ३३५ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20075, citypokhara.com

‘पूर्ण बहादुरको सारङ्गी’ को उदाहरण दिँदै ‘अभिमन्यु’ निर्माताको दाबी: “फिल्मले आफ्नै बलमा दर्शक तान्छ”

काठमाडौं । निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा भनेर पूर्वधारणामा नबस्न आग्रह गरेका छन्। उनका अनुसार फिल्म ठूलो वा सानो ठहरिने मापदण्ड बजेट वा कलाकार होइन, दर्शकको रोजाइ र बक्स अफिस परिणाम हो।

पौडेलको भनाइमा कमाइ ठूलो गर्ने फिल्म नै ठूलो मानिन्छ भने अपेक्षित व्यापार गर्न नसक्ने फिल्म सानो ठहरिन्छ। “स्टारकास्ट भएर मात्रै फिल्म ठूलो हुँदैन,” उनले भने, “स्टारकास्ट नहुँदैमा सानो भन्नु पनि उचित होइन।”

उनी यही तर्कलाई आफ्नो पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मार्फत जोड दिन्छन्। डेढ करोड लागतमा तयार भएको उक्त फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै रेकर्ड बनाएको थियो। पौडेलका अनुसार यही उदाहरणले बजेट वा नामभन्दा पनि सामग्री र स्वीकार्यता महत्वपूर्ण हुने प्रमाणित गर्छ।

आफ्नो दोस्रो फिल्म ‘अभिमन्यु’लाई उनले अन्डरडग्सको सिनेमा बताएका छन्। प्रदर्शन मिति पटक–पटक सारिँदै आए पनि फिल्मबारे उनी आत्मविश्वासी छन्। “हेपेर नहेर्नुस्,” उनले भने, “फिल्मले आफ्नै बलमा दर्शक तान्छ।”

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउनेछ। फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतम निर्देशित फिल्मका क्रिएटिभ निर्देशक मदन थापा र लेखक मुकेश खनाल हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

शरद महतोको छायांकन रहेको फिल्ममा मनोज श्रेष्ठले भिएफएक्स, जुनिम गहतराजले रंग संयोजन र मदन घिमिरेले सम्पादन गरेको छन्।

‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत तथा बिदेशका विभिन्न देशमा एकैपटक प्रदर्शनमा आउनेछ।

चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने


काठमाडौँ।
जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा संगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन्।

सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन्।

निर्माता समिर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्।

चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने

काठमाडौं। बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ ।साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस चलचित्रलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

शनिबार चलचित्रका निर्देशन टंक बुढाथोकीले आफ्नो फेसबुक मार्फत  गुरु र चेला बीचको सम्बन्ध र कर्तव्यलाई विशेष रूपमा उजागर गरेको हाम्रो चलचित्र ‘मन बिनाको धन’  सबै गुरु र विद्यार्थीहरूले हेर्नैपर्ने भनेर प्रतिकृया पाउदा खुशी लागेको बताएका छन् ।

बुढाथोकीले भोलिबाट चलचित्र  ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सकेसम्म सहयॊग र छुट दिन निर्माण टिम तयार रहेको जानकारी दिएका छन् ।चलचित्र हेर्ने विद्यालयहरूलाई आफु सहयोग गर्न तयार भएको भन्दै आफुलाई सिधै सम्पर्क गर्न आफ्नो फोन नम्बर समेत दिएका छन् ।चलचित्र मन बिनाको धनले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना,  रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ,रवीन्द्र झा,पार्वती अधिकारी ,  एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।चलचित्रमा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन  रहेको छ ।