भारतीय कलाकार रञ्जना फड्के समूहको कथक नृत्य

काठमाडौँ, १७ असोज । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समुहद्वारा ‘कथक नृत्य वाचन कार्यक्रम काठमाडौँमा गरिएको छ ।
विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय रहनु भएकी नृत्य कलाकार फड्केको समुहद्वारा भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ वटा कथक नृत्यको प्रस्तुति मङ्गलवार काठमाडौँमा भएको थियो । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले नृत्यमा साथ दिएका थिए ।
सो समूहले नेपालका तीन स्थानमा प्रस्तुतिहरु दिने कार्यक्रमअनुसार दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २३, शनिबार १०:३२‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १२:५२‘आइ एम जित बहादुर’लाई ‘यू’ प्रमाणपत्र, असार ५ गतेदेखि देशभर प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १२:२८चिनियाँ फिल्मको काठमाडौं विशेष प्रदर्शन सम्पन्न









