Home कला, विचार/मनोरञ्जन एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’

एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’

0
एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले ६ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युब च्यानलबाट आइतबार यो गीत सार्वजनिक गरेको हो ।

व्याण्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि(पीभीई नेटवर्क)को प्रस्तुतीमा यो गीत बजारमा ल्याएको हो । व्याण्डले यो गीतसँगै ‘एक्लो जीवन’, ‘पैसा’ र ‘विस्तारै’ बोलको गीत पनि तयार पारेको छ ।

गीत ‘पाइला’मा व्यक्तिलाई हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ । त्यस्तै ‘एक्लो जीवन’ र ‘विस्तारै’ प्रेम भावका गीत हुन् । ‘पैसा’ मा भने जीवनमा पैसाको महत्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रंग फेर्छ भन्ने अथ्र्याइएको छ ।

व्याण्डमा सन्दिप विश्वकर्मा (भोकलिष्ट), राजीव खड्का र निखिल सिकर्मी (गितार), सजिन महर्जन(बेशिष्ट) र अमूल्य श्रेष्ठ (ड्रम) छन् ।

यो व्याण्डले यसै वर्ष नेपाल, भारत र अष्ट्रेलियाको टुर गर्दैछ । नेपालमा यसले आगामी बिहीबार पोखराको किङ्स लाउन्ज, शुक्रबार चितवन गार्डेन रिसोर्ट र शनिबार द कन्सेप्टमा कन्सर्ट गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here