‘ब्ल्याक छायाँ’ को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘पचासको नोट, बाजेको कोट’ बोलको गीतमा भिडियो सार्वजनिक गरिएको हो ।
पछिल्लो समय थोरै कलाकार राखेर चलचित्रको निर्माण सकाउने होडलाई चुनौती दिँदै यस चलचित्रमा स्थापित कलाकारहरुको भीड नै जम्मा गरिएको छ । चलचित्रमा निर शाह, सुनिल थापा, सलोन बस्नेत, रुविना थापा, रविन्द्र झा, जाहन्वी बस्नेत, बुद्धि तामाङ, राजेन्द्र खड्गी, आर. एल. लामा मोक्तान, शारदा गिरी ‘काली बुढी’, शोभित बस्नेत, सुस्मा कार्की, निमा दोर्जे मोक्तान र धिरेन शाक्यले अभिनय गरेका छन् ।
यस चलचित्रको निर्मातामा रेल्लुमाया तामाङ, बिना दुरुङ च्याङ मगर (मैना) र आर. सोनाम मोक्तान रहेका छन् भने श्याम बहादुर मोक्तान कार्यकारी निर्माता रहेका छन् । चलचित्रको छायाँकन सञ्चु थोकर लामाले गरेका छन् भने सम्पादन गौतमराज खड्काले गरेका छन् । त्यस्तै, भिएफएक्स र कलर समिर मियाँ, गीत तथा संगीत राजेन्द्र बजगाईं तथा युवराज कँडेल र मिना निरौलाको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद र निर्देशन आर.एल.लामा मोक्तानले गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती









