पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गमा

काठमाडौँ। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गको ११ नम्बरमा उक्लिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको थियो। चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । चलचित्रले १७ लाख दर्शक पाई सकेको छ।
महेश दवाडीले लेखेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई सौरभ लामाले खिचेका हुन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रलाई अमित बस्नेत, अजित कुमार थापा र परी राना मिलेर बनाएका हुन् । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेका हुन् । चलचित्रमा सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल, मरिस्का पोखरेल लगायतको अभिनय छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









