Breaking News
‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो ।

चलचित्रको बाकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले बताए । नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।

चलचित्रकी अभिनेत्री ‘मेरो डान्स कप युएसए’ को फस्ट रनर अफ आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छिन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल ,आयुषा समाल, मेग सुवेदी ,नारायण खाती,भुपेन्द्र लिङ्देन मन्त्री,सुबास भन्डारी,बिजय सुब्बा लगायतको मुख्य भुमिका रहनेछ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्रमा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।

फेसियल हाउसले मनायो १६ औ वार्षिक उत्सव

काठमाडौँ। ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ १५ वर्ष अघि सञ्चालनमा आएको फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति रहेको थियो।

ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसी लगायत अतिथिहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति कार्यक्रममा रहेको थियो।

समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।

डकुमेन्ट्री मार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहाने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले मन्तव्य व्यक्त गरेका थिए । बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू प्रस्तुत गरिएको थियो । यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहेका हास्य कलाकारनद्वय राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि कार्यक्रम सञ्चालनका साथै समारोहलाई हाँसोमय बनाउँदै अघि बढाएका थिए ।

अवार्ड र सम्मान प्रदान

फेसियल हाउसको १६औँ वार्षिकोत्सव समारोहमार्फत मन्त्री सिर्पालीको बाहुलीबाट ‘स्टुडेन्ट र स्टाफ इन्करेज अवार्ड’ का साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित भएका छन् । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राति सम्मानित भएका छन् । यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ । यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ । फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ । यस्तै, समारोहमा विभिन्न व्यक्तिहरूलाई मायाको चिनो ‘टोकन अफ लभ’ बाट सम्मान प्रकट गरिएको थियो । जस अनुसार राजनीतिक विश्लेषक प्रकाश रायमाझी, ओमन कमिटी यूएनआई यूएलआईकी भगवती थापा, एडभोकेट पुष्पराम पौड्याल, करुणाकर मल्लिक र आकृति रायमाझी, नेपाल ब्युटीसियन युनियनकी महासचिव शशी शाह, पार्टी प्यालेस संघका लिला जीसी, कर्पोरेट खबर डटकमकी बिजनेस डाइरेक्टर संगीता खत्री, ह्वाइट मिडिया प्रालिका म्युजिक भिडियो निर्देशक तथा सम्पादक शक्ति प्रज्वल घिमिरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वार्षिकोत्सव समारोहलाई सिनोस, लिसाप, बोटोक्स नेपाल, एमआईकेटीएम ब्युटी केयर, मल्टी न्युट्रेशन प्रालि, नेल आर्ट ग्यालरी, हुन्छ डटकम, एलएलएफटी, ह्वाइट मिडिया र कर्पोरेट खबर डट कमले प्रायोजन गरेको थियो ।

महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् ।

शिभिल बचत तथा ऋण सहकारी संस्थामा पुन: कोईराला 

पोखरा । शिभिल  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं साधारण सभा तथा सातौं अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले बालकृष्ण कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीमती कविता भुषाल शर्मा, सचिवमा श्री विनोद प्रसाद लामिछाने, कोषाध्यक्ष हरीप्रसाद लामिछाने, सह-सचिव अन्जिता बांस्तोला तथा सदस्यहरुमा  क्रमश : एल के शर्मा , दिपक प्रसाद पौडेल, दान बहादुर के सी, श्रीमती निर्मला कोईराला र लेखासमिती संयोजकमा दिपक भण्डारी, सदस्य शिव प्रसाद लामिछाने र रोज श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक नगेन्द्र राज बरालले जानकारी दिनुभयो । 

संस्थाका अध्यक्ष बालकृष्ण कोईरालाको अध्यक्षता तथा  संस्थाका जेष्ठ सदस्य श्रीमती  दमयन्ति तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा  उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य  तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा ऋण समिति संयोजक एल के शर्माले संस्थाको सम्पूर्ण गतिविधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ तेस्तो हल्लाको पछाडि नलागिकन शिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै  बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा वचत कर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल  गरि सर्वसहमतिमा पारित गरिएको संस्थाका व्यवस्थापक बिष्णु प्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

काठमाडौं। दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी पुस २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् ।

चलचित्रमा अभिनेता किरण श्रेष्ठ तथा अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले मुख्य भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठको यो २७ औं चलचित्र हो। चलचित्रको सार्वजनिक ट्रेलरलाई साहिल खानले सम्पादन गरेका हुन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

सिनेमामा कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । सिनेमालाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।

सुरक्षाको मुख्य भूमिका रहने सिरिज ‘खेल’ को शुभमुहुर्त

काठमाडौँ। विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुहुर्त गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।

बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिकामा अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौँ भित्र करिब एक महिना छायाङ्कन हुनेछ । निर्देशक प्रधानले एक सय वर्ष अगाडीको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन हुने बताए ।

विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको बताए । यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको बताए ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए । एक दशक अगाडी बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिट: द फर्स्ट केस’ ‘धक धक’ लगायतका चलचित्र तथा सिरिजमा सह निर्देशन गरेका छन् ।

सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, “अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।”

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’ , ‘बिम्बाको सपना’ , ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’ , ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् ।

पृथ्वी हिरण्य उ.मा.वि. को  ६४ औं वार्षिकोत्सब

पोखरा । बागलुङ नगरपालिका वाड नम्बर १२ मा रहेको पृथ्वी हिरण्य उच्च मा.वि.ले ६४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस मनाएको छ ।

विविध कार्यक्रम सहित पौष ५ गतेबाट प्रारम्भ भएको वार्षिकोत्सब ९ गते समापन गरिएको प्रअ बुद्धिप्रसाद रिजालले बताउनु भयो । पुर्व शिक्षामन्त्री दिनानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बानपा १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, पुर्व वडाध्यक्ष गुरुदत्त पाठक र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटाको विशिष्ट उपस्थिति थियो । शिक्षक राजु शर्माको संचालन रहेको कार्यक्रममा शिक्षिका कमला चापागाईं, विद्यार्थी त्रय दिप्ती शर्मा, विवेक आचार्य र सुमिना चापागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।

भुतपुर्व विद्यार्थी एल्मुनाई एसोसिएसनका सदस्य राजन शर्माले विद्यालयको समग्र विकासमा पुर्व विद्यार्थीहरुको साथ सदैव रहने जनाउनु भएको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयलाई दीर्घकालसम्म सेवा गर्नुहुने शिक्षक/शिक्षिका पदमनाथ पौडेल र राधिका कँडेल पौडेललाई सम्मान गरिएको थियो । सामाजिक, राजनैतिक र साहित्यिक व्यक्तित्व पुर्व शिक्षामन्त्री दिनानाथ शर्माद्वारा बाबू शशिधर पाध्या र जसोदा पाध्याको स्मृतिमा स्थापित उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कारद्वारा विभिन्न विधामा उत्कृष्ट अङ्क प्राप्त गरि विद्यालयको गरिमालाई उच्च राख्ने २२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको वि.व्य.स अध्यक्ष धुर्व बहादुर खत्रीले बताउनुभयो ।

२०५७ सालमा स्थापित उक्त पुरस्कार प्रत्येक शैक्षिकसत्रका २ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएकोमा २०७८ सालदेखि ३ जना विद्यार्थीलाई प्रदान गर्ने गरिएको थियो । पुरस्कार राशी रु.२००० रहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयलाई यस क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्य निर्माण गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । विद्यालय स्तरमा रहेका बालबालिकाहरुलाई पढाईका साथमा खेलकुदका क्रियाकलापमा सक्रिय बनाउनु पर्ने कुरा विशिष्ट अतिथी राजु खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कोपिलामणि शर्मा र वि.व्य.स. अध्यक्ष ध्रुवबहादुर खत्रीले नगरपालिकाले लिएको बालमैत्री पालिका घोषणाको उद्देश्यमा सक्रियताका साथ लागिरहेको र विद्यालयको भौतिक, शैक्षिक उन्नतिका लागि कुनै कसर बाकी नराख्ने कुरा उदृत गर्नु भएको थियो ।

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इञ्जििनियर हुन् ।

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गढीमाई मन्दिरमा

काठमाडौँ। सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो ।

मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाको अभिनय रहनेछ ।

सत्य घटनाबाट प्रभावित वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।

बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समिर खरेल रहेका छन् । मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।

केशव गाैतमद्वारा मन्त्री सुदन किराँती ज्यूलाई खुला पत्र

पोखरा । सुदन किराँती तपाईं मन्त्री र काम गरेको हेर्दा त तपाई त साधण जनताको मन्त्री जस्तो लाग्थ्यो तर त्यो त फरक पो निस्काे त । हाम्रो नेपाली समाज बहुजातीय, बहुभाषिक , बुहुधार्मिक , बहुसांकृतिक ,विविधता युक्त सामाजिक सहिष्णुता सहितको देश हो । यहाँ बसोबास गर्ने प्रत्येक नेपालीले आआफ्नै धर्म संस्कार संस्कृति चाल चलन रितिरीवाज रहेको पाईन्छ । हाम्रो देशमा हिमाल पहाड तराई गरि भौगोलिक रुपमा आफ्नै विविधता भएको देशका बासिन्दा हौ नाकि कुनै एक सम्प्रदायको बिराेध र अर्को सम्प्रदायको सपाेर्ट गरेको देखिदैन ।

मन्त्री ज्यू तपाई  त झन् सार्वजनिक पदमा बसेर त्यस्तो भन्न मिल्ला र ? सोच्नुस् तपाई त झन् किरात राजा यलम्वरको पुर्खा होइन र अझ भन्नू पर्दा त तपाईंको पुर्खा त प्रकृति पुजक पनि त हो नि कि क सो यस्तो समाजमा हुर्केको व्यक्तिले कुनै एक समाजलाई खुशी पार्न वा कुनै अनुचित काराेवारमा परेर यसरी बाेल्दा तपाईंले केहीँ साेच्नुपर्ने होइन न र ?

कि जे बाेलेनी हुन्छ याे देशकमा भनेर बाेल्नु भएको त? अनि के तपाईंको सुशासनको नारा नारा मात्रै सिमीत हो र ? अब तपाईं भन्नुहुन्छ कम्युनिस्टको कुनै धर्म नै हुदैन रे त्यसो भए  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री चाहिँ किन बन्नु भएको त  कि यो मन्त्रालयकाे काम नै थाहा थिए न र तपाईंलाई अनि यश मन्त्रालयमा बसेर के बोल्ने भन्ने कुन पनि हेक्का हुनुपर्ने हो यस्तो संवेदनशील मन्त्रालय संहालेपछि त ।

होइन तपाईंले परिवर्तनलाई आत्मसात् मात्र गर्न खाेजेकाे भन्नुभएको भने कस्तो परिवर्तन त ? के तपाईंले जनयुद्धकाे बलामा बाेलेकाे परिवर्तन यहीँ हाे त ? याे कदापि होइन  जनताले त तपाईलाई असल र जनताकै सेवक भनेका थिए आखिर त तपाई अर्कैकाे सेवक बनेर निस्कनु भयाे त । अनि अब तपाईंलाई हाम्रो व्यवस्थापन विरुद्ध अथवा संविधानको कुरा गर्नु हुन्छ भने तपाईंले बाेलेका कुरा त संविधान विरोधि र त्यसका विरुद्ध त देश द्राेहको मुद्दा पाे आकर्षण हुन्छ ।

त्यसै यो सामाजिक सहिष्णुता भड्काउने काम गर्न  कसैलाई छुट छै  कि छ मन्त्री ज्यू ? हाेलान तपाईले गरेका राम्रा काम पनि तर जतिसुकै राम्रो गरेता पनि एउटामात्र कुनै नराम्रो काम भयो भने त्यो सबै फेरि बालुवामा पानी हाले सरह हुन्छ किन कि भनिन्छ नि एउटा झुट लुकाउन सयभन्दा धेरै झुट बाेल्नु पर्छ । त्यसैले त तपाईंले गरेका राम्रो काम पनि राम्रै प्रशंसा पादा पाउदै तपाईलाई त त्यो ग्रहण गर्न नसक्ने स्थितिमा हुन पुगेर यो अवस्था आयो अब तपाईंको र तपाईंको सरकारले कि त राजीनामा सहित आत्मा आलोचना गर्ने कि भने बर्खास्त गर्ने त्यो भन्दा अर्को बिकल्प पनि त छै ।

आखिरमा आफ्नो बाेलिले आफैंलाई पोल्याे नि त्यो नै खतराको संकेत पनि हो । यदि जनस्तरबाट ठुलो आन्दोलनको घोषणा भयो भने र आन्दोलन नै सुरु भयो भने यहीँ र यसै अन्य कुनै पनि व्यवस्था लामाे समयसम्म टिक्न सक्दो रहेनछ भन्ने कुराको  पुष्टि गर्छ ।

यसरी सार्वजनिक व्यक्तिले बाेल्ने र तिनले अनुसरण गर्ने कुराको त बिचार गर्दा नै राम्रो हुने थियो । अब तपाईं सनातनीको मानाे खाएर सनातनकै विरोध गर्नाले महंगो पर्छ भन्ने कुरा त्यो त अब मन्त्री किराँती ज्यू लाई नै थाहा हाेला । त्यसैले मिलेर बसेकाे समाजलाई कहिलै पनि भड्काउने काम नगरौ ।