फौजदारी मुद्दामा दोषी करार व्यक्तिको उम्मेदवारीपरे पछि संगीत रोयल्टी संकलन समाजको निर्वाचनमा विवाद

काठमाडौँ। संगीत रोयल्टी संकलन समाजको आज हुन गई रहेको निर्वाचनमा विवाद उत्पन्न भएको छ। कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । सार्वजनिक अन्तिम नामावलीमा फौजदारी मुद्दामा दोषी करार अदालतमा मुद्दा भएको व्यक्ति कुनै पनि सार्वजनिक संस्थामा रहन नपाउने बिधान रहेको छ। शनिवार हुने निर्वाचनमा विन्ध्यवासिनी म्युजिकका संचालक सुवाष रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्। उनी रोयल्टीकै बिषयमा मुद्दा परेर अदालतबाट दोषी करार व्यक्ति हुन्।
संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले सुवाष रेग्मी संगीत रोयल्टी संकलन समाजको सदस्य बन्नु भनेको कानुन बिपरित रहेको बताए। उनले भने ‘संगीतकार, गीतकार श्रस्टाहरुको हितमा संगीतको ब्यापारी र यस्तो दोषी प्रमाणित व्यक्तिले कस्तो कार्य गर्ला र श्रस्टाको हितमा कस्तो कार्य गर्ला ? उसबाट कस्तो अपेक्षा राख्ने,उसले राम्रो काम गर्छ भनेर कसरी बिस्वाश गर्ने ? कानुनी राज्यको पालना गरौँ,श्रस्टा र सर्जकको हितमा काम गरौँ।’

संगीत रोयल्टी संकलन समाजको निर्वाचन संयोजक तथा अधिवक्ता सेमन्तमणि खरालले निर्वाचन तालीका प्रकाशनको समयमा कसैको दावी बिरोध पर्न नआएको बताए। उनले भने ‘निर्वाचन तालिकाको दाबी बिरोधको समय सकीसकेको छ,दाबी बिरोधको बेला कुनै पनि उम्मेदवार बिरुद्द दाबी बिरोध नआएकोले अब चुनावी प्रक्रिया अघि बढ्ने बताए। अझै पनि कसैको दाबि बिरोध छ र अदालत मार्फत कुनै फैसला आउँछ भने आफुले मान्नु पर्ने उनले बताए।”
संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । अधिकारी संग सेलिब्रेटी नेपालले कुरा गर्दा उनले भने कुनै पनि उम्मेदवारको चरित्र आफुलाइ थाहा नहुने र अरु कसैले दाबि बिरोध गरेमा त्यो बिषयमा जांच बुझ गरिने उनले बताए। ‘चुनाव जिती सकेपछि पनि कसैको मुद्दा मामिला छ भने कार्यसमितिबाट हटाउन सकिने संगीत रोयल्टी संकलन समाजको बिधानले दिएको छ’ अध्यक्ष अधिकारीले भने।

अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट बद्री पाण्डे र चन्द्रप्रसाद शर्मा पनि निर्वाचित भएका छन् । उनीहरु सबै निर्विरोध चयन भएका हुन् ।
संगीतकार सदस्यतर्फ नौ जना र गीतकार खुला सदस्यतर्फ आठ जना उम्मेदवारको नामावली दर्ता भएको छ । शनिबार हुने १४ औं साधारण सभामा बाँकी पदका लागि मतदान हुने निर्वाचन संयोजक तथा अधिवक्ता सेमन्तमणि खरालले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा









