काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ भाद्र १६, आईतवार १६:१७खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न
- कला, विचार/मनोरञ्जन२०८१ भाद्र ९, आईतवार १४:४३अठहत्तर वर्षिय शोभाकर बरालको पौराणिक आख्यानमा आधारित दोस्रो पुस्तक प्रकाशन
- समाचार२०८१ भाद्र ९, आईतवार १२:१९शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न
- समाचार२०८१ भाद्र ९, आईतवार १२:१९शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न