गायन र नृत्य विधाका बालप्रतिभाको खोजी ‘नेशन्स गट ट्यालेण्ट’हुने

काठमाडौँ। गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए।
बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्। रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक, शुम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ कार्यालय संयोजक रहेका छन्। लब बहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालीटी शोमा सुर्य गुरुङ मुख्य सहायक निर्देशकमा रहेका छन्।
पत्रकार सम्मेलनमा नेशन्स गट् ट्यालेण्ट रियालिटि शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने ‘छ महिनाअघिबाट हामीले गर्दै आएको तयारीले आज मुर्त रुप लिएको छ। चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाण्डौंमा अडिसन शुरु गर्नेछौँ। काठमाडौंलगायतका देशका प्रमुख शहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबाकिाले यसमा सहभागीता जनाउन सक्नेछन्।’ रियालीटी शोका अर्का निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट् ट्यालेण्ट लिएर आमदर्शक माझ प्रस्तुतगर्न लागिएको बताए।
रियालीटी शोकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा राम्रो प्रतिभा छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालीटी शो उपलब्धिमूलक हुने चर्चा गर्दै प्रीतभाशाली बालबालिकासँग काम गर्न आतुर रहेको बताइन्। अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा बृद्धीका लागि सघाउने चर्चा गरिन्। अर्की निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालीटी शोलाई लिएर उत्साहित रहेको बताइन्। सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामुलक रियालीटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेशन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए। एपी वान टेलिभिजनका प्रधानसम्पादक निरजराज जोशीले एपी वानले विभिन्न रियालीटी शो प्रसारण गर्दै जाने क्रममा नेशन्स गट ट्यालेन्टको परिकल्पना आकर्षक लागेकोले प्रसारण गर्न लागेको जानकारी गराए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








