चलचित्र ‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ सार्वजनिक

काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड छन् ।
चलचित्रको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचना सँगै स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।
उदय सुब्बा निर्देशित चलचित्रमा इवोन लिम्बु,सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ। दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









