नयाँ स्वाद दिने चलचित्र ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

काठमाडौं। फरक स्वाद दिने नेपाली चलचित्र हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । यसै क्रममा नयाँ चलचित्र ‘जम्प’ निर्माण भएको छ। डेब्यू निर्देशक आशुतोषध्वज कार्कीले यस्तै ‘जम्प’ लिएर आएका छन् । चलचित्र मंसिर २९ गते प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा कार्कीले पहिलो ट्रेलर सार्वजनिक गरेको दुई सातापछि चलचित्रको फाइनल ट्रेलर सार्वजनिक गरेका छन् ।
सार्वजनिक ट्रेलरमा मुख्यपात्रको वास्तविक जीवन बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गरिएको छ । सिनेमाले आशिष जो पेसाले एथ्लेटिक्सका खेलाडी हुन्, उनले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
क्रिएटिभ माकुरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ । चलचित्रको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा









